Courtesy NEPAL Weekly ENJOY फागुनको तेस्रो साता नायक निखिल उप्रेती र नायिका सञ्चिता लुईंटेल लापत्ता भएको खबरले चलचित्र क्षेत्रमा सनसनी मच्चायो । उनीहरू कहाँ गए र के गर्दैछन् भन्ने शंकामा अखबार रंगिरहे । दुई वर्षदेखि उनीहरूको प्रेम सम्बन्धको गाईंगुईं हुनु र एकाएक दुवै जना बेपत्ता हुनुले 'कराउनु र हराउनु'को पुरानो नेपाली उखानको स्मरण गरायो । तर, कुरो शंकामा सीमित रहेन । भर्खरै बाबु बनेका निखिल र केही समयअघि आफ्ना पतिसँग एकतर्फी सन्बन्धविच्छेद गरेर बसेकी सञ्चिताले चैतको पहिलो साता विवाह नै गरेको पुष्टि गर्यो चलचित्र क्षेत्रले । पारविारकि स्रोतका अनुसार, उनीहरू हाल मुम्बईमा छन् । निखिलले धादिङकी कोपिला उप्रेती र सञ्चिताले काठमाडौँका आकाश साहसँग आठ वर्षअघि विवाह गरेका थिए । रोचक पक्ष के छ भने यी दुवै जोडीले उतिबेला पनि प्रेमविवाह गरेका थिए । तर, ती दुवै जोडीबीचको खटपट धेरैअघिदेखि नै कानेखुसी हँुदै चर्चासम्ममा पुगेको थियो । नेपाली चलचित्र वृत्तमा श्रीमान्/श्रीमतीबीचको खटपट बाक्लै गरी सार्वजनिक हुने गर्छन् । सम्बन्धविच्छेद हुनु र जोडिनुलाई खासै अनौठो मानिँदैन । बहुविवाह गर्ने चलचित्रकर्मीको लामो पंक्तिले यस कुरालाई पुष्टि गर्छ । यो सवालमा नायक/नायिका मात्र होइन, निर्माता निर्देशक, लेखक र प्राविधिकहरूको फेहरस्ित पनि लामो छ । विवाह पहिलो भए पनि निकै नायिकाहरू कान्छी श्रीमतीका रूपमा भित्रिएका छन् । नेपाली कलाकर्मीलाई स्वदेशीले हम्मेसी जीवनसाथी रोज्दैनन् । उनीहरूलाई यस्तो आरोप पनि लाग्ने गरेको छ । उनीहरूका विदेशी जीवनसाथीले यस कुराको प्रमाण दिएझैँ लाग्छ । जस्तो सारंगा श्रेष्ठका अमेरकिी, सीपी लोहनी, विपना थापा, सनी रौनियारका भारतीय, आकाश अधिकारीका इटालियन, रूपा रानाका जापानी जीवनसाथी छन् । नेपाली नागरकि नै भए पनि विदेशमा बसेका हुन्छन् उनीहरूका जीवनसाथी । यसको अब्बल उदाहरण हुन्, जल शाह र सज्जा मैनाली । यी दुवै नायिकाका पति अमेरकिामा बसोबास गर्दै आएका छन् । बहुविवाहमा ३० वर्षभन्दा लामो वैवाहिक जीवनमा पूर्णविराम लगाए तीन छोरीका बाबु शिव श्रेष्ठले । उनकी पूर्वश्रीमती गंगा धेरैअघिदेखि देशबाहिर छन् । शिवले आठ वर्षअघि कान्छी श्रीमती भित्र्याएका हुन् । नायक भुवन केसी पनि दुई श्रीमतीका श्रीमान् हुन् । उनकी जेठी श्रीमती विजया अमेरकिामा बसोबास गर्छिन् । कान्छी सुस्िमताचाहिँ उनीसँगै छन् । भुवनको रमाइलो पक्ष के हो भने उनले कान्छी सुस्िमतासँग पनि कानुनी रूपमा सम्बन्धविच्छेद गरेका थिए । यसरी सम्बन्धविच्छेद गरेर हाल सँगै बस्नेमा नायिका रञ्जना शर्मा र निर्देशक श्याम भट्टराईको जोडी पनि रहेको छ । केही वर्षको प्रेमविवाहलाई उनीहरूले यसै वर्ष कानुनी रूपमा पूर्णविराम लगाएका थिए । तर, त्यसको केही समयपछि नै उनीहरूले नयाँ सम्झौता गरेर वैवाहिक जीवन सुचारु गरेका छन् । नायक दिनेश शर्माले नायिका सोनिया मल्लसँग प्रेमविवाह गरेका थिए । तर, त्यो सम्बन्ध धेरैलाई रहेन । हाल सोनिया देशबाहिर छन् । सोनियासँगको सम्बन्धविच्छेद हुनुअघि नै दिनेशले नाम नचलेकी अर्की एक कलाकारलाई जीवनसाथी बनाइसकेका थिए । पाका नायक कृष्ण मल्लले पनि बहुविवाह गरेका हुन् । नायिका शर्मिला मल्ल उनकी कान्छी श्रीमती हुन् । कृष्ण र शर्मिलाबीच प्रेमविवाह भएको हो । निर्माता तथा निर्देशक सुरेन्द्र शाहले कान्छी श्रीमतीका रूपमा भित्र्याएका छन्, नायिका सिर्जना बस्नेतलाई । निर्माता पति बिजु रञ्जितको मृत्युपछि सिर्जनाले एकल जीवन गुजार्दै आएकी थिइन् । बहुविवाह गरेबापत केही चलचित्रकर्मीले सजाय पनि भोगेका छन् । जस्तो- नायकद्वय दिनेश शर्मा र विशाल विष्टले केही रात हनुमानढोकाको चिसो छिँडीमा बिताउनु पर्यो । नायिका पूजा चन्दले पनि पूर्वपति सुरज चन्दलाई प्रहरी खोरको हावा खुवाइन् । पतिपत्नी कलाकारको झगडा इजलासहरूमा कम, सञ्चारजगत्मा बढी पोखिने गरेको पाइन्छ । कारण थपिँदो उदारता नेपाली चलचित्रमा धेरै हल्लाहरू सार्वजनिक हुन्छन् । रोचक पक्ष त के भने ती हल्लाहरू नै वास्तविकतामा परण्िात भइदिन्छन् । यस वर्ष अपत्यारलिा लाग्ने केही हल्लाहरू आए र सत्य सावित भए । कतिपय घटना अनौठा छन् । यस कुराको सुरुवात गरनि् नायिका नम्रता श्रेष्ठले । प्रेमी डिजे तान्त्रिकसँगको यौन भिडियो सार्वजनिक भए पनि नम्रताले यसलाई अनौठो मानिनन् । बरु, भिडियो हेर्ने दर्शकलाई भाग्यमानीको संज्ञा दिइन् उनले । अविवाहित नम्रता हाल सार्वजनिक रूपमा निर्धक्कसँग हिँडिरहेकी मात्र छैनन्, विभिन्न उत्पादनहरूको ब्रान्ड एम्बेसडर हुँदै आएकी छन् । उनले नयाँ चलचित्र पनि पाइसकेकी छन् । नम्रताको भिडियो सार्वजनिक भइरहँदा अर्की नायिका पूजा लामाको पनि यसै प्रकृतिको भिडियो सार्वजनिक भयो । यसपटक रोचक के भयो भने भिडियोमा देखिएका तन्नेरीसँगै तत्कालै उनले विवाहसमेत गरनि् । अर्को रमाइलो गरनि् नायिका रञ्जना शर्माले । उनले विवाह विच्छेद मात्र गरनिन्, केही समयपछि फेर िविवाह पनि गरनि् उनै विच्छेदमा परेका निर्देशक श्याम भट्टराईसँग । विवाहेत्तर सम्बन्धमा रमेका नायिका पनि छन् चलचित्र क्षेत्रमा । उनीहरूले न त कानुनी रूपमा विवाह गरेका छन्, न समाजलाई नै बताउन सक्छन् । यस्तो सम्बन्ध राख्नेमा मध्यम रूपमा चर्चामा आएका दुई नायिका छन् । चलचित्रकर्मीहरू नै यसलाई उदारताको चरम नमुना मान्छन् । निर्माता तथा नायक शोभीत बस्नेत भन्छन्, "मन मिल्छ र त्यसले समाजलाई कुनै असर गर्दैन भने त्यस्तो सम्बन्धलाई नराम्रो मान्न हुँदैन ।" "नाम होस् बदनाम होस् तर गुमनाम नहोस् ।" चलचित्रकर्मीहरूबीच लोकपि्रय यो भनाइलाई उनीहरूले व्यवहारमा पनि उतार्ने गर्छन् । बेलाबेलामा हुने स्क्यान्डल यसैको प्रमाण हो । एकताका नायिका सारंगा श्रेष्ठले भनेकी थिइन्, "भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होला ।" सारंगाको डेढ दशकअघि सार्वजनिक यस भनाइले अहिले पनि सुन्नेलाई कुरीकुरी लगाइदिन्छ । तर, उसैबेला पनि चलचित्र क्षेत्र नलजाएको बताउँछन् निर्देशक प्रकाश साय्मि । विवाहमा गडबडी नायिका पूजा चन्द हाल अमेरकिामा छन् । ग्ल्यामर फोटोग्राफर सुरज चन्दसँगको लामो प्रेम सम्बन्धविच्छेद भएपछि उनी जापान हुँदै अमेरकिा छिरेकी हुन् । पूजा नेपालमा हुँदै सुरजले बहुविवाह गरेका थिए । नायिका मौसमी मल्ल दोस्रो प्रेमविवाह पनि विच्छेद गरेर बसेकी छन् । दोस्रो विवाहपछि बेल्जियम हानिएकी उनी नयाँ श्रीमान् रवि डंगोललाई समेत छोड्नुपरेको कथा बोकेर फर्किन् । हाल मौसमी एकल जीवन बिताइरहेकी छन् । नायिका गौरी मल्लले पनि आफ्नो लामो प्रेमविवाहलाई पूर्णविराम लगाइसकेकी छन् । केही वर्षअघि श्रीमान्सँगै जापान गएकी उनी र्फकंदा भने एक्लै आइन् र विवाह विच्छेदमा परण्िात भएको कथा सुनाइन् । बहुविवाह गर्ने प्रायः सबै नायक वा नायिकाको परविार झन्झटिलो बनेको देखिन्छ । भर्खरै नायिका सञ्चिता लुईंटेलका साथ मुम्बई पुगेर बिहेसमेत गरेको स्वीकार्दै आएका नायक निखिल उप्रेतीकी श्रीमती कोपिलाले कानुनी बाटो अपनाउने बताएकी छन् । उनी आक्रोशित मुद्रामा भन्छिन्, "म त्यसलाई सजिलै छोड्दिनँ ।" धेरै परविार कलहमा परेका छन् । कानुनविरुद्ध गरेका विवाहले परविारको सन्तुलन बिगारेको देखिन्छ । आफूले गरेको विवाह चार महिनामा अवरुद्ध भएपछि लेखक तथा निर्देशक विकास आचार्यले चलचित्रकर्मीको विवाहित सम्बन्धका बारेमा गहिरोसँग सोचे । कानुनले व्यवस्था गरेको बिहेका विरुद्धमा कलाकर्मीले अर्को बिहे गर्नुले समाजलाई दिग्भ्रमित गराउँछ । भन्छन्, "अनुशासनको कमी र उत्ताउलो सोचको उपज हो यो ।" धेरै चलचित्रकर्मीले आवेशमा गरेको निर्णय गलत हुँदै जाँदा विकाशको भनाइ पुष्टि हुन्छ । ध प्रेमविवाह मात्रै नायिका पूजा लामाको यौन भिडियो सार्वजनिक भएपछि चलचित्र क्षेत्रले उनलाई हेर्ने दृष्टिकोणमा फरक आउन सक्ने लख थियो धेरैको । तर, उनले भिडियोमा देखिएको तन्नेरी आफ्नै प्रेमी भनी उसैसँग विवाह नै गरेपछि सबै चुप रहे । नायिका ऋचा घिमिरेले आफ्नै थर र एउटै गोत्रको मानिससँग विवाह गरनि् । ज्योतिषी र पण्डितहरूले जुर्यो भनेपछि आफूले विवाह गरेको उनले बताए पनि उनका कुरामा विश्वास गर्ने कोही थिएनन् । सामान्यतया यस्तो नजिकको व्यक्तिसँग विवाह गर्ने परम्परा नेपाली संस्कृतिमा छैन । तर, प्रेमविवाहको नाम दिएपछि भने ऋचा उम्किइन् । पूजा र ऋचाले मात्र होइन, आमचलचित्रकर्मीले मागी विवाह गरेका छैनन् । अर्थात्, उनीहरूको प्राथमिकतामा प्रेमविवाह मात्र छ । जस्तो- भुवन केसी, कृष्ण मल्ल, करष्िमा मानन्धर, निखिल उप्रेती, सञ्चिता लुइर्ंटेल, मौसमी मल्ल, गौरी मल्ल, पूजा चन्द, ऋचा घिमिरे आदि यसको प्रमाण हुन् । अविवाहित मिथिला शर्मा राजेश हमाल श्रीकृष्ण श्रेष्ठ दीपाश्री निरौला निरुता सिंह रेजिना उप्रेती उषा पौडेल आदि बहुविवाह गर्ने शिव श्रेष्ठ भुवन केसी कृष्ण मल्ल निखिल उप्रेती दिनेश शर्मा विशाल विष्ट सञ्चिता लुईंटेल पूजा लामा पि्रया रिजाल आदि सम्बन्धविच्छेद गरेर बसेका मौसमी मल्ल गौरी मल्ल पूजा चन्द आदि विदेशीसँग बिहे गर्नेहरू सीपी लोहनी सारंगा श्रेष्ठ विपना थापा रूपा राना आकाश अधिकारी
rmxyz · Apr 9, 2010 6:47 AM · 1,609 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion