Manisha Koirala getting married

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मनीषाको बिहे नेपाली व्यापारीसित मंगलवार, 06 अप्रेल 2010 10:15 नागरिक   काठमाडौँ, चैत २४ (नागरिक)- वीपी कोइरालाकी नातिनी तथा बलिउड अभिनेत्री मनीषा कोइरालाको बिहे नेपाली व्यापारी सम्राट दाहालसित हुने भएको छ। अमेरिकामा अध्ययन गरेर फर्किएका दाहाल नेपालमा वैकल्पिक ऊर्जासम्बन्धी कम्पनीका मालिक छन्। उनका पिता सुरेन्द्र छालाको जुत्ता उत्पादन गर्ने कम्पनी लेदर विङ्ग्सका मालिक हुन्। पुर्ख्यौली घर सिन्धुली भएका सम्राट हाल महाराजगञ्ज बस्ने गर्छन्। सम्राट नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) ब्याङ्कको केन्द्रीय कार्यालय बागबजारमा कार्यरत छन्। आज प्रकाशित दि हिमालयन टाइम्सले जनाएअनुसार, बिहेको छिनोफानो सोमबार भएको हो। पुरोहितहरुले असार ३ गते स्वयंवर, ४ गते मेहन्दी र १९ गते विवाहको साइत जुराएका छन्। यद्यपि, पत्रिकाका अनुसार यसको औपचारिक घोषणा भने भएको छैन। मनीषा र सम्राटको अफेयर धेरै वर्षअघिदेखि चलेको भए पनि तीन हप्ताअघि मात्रै मनीषाले सम्राटसितै जीवन बिताउने निधो गरेकी थिइन्। मनीषाका पितालाई उद्धृत गर्दै टाइम्सले लेखेको छ- उनी सुशिक्षित छन् र राम्रो पारिवारिक पृष्ठभूमिका हुन्, म उनलाई मन पराउँछु र छोरीको निर्णयको सम्मान गर्छु'   मनीषाको फिल्म क्षेत्रमा प्रवेश नेपाली चलचित्र फेरि भेटौँलाबाट भएको थियो। त्यसपछि उनले सौदागरमार्फत् बलिउडमा ब्रेक पाइन्। विधुविनोद चोपडाको निर्देशनमा बनेको १९४२: अ लभ स्टोरीले उनको अभिनय करिअरलाई अझ उठाएको थियो। पछिल्ला दिनमा भने उनको खासै चर्चा बलिउडमा छैन। दिवंगत हजुरबुबा गिरिजाप्रसाद कोइरालाको अन्त्येष्टीमा पिता प्रकाश कोइरालाका साथ पशुपतिमा। तस्बिरः केशव थोकर गत मार्च अन्तिम साता आयोजित पत्रकार भेटघाटमा मनीषाले भनेकी थिइन्- ' नेपाली केटासँगै विवाह गर्न चाहन्छु।   Last edited: 06-Apr-10 07:20 PM

kukur · Apr 6, 2010 7:17 PM · 2,991 views

1 Reply

.

kukur · Apr 6, 2010 7:22 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all