A poem dedicated to all mothers on this Auspicious Mother's Day.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Meri Aama खै के भनी सम्बोधन गरौ तिमीलाई  तिमी नै आकाश, तिमी नै धर्ती सारा संसारको रचना तिमी माया र ममताको खानि पनि तिमी नहोस् कसैलाई पनि आमा तिम्रो कमी||   गर्व छ मलाई हुर्के म तिम्रो गर्भमा सिकायौ मलाई बिस्वास् गर्न कर्ममा आस्था छ मलाई तिमीले दिएको धर्ममा हिंड्नेछु सधैं तिमीले डोर्याएको सुमार्गमा  केबल तिम्रै सन्तान रहु हरेक जन्ममा||   तोतेबोलीले आमा भन्दै हिड्थे म तिम्रो पक्षऔरिको फेद समाती रुन्थे म तिम्रो काखमा लुटुपुटु गरी सुत्थे म तर आज यो तिम्रो भुन्टे ठुलो भईसकेछ तिम्रो मायाको मान राख्न्नसक्ने भएछ||   शायद त्यो बालपन त अब नफर्केला तोतेबोली ले आमा भन्न त नसकिएला तर तिम्रो रक्षा अबस्य नै गर्नेछु तिम्रो दुधको भारा पक्कै तिर्नेछु यो मन मन्दिरमा सदा तिमीलाई पुज्नेछु||                   

MithoJindagi · Apr 14, 2010 2:32 PM · 15,682 views

3 Replies

Dammi !!! great job :-)

anushka1 · Apr 14, 2010 2:36 PM

thank you so much anushka1 ;).

MithoJindagi · Apr 15, 2010 1:01 PM

Good One.

love life · Apr 15, 2010 3:36 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all