रम्नु न हो जिन्दगी ....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

रम्नु न हो जिन्दगी  कैले रममा रम्छु ,कहिले गममा रम्छु  कहिले एकान्तमा रम्छु ,कहिले कोलाहलमा रम्छु  कहिले अस्लिल्तामा रम्छु ,कहिले अध्यात्ममा रम्छु  कहिले सुरमा रम्छु ,कहिले सुरामा रम्छु  रम्नुको नि परिभाषा बदलियेछ  हिजो रम मा रम्दैनथे  एकान्तमा रम्दैनथे  हिजो तिम्रो कुरा सुनी रम्थे  तिम्रो मुस्कानमा रम्थे,तिम्रो आँखामा रम्थे  तिमिलाइ खुसि राख्ने कुरा सोची रम्थे आज तेही कुरा भुल्न म रम पिउदै रम्छु ,  रम पिउदै रम्छु अझ धेरै रमाउन मन छ  सायद फेरी रम्नुको परिभाषा बदलियेला  आजको रम्नु भोलिको रम्नु नहोला  तर केहि छैन भोलि फेरी अर्को रमाइलो चिज आउने छ  अनि म फेरी रम्नेछु ,रमाई रहनेछु  म रमाई रमाई मर्नेछु 

gairamailo · Apr 11, 2010 10:19 PM · 14,587 views

3 Replies

रम्नु न हो जिन्दगी कहिले बिरहमा अनी कहिले सुन्यतामा, अहिले {vachiya} जस्तो कहिले जले जस्तो, आखिर जस्तो भयनी रम्नु न हो जिन्दगी

mayamero · Apr 12, 2010 11:02 AM

क्या मस्त कविता लेखेका छौ हो गैरामैलो। कृपया के म यो कविता पैचो लिन सक्छुँ? चित दुखे मा क्षमा। जय होस्

subrath · Apr 12, 2010 11:52 AM

sure man.thx for liking.

gairamailo · Apr 12, 2010 6:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all