~ चौतारी १८४ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दक्षिण तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै ' हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी! आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा ! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य !! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ !! ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें सधैंझैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली, Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, Baire - बैरे, Khushi - खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस, टुसे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 184 edition Last edited: 08-Apr-10 11:32 AM
jhilke_1 · Apr 7, 2010 11:12 PM · 300,169 views
यो रामे एक नम्बर को गफास्टी भएर निस्केछ ! को सँग संगत छ कुन्नी चिप्ले, बिस्टे ब्रो जदौ ! क्रेजी खान पिन भो? नयाँ नयाँ कथा खोइ त अचेल?
ritthe · Apr 22, 2010 12:41 PM
रिक्सा छेउ मा राखेर हर्के हन्तकाली कता गएछ?
ritthe · Apr 22, 2010 12:43 PM
यो लहरेले त जे पनि सेतो देख्छ, उसको आँखाइ सेतो छ क्या! आइ मिन फुलो परेको क्या! म त गम गाइराको रिट्ठे, तिमिले के खायौ?
crazy_love · Apr 22, 2010 12:44 PM
म चाँही गीत खाँदै गम गाइरहेको क्रेजी
ritthe · Apr 22, 2010 12:46 PM
खाइराको भन्या त गाइराको भएछ, गम खाइराको क्या! chewing gum! हैन त्यो हर्केको रिक्सा अगाडी उभिएको हर्केको बाइक हो। नयाँ बाइक किनेछ हर्केले, ल भोज खानु पर्यो अब।
crazy_love · Apr 22, 2010 12:49 PM
बल्ल क्रेजी ले भने पछी चिने नि .......... त्येति नराम्री छौ भन्या तिमी ? के गर्नु रिठ्ठे, तिमीहरुको संगत ले त्येस्तो भयिएछ ..... कहाको फोटो हो रिठ्ठे त्यो? गएको जस्तो लाग्यो नि ..
ramronepal · Apr 22, 2010 12:55 PM
एह हैन चिप्ले अरु को को रचन ह हाउरो इस्कुला पढ्ने ? था पाउनु परो किरेजी :जब जब किरेजी को कथा आउछ तब तब आउछ यो बिस्टे,मुखाँ माँड लाउनै पर्यो डाँडा पाखा अरेर भएनी,तिउरा जस्ता शहरको कुर्चीया बसेर तलप पाक्तैन हाँउरो। ए किरेजी नि हाउरै पाठशाला गा त हैन? लौ रिट्ठे तस्बिर आँफै बोल्छ सिरिज राखम त अब। ठुल्दाइले हड्बड गरेर म्:म: खार पेट गडबड भर सुत्नु भो कि कसो।
बिस्टे · Apr 22, 2010 12:57 PM
हो त रामे! मलाइ हेर्नेहरुको सात दिन सातो जान्छ। ढोकाको बिचमा राखेर "कोला कोला" गर्दै सातो बोलाउनु पर्छ। हैन, तिम्रो मोतिबिन्दुको अपरेसन कहिले हो? अस्ति तिमिले खुशी भनेर खुशीको बैनीलाइ बोलाको रे हो?
crazy_love · Apr 22, 2010 12:59 PM
एसो हेर्दा त्यो दमक, बिर्तामोड तिर जस्तो छ, हो कि हैन रिट्ठे? त्यस्तो डाँडा पाखा हेर्न पाए त आँखा नि कति शीतल हुँदो हो बिस्टे। कुर्चीमा धेरै बसेर काम गर्नु हुन्न, त्यसै रोग लाग्छ। त्यसैले डाँडापाखा हिँड्ने काम नै राम्रो। हाम्लाइ नि मिलाइदेउ न तेस्तो काम।
crazy_love · Apr 22, 2010 1:03 PM
रिट्ठेले बल्ल फोटो राखेछ बिराटनगरको। अब आँफैले खिच्या हो कि यो पनि चोर्या हो त्यो चाँही रावण जानुन्। अनि अरु कहाँ गयो होला र हर्के, त्यही छेउमा बङूर पाउने पसल थियो होला नि। अनि कस्तो गीत खाइँदैछ त सर? क्रेजी, कुपोन्डोल हुँदै सानेपा छोडेको आज ठ्याक्कै ६ महिना भो। अहिले त ऊही तिमीले त्यो नीलो रङको के टिप्न नपाउने भनेको स्टेटमा छु। अनि कुन चाँही इस्कूलको कुरा गरेको? आफ्नो त बागमती पारीको पर्यो। कालोपाटी त हाम्रामा नि थिए। अनि च्विङ गम गाइरहेको कि बबल गम नि? बाउचा, को चाँही औतारिलाई नाके भाईरसको बट्टा पठाएको भन्या?
chipledhunga · Apr 22, 2010 1:07 PM
तेसै हो भने किरेजी हाउरो टोलिमा एउटी छरिती,मिठो खाना बनाउन जान्ने को खाँचो छ्, डाँडा काँडा रात ब्यान उकाली ओराली भन्न पाइन्न। खान बस्न पैसो पर्दैन गरेर मासिक दुइ सय तलप छ्,आउुछेउ भने हाउरो हाकिम लाई भन्दिम। हरियो चाइ जत्ती नि हेर्न पाईन्च।
बिस्टे · Apr 22, 2010 1:09 PM
कस्तो कराइरा हो चिप्ले सान नाके भाईरस पाठको छु - अरुले होस् नगरेनी तिमीले चाँही होस् गर्नु पर्ने हुन्छ बिर्खे बुढा त्यस्तै हो भाईरस लाई नला नि अब कती नै दिन छ र तिमी त २२ बर्ष को औतारी - होस् गरम है
serial · Apr 22, 2010 1:15 PM
Last edited: 22-Apr-10 01:16 PM
chipledhunga · Apr 22, 2010 1:16 PM
चिप्ले! तिम्रो गाममा नि त्यो निलो फूल टिप्न पाइन्न उसोभए। मैले अस्ति झन्डै टिपेर माला उन्न लाको, धन्न मेरो साथीले हुन्न भनि। तिम्रो स्कुलमा सर र मिस पनि थ्यो चिप्ले? हाम्रो मा त थियो। बिस्टे, पकाउन त हैन, भाँडा चाहि टलक्कै माझ्न आँउछ त्यो के जाति मेसिन छ नि हो त्यस्मा भाडाँ राखेर स्विच घुमाए पछि सफा हुन्छ नि। दुइ सय तलब त फेसियल गर्नै पुग्दैन। भो गर्दिन त्यस्तो काम।
crazy_love · Apr 22, 2010 1:16 PM
बिष्टे, क्रेजी पनि भए त चार जना पुग्थे। हर्के त धर्के लुगा लगाएर छ्ड्के परी रिउसा चलाम्दैछ।
chipledhunga · Apr 22, 2010 1:20 PM
अब फेस राम्रो भे पो फेसिएल गर्ने अब कालो अनुहार फेसिएल गरे नि कालै नगरे नि कालै भो किन बेकारमा पैसो खर्च गर्ने
serial · Apr 22, 2010 1:21 PM
लु उता हिन हो ठिटा ठिटी हो अर्को चौतारी खन्या छु मैले। -->
बिस्टे · Apr 22, 2010 1:22 PM
सीधा त बस्नै सक्दैन, लुगा पनि सँधै धर्के नै लगाउँछ।
chipledhunga · Apr 22, 2010 1:27 PM
सेनिमा हेर्नी जानी छ कोइ म सँग? दुइटा टिकेस छ क्यारे ! त्यो प्रिन्स भन्ने सेनिमा लागेको छ रे त
ritthe · Apr 22, 2010 1:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion