Hero no 1: सेनामाथि कटवाल-राजनीति 11/04/2010 17:08:00 Naya Patrika Font size: प्रधानसेनापतिबाट अवकाश लिइसकेका रुक्मांगद कटवाल शान्ति-प्रक्रियाविरुद्ध बोल्दै हिँडेका छन् । अहिले पनि उनी ज्ञानेन्द्रको निरंकुश शासनका प्रधानसेनापति नै भएजस्तो चुरीफुरी देखाउँदै हिँडेका छन् । उनी नेपाली सेना आफ्नो पेवा भएझैँ सेनाको वकालत गर्दै हिँडेका छन् । उनी कहिले बिबिसीमा बहालवाला सेनापतिको जस्तो नेपाली सेनाका बारेमा वकालत गर्छन् त कहिले पत्रकारलाई आफ्नै निवासमा बोलाएर निरंकुश शासकजस्तो नेपाली सेनालाई उत्तेजित पार्ने खालका अभिव्यक्ति दिँदै हिँडेका छन् । आफ्नो भोको पेट र नांगो शरीर बोकेर गरिब नेपाली जनताले राज्यलाई तिरेको राजस्वबाट पालिएको नेपाली सेना देशमा गृहयुद्धको पक्षमा होइन, शान्तिको पक्षमा छ र हुनु पनि पर्छ । कतै कटवाल फेरि पनि नेपालमा रक्तपात भएको हेर्न चाहिरहेका त छैनन् ? उनले फेरि पनि ०६१ सालमा जस्तै शाही 'कु'को सपना देख्न थालेका त होइनन् ? उनले यदि देशमा रक्तपात भए नेपाली सेना बार्दलीबाट चियाएर नबस्ने बताएका छन् । यतिखेर छत्रमानसिंह गुरुङ वा कटुवाल प्रधानसेनापति को हुन् ? कि कटवाल हालका रक्षामन्त्री नै हुन्, नेपाली सेनाका बारेमा वकालत गर्दै हिँड्ने । नेपाली सेना कटवालको इसारामा चल्ने शाही सेना होइन । नेपाली सेना त जनआन्दोलनपछि नेपाली जनताको मातहतमा आइसकेको छ । सशस्त्र युद्धताका उनको आदेशमा नेपाली जनताका छातीमा बन्दुक तेस्र्याउने शाही सेना पनि होइन यतिखेरको नेपाली सेना । नेपाली सेना लोकतान्त्रिक पद्धतिमा आइसकेको छ । नेपाली सेना कटवालजस्तो राजदरबारको नुन खाएर हुर्केको पनि होइन, नेपाली सेनाका अधिकांश अधिकृत र जवान त गरिब नेपालीका छोराछोरी हुन् । नेपालीको राष्ट्रियता जोगाउने पहरेदार हुन् । अब नेपाली सेनाका बारेमा बोल्ने अधिकार कटवाललाई छैन । चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा तान्यो भनेझैँ कटवाल किन प्यारप्यार बोलिरहन्छन् ? किन उनी वेलाबखत फत्फताउँछन् । कि यिनले जेठ १४ भित्र संविधान नबने आकाशै खस्छ भन्ने ठानेका छन् । जेठ १४ भित्र संविधान नबने नेपाली जनताले खबरदार गर्नेछन्, नयाँ संविधान बनाउन समय थप्न । त्यति गर्दा पनि नयाँ संविधान बनेन भने ६ सय १ जना सभासद्लाई गलहत्याएर नागरिक समाजको पहलमा नयाँ संविधान बनाएरै छाड्छन् । नेपाली जनताभन्दा अब नेपालमा कोही ठूलो छैन । यदि कसैले नपाली जनताभन्दा आफूलाई नै सर्वेसर्वा ठान्छ भने त्यो उसको मूर्खता मात्र हुनेछ । चेतनाको स्तरमा नेपाली जनता धेरै माथि उठिसकेका छन्, नयाँ संविधान बनाउन सक्षम भइसकेका छन् । राणाशासन, पञ्चायती शासन, निरंकुश राजतन्त्र, दसवर्षे सशस्त्र युद्ध झेलेका नेपाली जनता धेरै अनुभवी र बौद्धिक भइसकेका छन् । नेपाली सेना पनि धेरै सजग भइसकेको छ । कटवालले भन्दैमा नेपाली सेना अब रक्तपातपूर्ण युद्धमा आउँदैन । अझै पनि बहालवाला सेनापति आफू नै भएको ठानेर सेनालाई भड्काउने भाषण गर्दै हिँड्छन् भने भोलि नेपाली जनताले नै कटवाललाई तह लगाउनेछन् । यतिखेर जनसेना र नेपाली सेना लोकतान्त्रिक पद्धतिमा आइसकेका छन् । उनीहरू दुवै नेपाली जनताका छोराछोरी हुन् । नेपाली माटोमा ढिँडो र सिस्नो खाएर तपतप पसिना चुहाउने गौरवशाली नेपाली हुन् उनीहरू । कटवाललाई लाग्दो हो, निर्धारित समयमा नयाँ संविधान बनेन भने फेरि पूर्वराजा ज्ञानेन्द्र ब्युँतनेछन् र नेपाली जनतामाथि फेरि निरंकुशता लादिनेछ । अब नेपाली जनताले निर्मूल पारेको राजतन्त्र कुनै पनि हालतमा ब्यँुतनेछैन । उनलाई यस्तो पनि लाग्दो हो, पूर्वराजा ज्ञानेन्द्रले निरंकुश शासन फेरि हत्याए भने नेपाली सेनाको प्रमुख बन्ने आफ्नो भाग्य उदाउनेछ । साँच्चिकै यस्तै सपना देखेकै हुन् भने कटवालको त्यो सपना केवल सपनामै मात्र सीमित रहनेछ । कसैले गोली तयार पारेको छ भने पहिलो गोली थाप्न आफू पछाडि नहट्नेजस्तो उनको अभिव्यक्ति पक्कै असावधानीवश आएको हतारको अभिव्यक्ति होइन । यस अभिव्यक्तिभित्र पक्कै पनि कुनै गूढ रहस्य लुकेको छ । कृष्णा रेग्मी Hero no 2: मेरै नेतृत्वमा नयाँ सरकारः गच्छदार राजविराज, चैत्र २९ - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उप प्रधानमन्त्री बिजयकुमार गच्छदारले माधवकुमार नेपाल नेतृत्वकै सरकार जेठ १४ गते सम्म कायम रहने दाबी गरेका छन् । तर, जेठ १४ गते नयाँ संविधान घोषणा हुन नसके त्यसपछि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने उनले बताए । फोरम लोकतान्त्रिक सप्तरीले आइतवार राजविराजमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै गच्छदारले निर्धारित समयमा संविधान घोषण गर्न नसके बर्तमान सरकार असफल हुने उल्लेख गरे । 'ठूला दलहरुको सरकार सरकार बनाउन असफल भएपछि मधेसी दलको नेतृत्वमा सरकार बनाउनु पर्छ,' उनले भने, 'त्यसपछिको नयाँ सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्छ ।' राष्ट्रपति उपराष्ट्रपति मधेसी समुदायबाट बनेपनि कार्यकारिणी अधिकार भएका प्रधानमन्त्री मधेसी समुदायबाट नबने सम्म मधेसीले हक अधिकार पाउन नसक्ने उनले बताए । माओवादीले चाहे जस्तो सेना समायोजन हुन नसक्ने उनले बताए । 'एक हतियार एक लडाकाको सिद्धान्त अनुसार साढे तीन हजार लाडाकाको ब्यवस्थापन मात्र हुन सक्छ,' उनले भने, 'त्यस भन्दा बाहिर गएर माओवादी लडाकाको ब्यवस्थापन भए सोही अनुसार मधेसी युवाहरुलाई पनि नेपाली सेना लगायत सुरक्षा निकायमा समुहगत प्रवेश निश्चित गर्नुपर्छ ।'
timer · Apr 11, 2010 1:56 PM · 2,327 views
Gachhadar....he is funny
Poon-Hill · Apr 11, 2010 4:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion