http://www.ekantipur.com/np/20... भारतबाट पत्र प्राप्त भएको थाह छैनः सुजाता (साथमा पत्र पनि) काठमाडौ, चैत्र ३० - उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले मेसिन रिडेबल पासपोर्ट(एमआरपी)छपाई सम्बन्धमा भारतबाट औपचारिक गोप्य पत्र प्राप्त भएको आफूलाई जानकारी नभएको बताएकी छन् । ईकान्तिपुरलाई प्राप्त गोप्य पत्रमा भने भारतीय राजदूत राकेश सुदले स्पष्ट रुपमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई नै सम्बोधन गरिएको छ । भारतीय राजदूत राकेश सुदले एमआरपी आफूलाई छाप्न दिए दुई मुलुकबीचको खुला सिमानका कारण उब्जिएको सुरक्षा चासो सम्बोधन हुने भन्दै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको सार्वजनिक भएको छ । उक्त पत्रपछि परराष्ट्रले टेण्डर प्रक्रिया रद्ध गरी एमआरपी भारतलाई छाप्न दिने अडान लिएको खुलासा भएको छ । कोइरालाले औपचारिक रुपमा पटक-पटक भारतबाट सुरक्षा चासो व्यक्त गरिएपनि एमआरपीलाई लिएर त्यस्तो पत्र प्राप्त भएको वा नभएको बारे बुझ्नु पर्ने बताइन । सोमबार बिहान रेडियो कान्तिपुरसंग कुरा गर्दै उनले त्यस सम्बन्धी समाचार पत्रपत्रिकामा आएपछि आफू अच्चमित भएको बताइन । उनले एमआरपी भारतलाई छाप्न दिने निर्णय रद्द गरिएकोप्रति असन्तुष्टि जनाइन । उनले भनिन्-'दुई मुलुकबीच भएको सम्झौता रद्द गरिंदा कुटनीतिक सम्बन्धमा असर पर्ने तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदा समेत उहाँले ध्यान दिनु भएन ।' पत्रको पूर्णविवरण अंग्रेजीमाः
timer · Apr 12, 2010 4:40 PM · 2,082 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion