A reverse image search engine

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तपाईंले जीवनमा कहिले नभेटेको तर फेसबुक, हाइफाईव जस्ता सोसियल नेटवर्कबाट बनाउनु भएका साथीहरु कति छन्? अझ बिशेष गरेर चिटिक्क अनुहार मिलेका राम्रा महिला साथीहरु? के तपाईंलाई लाग्छ त्यो राम्रो फोटो तपाईंले कुरा गरिरहेको त्यही महिला साथीको हो? होश गर्नुस् है कतिपए अवस्थामा त्यो फोटो अरु कसैको पनि हुन सक्छ। तपाईंले कुरा गरिरहेको त्यो राम्रो महिला वास्तवमा महिला नभएर पुरुष पनि हुन सक्छ। धेरै नायिकाहरु अथवा मोडेलहरु अनुहार राम्रो भएर पनि कहिले पनि चर्चामा नाआएका हुन सक्छन्, अनि अरुको भावनासँग खेल्न खप्पिस केही ब्यक्तिहरु त्यस्ता सुन्दर तर चर्चामा नआएका नायिकाहरुको फोटो राखेर अरुलाई उल्लु बनाइरहेका हुन्छन्। कतिपए केटीहरु त आफ्नो अनुहार राम्रो नभएको कारणले पनि राम्रा नायिकाहरुको फोटो प्रयोग गरिरहेका हुन्छन्, तर कति केटाहरु अथवा केटीहरु पनि केवल  क्षणिक रमाइलोको लागि यो सबै गरिरहेका हुन्छन्। अनि हामीहरु चाँही केही बुझ्दै नबुझी हावाको भरमा 'वाह तिमी कति राम्री? कती सेक्सी?' भनेर अन्धाधुन्ध प्रसंशा गरिरहेका हुन्छौ।   त्यसैले कसैको फोटोमा यसरी अन्धाधुन्ध प्रसंशा गर्नु भन्दा पहिले अथवा फोटो हेरेको भरमानै एकतर्फी प्रेममा चुर्लुम्म डुब्नु भन्दा पहिले एक चोटि राम्रोसँग विचार गरौं है, के त्यो फोटो सम्बन्धित ब्यक्तिकै हो त? ईन्टरनेटमा एउटा वेबसाइट रहेछ, त्यस्मा तपाईंले नाम नचिनेको अथवा शंका लागेको फोटो अपलोड गरेपछी त्यो साइटले यदी ईन्टरनेटमा त्यो फोटो जस्तै अरु फोटोहरु रहेछ भने ती फोटोहरु पत्ता लगाईदिने रहेछ। तर यसो भनेर मैले त्यो साईटको प्रचारप्रसार गर्न खोजेको होइन नि! बरु म पनि कुनै जमनामा यस्तै नक्कली फोटोको खेलमा फसेको थिए। त्यही भनेर यहाँहरुमध्ये पनि कसैलाई त्यस्तो परेको शंका छ भने यसको प्रयोग गरेर हेर्नु होला, अनि आफुले पनि राम्ररी बिचार गर्नु होला, व्यर्थमा मुर्ख नबन्नु होला। केटीको चक्कर बाहेक अरु फोटोको लागि पनि यो वेबसाईट काम लाग्न सक्ला.....          http://www.tineye.com/

Geology Tiger · Mar 30, 2010 11:56 PM · 12,266 views

4 Replies

I once heard one indian girl put a pic of aishwarya ray and really sucked money from a US guy.

दौतरी · Mar 31, 2010 5:47 AM

हेर बिचरा चितुवा ले बल्ल भेटायेछ ....... त्येत्रो समय सम्म ठगिएको रहेछ ..... ल राम्रो वेबसाईट छ जस्तो छ ...... अनी च्याट गर्दा पनि अनुहार झुक्क्याउन मिल्छ भनेर प्रश्न चौतारीमा गुन्जी रहेको सुने मैले .... यस्तै गरी च्याट गर्दा पनि झुक्क्याउन मिल्ने रहेछ भने धेरैले च्याट गर्न छोड्ने सन्केत देखिएको छ ?

ramronepal · Mar 31, 2010 11:32 AM

tyo belaan..."la aaija GTuu...baat maaram" bhandaa hundi..."koi taruni renachha...timi taalu budhaa sanga kyaarna time waste garnu?" bhandai gamkera kando farkaako jhal jhali yaad aayo, gaanthe! khuching! aago taapnu mudhaa ko...kuro sunno budhaa ko!

Poonte · Apr 1, 2010 10:26 AM

  कुरो त्यस्तो होइन मामा श्री! यो टेस्टोस्टोरन हर्मोन नामक द्रब्यको आबस्यक अनुपातमा नियमितरुपमा बहाव हुने कुनै पनि लोग्नेमान्छे, राम्रो स्वास्नीमान्छे देख्दा अथवा राम्रो स्वास्नीमान्छेको फोटो देख्दा एक किसिमले त्यसमा मोहित हुनु प्रकृतिको नियमनै हो। कतिपय क्षणिक रुपमा मोहित भएर चाँडैनै नै नियमित अवस्थामा फर्किन्छन्, कोही आदी-अनादीकालसम्म मोहित भएर अनेक कर्म-कुकर्म गर्छन्। नत्र भने रामायाण किन हुन्थे? महाभारत किन हुन्थे? दुइटा दुइटा विश्वयुद्द किन लडिन्थे? अनी चण्ड, मुण्ड, प्रचन्ड किन लुकी लुकी करीश्माको चलचित्र हेर्न जान्थे? जे होस गल्ती मान्छे बाटै हुन्छ, अनी यदि कसैले गल्तीबाट सिक्छ र गल्ती दोहराउँदैन भने उसलाई त बिशेष हौसला दिनुपर्छ न कि खुच्चिङ भनेर ताली पड्काएर बस्ने। अब त्यो बेला त्यस्तै पर्‍यो त के गर्ने? अनुहार हेर्दै भुतुक्क हुनेखालको थियो,  के थाहा त्यो ब्यक्तिको भित्री चरित्र मात्र होइन बाहिरको अनुहार पनि नक्कली रहेछ भन्ने कुरा? (हेत्तेरी लेख्दा लेख्दै दिक्क लाग्यो कती लेख्नु? जे होस् कुरा त्यही हो बुझे भईगो!)  

Geology Tiger · Apr 1, 2010 7:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion