Maoist still playing politics of hatred

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

संविधान सभा मार्फत नयां संविधान जारी गर्ने अभिभारा बोकेर संविधान सभामा प्रतिनिधित्व गरेका एक सभासद अनी बढो आफुलाई सबैभन्दा जिम्मेवार दल भनेर दावी गर्दै आएको माओवादीका नेता वर्षमान पुनल पोखरामा गरेको भाषण पढ्दा झनक्क रिस उठ्यो। साच्चिकै भाउन्न छुट्यो उनका भनाई पढ्दा। लाग्यो यस्ता गैर जिम्मेवार,पाखन्ड र गद्धार नेता भएपछि कसको के लाग्छ। पोखरामा बुधवार आयोजीत आदीवासी जातिय क्षेत्रिय महासंघको भेलामा बोल्दै उनले कार्यक्रममा सहभागि देश हाम्रै मात्र पेवा हो भन्ने भ्रमवाट मतिभ्रष्ट भएकाहरुको ताली पाउनका लागि क्षेत्री र ब्राम्हण समाजको नाममा राजतन्त्र फर्काउने शड्यन्त्रमा लागेको आरोप लगाएछन्। जातिय नाराको आधारमा तथानाम गाली र बदनामी गराउने प्रयास गरेपनि शान्त भएर बसेका यो राष्ट्रको क्षेत्री र ब्राम्हण समुदाय अहिले जातिय सद्भावा खल्बल्याउन,राजतन्त्र व्युताउन र हिन्दु राष्ट्र घोषणा गर्ने शड्यन्त्रमा लागेको आरोप लगाए। क्षेत्री र ब्राम्हणहरुको समाजले देशलाई खन्डीत बनाउंछ रे। उनीहरुले जातिय साम्प्रदायिक भावना भड्काउंछन् रे। उनीहरुले राजतन्त्रलाई सहयोग गर्छन रे।   होला उनी पुन थरी अर्थात मगर समुदायका ब्यक्ति भएकाले आफ्नो समुदायप्रति केही लचक र केही बढी सद्भाव होला। तर,त्यसको आधारमा अन्य कुनै जाति र वर्गमाथि मिथ्या र कपोलकल्पीत आक्षेप लगाउने अधिकार उनलाई छैन। ब्राम्हण, क्षेत्री पनि यही राष्ट्रका नागरिक हुन। जसरी अन्य जातिहरु संगठीत भएका छन् उनीहरु पनि संगठीत हुने अधिकार छ। शेर्पा, राई,मगर,नेवारको मात्र अधिकार हैन संगठन। अनी यो राष्ट्र जनजातिहरुको मात्र पनि हैन। यो राष्ट्र माओवादीको एकल हैन,सबैको हो। माओवादीको एकल निरकुशतन्त्र आयो भने देखा जाला। तर अहिलेको लोकतन्त्रमा सबैले संगठीत हुन पाउंछन।[Disallowed String for - ] type="text/javascript"> समाजका सबै शोसक ब्राम्हण र क्षेत्री मात्र हैनन। हरेक वर्ग र हरेक समुदायमा शोसक र शोसित छन्। सामन्त र सर्वहारा हुन्छन्। राजतन्त्रको पक्षमा ब्राम्हण र क्षेत्रीहरु मात्र छैनन, वर्षमानको समुदाय मगरभित्र पनि राजतन्त्रको पक्षधर पक्कै छ्न। अनी हिन्दु भनेको ब्राम्हण र क्षेत्री मात्र हैनन, अन्य नेवार,मगर,लिम्बु,पनि हिन्दु धर्मावलम्बीहरु छन्। अनी हिन्दु धर्मको पक्षधर पनि केवल ब्राम्हण र क्षेत्री मात्र हैनन अरु समुदायका ब्यक्तिहरु पनि छन् जो धर्मनिरपेक्षताको विपक्षमा कुर्लिरहेका भेटिन्छन्। माओवादीको नीति भनेकै दुनियालाई फुटाएर कमजोर बनाउन अनी राज गर हो। एक जातिको भेलामा गएर अर्को जाति विरुद्ध विष बमन गर्नु यही नीतिको एक भाग हो। शेर्पाकोमा गएर नेवारलाई गाली गर्‍यो, नेवारकोमा गएर शेर्पालाई गाली गर्‍यो। नेवार,शेर्पा,राई,लिम्बु लगायत जनजातिको पगरी बोकेकाहरुको भेलामा गएर गर्ने के? अनी ब्राम्हण र क्षेत्रीलाई गाली गर्‍यो ताली खायो। पुनको पोखराको भाषण पनि त्यही क्षणिक तालीका लागि हो भन्ने बुझ्दाबुझ्दै पनि मन थाम्नै सकिएर रिसको पारो निक्कै तात्यो। लाग्यो, हैन के सोच्छन् यि गद्धारहरु आफुलाई ?(गद्धार यस कारण कि उनीहरु एक जाति विरुद्ध अर्को जातिको मनमा विष भरेर शान्त समाजलाई हिंशक बनाएर समाजमा अराजकता फैलाउन सक्रिय छन्। त्यस्ता तत्व र ब्यक्ति पक्कै मित्र हैन गद्धार नै हो। त्यसैले मैले पुन जस्तो सोच भएकालाई गद्धार लेखेको हुं र लेख्छु निरन्तर ) माओवादीको सबैभन्दा ठुलो बल भनेको छल नै हो। जनयुद्धकालमा यही छलको बलमा अगाडि बढेको थियो र अहिले पनि बढीरहेको छ। समाजमा यो राई हो, यो लिम्बु हो यो मगर हो यो बाहुन भनेर बर्गविभेदको विन्दु अन्त्यतिर लम्कीरहेको बेला माओवादीले नै यसलाई उचालेर अहिले एक वर्गले अर्को वर्गलाई शत्रुको रुपमा हेर्न थालेका छन्। चुच्चो नाकेहरु देख्दा थेप्चेहरु आंखा तर्ने अनी थेप्चे नाके देख्दा चुच्चेहरुले आंखा तर्नेसम्मको वातावरण बनाईसकेका छन् माओवादी र उसको पछि लागेका जातिय संगठनहरुले। यिनीहरुले न हिजो सोचे न अहिले सोचेका छन् जातको आधारमा समाजलाई विभाजीत गर्दै एक समुदाय विरुद्ध अर्कोको मनमा विष भर्दा समाज कस्तो होला भनेर। समस्या के भने माओवादीले भुमिगतकालमा जनजातिको नाममा शुरु गरेको राजनीतिलाई खुल्ला भएपछि तिव्रतादिंदै समाजमा रहेका ब्राम्हण र क्षेत्री समुदाय विरुद्ध गर्नुसम्म विष बमन गर्दा पनि यि बहुलाहरु यस्तै हुन हामी समाजमा मिलेकै छौं क्यार भनेर ब्राम्हण र क्षेत्री समुदाय मौननै बसे। नाना माग तेर्स्याएर जनाजातिहरुले राज्यसंग जायज नाजायज फाइदा लिंदै गर्दापनि यि दुई समुदाय मौननै बसे होर गरिखाउन भनेर। मुलुक हिन्दु राज्यवाट धर्म निरपेक्ष बन्दा समेत यो समुदायले चु गरेन। धर्म भनेको कागजमा लेखिने कुरो हैन मनको कुरो हो। भनेर यो वर्ग मौननै रहे। ब्यक्तिगत रुपमा कसै कसैले धर्म निरपेक्षताको विरोध गरे होलान तर, संगठीत रुपमा यो समुदायले यसको विरोध गरेनन्। तर जव जातियताको आधारमा संघियताको निर्धारण गर्दै ब्राम्हण र क्षेत्रीहरुलाई दास बनाउने रणनीतिमा दलहरु तिब्र रुपमा अगाडि बढे तव ब्राम्हण र क्षेत्री समुदायले पनि संगठनको महत्व बुझे अनी संगठीत भए। जसरी अन्य जातिहरु आफ्नो भाषा र भेषको संरक्षणमा लागे क्षेत्री र ब्राम्हण समुदाय पनि सक्रिय भए। जसरी अन्य जाति संगठीत भएर राज्यसंग माग राख्न थाले उनीहरुले पनि माग अगाडि सारे। उनीहरुले जातिय आधारमा संघहरुको निर्माणको विरोध गर्दै क्षेत्रिय आधारमा संघको निर्माण गर्न माग गरेका छन्। यदी हैन जातिय आधारमै गर्ने हो भने ब्राम्हण र क्षेत्रीहरुको लागि पनि जातिय राज्य चाहियो भनेका छन्। यो भनेर उनीहरुले के विराए? अनी अरुले आफ्नो जातको आधारमा राज्यको माग गर्दा चै गणतन्त्र संस्थागत हुने ब्राम्हण र क्षेत्रिहरुले माग्दा चै राजतन्त्र बलियो बनाउन लागे भन्ने? मन्द बुद्धी भएका पुन। ब्राम्हण र क्षेत्रीहरुको संगठन अझै बलियो हुन सकेको छैन। धेरै ब्राम्हण र क्षेत्री समुदाय अझ पनि जातिय रुपमा संगठीत हुनुहुन्न भन्नेमा अडिग भएका कारण यसले राष्ट्रिय संगठनको आकार लिईसकेको छैन। तर, माओवादीहरु कमजोर संगठन हुंदा पनि डराएछन्। माओवादी लगायतका दलहरुले यदी बेलैमा जातिय विद्वेश बढाउने अभियान नत्याग्ने हो भने त्यसको प्रतिकारका लागि समस्त ब्राम्हण र क्षेत्री एकढिक्का हुनेछन् अनी त्यो बेला पक्कै पुन जस्ता विषधारीवाट दिक्षित अर्को जाति प्रतिकारमा उत्रिने छ। त्यो बेला के हुन्छ सबैलाई थाहा छ–जातिय द्धन्द्ध। सहने कसरी? यदी तथानाम भन्दै आत्मसम्मानका साथ म नेपाली हुं भनेर बांच्न सक्ने वातावरण भएन भने प्रतिकार त गर्नैपर्‍यो। त्यसैले बुद्धीमतापुर्ण काम भनेको एक वर्गालाई अर्को वर्ग विरुद्ध विष भर्ने हैन, जातिको आधारमा कसैलाई काखा र पाखा नलगाई दविएका, थिचिएका वर्गलाई सबैले साझा रुपमा अगाडि बढाउन प्रयत्न गर्नुनै बुद्धीमतापुर्ण काम हो। Hamroblog.com

no_quiero · Mar 31, 2010 4:08 PM · 2,202 views

1 Reply

Bahunharu tatnu paryo aba.....

Ved555 · Mar 31, 2010 7:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all