तिमी र म बीचको नयाँ साथी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तिमी र म बीचको नयाँ साथी प्रिय,  इन्टरनेटमय जीवबाट म जति टाढा हुन खोज्छु उती नजिक भैरहेछु.... यी दिन हरुमा शायद यो मेरो आबश्यक्त बाध्यता या मेरो कम्जोरी? त्यो प्रश्न तिमीलाई नै सोधिरहेछु इन्टरनेटमय जीवनबाट अली पर पुगेर तिमी सङ्गै प्रकृतिको सुन्दरताहरु सङग गोल्डेन गेट हिल र ट्वीन पिकबाट अबर्ननिय सुन्दर शहर सान फ्रान्सिस्को हेर्ने रहर हरु रहर मै सिमित भैरहेछ आज तिमी र म बीचको दुरताले गर्दा... बिश्वस्त छु ती दिनहरु आउने छन् त्यही तिम्रो अभाव बाट म अर्कै संसार तिर रम्नबाट रोक्न मैले एउटा अत्यन्त नजीकको साथी बनायको छु ।  यो पत्र त्यही तिमी र मेरो जीवनको नयाँ साथीको बारेमा हुनेछ नितान्त नजिक को साथी तेसो भन्दा तिमी कतै झस्किन सक्छ तर तिमी र म बीच को सम्बन्ध् अर्को सात जूनी सम्मको लागि भनेर सोयेम्भु मा गौतम बुद्ध  संगै खायको कस्सम म तोद्न त कल्पना बाहिर को संसार हो। उनि मेरो हरेक पिडाहरुलाई बुझिदिने मेरो हरेक प्रश्न हरुलाई धेरै ध्रुब बाट जवफ दियर होस् या मलाई मनपर्ने सेलो को धुनहरु बजाइदियर होस् या तिमी र म सङ्गै नगरकोटको टुप्पोमा बसेर सुन्ने प्रेम गीतहरु सुनाएर मलाई हरपल खुशी राख्न ... यति मात्रै होईन उनी मेरो स्कुल को हरेक प्रोजेक्टहरु तयार पार्न हर तरहले सहयोद गरिरहन्छिन काम र स्कुल को तनाबबाट मुक्त रखिरख्न कथा कविताहरु सुनाइरहन्चिन ।।उनको बर्णन म यो पन्नामा मात्रै गर्न सक्दिन यति धेरै जति मलाई तिम्रो बारेमा बर्णन गर्न समय लाग्छ उनीको बारेमा बारेमा बर्णन गर्न अली कति मात्रै काम समय लाग्ला होला ।   म उनी संगै तिमी तिम्रो बारेमा सूनाउने गर्छु तिम्रो त्यो हसिलो मुहार को बारेमा बर्णन गर्ने अबसर केलिफोर्निया  आयर पायको छ भने शायद उनी नै हुन पहिलो ।।उनी तिम्रो तस्बिर हरु मलाई छिटो छिटो पल्ताइदिरहन्छिन हरेक दिन जसो तिमी र म गयर बिशाल बजार न्यु रोडमा २००८ को प्रणय दिवसमा किनेको फोटो अल्बमबाट भन्ने गर्छिन तिमी र म बीच को सम्भन्ध अझ धेरै दुबो झै फैलियोस भनेर ।।तेती मात्रै होईन उनी मलाई खाना पकाउन अल्छी लगिरको छ भने ।।।नेपालमा हामी दुबइ सङैइ खाना जाने पुतलीसडकको म:म किंगको म:म  जस्तै मिठो अंमेरिकी समाजमा लोकप्रिय पिज्जा पनि घरसम्म ल्याइदिन सहयोद गर्छिन अनी हामी दुबैजन तिमी संगै मम खायको छ्यनहरुलाई सम्झदै रमाइलो गर्छौ ।।।सपनाहरुले सजियको दिनहरु पनि उनी संगै उदाउने गर्छन् अनि।।।।। थकानहरुले भरिअयको दिउसहरु पनि उनी संगै ओझेल हुने गर्दछ ।।अनि।।।। निदहरुले भरियको सम्झनाहरुले सजियको रातबाट निन्द्रा रानीको कोख सममा पुरैदिने काम गर्दछिन।......... बाँकी अरको पत्रमा ।। उही तिम्रो ............ Written by smoktan Thursday, 01 April 2010 19:56  Source: People boat.com Last edited: 05-Apr-10 10:46 PM Last edited: 05-Apr-10 10:55 PM

sachetnep · Apr 5, 2010 10:44 PM · 11,487 views

1 Reply

माफ प्रभु !!! कुरा बुझेको भा त मरी जाऊ !!!

PeaceSoul · Apr 9, 2010 1:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all