Bharat Bhurtel - Suicide or murder?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पत्रकार भूर्तेलद्वारा आत्महत्या http://www.ekantipur.com/np/20... http://nagariknews.com/news-hi... I've read some of his columns and they were good. My guess is that it is not a suicide. The reasons are: - No sign of mental trauma - He mentioned of getting threats - Shower is an unusual place for such act - If he went to stay at guest house for suicide instead of writing a book, he'd be prepared rather than hurrying to die using a 'jhool rope' in a shower. - News don't mention if windows were open when they forced through the door. Things are getting scary in Kathmandu with all these mao, terai, and other gangs. If it is involved with high profile, I doubt if police will ever solve it.

arahat · Apr 9, 2010 11:39 AM · 18,404 views

11 Replies

Most likely it is a murder case but will end with suicide case.

syanjali · Apr 9, 2010 12:01 PM

its definitely a murder!

Rodiohead · Apr 9, 2010 12:11 PM

God save Nepal. I am feeling so sorry for his wife and daughters. The state can;t provide security for such high profiled person than what about we general public. [Disallowed String for - bad word] those asshole leaders who are trying to sell the countries and makes us people shy being called Nepali for their own benefit.

alchhethigro · Apr 9, 2010 12:13 PM

wwaaaah CSI bhanda ni khatra rodiohead! kura sunerai bhanna sakney murder ho ki suicide!!

CyLegend · Apr 9, 2010 12:14 PM

वरिष्ठहरूको वार्तालाप - भरत भुर्तेल 'सबै म कहाँ आउनोस्।' शेरबहादुरजीले भन्नुभो-'जरुरी काम छ।' 'किन आउने?' सुशीलजीले भन्नुभो-'तपार्इँनै म कहाँ आउनोस्।' 'मिल्दैन।' शेरबहादुरजीले भन्नुभो- 'म कहाँनै आउनोस्।' 'किन नमिल्ने?' सुशीलजीले बताउनुभो-'अब मिलेर जानुपर्छ।'  'मैले तपाईको डेरा देखेको छैन।' शेरबहादुरजीले भन्नुभो-'त्यही भएर मिल्दैन।' 'मैले पनि देखेको छैन।' सुशीलजीले सोध्नुभो-'तपाईको डेरा कहाँ छ?' 'बुढानीलकण्ठमा मेरो घरै छ।' शेरबहादुरजीले भन्नुभो-'जसले पनि देखाइदिन्छ।' 'टाढा रहेछ।' सुशीलजीले भन्नुभो-'यतै आउनोस्।' 'मिल्दैन।' शेरबहादुरजीले भन्नुभो-'नमिल्ने कुरामा जिद्दी नगर्नोस्।' 'किन नमिल्ने?' सुशीलजीले भन्नुभो-'रामचन्द्रजीले मिल्छ भन्नु भएको छ।' 'रामचन्द्रको कुरा छाडनोस्।' शेरबहादुरजीले भन्नुभो-'मेरो कुरा सुन्नोस्।' 'तपाईको कुरा किन सुन्ने?'सुशीलजीले भन्नुभो-'कारण बताउनोस्।' 'किन भने म वरिष्ठ हुँ।' शेरबहादुरजीले भन्नुभो-'वरिष्ठले भनेको सुन्नुपर्छ।' 'कसरी बरिष्ठ?' सुशीलजीले सोध्नुुभो-'तपाईलाई कस्ले वरिष्ठ बनायो?' 'गिरिजाबाबुले।' शेरबहादुरजी भावुक हुनुभो-'हामीले उहाँको सपना साकार पार्नुपर्छ।' 'उहाँको सपना के थियो?'सुशीलजीले भन्नुभो-'मलाई प्रष्ट पार्नोस्।' 'मलाई वरिष्ठ बनाउने।' शेरबहादुरजीले भन्नुभो-'भेरी सिम्पल।' 'उहाँको सपना त्यस्तो थिएन।' सुशीलजीले भन्नुभो-'मलाई सब थाहा छ।' 'के थाहा छ?' शेरबहादुरजीले भन्नुभो-'थाहा भए भन्नोस्।' 'उहाँको सपना थियो।'सुशीलजीले भन्नुभो-'मलाई वरिष्ठ बनाउने।' 'कसरी?' शेरबहादुरजीले सोध्नुभो-'के प्रमाण छ?' 'प्रमाण म स्वयं छु।' सुशीलजीले सोध्नुभो-'पार्टी सभापति को हो?' 'स्वर्गीय गिरिजाप्रसाद।' शेरबहादुरजीले जवाफ दिनुभो-'मलाई कण्ठै छ।' 'होइन।'सुशीलजीले भन्नुभो-'पार्टी सभापति म हुँ।' 'तपाईनै हो रे।' शेरबहादुरजीले सोध्नुभो-'यसले के फरक पर्छ?' 'सभापति वरिष्ठ हुन्छ।' सुशीलजीले भन्नुभो-'संस्थागत कुरा यो हो।' 'हुँदैन।' शेरबहादुरजीले भन्नुभो-'हाम्रो पार्टीको परम्परा बेग्लै छ।' 'के छ पार्टी परम्परा?' सुशीलजीले भन्नुभो-'चालीस वर्षदेखि म पनि यहीँ छु।' ' किसुनजी सभापति हुनुहुन्थ्यो।' शेरबहादुरजीले सोध्नुभो-'बीपी के हुनुहुन्थ्यो?' 'के हुनुहुन्थ्यो?'सुशीलजीले भन्नुभो-'तपार्इँनै भन्नोस्।' 'किसुनजी सभापति हुनुहुन्थ्यो।' शेरबहादुरजीले सोध्नुभो-'गणेशमानजी के हुनुहुन्थ्यो?' 'भन्दै जानोस्।' सुशीलजीले जिज्ञासा राख्नुभो-'तपाईँ के भन्न चाहनुहुन्छ?' 'बीपी हुनुहुन्थ्यो वरिष्ठ नेता।' शेरबहादुरजीले भन्नुभो-'जुन बेला किसुनजी अध्यक्ष हुनुहुन्थ्यो।' सुशीलजी बोल्नु भएन। 'गणेशमानजी हुनुहुन्थ्यो सर्वमान्य।' शेरबहादुरजीले भन्नुभो-'जुन बेला किसुनजी सभापति हुनुहुन्थ्यो।' सोध्नुभो-'कुरा बुझ्नुभो?' 'यसरी इन्स्टिच्युसन बन्दैन।'सुशीलजीले भन्नुभो-'अब संस्थागत निर्णय गर्नुपर्छ।' 'निर्णय गर्नोस्।' शेरबहादुरजीले भन्नुभो-' संस्थागत निर्णय गरेर मलाई वरिष्ठ नेता भन्नोस्।' 'किन भन्ने?' सुशीलजीले सोध्नुुभो-'तपाई कसरी वरिष्ठ हुनुभो?' 'गिरिजाबाबु पछि मेरो पालो हो।' शेरबहादुरजीले भन्नुभो-'म पटक पटक प्रधानमन्त्री भै सकेँ।' 'म चाहिँं मन्त्रीसमेत भइन।' सुशीलजीले भन्नुभो-'मैले धेरै त्याग गरेकोछु।' 'तपाईँसँग के थियो र त्याग्नु?' शेरबहादुरजीले भन्नुभो-'बरु मैले पो त्यागेँ।' 'के त्याग्नुभो? सुशीलजीले भन्नुभो-'लौ भन्नोस्।' 'म पार्टी हाँकेको मान्छे।' शेरबहादुरजीले भन्नुभो-'उताको पार्टी त्यागेर यता आएँ।' सोध्नुभो-'तपाईले के त्याग्नुभो?' 'मैले पनि त्यागेँ।' सुशीलजीले भन्नुभो-'तपाई पटकपटक ऊ हुनु भो म कहिल्यै भइन।' 'त्यही भएर भनेको।' शेरबहादुरजीले सोध्नुभो-'कहिल्यै केही नभएको मान्छे कसरी वरिष्ठ हुन सक्छ?' 'रामचन्द्रजीलाई सोधौँ।' सुशीलजीले भन्नुभो-'समाधान निस्कन सक्ला कि?' 'तपाईहरू मिल्नोस्।' रामचन्द्रजीले भन्नुभो-'मेलमिलापको विकल्प छैन।' 'कसरी मिल्ने?' शेरबहादुरजीले भन्नुभो-'समस्या यही हो।' 'उपाय सरल छ।' रामचन्द्रजीले भन्नुभो-'हानथाप छाडनोस्, दुवैजना मिलेर मलाई वरिष्ठ बनाउनोस्। सोध्नुभो-'यसभन्दा उत्तम समाधान के हुनसक्छ?' नून र शपथ आइतवार, 31 जनवरी 2010 12:31 भरत भुर्तेल 'अब दोहोर्‍याएर खाने।' उपराष्ट्रपतिले भन्नुभो-'भर पेट।' 'के खाने?' पत्रकारले सोधे-'शपथ खाने कि कसम खाने?' 'कसम नखाने।' उपराष्ट्रपतिले भन्नुभो-'अब चाहीँ शपथ खाने।' 'किन?' पत्रकारले पुनः सोधे-'कसमको साटो किन शपथ खाने?' 'कसम खाएर मैले आफ्नो कर्तव्य निभाएँ।' उपराष्ट्रपतिले भन्नुभो-'उनीहरूले निभाएनन्।' 'कस्ले निभाएन?' पत्रकारले सोधे-'कुरै बुझिएन।'  'कस्ले निभायो?' उपराष्ट्रपति दुखी हुनुभो-'भन्नोस् कस्ले निभायो?' 'त्यही सोधेको।' पत्रकारले सोधे-'कस्ले निभाएन?' 'मैले कसम खाएँ।' उपराष्ट्रपतिले सोध्नुभो-'खाएँ कि खाइन?' 'खानुभो।' पत्रकारले भने-'राष्ट्रपतिले एकथोक ख्वाउँनुभो तपाईले अर्कै थोक खानुभो।' 'हो , राष्ट्रपतिले मातृभाषामा खान भन्नुभो।' उपराष्ट्रपतिले बताउनुभो -'मैले दातृ भाषामा खाएँ।' 'हो , तपाईले त्यसो गर्नुभो।' पत्रकारले भने-'त्यसपछि गड्बड् सुरु भो।' 'मैले देशका लागि यसो गरें।' उपराष्ट्रपतिले भन्नुभो-'कर्तव्य निर्वाहका खातिर।' 'कसरी?' पत्रकारले सोधे-'मैले कुरा बुझिन।' 'तपाईँ भन्नोस्।' उपराष्ट्रपतिले सोध्नुभो-नुन कहाँबाट आउँछ?' 'कहाँबाट?' पत्रकारले भने - सायद समुद्रबाट।' 'हामी कहाँ समुद्र छ?' उपराष्ट्रपतिले सोध्नुभो-'छ कि छैन?' 'छैन।' पत्रकारले जवाफ दिए-'हामी कहाँ हिमालमात्र छ।' 'हिमालमा हिउँ हुन्छ?' उपराष्ट्रपतिले प्रश्न गर्नुभो र उत्तर समेत दिनु भो-'त्यहाँ हिउँँमात्र हुन्छ।' 'हो , हिमालमा नुन हुँदैन।' पत्रकारले सही थापे-'हिउँमात्र हुन्छ।' 'तपाईँ दालमा के हाल्नु हुन्छ?' उपराष्ट्रपतिले सोध्नुभो-'नुन कि हिउँ?' 'नुन।' पत्रकारले बताए-'दालमा हिउँ हाल्यो भने अलिनो हुन्छ।' 'बस् कुरा बुझ्नोस्।' उपराष्ट्रपतिले भन्नुभो-'मैले किन दातृभाषामा कसम खाएँ, यसैबाट प्रष्ट हुन्छ।' 'कसरी प्रष्ट हुन्छ?' पत्रकारले जिरह गरे-'मैले तैपनि बुझिन।' 'तपाई आदमी हो कि पैजामा?' उपराष्ट्रपति रिसाउनुभो-'यति सजिलो कुरा पनि बुझ्नुहुन्न!' 'म आदमी होइन।' पत्रकारले भने-'पाइजामा पनि होइन, पत्रकार हुँ। 'तपाईँलाई थाहा छ हामी कहाँ समुद्र छैन।' उपराष्ट्रपतिले भन्नुभो-'त्यही भएर नुन पनि छैन। ' 'हो हामी कहाँ नुन छैन।' पत्रकारले दोहोर्‍याए-'किन भने समुद्र छैन।' 'समुद्र कहाँ छ?' उपराष्ट्रपतिले विशेष दिशातिर औलाले देखाउँदै भन्नुभो-'त्यो उता छ।' उपराष्ट्रपतिको व्याख्यानमा मग्न पत्रकारले थप प्रतिक्रिया दिएनन्। 'तपाई बिहान नास्तामा नुन हाल्नुहुन्छ।' उपराष्ट्रपतिले भन्नुभो-'बेलुकाको खानामा नुन हाल्नुहुन्छ।'  'मौका परे दिउँसोको खाजामा पनि नुन हाल्छाँै।' पत्रकारले सघाए-'नुन अति आवश्यक वस्तु हो।' 'नुन खानु हुन्छ उताको।' उपराष्ट्रपतिले भन्नुभो-'शपथ खानुहुन्छ यताको।' सोध्नुभो-'के यो इमान्दारी हो?' पत्रकार दोश्रो पटक प्रतिक्रियाविहीन भए।  'नेपाली जाति नुनको सोझो गर्न संसारभर कहलिएको छ।' उपराष्ट्रपतिले भन्नुभो-'यहाँ सब उल्टो भैरहेको छ।' 'त्यही भएर तपाईले कसम खानु भएको? पत्रकारले भने-'मैले कुरो बुझेँ।' 'देशका लागि त्यसो गर्नु पर्‍यो।' उपराष्ट्रपतिले भन्नुभो-'मेले देखाइदिएँ नेपालीहरू कसरी नूनको सोझो गर्छन्।' 'तर तपाईको पद खतरामा पर्‍यो।' पत्रकारले भनेे-'कस्तो फसाद!' 'मैले मेरो कर्तव्य निभाएँ।' उपराष्ट्रपतिले भन्नुभो-'उनीहरूले निभाएनन्।' 'कस्ले निभाएन?' पत्रकारले भने-'मैले बुझिन।' 'तिनले निभाएनन्।' उपराष्ट्रपतिले भन्नुभो-'जसका लागि मैले निभाएको थिएँ।' 'तिनले के गरे?' पत्रकारले सोधे-'अझ प्रष्ट भएन।' 'मेरो पद चैट भयो।' उपराष्ट्रपतिले गुनासो गर्नुभो-'तिनले मेरो वास्ता गरेनन्।' त्यसपछि उपराष्ट्रपति भावुक हुनुभो। पत्रकार पनि उहाँको भावुकतामा सामेल भए। 'पद गयो, इज्जत गयो।' उपराष्ट्रपति दुःखी हुनुभो-'तिनले केही गरेनन्।' 'यो देशमा नुनको सोझो गर्नेको कल्याण नहुने रहेछ।' पत्रकार बहकिए-'जस्तो तपाईँको भएन।' 'तपाईँ नुनको सोझो गर्नुहुन्छ?' उपराष्ट्रपतिले सल्लाह दिनुभो-'नगर्नु होला।' 'किन गर्ने?' पत्रकारले भने-'नुनको सोझो गर्दा तपाईँले जस्तै दुख पाइन्छ।' 'अबदेखि यसो गर्ने।' उपराष्ट्रपतिले भन्नुभो-'नुन चाहिँ खाने , सोझो चाहिँ नगर्ने।' सोध्नुभो-'तपाई नुन खानु हुन्छ?' 'तपाईँ पहिले शपथ खानोस्।' पत्रकारले बताए-'त्यसपछि विचार गरौँला।' 'खानै पर्‍यो।' उपराष्ट्रपतिले भन्नुभो-'पहिले देशका लागि खाइयो, अब पेटका लागि खानुपर्ला।' Last edited: 09-Apr-10 12:42 PM

arahat · Apr 9, 2010 12:42 PM

सिंगापुर यात्रा आइतवार, 22 नोभेम्बर 2009 11:32 भरत भुर्तेल   1 2 3 4 5 Share this Twitter  Digg  Del.icio.us  StumbleUpon  Facebook Print E-mail 'म कहाँ छु?' प्रथम पुरुषले द्वितीय पुरुषलाई देखेर सोध्नु भो - 'यो कुन ठाउँ हो?' 'सिंगापुर।' द्वितीय पुरुषले जवाफ दिनु भो - 'तपाईँ सिंगापुरको अस्पतालमा हुनुहुन्छ।' 'तपाईँ चाहिँ कहाँ हुनुहुन्छ?' प्रथम पुरुषले सोध्नु भो- 'काठमाडौँ कि सिंगापुर?'  'म पनि सिंगापुरमै छु' द्वितीय पुरुष हाँस्नु भो- ' प्रत्यक्ष देख्नु भएन! '  'म पनि सिंगापुरमा।' प्रथम पुरुषले भन्नु भो - 'तपाईँ पनि सिंगापुरमा' त्यसपछि सोध्नु भो- 'नेपालमा को छन् त?'  'नेपाली जनता' द्वितीय पुरुषले जवाफ दिनु भो- 'ती चाँहि त्यतै छन्।'  'तपाईँ किन यहाँ त?' प्रथम पुरुषले सोध्नु भो- 'म पो उपचार गर्न आएँ।'  'म पनि उपचारकै लागि हो।' द्वितीय पुरुषले भन्नु भो- 'मलाई पनि तपाईँलाई जस्तै बिरामी छ। '  'के हुन्छ?' प्रथम पुरुषले सोध्नु भो- 'श्वास-प्रश्वासको समस्या हो?'  'होइन।' द्वितीय पुरुषले भन्नु भो- 'मेरो समस्या बेग्लै छ। '  'त्यसो भए कसरी मेरो जस्तो बिरामी भयो त?' प्रथम पुरुषले प्रश्न गर्नु भो - 'के हुन्छ भन्नोस् त?'  'तपाईँलाई पहिले भए जस्तै त हो नि।' द्वितीय पुरुषले स्मरण गराउनु भो- 'तपाईँलाई के हुन्थ्यो संझनोस् त!' मैले विर्सिएँ।' प्रथम पुरुषले भन्नु भो- 'मेरो पछाडि फर्किने बानी छैन।'  'संझने कोसिस गर्नोस् न।' द्वितीय पुरुषले अनुनय गर्नु भो- 'अहिलेको होइन पहिलेको बिरामी संझनोस्।' 'कति सालतिरको?' प्रथम पुरुषले भन्नु भो- 'मिति भन्नोस् म संझने प्रयास गर्छु।'  'मध्यावधि चुनावपछि।' द्वितीय पुरुषले खुलाउनु भो- 'हामी जतिबेला जनयुद्धको तयारीमा थियौं।'  'त्यसबेला म बिरामी थिइन।' प्रथम पुरुषले संझनु भो- 'शारीरिकरूपले त स्वस्थै थिएँ। 'मैले शारीरिक स्वास्थ्यको कुरो गरेको होइन।' द्वितीय पुरुषले अलि हच्केर भन्नु भो- 'तनको होइन मनको बिरामीबारे सोधेको।' थप्नु भो- 'संझनोस् त त्यस बेला तपाईँलाई कस्तो रोग थियो?' 'मनमोहनजी प्रधानमन्त्री थिए।' प्रथम पुरुषले संझने कोसिस गर्नु भो- 'म महाराजगंजमा बस्थें।' 'हो त्यसबेलाकै कुरा।' द्वितीय पुरुषले भन्नु भो- 'हामी चाँहि जंगल पस्ने तयारीमा थियौं।' 'मलाई त्यसबेला जो देखे पनि ढाल्ििदउँ जस्तो लाग्थ्यो।' प्रथम पुरुषले संझनु भो- 'विशेषगरी सरकार ढाल्न मन लाग्थ्यो।' थप्नु भो- 'सरकार नढालुन्जेल निन्द्रै नपर्ने, खानै नरुच्ने हुन्थ्यो।' 'ढाली सकेपछि चाँहि सञ्चो हुनुहुन्थ्यो होला' द्वितीय पुरुषले सोध्नु भो- 'हो कि होइन?' 'हो।' प्रथम पुरुषले भन्नु भो - 'मनमोहनजीको सरकार मैले 'फू' गरेर ढालें। त्यसपछि सञ्चले निन्द्रा लाग्यो।' 'ठीक्!' द्वितीय पुरुषले भन्नु भो- 'मलाई अचेल त्यस्तै हुन्छ। जो देखे पनि ढाल्न मन लाग्छ।' अनुरोध गर्नु भो- 'मलाई पनि सरकार ढालेर संचो हुने मन छ।'  'यसका लागि बेग्लै दबाई गर्नुपर्छ।' प्रथम पुरुषले भन्नु भो- 'यस अस्पतालमा त्यस्तो रोगको उपचार हुँदैन।'  'त्यसका लागि चाँहि के गर्नुपर्छ?' द्वितीय पुरुषले भन्नु भो- 'हामी जे सुकै गर्न तयार छौँ।' 'प्रभुको शरणमा जानुपर्छ।' प्रथम पुरुषले भन्नु भो- 'दान दक्षिणा गर्नुपर्छ।' 'प्रभु कहाँ भेटिनु हुन्छ?' द्वितीय पुरुषले सोध्नु भो- 'तपाईँले के गर्नु भएको थियो?' 'छिमेकमा।' प्रथम पुरुषले भन्नु भो- 'त्यहाँका प्रभुलाई दान दक्षिणा गरेपछि तागत प्राप्त हुन्छ।'  'मैले प्रभुलाई वचन दान गरें।' प्रथम पुरुषले भन्नु भो- 'प्रभुले मलाई सरकार ढाल्ने आशीर्वाद दिनुभयो।' सुझाव दिनुभयो - ' तपाईँ पनि प्रभुलाई भेट्न छिमेकतिर लाग्नोस्।' 'यो तत्काल संभव छैन गिरिजा बाबु।' द्वितीय पुरुषले भन्नु भो- ' छिमेकी प्रभु मसँग रिसाउनु भएको छ।' 'जसरी पनि खुसी पार्नोस्।' प्रथम पुरुषले भन्नु भो- ' तपाईँको बिरामीको दबाई त्यही हो।'  'त्यो मैले पनि महसुस गरेको छु।' द्वितीय पुरुषले भन्नु भो- 'तर प्रभुहरू भेट्नै मान्दैनन्।' सोध्नु भो- 'यसको उपाय के छ?' 'एउटा उपाय छ।' प्रथम पुरुषले एकक्षण सोचेर भन्नु भो - ' एकजना मुनिजी यहाँ आएका छन्, उनलाई भेट्नोस्।' 'को हुन ती मुनि?' द्वितीय पुरुषले सोध्नु भो- 'उनले उपचार गर्न सक्लान्?'  'ती प्रभुका दूत हुन्, हाम्रा डाक्टर पनि हुन्।' प्रथम पुरुषले भन्नु भो- 'तिन्को नाम डाक्टर एस. डी. मुनि हो।' 'मैले चिनेका मान्छे रहेछन्।' द्वितीय पुरुषले भन्नु भो- ' म तिन्लाई अवश्य भेट्छु।' त्यसपछि उहाँले मुनिजीलाई भेटनु भो। डा. शेखर कोइरालाको पहलमा द्वितीय पुरुषका बिरामीका बारेमा छलफल भयो। 'हाललाई यो पाचक सेवन गर्नोस्।' मुनिजीले द्वितीय पुरुषलाई एउटा पुडिया दिदै भन्नु भो- 'यसले शक्ति दिन्छ।' 'प्रभुमाथि भरोसा राख्नोस्।' मुनिजीले सल्लाह दिनुभो- 'नियमित सेवनले पाचन शक्ति बढाउँछ।' 'प्रभु अर्कापटि्ट लागेको सुन्छु।' द्वितीय पुरुषले अनुरोध गर्नु भो- 'मपटि्ट लगाई दिनुपर्‍यो।' 'म कोसिस गर्छु।' मुनीजीले भन्नु भो- 'तपाईँको भक्तिमा सबै निर्भर छ, जस्ले बढी भक्ति गर्छ प्रभुले उसैको कल्याण गर्नु हुन्छ।' 'प्रभुको जय होस्।' द्वितीय पुरुषले सोध्नु भो- 'अब म जाउँ?' मुनिजीले हुन्छ भन्ने संकेत गर्नु भएपछि द्वितीय पुरुष हान्निएर नेपाल फर्किनु भो।

arahat · Apr 9, 2010 12:44 PM

ल काल पल्क्यो, बुढी मरेको हैन, काल पल्केकै हो, हन्ड्रेड परसेन्ट । १- बाँकेमा के रे के रे त्यो के नक्कली नोट गिरोह अरे भन्दै २- जमीम शाह  ३- जनकपुरमा, त्यो के रे, पत्रिका प्रकाशक साहु जि ४- रौतहट, बारातिर कता कता के मोर्चामा लागेका, के के भए भन्छन नि ५- भरत भुर्तेल, राष्ट्रबादी ब्यंग्यकार अब कसको पालो आउने हो, ---------------------- डाँका प्रचण्डेले जमीम मारेको भोलिपल्टै बोली फेरे, तिनलाइ नि थाहा रैछ संकेत । अचेल थुरथुर भएर "हामी कसैको बिरोधि हैनौ" भन्दै हिन्याछन । डरपोक ।

तिका: · Apr 9, 2010 3:09 PM

भरत भुर्तेल जस्तो उत्कृस्ट बेन्ग्य्कार नेपाली प्रेस जगतमा कोही छैनन. उनी अतुलनीय छन. उनको दुखद अन्त्य नेपाली प्रेस जगतमा साचो अर्थमा अपुरणीय घाटा हो. येत्रो सफलताको शिखरमा पुगेको मानिसलाई आत्मा हत्या गर्ने विचार कसरी आयो, यदि आत्म हत्या नै हो भने.  उनको आत्मा को चिर शान्ति पावोस.            

hark_bahadur · Apr 9, 2010 6:49 PM

भरत भुर्तेल लगायत हामीहरु भद्रगोल जेलमा सह बन्दि थियौ, २०४२ सालको सत्याग्रहमा. उनि नरम र मृदुल धारमा बिस्वाश गर्थे र राजा संग मिलेर जानु पर्छ भन्ने उनको मान्यता थियो, हामी चाही सके राजा लाई पाता फर्काएर भए पनि संबैधानिक राजतन्त्र स्थापना गर्नु पर्छ भन्थौ.   तर.........................अहिले परिस्थिति बेग्लै छ.   

hark_bahadur · Apr 9, 2010 7:11 PM

How can feet touch the floor if it's a suicide. But now they're saying he was going through a mental trauma. But this news seem to indicate that the case is 'closed' even before the investigation.

arahat · Apr 10, 2010 4:28 PM

arahat · Apr 14, 2010 10:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all