दीनबन्धुको ब्याग विमानस्थलमा चोरियो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दीनबन्धुको ब्याग विमानस्थलमा चोरियो April 16 2010   काठमाडौ १६ अप्रिल, ०३ बैशाख / अमेरिकामा प्रवचन सकाएर कतार एअरवेजको उडानबाट काठमाडौँ फर्किएका पण्डित दीनबन्धु पोखरेलको सामान रहेको ब्याग त्रिभुवन विमानस्थलमा च्यातिएको र सामान चोरिएको अवस्थामा भेटिएपछि छानबिन समिति गठन गरिएको छ।   पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रीस्तरको निर्णयले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेको हो।   समितिका संयोजक मन्त्रालयका सहसचिव लोकबहादुर खत्री छन्। सदस्यहरुमा नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य विनोदानन्द चौधरी, नेपाल वायु सेवा निगमका नायब महाप्रबन्धक राजु केसी तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कानुन तर्फका उपसचिव आलोकचन्द्र श्रेष्ठ रहेका छन्।   समितिलाई घटना को, कसको लापरवाही र संलग्नतामा घटेको पत्ता लगाई आगामी दिनमा यस्तो घटना हुन नदिन अपनाउनु पर्ने कदमबारे सुझाव दिन पनि भनिएको छ।   http://americadarpan.com/nepal... americadarpan dot come

hundari · Apr 16, 2010 8:18 AM · 13,325 views

1 Reply

stupid nepalese officials.

yaris · Apr 16, 2010 8:37 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all