गि्रनकार्डको अनुहार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Source: PeopleBoat.com पिपलबोट डट कम  By: Anil Pandey,  नेपालीमा एउटा उखान निकै लोकपि्रय छ- नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छाबाको अनुहार ! उखान कसरी बनेछ भने एकादेशमा भरुवा बन्दुकवाल एक सिकारी रहेछन् । जेथोको नाममा केबल छर्रा हालेर उड्नेमा ढुकुरदेखि दौडनेमा खरायोसम्म मार्नसक्ने बन्दुक मात्र रहेछ उनीसँग । त्यसकै भरमा उनको गुजारा चलेको रहेछ । देशमा माओवादीको जन्म भैसकेको भए उहल्यै खोसिदिन्थ्यो त्यो बन्दुक तर कथाको मुलुकमा त्यस्तो अपि्रय केही भएको थिएन । यद्यपि एकदिन अलिकति मन अमिलो हुने काम भएरै छोड्यो । सिकारीले दिनभरि दौडेपछि बल्लतल्ल यौटा बाँदर मारे र घरमा लिएर आए । तर काट्न मन लागेन । मन नलाग्नुको कारण थियो अनुहार । बाँदरको अनुहार आफ्नै पिताश्रीका भाइ कान्छाबासँग काटिकुटी दुरुस्त मिल्नपुग्यो ।   संयुक्त राज्य अमेरिकामा यस लेखकले दिनभरिको मात्र होइन िसंगो एक दशक लगाएर ुगि्रनकार्डु नामको एक थान सिकार फेला पार्ने नेपाली सिकारीलाई धेरै भेटेको छ ! पाठक महोदय के तपाईंले पनि भेट्नु भएको छ केही यस्ता शिकारीको शुभनाम गोप्य राखेर म अशुभ परिस्थितिका बारेमा जानकारी गराउँन चाहन्छु । कुरा सुरु गरौं  बोस्टोनमा मेरा एक महिला मित्र हुनुहुन्छ- पूर्व पत्रकार । उहाँ चलचित्र तथा कला क्षेत्रमा समाचार सङ्कलन गर्ने गर्नुहुन्थ्यो । ुअमेरिकामा रहेका नेपाली कलाकारको जीवनी सङ्कलन गर्नेु उद्देश्य देखाएर आपुू संलग्न रहेको अखबारको सिफारिसपत्रसहित भिसाका लागि आवेदन दिनुभयो । एक महिनाका लागि प्रवेशाज्ञा पाएर अमेरिका भित्रिनुभयो । त्यस्ता एक महिना ६० वटा बिते तर उहाँ नेपाल फर्किनु भएन । ुओभर स्टेु नामको ुपद्वीु धारण गरेर यहाँ बसेको बस्यै गर्नुभयो । पाँच वर्षसम्म बेनाम दासीसरह अमेरिकामा ट्याइलेट सफा गरेर र भुईं घोटेर बस्नुभयो ।  जति कमाउनुहुन्थ्यो गि्रनकार्ड दिलाइदिन्छु भन्ने अमेरिकाकै वकिललाई बुझाउनु हुन्थ्यो ।  यहाँ आउँदा २७ वर्षकी पाको उमेरकी अविवाहित तरुनी उहाँ ३२ की हुनुभयो तर विवाह गर्न पनि पाउनु भएन । यतै कतै जोडी बाँध्न सकेको भए हुन्थ्यो त्यो उहाँलाई जुरेन- गैरकानुनी ढंगले बसेकी युवतीलाई कसैले पत्याएन । अन्ततः अदालतले उहाँलाई मुद्दा जिताइदियो लामो सुस्केरा काड्दै गि्रनकार्ड समाउनुभयो । र दौडेर नेपाल फर्किनुभयो विवाह गर्ने केटाहरुको ताँती लाग्यो । केही दिन अघिसम्म कसैले नपुछेकी उहाँलाई गि्रनकार्डकै कारण सबैले आँखा गाड्न थाले । बिनागि्रनकार्ड नेपाल फर्केको भए यस जिन्दगीमा उहाँ फेरि कहिल्यै अमेरिका आउन सक्नु हुने थिएन । तर पाँच वर्षको दासतापछि एकैसाथ सबै प्राप्त भएजस्तो भयो उहाँलाई । Source: PeopleBoat.com पिपलबोट डट कम  By: Anil Pandey, President MotherLand  Nepal तर यो उहाँको खुसी त्यति बेला गि्रनकार्डरुपी ुकान्छाबाको अनुहारु सावित भयो जब ३२ वर्षमा विवाह गर्दा पनि उहाँले नेपालको दुलाहालाई सँगै अमेरिका ल्याउन पाउनु भएन । यी हरफ लेखिरहँदा उहाँ बोस्टोनमा र उहाँका दुलाहा काठमाडौंमा हुनुहुन्छ- सुन्दैछु उहाँहरुको विवाह तोडिने सम्भावना बढेर गएको छ । दुवैका जीवनको संघारमा अर्कै पुरुष र महिला उभिइसकेका छन् । घरपरिबार बसाउने ढल्कँदो उमेरमा बच्चा पाउँदा हुने समस्या झेल्नेआदि कुराको त यहाँ चर्चा गरिएकै छैन । उहाँले गि्रनकार्ड त पाउनु भयो तर त्यसका लागि चुकाएको मूल्यलाई महत्व दिने कि नदिने त्यस मूल्यका अगाडि गि्रनकार्डको तौल कमजोर त देिखंदैन ! त्यो सबै हामीले विचार गर्ने विषय हो । गि्रनकार्ड पाएपछि जीवनमा आउने उचाइको अनुभूति अवसरको ओइरो र पहुँच अगाडिको जीवनसँग तुलना नै गर्न सकिन्न- अथाह छ । मेरो जीवनको नजदिक रहेका दुई व्यक्तिको म नाम लिन चाहन्छु- रिना पाण्डे र गोविन्द शाही । उहाँहरु दुवै पहिला अमेरिका आउँदा गि्रनकार्ड नभएकै कारण बीचमै निराश बनेर फर्केका व्यक्ति हुनुहुन्छ ।   तर पछि गि्रनकार्ड प्राप्त गर्नुभयो- कुशल व्यवसायीका रुपमा आफ्नो व्यक्तित्व सनप्रुा_िन्सस्कोजस्तो व्यस्त र प्रतिस्पद्र्धी शहरमा स्थापित गरिसक्नु भएको छ ।  रिनाले चर्म विज्ञानमा डिग्री लिएर दुई ठाउँमा ब्युटी सैलोन सफलताका साथ चलाएकी छन् श्रीमान् र परिवारको आर्थिक मेरुदण्ड बनेर उभिएकी छन् । अस्ति २००५ मा अमेरिका भित्रिएकी रिनाले केबल चार वर्षमा गरेको यो प्रगतिको स्रोत केबल गि्रनकार्ड मात्र हो । त्यसकै कारणले आज एक सशक्त महिलाका रुपमा उनको व्यक्तित्व उजागर भएको छ । उता १९८६ मा गि्रनकार्डकै अभावका कारण रित्तै घर फर्किनु भएका दाइ आज यस क्षेत्रकै सफल नेपाली व्यवसायी हुनुहुन्छ- हिमालयन ट्राभेल र होटेल व्यवसायमा उहाँको सफलता उचाइमा पुगेको छ । गि्रनकार्ड पाएको पाँच वर्षपछि अमेरिकाको नागरिक हुन आवेदन दिन सकिन्छ । तर गि्रनकार्ड मात्र पाएको व्यक्तिले अमेरिकामा राजनीति वा शासन साचालनका लागि हुने आवधिक निर्वाचनमा मतदान गर्ने र उम्मेदबार हुनेबाहेकका सबै अधिकार प्राप्त गर्दछ । नागरिकता नै पाएपछि भने यहाँ कुनै अपराध नै गरेपनि उसले ुडिपोटु हुनुपर्दैन तर गि्रनकार्ड मात्र हातमा पार्नेहरुले आपत्तिजनक व्यवहार गरेमा घर फर्किनुपर्छ । अमेरिका आप्रवासीहरुको मुलुक हो । आप्रवासी संस्कार कायम राख्नकै लागि यसले नेपाल र योजस्ता केही मुलुकका लागि डिभि चिठ्ठा खोलिरहन्छ । नेपालीका लागि गि्रनकार्ड पाउने यही नै सहज माध्यम हो । यसअतिरिक्त कलाकार लेखक राजनीतिज्ञ द्वन्द्वपीडितआदिका लागि अमेरिका प्रवेश गरेर सीधै गि्रनकार्डका लागि आवेदन दिन पनि मिल्छ । यस पक्तिकारका धेरै साथीहरु यस्तै सुविधामा गि्रनकार्ड पाएर यहाँ बसेका छन् । उनीहरुलाई भने लेखक विशेष सुविधा पाउने भाग्यमानी ठान्छ । तर यस्ता भाग्यमानीका लागि पनि गि्रनकार्डमा यदाकदा ुकान्छाबाको अनुहारु देखापर्छ । नेपालमा नाम कमाएका सरोज पुूल खनालहरु यहाँ आएपछि केबल आहाल हिलो मात्र सावित भएका छन् । हिलोमा पुूल फुलाउने आन्तरिक शक्ति त हुन्छ तर आफै फुल्न सक्तैन । आज बाबुआमाले गि्रनकार्ड लिए र नागरिकता पनि पाए भने भोलि जन्मिने छोराछोरीका लागि भने अमेरिकाको राष्ट्रपतिसम्म बन्ोर ढकमक्क फुल्ने बाटो खुल्छ । सिकारीको मानसिकता त्यागेर सिर्जनाको चिन्तन लिने हो भने ुकान्छाबाु को न्यायो माया अमेरिकामा पाउने सम्भावना प्रशस्तै छ | Source: PeopleBoat.com पिपलबोट डट कम  By: Anil Pandey,  Last edited: 29-Mar-10 04:16 PM Last edited: 29-Mar-10 04:23 PM Last edited: 31-Mar-10 09:03 PM

soil · Mar 29, 2010 3:21 PM · 19,205 views

9 Replies

why r lots of nepalese  in america are after this  green card thing....grow up guys...extend the boundary of u r knowledge..be a global citizen...n think at least one  thing positive for nepal. Last edited: 29-Mar-10 06:43 PM

thito1 · Mar 29, 2010 6:42 PM

Life always comes out with two sides, it depends upon which side matters you the most.

2:00am · Mar 30, 2010 12:45 AM

how can u call that a sound life when u have to be the slave of this green card thing

thito1 · Mar 30, 2010 12:50 AM

Slave in the sense???????????you gotta work wherever you go in this world to have lunch and dinner.

8848m · Mar 30, 2010 1:26 PM

ग्रीन कार्डको लागी कस्ता कस्ता घृणित कार्य हुन्चन भनेर सुनेको त थिएं तर अमेरिका आए पश्चात आफ्नै आँखा ले देखना पाहियो

sachetnep · Mar 30, 2010 6:31 PM

घ्रिणित काम कहाँ कहाँ भएका छैनन ?

Syanjali · Mar 31, 2010 3:22 PM

@sachetnep Click here to subscribe to sachetnep's postings. You will get notification when the users posts in sajha. घृणित कार्य त अती नै कडा शब्द भएन र भन्या। अब बाँच्न को लागि त जे पनि गर्नु पर्छ नि। कसैलाई मारेको, काटेको त छैन नि। त्यस्तो "घृणित कार्य" भनेको चाँही के पर्‍यो? एसो उधाहरन्द पाउ न. Aaru manche lae teti saro 'judge' na garne ho ki, mitra haru. Last edited: 31-Mar-10 04:02 PM

sabkosathi · Mar 31, 2010 4:02 PM

sabkosathi ji, ma sanga 2 ota example chan jun mero najar ma घृणित कार्य parchan. Tapaiko najar ma talaka example घृणित कार्य ma naparema malai maaf dinu hola. Click here to subscribe to sabkosathi's postings. You will get notification when the users posts in sajha. Loading...';ajaxpage('subscribeto.cfm?userid=6b3f293f-392a-4481-a6c8-d6931bff327e','subspan8');">घृणित कार्य १ : नेपालमा ४-४ जना छोरा छोरि र श्रीमती ( सम्भंद बिछेद नगरेको) हुँदा पनि एहा ग्रीन कार्ड होल्दर संग सुटुक्क बिहे गरेर बसेको | घृणित कार्य २: ग्रीन कार्ड कै लागि नजिक को नाता पर्ने संग बिहे (पपेर मेरिज भन्छन तर संगै बसेका छन्  ) गरेको Last edited: 31-Mar-10 05:51 PM

sachetnep · Mar 31, 2010 5:51 PM

@ sachetnep mitra-- घृणित कार्य १ : तेसो गर्ने मान्छे ले नेपाल म भएका छोरा छोरी र श्रीमती काए लागि ग्रीन कार्ड होल्डर सग बिहे गरेका हुन कि। अब नेपाल का छोरा, छोरी र श्रीमती छोडेर अमेरिका आउनु परेको सो मान्छे को आफ्नै बाद्यता हुन पनि सक्छ नि।  घृणित कार्य २: अब बिहे गर्ने दूबै जना लाई आपती छैन भने, हामी लाए के आपती हुने भयो र। आज्कल अब gay marriage को जमना म अरु लाई judge गर्नु भएननी, कि कसो।। The important thing to remember is that no one really wants this life for them. 99 out of 100 Nepalese I talk to want to be back home in Nepal and live there. They say that they will be perfectly happy living there with their family and friends, even if they don't make a lot of money. People come to this country to fulfill the 'american dream' and get sucked into it. I don't blame them or judge them for trying to do everything in their power to make a better future for their kids, spouse and other family members. Ultimately, everyone is doing it for the sake of their near and dear ones. Click here to subscribe to sachetnep's postings. You will get notification when the users posts in sajha. Loading...';ajaxpage('subscribeto.cfm?userid=da2fba52-b8ba-4727-a287-95738c49fd79','subspan9');"> Last edited: 01-Apr-10 02:49 PM

sabkosathi · Apr 1, 2010 2:45 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all