The most hilarious news I got from Nepal in months धरान, चैत्र १७ - क्षेत्रीय शिक्षा निर्देशकले निरीक्षण गरिसकेको एसएलसी परीक्षा केन्द्रबाट इलाका प्रसासन कार्यालयका प्रमुखले परीक्षार्थीहरुबाट तीन बोरा चीट, गेसपेपर र गाइड बरामद गरेको छ । मंगलबार विज्ञान विषयको एसएलसी परीक्षाको अनुगमन गर्न एक्लै निस्किएका धरानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख राममणी पोखरेलले ल्यावरोटरी मावि परीक्षा केन्द्रबाट तीनबोरा चिट बरमद गरेको हो । क्षेत्रीय निर्देशनालयबाट एसएलसी परीक्षालाई मर्यादित र अनुशासित बनाउन धरान क्षेत्रको निरीक्षण अनुगमन गर्न निस्किएका क्षेत्रीय निर्देशक डिल्लिराम रिमालले केही नभेटाएको बताए पनि फेरि निरीक्षण गर्दा चिट बरामद भएको पोखरेलले बताए । पोखरेलले छात्राका लागि महिला परीक्षा गार्ड र छात्रका लागि पुरुष गार्डहरुलाई दोहोर्याएर निरीक्षण गर्न लगाए पछि शरीरमा लुकाएर राखिएका चिट भेटिए लगत्तै निर्देशक रिमाल लाजले रातो अनुहार बनाउदै परीक्षा केन्द्रबाट हिडेका थिए । शिक्षा निर्देशकले निरीक्षण गरेको परीक्षा केन्द्रबाट तीनवोरा चिट बरामद भएपछि इलाका प्रसासनका प्रमुख पोखरेलले भने, 'एसएलसी परीक्षालाई मर्यादित बनाउन निरीक्षणमा निस्केका शिक्षा निर्देशकले के निरीक्षण गरे मलाई थाहा भएन, तर अनुगमनमा मात्र निस्केका बेला मैले ती चीट बरामद गरेको हो ।'
PotHead · Apr 2, 2010 1:28 PM · 9,171 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion