सेनाले घेरे प्रहरी कार्यालय सोमबार, 19 अप्रेल 2010 09:46 काठमाडौं, वैशाख ६ (नागरिक)- नेपाली सेनाको रेञ्जर गणका करिव ६० सैनिक जवानले १५ मिनेट सोह्खुट्टेको प्रहरी कार्यालय घेराउ गरेका छन्। आइतबार विहान गणवाट शारिरिक अभ्यासका लागि हिडेको सैनिक टोली सोह्खुट्टे प्रहरी प्रभाग अगाडि पुगेर १५ मिनेट सडक अवरुद्ध पार्दै चौकी घेराउ गरेका थिए। छाउनीमा रहेको रेञ्जर गणवाट आएका सैनिक पोशाकमा रहेका सेनाको समुह देखेपछि प्रहरी, स्थानीयवासी र बटुवा समेत आतंकित बनेका थिए। सेनाका जवान प्रभाग कार्यालयतिर फर्किएर विभिन्न गतिविधी गर्न थालेपछि प्रभागभित्र रहेका प्रहरी मुडभेडको आशंकामा हतियार सहित तयारी अवस्थामा बसेका थिए। सोह्खुट्टे प्रहरीले चैत २७ गते विहान ठमेलवाट मेजर सञ्जयजंग रायमाझी सहित आठ सैनिकलाई नियन्त्रणमा लिएर सैनिक प्रहरीलाई बुझाएको थियो। सैनिक मुख्यालमा आयोजीत ककटेल पार्टीमा सहभागि भएर ठमेल पुगेका सैनिकहरु नरसिंह चोकमा भेला भएर हल्ला गरेपछि पुगेको प्रहरी टोलीलाई नै कुटपीट गरेका थिए। प्रहरीले घेरा हालेर रायमाझी सहित सबैलाई प्रहरी भ्यानमा हाली कार्यालयमा पुर्याएर सैनिक प्रहरीको जिम्मामा रिहा गरेको थियो। आइतवार प्रहरी कार्यालय अगाडि सेनाको समुहले गरेको व्यवहार २७ गतेको घटना केन्द्रित रहेको प्रहरीले निष्कर्ष निकालेको छ। काठमाडौं परिसर प्रमुख गणेश केसीले' प्रहरीलाई धम्की दिने शैलीमा प्रहरी कार्यालय अगाडि जम्मा भएर सेनाले मानसिक त्रास फैलाउने काम गरेको बताए। उनले भने 'सेनाको गतिविधिप्रति हामी गम्भिर भएका छौं।' प्रत्यक्षदर्शी प्रहरीका अनुसार आइतवार सैनिक समुहको नेतृत्व २७ गते पक्राउ परेका मेजर रायमाझीले नै गरेका थिए। विहान सात वजे चौकीको मुख्यगेट अगाडि भेला भएका उनीहरु १५ मिनेट शारिरीक अभ्यासको शैलीमा सडक जाम गरेर बसिरहे। सोह्खुट्टेमा रहेको सैनिक आधा सैनिक पोशाकमा र आधा रेञ्जर गण लेखेको टिसर्टमा थिए। प्रत्यक्षदर्शी एक प्रहरीले भने'शारिरिक अभ्यास गर्नेक्रममा उनीहरु ठुलो ठुलो स्वरमा 'चोर समा चोर समा' भनेर कराउने, पुस अप गर्ने गरिरहेका थिए। सैनिकहरु पकनाजोलदेखी सोह्खुट्टेको चोकसम्म लाईन लागेर बसेका कारण १५ मिनेटसम्म सो क्षेत्रमा सवारी साधन चल्न सकेनन् भने प्रहरी प्रभागको गेट लगाएर सर्तक अवस्थामा बसेका थिए। प्रहरी कार्यालय अगाडि एक्कासी सैनिकको हुल देखेपछि सोह्खुट्टे प्रहरीले प्रहरीको माथिल्लो इकाईमा जानकारी गराएका थिए। सैनिक टोली फर्किएपछि प्रभाग प्रमुख रुगम कुँ'वरलाई मोवाईल फोनवाट मार्ने धम्की आएको थियो। काठमाडौं परिसर प्रमुख केसीले' प्रहरीलाई मोवाईलवाट समेत धम्की आएको बताए। उनले भनेे' प्रहरी कार्यालय अगाडि जम्मा भएर प्रहरीलाई मानसिक त्रास दिने सेनाको व्यवहारलाई हामीले गीम्भर रुपमा लिएका छौं।' उनले सेनाको गतिविधीको बारेमा माथिल्लो निकायलाई जानकारी गराएको बताए। घटनाका बारेमा सैनिक प्रवक्ता रमिन्द् क्षेत्रीसँ'ग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।
chanty399 · Apr 18, 2010 11:12 PM · 12,974 views
Nepali Army doing good job in peace mission but inside country some persons spoiling image. बालबालिकालाई खाद्यान्न नेपाली सेना हाइटीका बालबालिकालाई रासनपानी वितरण गर्दै। उनीहरुले आफ्नो मासिक रसदबाट बचाएर हरेक महिना यहाँका जनतालाई रासन वितरण गर्दछन्। तस्विरः भोजराज भाट Last edited: 20-Apr-10 11:32 AM
chanty399 · Apr 20, 2010 11:28 AM
heheheh this major is my childhood friend i am not surprised with his behaviour..........but these freakin cops are corrupted to the limit....good job sanjay
shantasamundra · Apr 20, 2010 12:59 PM
रक्षामन्त्रिलाई यसबारे पत्रकारहरुले जिज्ञासा रख्दा, केही दिन अघी सिकारीहरुको हत्यालाई राजनीतिकरण गरेर प्रोप:गाण्डा फैलाउन खोज्ने तत्व हरुले यो झुठो हल्ला फैलाएर सेनाको मनोबल घटाऊने षड्यन्त्र रचेको बताउनु भयो। Is there anything called "rule of law"?
tapariwan · Apr 20, 2010 1:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion