बिहेको प्रस्ताव मनिषालाई मैले राखें

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं महाराजगंज निवासी ३३ बर्षीय सम्राट र ४० बर्षीया बलिउड नायिका मनिषा कोइरालाबीच विवाहको लगनगाँठो कसिने खबरले दुवै चर्चामा छन् । मनिषासंगको सम्बन्ध र उनको व्यक्तिगत तथा व्यवसायिक जीवनका बारे ईकान्तिपुरका सुरज कुँवर र बेनुप भट्टराई गरेको कुराकानीः तपाईंबारे भनिदिनुहोस न ? अमेरीकाको टेक्सासबाट इन्ड्रस्टीयल इन्जिनियरिङ्ग र एमबिए पास गरेपछि सन २००३ मेदेखी नेपालमा बस्दै आएको छु । बायोग्यासको क्षेत्रमा कार्यरत छु । यस्का लागि इकोफिन नामको संस्था दर्ता गरि एक वर्षयता अनुसन्धान गरिरहेको छु । तपाईको पारिवारिक पृष्टभूमी के हो ? बुवा सुरेन्द्र दाहाल बासबारी छाला जुत्ता कारखानाका पूर्व म्यानेजर हुनुहुन्थ्यो । अहिले उहाले आफ्नै लगानीमा घर छेउमै लेदरविङ्स नामको छाला जुत्ता काराखाना चलाउनु  भएको छ । आमा गुणकेशरी चक्रपथको राष्ट्रिय वाणिज्य बैकमा कार्यरत हुनुहुन्छ । परिवारमा म कान्छो हु । जेठा दाजु सुरज पनि अमेरीकामैं एमबिए गरेर यतै शैक्षिक संस्थामा आवद्ध हुनुहुन्छ । पहिले बालमन्दिरमा आवद्ध उहाँ अहिले काठमाडौं एकेडेमी र काठमाडौं विश्वविद्यालयमा संलग्न हुनुहुन्छ । पब्लिक हेल्थमा पिएचडी दिदी शुभाश्री र उहाँको परिवार अमेरीकामैं छन् । हामी तीनै जनाले विश्वविद्यालयको पढाई अमेरीकाबाटै गरेका हौं । पढ्ने सिलसिलामा सात बर्ष त्यहाँ बस्नुअघि दिल्लीमा विज्ञानबाट प्लस टू पास गरेको थिएँ । एसएलसी चाहि बुढानिलकण्ठ स्कुलबाट गरेको हु । मनिषासंग पहिलो भेट कहिले भयो ? हाम्रो पहिलो भेट चार महिनाअघि काठमाण्डुमै भएको हो । म जस्तै विदेशमा पढेका १५/२० साथीहरुवीच सानो ग्यादरिङ थियो । त्यहीं मनिषासंग भेट भएको हो । त्यसअघि उनलाई देख्नु त परै जाओस भेट्ने कल्पनासमेत गरेको थिइनँ । त्यो जमघटको उद्देश्य के थियो ? विदेशमा पढेका तर नेपालमैं केही गरौं भन्ने सोच र चाहना भएका साथीभाईको अनौपचारिक भेटघाट थियो । (महिना र स्थान खुलाउन नचाहँदै) गएको जाडोयाममा पर्यटकीय शहरको एक रेष्टुरेन्टमा त्यो जमघट थियो । त्यतिबेला घर आएकी मनिषालाई पनि निम्ताएका थियौं । पहिलो भेटमा तपाईहरुबिच कस्ले मन परायो ? त्यहाँ अन्तिममा पुग्ने म थिएँ । अरु भेला भइसकेका थिए । म निलो कोट पाइन्टमा थिएँ । मनिषा चाहिं हरियो सारीमा थिइन् । मैंले इज्जतदार नमस्कार गरें र आफ्नाबारे बताएँ । पढेर नेपाल फर्किनुको उदेश्य सुनाउंदा उनी प्रभावित भइन् । कार्ड सेयरिङ भयो । त्यसपछिका दिनमा भेटघाट र सम्र्पक हुनेक्रम बढ्यो ।   पहिले विहे वा प्रेम के प्रस्ताव राखियो ?   भेटेपछि हामीवीच फ्रेन्डसिप जारी थियो । उनका बानी व्यहोराले मलाई तानेपछि मन पराएँ । परिवारमा कुरा राखें । पोजेटिभ कुरा आएपछि मनिषलाई भनें । उनले पनि घरमा सुनाउँदा त्यस्तै संकेत आयो । त्यसपछि हामीवीचको माया विहे हुने चरणमा पुग्यो ।   डेटिङ पनि त जानुभयो होला नि ? (अकमकाउँदै) डेटिङ त गइयो । तर कहाँ र कहिले भन्न मिल्दैन । उनको हजुरवुवाको मृत्यु भएको ४५ दिन नपुगेकाले यो विषयमा प्रोपोगाण्डा क्रियट नगरौं । मनिषाको कुन गुणले तान्यो ? फिल्मी दुनियाँको अनुभव, बहुआयामिक व्यक्तित्व, घुलमिलपन, तार्किकता, जिम्मेवारीवोध, परिपक्ता, परिवारप्रतिको उत्तरदायित्व उनमा जति पाएँ, त्यसबाटै प्रभावित हुनपुगें । विहे कहिले र कहाँ गर्ने योजना छ ? म आमा, बा र दाजुबाट प्रभावित भई काठमाडौं फर्केको मान्छे हुँ । डेफिनेट्ली विहे पनि यतै हुन्छ । तर त्यो कस्तो खालको र कहिले हुन्छ भन्ने दुई परिवारको निर्णयमा भर पर्नेछ ।   विहेपछि मनिषा जी ले के गर्नुहुन्छ ? भारतमा उनको छुट्टै पहिचान छ । चाहेको काम गर्न उनलाई स्वतन्त्रता हुनेछ । मैंले थाहा पाएसम्म उनले नेपालकै बालबालिकाको हितमा केही काम गर्ने सोच राखेकी छन् । मनिषासंग कतिको सम्पर्क हुन्छ ? (टेवलमा राखेका दुईटा मोवाइल हेर्दै ) उनी सुटिङलाई इण्डियाको केरलामा छिन् । आवश्यक परे दिनमा चार/पाँचपल्ट पनि हुन्छ । -कुराकानीक्रममैं उनले मनिषालाई दुईपल्ट फोन गरेका थिए) सेलिब्रेटीसँग विहे हुने भएपछि कस्तो अनुभव गर्दै हुनुहुन्छ ? (हांस्दै) खासै त्यस्तो छैन । म लो प्रोफाइलमैं बस्न रुचाउछु । आफूले गरेको कामको चर्चा गर्न मन लागेपनि प्राइभेट लाइफलाई लिएर हाइलाइट हुने रहर छैन् । यदी मनिषासंग विहेको टुंगो नलागेको भए ? घरमा विहेको पालो मेरै थियो । स्वदेश फर्के देखिनैं विहेका लागि परिवारको दवाव थियो । मन मिल्ने केटीको खोजीमैं थिए । त्यही बेला उनी भेटिइन् । विहेपछि यही बुढानिलकण्ठमा घर बनाएर बस्ने रहर छ । तपाईका रुची के के हुन् ? म खेलकुदको सौखिन हुँ । स्कुलदेखि नैं बास्केटबल, सकर, ह्याण्डबलको खेलाडी हुँ । अहिले पनि फुटवल खेल्छु । मनिषासंग जोडी बाँध्दै हुनुहुन्छ, फिल्म चाहिं कतिको हेर्नुहुन्छ ? नौ बर्षअघि दिल्लीमा पढ्दा उनको '१९७४ अ लभस्टोरी' हेरेको थिएँ । त्यसपछि अरु पनि हेरें हुँला तर फिल्मको नाम र स्टोरी बिर्सिन्छु । अचेल व्यस्तताले टीभी हेर्ने फुर्सद छैन । आगामी असार ५ गते विहेको टुंगो लागेको हो ? यसबारे मलाई थाहा छैन् । हाम्रो परिवारबिच कुराकानी हुँदैछ । अहिले उनको हजुरबुवाको जुठोका कारण यो शुभकार्यबारे निर्णय गर्नु राम्रो मानिदैन् ।   विहेबारे संचारमाध्यममा सार्वजनिक भएपछि कस्तो लाग्दैछ ?   एकै दिनमा हैरान भइसकें । हेर्नुहोस -मोबाइल देखाउदै) दिउँसो ४ बजेदेखी ८ बजेसम्म मात्रै ४८ वटा भन्दा बढि कल स्त्रिmनमा छन् । बिहानदेखि आएका कल त कति हुन् कति । फोनले टेन्सन गरायो । अफिसमेत गइन । मलाई मात्र कहाँ हो र, साथीभाई र घरमा समेत विहेवारे सोधेर हैरान पारिरहेका छन् । फोनमैं झुण्डिनु परेकाले आमाले विहान लगाएको कपडा फेर्न पाउनु भा'छैन् । सञ्चारमाध्यमले फोटोसहित विहेको समाचार देखाउँदैछन् नि ?   त्यस्तो भइसक्यो है । ए त्यो डेनमार्क हुँदाको फोटो फेसवुकबाट हाले होला । -बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा कुराकानी गरिरहेका उनी लवीमा छिरे । फेसवुकको एकाउन्ट तत्काललाई डिएक्टीभ गरिदिए ) अब त फोटो नभेट्लान कि । प्रसंग बदलौं, कोइराला परिवारमा पहिले कस्लाई चिन्नुभयो ? वीपी अनि गिरिजाप्रसाद । (यही प्रसंगमा) अस्ति गिरिजावावुको निधनमा म कोइराला परिवारसंगै थिएँ । अमेरिका छाडेर नेपाल किन आउनुभएको ? मलाई स्वदेशको औधी माया लाग्छ । यो देशमा रोजगारी र विकासमा योगदान गर्न चाहान्छु । फोहोर, गोबर, झारपात आदीबाट बिजुली, ताप र बाफ निकाल्ने विधी जानेको छु । केही महिनामैं एउटा गाउँ (नाम नखुलाऊ) बाट म त्यो काम थाल्दैछु । सरकारको साथ पाए, नेपालमा खेर गएको फोहोर र झारपातबाटै देश झलमल्ल पार्न सकिन्छ भन्ने देखाइदिनेछु । फोहोर व्यवस्थापनमा हालेको टेन्डर के भयो नि ? फिनल्याण्डको प्रतिष्ठित संस्था इकोफिनसँग मिलेर काठमाडौंको फोहोर व्यवस्थापन गर्न स्थानीय विकास मन्त्रालयमा प्रस्ताव गरेको थिए । तर, त्यहाँबाट मेरो संस्था छनौटमा परेन । केही व्यापारीहरुको लालसामा अल्झिएका सचिव र कर्मचारीले म जस्ता युवाको अवधारणा बुझेनन् । तर निराश भएको छैन् । काठमाण्डुमा काम गर्न नपाएपनि अरु शहरी क्षेत्रमा चाडै काम थाल्दैछु ।  

Neal h · Apr 10, 2010 10:42 PM · 18,840 views

5 Replies

Are you sure this interview is true? Where is the source? He graduated from University of South Alabama,. He was my collegue.

Nepalism · Apr 11, 2010 9:46 AM

nepalism it was published in nagariknews.com few days back .  

bhakte dai · Apr 11, 2010 10:00 AM

Dude, Good job. BTW, change your last name to Koirala so associated last name with the Koirala clan can lead you to the road of future PM. Remember this!

ChitraP · Apr 11, 2010 2:18 PM

केको गन्थन , कस्ले propose गर्या भनेर , हामीले सोध्या पनि छैन , एउटा नेपालिले नेपाली खोजेर बिहे गर्ने तयारी हुँदै छ , तर हामी हरु पकवान तयार गर्दै छौ .किन खोजी निती कस्ले प्रपोज गर्‍यो भनेर, ४० बर्से सुन बुढी भेटे पछी , हेरै जा तेरो भाग्यमा "पहिलो पुरुष" First Man  बन्ने लेखेको रहेछ भने सुन्न पाइेला। १ , २ वटा घोर्ले छोरो पाइदी भने झन सुनमा सुगन्ध , भन्नु जरुरी छैन कस्ले प्रपोज गर्‍यो , घर जमा जमा , तेही हाम्रो शुभकामना ।

बैरागिकाइलो · Apr 12, 2010 5:01 PM

केही महिना अघी मनिषाको आपतीजनक भिडियो यही साझा मा थियो। नेपाली समाज धेरै सहन शिल भ्एछ। गूड् लक टु बोथ अफ दिम।

SHIV · Apr 13, 2010 3:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all