~ चौतारी १८३ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी! आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस, brandy - ब्रान्डी; आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 183 edition Last edited: 29-Mar-10 10:06 AM
serial · Mar 29, 2010 9:15 AM · 256,139 views
आउनुस् बोर्ड फर्स्ट हुने मौका नगुमाउनुहोस् आयो आयो नयाँ चौतारी आयो ल है लैबरी ल है
serial · Mar 29, 2010 9:16 AM
म फस प्रणाम आज बिजी, भरे भोली भेटुम्ला
perfectionist · Mar 29, 2010 9:17 AM
ल के भन्छौ गाम्ले हरु - यो पुरे लाई किक हान्दिम म चौतारी आफ्नै हात मा छ एक फ्लाइङ किक हान्दिम यो पुरे लाई
serial · Mar 29, 2010 9:20 AM
तारेमाम लहरे, नयाँ चौतारीमा नयाँ तारेमाम। बडा मेहनतका साथ नयाँ चौतारी खने छौ । लौ यसपाली चाँही झ्याइं होस् ।
rahulvai · Mar 29, 2010 9:35 AM
आफु त जे पनि गरिन्छ मिहिनेत साथ गरिन्छ, कुरै छैन अरु कामचोर हरु खोइ त ..... कता मात्र गैराहोला मुर्दार हरु
serial · Mar 29, 2010 9:39 AM
गूड् मर्निङ चौतारी तारेमाम औतारी जदौ ठुल्दाइ,लहरे,पुरे। नयाँ चौतारी खनेको मा बधाई धन्या पात सगैँ बरु त्यो खुरुरु हिन्ने नाम चै पेलो मा भर आँखा खायो केही पढ्न मिलेन,अनी अरु पनि अली काट छाँट गरेर अली चिट्टिक्क बनाउ त रिट्ठे।
बिस्टे · Mar 29, 2010 9:56 AM
बिस्टे ले रिट्ठे लाई कहाँ देख्यो हँ सपना मा देख्या हो कि के हो सपना मा पनि रिट्ठे लाई देख्ने यो त भेन
serial · Mar 29, 2010 9:57 AM
आच्या लहरे लेख्या रिट्ठे पो भएछ सच्याएर पढ्नु केरे
बिस्टे · Mar 29, 2010 9:58 AM
हैन सच्याउन नि दिदैन बा के भा हो एस्तो,बिपनामै हो लहरे हाड् भा आउलो नि कैले कही लर्बरिदो राइछ भन्या।
बिस्टे · Mar 29, 2010 9:59 AM
Naya chautari ma feri subhaprabhat. Maile aaja naya facebook bhete. Thought I should share it with you guys.
kukhura chor · Mar 29, 2010 10:06 AM
कहाँ बाट चोरेर ल्याएको होला, चोर को चोर्ने बानी ले सबै हैरान छ
serial · Mar 29, 2010 10:08 AM
तारेमाम बिस्टे, पुरे चोर् ले लास्टै हसायो । लोल लोल ।
rahulvai · Mar 29, 2010 10:41 AM
बैगुनी छौ भनूँ भने आँखा जुधाउँछौ मायालु हौ भनूँ भने माया लुकाउँछौ आँखा हेर्दा आँखै साटौं मुहार हेर्दा माया गाँसौं लाग्छ किन हो सोमबारे जदौ घमाइलो हस्तिनापुरबाट। बाउचा, नयाँ चौतारी खनेछौ, अब नयाँ बर्षको आगमन सँगै संबैधानिक घर मूली पनि भएस्। पूरे बिजी रे, केमा भन्दा थुतुने किताबमा होला। ठुल्दाइ, तारेमाम। झरी परेको दिन रहेछ, टिरेन चढ्दा रुझेका परीहरुको दर्शन मिलोस् तपाईंलाई। अनि बिष्टे, अस्ति त गतिलै जाममा फसेको जस्तो सुनियो नि। कुखुरा चोरले चाँही अब भिडियो पनि चोर्न थालएछ।
chipledhunga · Mar 29, 2010 10:56 AM
ल यता अर्को चौतारी खनेको रहेछ र पो उता कोइ नआएको रहेछ ...... म त उता रेफ्रेश गर्दै बसेको ...... ल सबैलाई एकै चोटि झ्याम्म लाएर प्रणाम ..... यो चिप्ले गुरुलाई पनि के भएको छ कुन्नी ..... मूहार हेर्दा माया गासु जस्तो लाग्न थालेछ ...... को पारीन कुन्नी ?
ramronepal · Mar 29, 2010 12:07 PM
तारेमाम चिप्ले बन्धु ,रामपुरे, ठुल्दाइ टन्न डकारीयो आफुले त ... तेही भन्या चिप्ले आज्कल हरदिन फसिन्छ त्यसरी अस्ती त २:१५ लाग्या घर पुग्न,तेसै पनि १:१५ देखी १:४५ सम्म त लाग्छ सधैं, ट्याउसी डाइवर जह्तै भईयाछ,के अर्नु पेट पाल्नै पर्यो। हैन के भन्छ यो रामे, होस् गर है चिप्ले "यो चिप्ले गुरुलाई पनि के भएको छ कुन्नी ..... मूहार हेर्दा माया गासु जस्तो लाग्न थालेछ ......
बिस्टे · Mar 29, 2010 12:14 PM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम चिप्ले गुरु, रामे। अचेल सब ब्यस्त भा जस्तो गर्ने सरुवा रोगबाट ग्रसित भाको मानेछु मैले । अब्यस्त जो छ र यहाँ ?? ब्यस्तताको बाबजूद उपस्थिती जनाउनु त पक्का औतारिको परिचय हो। जो कोइ तेन्जिङ कहाँ हुन सक्छ र ? मखुला ??
rahulvai · Mar 29, 2010 12:55 PM
ल खार आइयो है त्यो पुरे अहिले नि थुतुनो किताब मा छ है खुबै बिजी भा छ केटा ..... भ्याइ नभ्याइ छ थुतुनो किताब मा पुरे लाइक्स रे ल
serial · Mar 29, 2010 1:15 PM
लौ, कस्तो सुनसान हो चौतारी पनि। ठुल्दाइ नेपाल गए पछि झन् के हुने हो। ठुल्दाइ, मेरो सल्लाह मान्नुहुन्छ भने बरु त्यहाँ पनि रातभरी उठ्नुहोस् अनि दिनमा सुत्नुहोस्। त्यसो गरे जाँदा नेपालको समय, फर्किंदा फेरी यताको समयमा एड्जस्ट हुने टन्टा पनि भएन, चौतारी पनि (लोड सेडिङ नभएको बेला) छुट्दैन। सबै खाएर आएको कुरा गर्छन्। बिष्टेलाई त भान्जीले भात ल्याउने होला, बाउचाले खोइ wrapper को मम खायो कि लुटेको भेटी खायो थाहा भएन। ठुल्दाइको त टडक भात भैगो। पूरे त शाकाहारी नै होला, कसलाई पाउने आशामा बर्त बस्या हो मासु नखाइ नखाइ थुतुने किताबआँ तपस्या गरेर। रामेले पनि फ्रोजन बरिटो तताएर खायो होला।
chipledhunga · Mar 29, 2010 2:52 PM
चिप्ले सर प्रणाम ..... किन हो एती ढिला ... ठुल्दाइ त चिच्याउने बाकस तिर पल्केका छन ..... फ्रोजन बरीटो के खानु .... आफुले दु:ख गरेर पकाएको दाल भात तरकारी नै खायेँ .....
ramronepal · Mar 29, 2010 2:58 PM
कहाँ ढिलो हुनु र म, झन् आज त ११ नबज्दै आएको अलि कुरा गरौं भनेर झन् कोही छैन आजै। अनि सरको हालखबर सुनम् न त।
chipledhunga · Mar 29, 2010 3:17 PM
रामेले पनि लहरे ले झुठो बोल्न थाले छ है। ठुल्दाइ, चौतारी सुनसान देखेर सब चिच्याउन बाक्समा बल्छी थाप्दै बस्या होलान अल्छिहरु भनी छेक् गर्न गाको। रामे नि त्यही थियो। ठुल्दाइ आएको देख्ना साथ टाप कस्यो। लहरे, कुखुरे चाँही जमेर बल्क्ची हान्दै थिए । नेपाल गए सि लोडशेड्डिङ को समय सारीणी सँग तारतम्य मिलाई उचित समयमा चौतारीमा हाजिर हुने द्रिढ संकल्पित छु चिप्ले सर ।
rahulvai · Mar 29, 2010 4:08 PM
perfectionist · Mar 29, 2010 6:59 PM
esari baal nadiee naachne po naachne ta, makhulaaa
perfectionist · Mar 29, 2010 7:04 PM
serial · Mar 29, 2010 7:36 PM
serial · Mar 29, 2010 7:38 PM
serial · Mar 29, 2010 7:52 PM
serial · Mar 29, 2010 8:00 PM
serial · Mar 29, 2010 8:01 PM
serial · Mar 29, 2010 8:09 PM
timi_mero_sathi · Mar 29, 2010 8:10 PM
serial · Mar 29, 2010 8:17 PM
timi_mero_sathi · Mar 29, 2010 8:24 PM
perfectionist · Mar 29, 2010 8:27 PM
perfectionist · Mar 29, 2010 8:29 PM
perfectionist · Mar 29, 2010 8:31 PM
सौ साल पहेले .....उनान्सौ साल था ........अन्ठान्नब्बे साल था ........और छायानब्बे साल भि था
timi_mero_sathi · Mar 29, 2010 8:32 PM
timi_mero_sathi · Mar 29, 2010 8:45 PM
timi_mero_sathi · Mar 29, 2010 9:03 PM
timi_mero_sathi · Mar 29, 2010 9:13 PM
timi_mero_sathi · Mar 29, 2010 9:21 PM
good nite!!!
perfectionist · Mar 29, 2010 10:26 PM
तारेमाम गाम्लेहरु! मंगलबारे गन्नुमय जदौ । झरी निरन्तर जारी छ, परी निरन्तर खाली छ ।
rahulvai · Mar 30, 2010 8:43 AM
प्रणाम ठुल्दाइ, झरी यता पनि जारी छ । बिहीवार मात्रा खुल्ने आश देखाएको छ ।
ramronepal · Mar 30, 2010 8:54 AM
बालाजु माथि होनी नारान साहिली र माहिलीका ताँती एउटी आउँछु भन्थिन् रेशमी चुल्ठो बाटी जमदारलाई पनि ढाँटी सुबेदारलाई पनि ढाँटी कस्ती रहिछिन् (बाठी) मै जस्तालाई ढाँटी मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई। पात्रो अनुसार आज पूर्णे, अनि हनुमान जयन्ती हुनुका साथै बाइस धारामा मेला लाग्ने अनि देवीघाट जालपादेवी मेला पनि रहेछ। ठुल्दाइ र रामे, त्यतातिर त बाढीको त्रास पो छ भन्छन् नि। बाढीबाट बच्नुहोला, झरीमय दिन परीमय होस्। बाउचा र पूरे त कि बालाजु कि देवीघाट होलान् पक्कै पनि। बिर्खे बुढो पनि बाइस धारा अघिको चौरमा बसेर टोलाइरहेको होला। बाढीले मिर्दी खोलाको पुल नबगाएको भए रामे पनि त्यतै पुगिसक्दो हो। पून्टे बुढो पनि ट्याक्सीको पहिलो ट्रिप त्यतैको, फर्किने मान्छे तुरुन्तै पाइने होइन भनेर घाममा तालु तताउँदै त्यतै होला। रिट्ठेको पनि त्यतै जाने सुर हुँदो हो बिचरा काठमाडौं जाने टिकटै नपाएर बिराटनगरमै अल्झिएछ। बिष्टे त जाममा फस्या होला। अरु कुरो त्यस्तै हो, यसो चिया खुवाउने पनि कोही रहेनन् चौतारीमा। महिला समूहले किन अघोषित बहिश्कार गरेको हो, छानबीन गर्नु पर्यो।
chipledhunga · Mar 30, 2010 9:23 AM
तारेमाम रामे, चिप्ले । झरी ले भन्दा नि नाके भाइरसको भिषण आक्रमण झेल्दै छु। बेला न कुबेला आक्रमण गर्दा हाम्राइ नाक मात्र भेटाए छ त्यसले। बाउरामहरु को नाक मा जानु नि ?मखुला ??
rahulvai · Mar 30, 2010 10:18 AM
ठुल्दाइ, फेरि बाउचाले पठाएको सूर्यले भ्यायो जस्तो छ नि। शीघ्र स्वास्थ्य लाभको कामना। प्रस्थान कहिले हो बरु? यी बाबुरामहरुको नाकमा त बरु नपरेकै बेस, नत्र त्यसैको बिरोधको निहूँमा अर्को नरसंहार मच्चाउन बेर छैन। अरु औतारी साँच्ची नै मेला भर्न लागे कि कसो?
chipledhunga · Mar 30, 2010 10:49 AM
धेरै दिन देखी छुटेको नमस्ते झ्याप्प लार सप्पैलाई , अनी ठुल्दाइ कहिले नेपाल हिंड्ने हो? चिप्ले तिम्ले नेपालमा खिचेको फोटो जम्मै टासेर सकी सकेको हो के हो ? चिया पाए त हामिनी खान्थेम ।
Harka_Bahadur · Mar 30, 2010 11:07 AM
शीघ्र स्वास्थ्य लाभको कामना ठुल्दाइ लाई । चिप्ले सर ..... बाढि आउँछ भन्छन ....... आफु त झन खोलाको छेउमै भएको झुपडिमा बसेको छु । खोइ के हो के हो ........
ramronepal · Mar 30, 2010 11:09 AM
तारेमाम हर्के । प्रस्थान मिती चाँही यो शुक्रबार बाट अर्को शुक्रबार, रिट्ठ्या गाउंको हवाइ अड्डाबाट मध्यपूर्ब हुँदै नयाँ नेपाल। नाके भाइरस को प्रभाव त्यतिन्जेल सम्म निमित्यान्न भए त बेसै हुन्थ्यो। उता गए सि कण कण मा भाइरस दाइरस हरु छन भन्छन, कती झेल्ने ??
rahulvai · Mar 30, 2010 11:33 AM
तारेमाम गाम्ले हरु के हुँदै छ त - अली ढिला भो क्यारे आएको यस्तै पर्यो के गर्ने कहिले काही हुन्छ के -
serial · Mar 30, 2010 2:07 PM
लु प्रणाम गरेँ है। माथि देखिने ठुल्दाइ देखुन, यो तलको लहरे मुर्दार सम्म बिचाँ पर्नी रामे, चिप्ले दा, हर्के लाई पनि। आज त मुइले पनि मासु भात दन्काएँ नि, तेइ भनुम भनेर आको। काम नि सकियो, अब भोली मीतिङ भेछी के कस्तो गर्नी हो अगाडि भनेर थाहा हुन्छ रे, तेइ भेर छोरो ऐले फिरी, लु कोइ छ, यस्सो गफ गर्न लाई? झगडा गर्नी मन छैन नत्र त्यो लहरे बज्ये नि याइँ रेछ। अरु कोइ छ?
perfectionist · Mar 30, 2010 2:31 PM
काम गरिरा कि ए सत्यानासी पुरे कि थुतुनो किताब चलाइरा मूला कुरै बढी एसो फेरी - फेरी थुतुनो किताब पनि सबै कुरा भन्दिने क्या - चार जना साथी थप्यो रे पुरे को
serial · Mar 30, 2010 2:34 PM
हे पाटकी असत्ती मुर्दार लहरे, तिम्रा थुतुनोबाट कैले नि सत्य बचन ननिस्किनि भये है। हैन कत्ती मात्र झूठो बोल्न सक्या एह! झूथो बोल्न निमेश मात्रको नि डर भन्ने छैन है, तिम्ले के पाउँछौ र हँ? दुनियाँलाई झूठ बोलेर? किन होला है, यो कर्मठ लगनशिल साथीलाई देखी नसह्या, कुरो बुझे त त्यो चिन्डेया खप्पराँ अण्डा फुटाउँथे ल
perfectionist · Mar 30, 2010 3:03 PM
Last edited: 30-Mar-10 03:17 PM
perfectionist · Mar 30, 2010 3:15 PM
पुरे ले काम पाएन छ । चौतारी का औतारिहरु खोज्दै हिड्या नि उता ।
rahulvai · Mar 30, 2010 4:08 PM
perfectionist · Mar 30, 2010 4:09 PM
timi_mero_sathi · Mar 30, 2010 4:14 PM
perfectionist · Mar 30, 2010 4:34 PM
perfectionist · Mar 30, 2010 4:35 PM
पुरे, लहरे र TMS एकदम मिल्ने साथी रहेछन, तिनिहरु लाई जहिले पनि बेलुका खुसीको बारमा संगै बसेर बीएर नखाइ नहुने रहेछ पुरे र लहरे त अम्रिका गएछन TMS एक्लै नेपाल मा परेछ तर जाने बेलामा तिनै जना ले, जो जहाँ भये पनि बेलुका बारमा गएर तीन गिलास बीएर खाने भन्ने सहमति भएछ, यो कुरा खुशी लाई पनि थाहा रहेछ. TMS ले जहिले पनि खुशीको बार मा एक्लै तीन गिलास बीएर खान कहिले छुटएन तर एक दीन खुशी लाई अचम्म लगेछ, TMS ले जम्मा दुई गिलास मात्र बीएर मागेछ खुशी: होइन TMS आज दुई गिलास मात्र? हरेक दीन तीन ग्लास खाने भनेर बाचा गर्या होइन पुरे र लहरे sanga? TMS: हुन त हो, तर आज देखी मैले रक्सी छोडे, यो पुरे र लहरे को भाग मात्र पिउन लाग्या
timi_mero_sathi · Mar 30, 2010 5:02 PM
timi_mero_sathi · Mar 30, 2010 5:19 PM
<<<TMS: हुन त हो, तर आज देखी मैले रक्सी छोडे, यो पुरे र लहरे को भाग मात्र पिउन लाग्या>>> लोल लोल महालोल!!!
perfectionist · Mar 30, 2010 5:46 PM
timi_mero_sathi · Mar 30, 2010 6:10 PM
timi_mero_sathi · Mar 30, 2010 6:44 PM
perfectionist · Mar 30, 2010 6:48 PM
ड पो Last edited: 30-Mar-10 07:42 PM
perfectionist · Mar 30, 2010 6:53 PM
timi_mero_sathi · Mar 30, 2010 7:06 PM
perfectionist · Mar 30, 2010 7:13 PM
timi_mero_sathi · Mar 30, 2010 7:27 PM
perfectionist · Mar 30, 2010 7:28 PM
from dhwase to sona Last edited: 30-Mar-10 07:36 PM
perfectionist · Mar 30, 2010 7:36 PM
perfectionist · Mar 30, 2010 7:42 PM
चुरा लिय है तो पोते भि ले लो .............औठी त दिन्न म तिम्लाई ...........पौजु चाँही ले लो
timi_mero_sathi · Mar 30, 2010 7:44 PM
ग्रेट सन्गस् टुसे, लु आर्को एउटो
perfectionist · Mar 30, 2010 7:48 PM
मलाई चाँही किन हो यो गीत जती सुने नि सुनु सुनु लाग्छ
timi_mero_sathi · Mar 30, 2010 7:57 PM
timi_mero_sathi · Mar 30, 2010 8:16 PM
timi_mero_sathi · Mar 30, 2010 8:54 PM
timi_mero_sathi · Mar 30, 2010 9:23 PM
NitiSa · Mar 30, 2010 10:05 PM
NitiSa · Mar 30, 2010 10:07 PM
NitiSa · Mar 30, 2010 10:11 PM
NitiSa · Mar 30, 2010 10:20 PM
NitiSa · Mar 30, 2010 10:22 PM
शुभप्रभात ।
ramronepal · Mar 31, 2010 6:37 AM
तारेमाम गाम्लेहरु! बुधबारे घमाइलो जदौ । तारेमाम रामे, उता नि घाम लाग्या होला नि ? शुभ प्रभात भन्दै कता हो ??
rahulvai · Mar 31, 2010 8:10 AM
तारेमाम ठुल्दाई, रामे |
kukhura chor · Mar 31, 2010 8:19 AM
तारेमाम् आज को दिन चाँही घमाइलो छ अहिले को तापक्रम ५३ डिग्री दिउसो सम्म ७० पुग्ने छ
serial · Mar 31, 2010 9:14 AM
तारेमाम चोर , लहरे कहिले देखी वेदर म्यान भयौ लहरे ??
rahulvai · Mar 31, 2010 9:22 AM
केही न केही गरौ भनेर वेडर म्यान भाको नि अब पुरे जस्तो रोजगारी भा मान्छे हामी परेनौ, बेरोजगारी परियो, अब एस्तो भएपछी बिजी छु भनेर गायब हुन पनि भएन अनी एसो मौकाको सदुपयोग गरेको नि ठुल्दाइ - छु याउ मखुला
serial · Mar 31, 2010 9:32 AM
त्यो त हो लहरे । केही न केही गर्नै पर्यो। खाली खल्ती भर्नै पर्यो। मखुला ?
rahulvai · Mar 31, 2010 9:49 AM
आज अरु चण्डाल हरु खोइ त हँ, कोही छैन त ठुल्दाइ नेपाल गएपछी त चौतारी सुन्सान होला जस्तो छ है, बरु नेपाल जाने प्लान लाई एसो पर सार्ने होकी चौतारी मा चाहल पहल नभएसम्म कि कसो ठुल्दाइ
serial · Mar 31, 2010 10:09 AM
brandy · Mar 31, 2010 10:53 AM
perfectionist · Mar 31, 2010 10:54 AM
Hi Brandu
ramronepal · Mar 31, 2010 11:03 AM
सबैलाई मेरो तारेमाम आफ्नो त डुम्म बादल लागिरहेको छ ..... ७ बजे मात्र घाम लाग्छ रे ......
ramronepal · Mar 31, 2010 11:04 AM
Darshan gare hai sablai. k hudaichha ta yata?
kHusHii · Mar 31, 2010 11:07 AM
हेलो ब्रान्डी पुरे रामे खुशी केही भइराछैन खुशी, कोही मान्छे छैन अनी के हुन्छ त ल मेरो नि भोजन टाईम
serial · Mar 31, 2010 11:22 AM
Hi खुशी ... ल मेरो नि भोजन जिउनार गर्ने समय भयो .....
ramronepal · Mar 31, 2010 11:25 AM
kasailai cricket ko link tahha cha? yeso pau ta! dhanyabad!
brandy · Mar 31, 2010 11:39 AM
कती न क्रीकेट हेर्ने जस्तै किन चाहियो लिन्क सिन्क स्कोर मात्र हेर्ने भए म सँग क्यारे लाईभ हेर्ने भए चाँही छैन http://live.cricbuzz.com/live-...
serial · Mar 31, 2010 11:54 AM
Score ta malai ni aaucha k herna..live bhanya live!
brandy · Mar 31, 2010 11:56 AM
हो रे आउछ तिमीलाई हेर्न स्कोरे क्या ट्यालेन्ट त बाइ ब्रान्डी त,
serial · Mar 31, 2010 11:58 AM
brandy · Mar 31, 2010 12:12 PM
brandy kun game herni?? ani timi pani cricket fan?? waaah.. la o kuro malai mann paryo.. kun game herna paryo la bhana.. naam matra bhana na.. link ta faalaa-faal aauncha ni sappai lai chitto charito jhyappa laa ra pranaam garen hai..
perfectionist · Mar 31, 2010 12:15 PM
ल गेममास्टर पुरे र नेममास्टर लहरे लगायत चौतारीका सबै औतारीहरुलाई तारेमाम! फोटो मात्र हेरेको भरमा राम्री तरुनीसँग गफ गरे भनेर मख्ख पर्दै या..S S S S S...मानको धम्मरधुसको कालेसँग च्याट गर्ने रामेप्रती घोर सहानुभूती! साथीलाई सम्झना!
Geology Tiger · Mar 31, 2010 12:38 PM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम ब्राण्डी, खुशी, पुरे, जिटी आज चौतारी शोभायमान भएको छ, ब्रान्डी खुशी आएकी जो छ । क्रिकेट हेर्ने अनुभव मात्रा २६ बर्ष भाको मान्छे सित लिन्क न मागी स्वयम्भू को मान्छे सित मागेर नि काम बन्छ त ब्राण्डी ?? भर्खर सक्याएर् आएको, दिल्लीले राजस्थानलाइ धोबि पछाड् गर्यो।
rahulvai · Mar 31, 2010 12:52 PM
मैले नि प्रणाम गरे है, ठुल्दाइ, रामेचा, लहरे, ब्राण्डी, जिटी, खुशीचालाई। म चाइँ अब खान लाको। एक्छिन म आउन्छु
perfectionist · Mar 31, 2010 2:06 PM
"क्रिकेट हेर्ने अनुभव मात्रा २६ बर्ष भाको मान्छे सित लिन्क न मागी स्वयम्भू को मान्छे सित मागेर नि काम बन्छ त ब्राण्डी ?? " lol lol maha lol
brandy · Mar 31, 2010 2:10 PM
ढ्याउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउु मज्जा आयो, राज्मा र भात खाको त, लु कोको छन, बसम! गफ गरम!!
perfectionist · Mar 31, 2010 2:21 PM
अरु औतारिहरु खै ? बैरे रामे लहरे त चिच्याउने बक्सामा होलान। चिप्ले सर त देखा पर्नु पर्ने हो । रिट्ठे सान नेपाल गए सि नाक मुख देखीको हैन। त्यस्तो पनि हुन्छ , गाम्लेको याद आएन होला र ?
rahulvai · Mar 31, 2010 2:37 PM
brandy · Mar 31, 2010 5:34 PM
लौ नमस्कार, चौतारी को चौकिदार को, बल्ल बल्ल डुएटी बजाउन आए गीत सुनम, संगीत सुनम, मन को भडास निकालम जिन्दगी म कुनै चमत्कार को आशा गर्नु हुँदैन चमत्कार त आँफैले ल्याउने हो, अरुले होइन
timi_mero_sathi · Mar 31, 2010 5:35 PM
timi_mero_sathi · Mar 31, 2010 5:49 PM
timi_mero_sathi · Mar 31, 2010 6:08 PM
timi_mero_sathi · Mar 31, 2010 6:20 PM
timi_mero_sathi · Mar 31, 2010 6:35 PM
timi_mero_sathi · Mar 31, 2010 6:44 PM
timi_mero_sathi · Mar 31, 2010 7:05 PM
timi_mero_sathi · Mar 31, 2010 7:18 PM
timi_mero_sathi · Mar 31, 2010 8:09 PM
timi_mero_sathi · Mar 31, 2010 8:47 PM
timi_mero_sathi · Mar 31, 2010 8:59 PM
timi_mero_sathi · Mar 31, 2010 9:17 PM
timi_mero_sathi · Mar 31, 2010 9:26 PM
लौ औतरी हरु आज मेरो प्रसाराण एही समप्त हुन्छ श्रीमान गम्भिर नेपाली,,,,,,,,,,,, थुक्क कस्तो बिर्स्या सयु फूल का थुङा हामी .....
timi_mero_sathi · Mar 31, 2010 9:38 PM
शुभप्रभात ।
ramronepal · Apr 1, 2010 8:51 AM
तारेमाम गाम्लेहरु! बिहीवारे बगलामुखिय जदौ। हिजो राती देखी सान साझा बिग्रिएको बल्ल बन्यो । सान दाई यो साझा को पाटपूर्जा मेड इन खासा पर्य्यो कि क्या हो? ट्याम ट्याम मा बिग्रिरहन्छ । मेड इन यु एस ए चाहियो। मखुला ??
rahulvai · Apr 1, 2010 8:52 AM
तारेमाम गाम्ले हरु आज चाँही मौसम च्वाँक छ ल रामे र ठुल्दाइ मात्रै, अरु कता लागे त कोही देखिएन त बाइ
serial · Apr 1, 2010 9:46 AM
तारेमाम लहरे, रामे । सबै जना शंखमूल तिर होला नि, लाइन मार्ने महान कार्यमा ब्यस्त । बैरे पुरे त पक्कै त्यही हो ।
rahulvai · Apr 1, 2010 9:49 AM
आएँ दाई आएँ, अघी १०० चोटि छिर्न खोजेको, सान ब्रोको जिन्सी बिग्र्या रेछ, अनी तेइ भेर बन्दै गर्देको ऐले त खुलीसकेछ। प्रणाम रामे, ठुल्दाइ, लहरे। हिजो टुसेले मस्त बजाको रेछ अनी एन्दिङ नि झक्कास देछ। लोल लोल महालोल
perfectionist · Apr 1, 2010 10:04 AM
Hello guyssssssssssssssss
uptowngal · Apr 1, 2010 10:09 AM
हेलो हेलो ठुलि ल आज ठुलि आको उपलक्ष मा ठुलि ले चिया ल्याउने रे ल चिया खान तयार भए हुन्छ ल पुरे हल्ला नगरि बस त
serial · Apr 1, 2010 10:12 AM
hulloo hulloo....jindagi le pelera ma ta bhaye ulloo...
Poonte · Apr 1, 2010 10:21 AM
पुन्टे ब्रो, जिन्दगीले पेल्दा पेल्दै टाउको ठेस खाला टाउको ठेस खादा खेरी कपाल सबै जाला ढाड पनि दुख्ना थालला कुप्री हिंड्ने हो कि उल्लु बनी बस्ने हो कि खोक्दै रातभरी ! प्रश्न चिन्ह ??
Question · Apr 1, 2010 12:26 PM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम पूण्टे दा, ठुली, र प्रश्ने । के भाको चौतारी यसपाली। घन्टौ घण्टा सम्म कोइ न आउने । मौसम च्वाँक छ भनेर सबै जना च्वाँक हेर्न गए कि क्या हो ??
rahulvai · Apr 1, 2010 12:53 PM
खोइ के भएको हो ठुल्दाइ ..... मौसम त च्वाँक छ .... च्वाँक सँग अमेरिकन गाइजात्र मनाउन्दै छन कि ...... अप्रिल फूल मा तिमीलाई म फुल को तर्फ बाट यो फुल भन्दै गुलाफको फुल दिन्दै छन होला ..... अनी कता हो पुन्टे बुढा पनि देखेको जस्तो लागेको थियो .....
ramronepal · Apr 1, 2010 1:00 PM
तारेमाम रामे, बुढाहरुले माया मारे चौतारीलाई । हामी दुई विद्यार्थी भाईहरुले चौतारी कती सम्हाल्नु , मखुला ??
rahulvai · Apr 1, 2010 1:02 PM
हिंड्डा हिंड्डै, दोबाटोमा तिमी त कहाँ हराइदियौ म भने चाइँ अल्मलेर तिमीलाई त्यहीँ पर्खि रहें लु आएँ म त। हैन बुढाहरु मात्र पो छन त अनी क्यार्न आउँछन त अरु, बुधोहरुलाई हेर्न के आइ भो भनेर कोइ नआको होला। लु म आएँ त, अब आउम क्या, यस्सो बात् मारम भन्या
perfectionist · Apr 1, 2010 1:39 PM
तारेमाम पुरे । को बुढा पुरे ? पढाई सकेर जागिर सागिर हुने बुढा हुन्छन कि कापी कलम बोकी स्कूल जाने ?? रामे र म मात्र हो चौतारीका स्कूल जाने औतारी । बाँकी जम्मै ब्रिद्ध औतारी ।
rahulvai · Apr 1, 2010 1:45 PM
त्यही भन्या ठुल्दाइ ......... म त एसो घुम्न जान लागेको ....... एस्तो राम्रो मौसम छ ..... के बस्नु कोठामा .... ल हिंडे .......
ramronepal · Apr 1, 2010 2:03 PM
चुमेर पाना भरि यति म लेखिदिन्छु म त मन परेकोलाई यस्तै नै लेखिदिन्छु अप्रिल संक्रान्तिमय जदौ सबै गाम्लेहरुलाई। ठुल्दाइ, मलाई समेत ब्रिद्ध समूहमा राख्नु भएको? घोर भर्त्सना घोर आपत्ति। चौतारीको सबै भन्दा जवान औतारी २२ बर्षे चिप्लेढुङ्गा हो भन्ने कुरा सबैलाई चेतना भया। खोइ सबै मौसम हेर्न बाहिर निस्केका रहेछन्, बाहिर च्वाँक मौसमी भएकी भए त म पनि जान्थें होला। मौसम हेर्ने खालको परिएन आफू। बिचरा पूरेलाई सुन्तलीले अलपत्र पारिछ बाटैमा। पीर नगर, सुन्तलीले छोड्या भए मुन्तली आउली, नभए भोगटी, ज्यामीरी, आँपी, आदी कोही न कोही पाउने नै छौ। प्रश्ने, पून्टे, बाउचा आदी सबैलाई जदौ। चौतरीका महिला समूहलाई यतै देखे जस्तो पो लाग्यो है, खोइ को को रहेछन् चिनौं है।
chipledhunga · Apr 1, 2010 2:51 PM
नाख कोट्याइराकी चाइ खुशीचा हो रे, अरु चाइँ चिनेन ल मैले प्रणाम चिप्ले दाई, पीर गर्या छैन नि हौ, बालै भेन नि, उमेर पुगेछी ठुल्दाइले खोज्दिन्छु भन्या छन
perfectionist · Apr 1, 2010 3:17 PM
तारेमाम चिप्ले चिपिट्ले खान जान ला बेला चिप्ले टुपुल्कीरा भन्या पुरे ले क्या सोलिड चिनेछ भने खुशी भनेर अब खुशी को नानी देखी लागेको बानी न हो
serial · Apr 1, 2010 3:32 PM
serial · Apr 1, 2010 7:16 PM
timi_mero_sathi · Apr 1, 2010 7:17 PM
serial · Apr 1, 2010 7:20 PM
serial · Apr 1, 2010 7:28 PM
perfectionist · Apr 1, 2010 7:37 PM
not any april fool trick must watch. esari haamro saamaan haraaune raicha
perfectionist · Apr 1, 2010 7:41 PM
perfectionist · Apr 1, 2010 7:44 PM
perfectionist · Apr 1, 2010 7:54 PM
NitiSa · Apr 1, 2010 8:47 PM
NitiSa · Apr 1, 2010 8:54 PM
timi_mero_sathi · Apr 1, 2010 9:00 PM
NitiSa · Apr 1, 2010 9:06 PM
NitiSa · Apr 1, 2010 9:12 PM
timi_mero_sathi · Apr 1, 2010 9:17 PM
timi_mero_sathi · Apr 1, 2010 9:32 PM
timi_mero_sathi · Apr 1, 2010 9:44 PM
timi_mero_sathi · Apr 1, 2010 9:55 PM
timi_mero_sathi · Apr 1, 2010 10:52 PM
शुभप्रभात ।
ramronepal · Apr 2, 2010 7:56 AM
तारेमाम गाम्लेहरु । शुक्रबारे भट्टिमय जदौ । तारेमाम रामे , शुभ प्रभात भन्दै टाप ?? प्रात प्रात शुभ लाउ भेट्न गाको होला रामे, छुपेरुस्तम जो छ ।
rahulvai · Apr 2, 2010 8:38 AM
खुल्ला किताब हो नि ठुल्दाइ रामे त ....... के छुपारुस्तम हुनु .... तारेमाम ठुल्दाइ .... बिहान बिहानै देखी भट्टि सम्झिन भएन नि ...... १२-१ बज्न दिनुस् न .... अनी त बाट पनि भट्टिकै राग पनि भट्टिकै गाउँ थालिहालिन्छ नि ...
ramronepal · Apr 2, 2010 8:53 AM
तारेमाम ठुल्दाइ अनी रामे मौसम फेरी च्वाँक छ, झन मौसमी को त कुरै नगरम
serial · Apr 2, 2010 9:05 AM
भट्टि को राग जुन बेला जहाँ गाए नि हुन्छ रामे, न पत्याए नारायण दाई र भीम बिराग दाई को गीत सुन्नु। मन्दिरमा बसेर पिएं , मशानमा लडेर पिएं नाचेर पिएं हांसेर पिएं, पिउंदिन पिउदिन भन्दै पिएं । रहरै रहर मा पिएं, बिबश भएर पिएं सुख मा पिएं दु:ख पिएं, कहिले कहीं एकान्तमा रुंदै पिएं । तिमीलाई संझिन पिएं, आफुलाई बिर्सन पिएं................... ( त्यसपछि आएन - यो खण्ड चाँही नारायण दाई ले गाउन मान्नु भएन रे, भीम बिराग दाई ले गाएको चाँही सुनें ) Last edited: 02-Apr-10 09:08 AM
rahulvai · Apr 2, 2010 9:07 AM
तारेमाम लहरे बाउ छु दु ? मौसम च्वाँक छ भन्दै मौसमी को पछी पछी ?? मौसमिको मौसी ले मसी ले छ्याप्ला है होस् गर, मापाकी छे ।
rahulvai · Apr 2, 2010 9:11 AM
मौसमिको मौसी को पछी लाग्या हो र - मौसी लाई चाँही ठुल्दाइ लाई नै जिम्मा दिनु पर्ला मलाई त मौसमी भए पुग्छ - मौसी सम्म त के गैइ भो र - त्यो त ठुल्दाइ डिपार्टमेन्ट हो नि
serial · Apr 2, 2010 9:25 AM
खै के भो के भो, गीतै पोस्ट भेन। लु प्रणाम टक्राएँ है, रामेचा, ठुल्दाइ, लहरे डाँकालाई। भरे क्रिकेट खेल्नी भन्या, overcast छ,पानी परेर washout होला ज्स्तो छ, धत्तेरिक्का Last edited: 02-Apr-10 09:28 AM
perfectionist · Apr 2, 2010 9:26 AM
आउन पाछैन म सँग निहुँ खोज्छ यो पुरे चा अनी मैले केही भन्यो भने दोष जती मलाई यो पुरे बिहान बिहान किन आफ्नै अनुहार हेर्छ भन्या मुड नै अफ हुने गरी
serial · Apr 2, 2010 9:35 AM
कोइ कोइ चिच्याउने बाकसमा धेरै करायो भनेर (अनी जस्को फोटो मा पनि "like" क्लिक गरिहाल्ने र जे मन लायो त्यो लेख्दी हाल्ने भएर) सबै साथीहरु ले ब्लक गरेको समाचार प्राप्त भएको छ ..... नपत्त्याये लहरे लाई सोधे हुन्छ ..... एस्तो केशमा त बैरे पनि कराउँदै हो हो भन्दै अाइपुग्छ .... ठुल्दाइ त मेरो भाई भन्दै बस्ने होला ......... बिचरा पुरे ........
ramronepal · Apr 2, 2010 11:09 AM
ल जा न्युज फ्ल्यास भएछ साचो कुरा हो झुठो होइन, नपत्याए थुतुनो किताब मा हेरे हुन्छ आफ्नै औलाले टाईप गरेर लेखेको कुरा टाँस्या छ अब त्यो टाँस्या कुरा मेटाउला भनेर सोचिरा हो भने देखिन - प्रमाण सुरक्षित राखिएको कुरा पनि जानकारी गराउन चाहन्छौ केही तल माथि भए चौतारी मा प्रमाण टाँस्न पनि पछी हट्ने छैनौ
serial · Apr 2, 2010 11:16 AM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। हैन यो रामे र लहरेले थुतुनो किताबको बारे के भनेको बुझ्न सकिएन। अली स्पष्ट पारदर्शी तरिकाले भन्नु पर्यो। कस्ले के गर्यो, कस्को के भयो ?? सूचना हक मौलिक अधिकार भित्र पर्दछ, मखुला ??
rahulvai · Apr 2, 2010 12:55 PM
के हो ठुल्दाइ, बिहान आएपछी पौने ४ घण्टा जती गाएब हुने अनी मौलिक अधिकारको कुरा गर्ने .... चौतारीको अधिकारको त कुरै छैन बा ........ थुतुनो किताब मा गएर हेर्नुस् न ........ रेसोच गर्न पर्यो नि .......... मखुला लहरे?
ramronepal · Apr 2, 2010 2:20 PM
लौ रामेले आरोप लगाउने ?? आजको चौतारीमा सबै भन्दा बढी पोस्ट गर्ने माथि यात्रो आरोप ?? प्रचण्डेलाई शान्तिको दूत भनेर जिस्काए जस्तो भो । थुतुनो किताबमा चहार्न हामीलाई कहाँ फुर्सद छ र भन्या। पुरे लहरे बैरे बर्गमा परिन नि ।
rahulvai · Apr 2, 2010 2:45 PM
sappailaai namaskaar chha hai harkeko..
Harka_Bahadur · Apr 2, 2010 3:05 PM
timi_mero_sathi · Apr 2, 2010 6:22 PM
timi_mero_sathi · Apr 2, 2010 6:34 PM
timi_mero_sathi · Apr 2, 2010 6:43 PM
timi_mero_sathi · Apr 2, 2010 7:00 PM
timi_mero_sathi · Apr 2, 2010 7:49 PM
timi_mero_sathi · Apr 2, 2010 7:58 PM
timi_mero_sathi · Apr 2, 2010 8:13 PM
timi_mero_sathi · Apr 2, 2010 8:27 PM
timi_mero_sathi · Apr 2, 2010 8:45 PM
timi_mero_sathi · Apr 2, 2010 8:58 PM
timi_mero_sathi · Apr 2, 2010 9:30 PM
जागते रहो औतरियो नमस्कारम्, चौकैदर को: घाम पनि नभनी एस चौतारी को सेवा गरे बापत मलाई सबै औतारीहरुले बिर्सेंको बेला पुरस्कार दिने भन्ने हल्ला चल्या थ्यो हो कि होइन, हो भने ठिकै छ नभये जान्या छ हम्ले पनि
timi_mero_sathi · Apr 3, 2010 5:24 PM
timi_mero_sathi · Apr 3, 2010 5:43 PM
आहा! क्या मिठो गीत'रु, एउटो दुटो नयाँ नि राखुम न केरे! प्रणाम टुसे!!!
perfectionist · Apr 3, 2010 5:56 PM
प्रणाम , प्रणाम पुरे सुनुम सुनुम के छ जिन्दगी मा, रातको खावो पिवो दीन को आराम करो
timi_mero_sathi · Apr 3, 2010 6:05 PM
timi_mero_sathi · Apr 3, 2010 6:18 PM
timi_mero_sathi · Apr 3, 2010 6:40 PM
timi_mero_sathi · Apr 3, 2010 6:58 PM
timi_mero_sathi · Apr 3, 2010 7:39 PM
timi_mero_sathi · Apr 3, 2010 7:57 PM
timi_mero_sathi · Apr 3, 2010 8:19 PM
timi_mero_sathi · Apr 3, 2010 8:38 PM
timi_mero_sathi · Apr 3, 2010 8:52 PM
सधैं कती vocal मात्र सुन्ने instrumental पनि एक छिन्
timi_mero_sathi · Apr 3, 2010 9:14 PM
timi_mero_sathi · Apr 3, 2010 9:36 PM
timi_mero_sathi · Apr 3, 2010 9:59 PM
नमस्कार
timi_mero_sathi · Apr 4, 2010 6:41 PM
timi_mero_sathi · Apr 4, 2010 6:44 PM
timi_mero_sathi · Apr 4, 2010 6:57 PM
timi_mero_sathi · Apr 4, 2010 7:13 PM
timi_mero_sathi · Apr 4, 2010 7:44 PM
timi_mero_sathi · Apr 4, 2010 8:03 PM
timi_mero_sathi · Apr 4, 2010 8:20 PM
timi_mero_sathi · Apr 4, 2010 8:36 PM
TMS namaste! sallu ko euta song sunu na hami pani.
crazy_love · Apr 4, 2010 8:54 PM
timi_mero_sathi · Apr 4, 2010 9:04 PM
Namaskar, aaj ke saam crazy ke naam
timi_mero_sathi · Apr 4, 2010 9:14 PM
Thanku! Thanku! arko ni jaaos! harke khoi? nitu khoi?
crazy_love · Apr 4, 2010 9:21 PM
khoi , uniharulai meroo geet sunda sunda bore lgay jastoo chha,
timi_mero_sathi · Apr 4, 2010 9:24 PM
timi_mero_sathi · Apr 4, 2010 9:30 PM
kasari bore lagecha? kina lagecha? research garnu parcha
crazy_love · Apr 4, 2010 9:31 PM
aba rahulbhai Nepal janu bho kyare, nepal bata farke pachi tyo research garney jimma RB lai dina parla
timi_mero_sathi · Apr 4, 2010 9:35 PM
yo song TMS ra all chautarians laai!
crazy_love · Apr 4, 2010 9:39 PM
thanks crazy, la aba euta last geet ko sanga good night pani its 11 pm here
timi_mero_sathi · Apr 4, 2010 9:55 PM
तारेमाम गाम्लेहरु । सोमबारे शिवमय जदौ । घाम चर्को छ आज, काम अर्को छ आज । तारेमाम।
rahulvai · Apr 5, 2010 8:15 AM
लौ हेर, ठुल्दाइ एक्लै आ'र बस्या रेछन। त्यो मुर्दार रामेचा वीकेन्द भरी धोकेर बस्या होला। यती छिट्टो त के उठ्थ्यो होला र। अनी हैन ठुल्दाइ, ब्यान देखुन यात्राो चुरोस खा'र के गर्या? बुधेस्कालाँ यस्सो ज्यानको ख्याल राख्न पर्छ भन्दै छु त, कैले सुन्नी हैन भन्या। हिजो राती अबेर सम्म खेल्दैथें , तेइ भेर ठुल्दाइ सँग वार्तालाप गर्न मिलेन, मौका मिल्ना साथ गर्नेछु भन्ने जानकारी यैँ बाट दिन चाहन्छु। हैन अरु सप्पै काँ गए? सबका सब एस्टर मनाइरा हुन कि क्या हो? लु प्रणाम।
perfectionist · Apr 5, 2010 9:45 AM
तारेमाम पुरे। है न के भा यो चौतारीका औतारिहरुलाई । रिट्ठे एक जना पो नेपाल गाको छ , बाँकी ?? लहरे, रामे, बैरे, चिप्ले, खुशी, बिस्टे, बिर्खे, हर्केहरु कता नि ? यस्तो त भएन नि ? मखुला पुरे ??
rahulvai · Apr 5, 2010 10:04 AM
खै के भा हुन, कुन्नी, पुराना त हराये हराये नयाँ भा जत्ती नि गये भन्या। हाम्री साइँली दि पनि आउन मन लाग्छ, कुरो गर्नै आउन्न भनेर आउन छोडे रे, खै क्या हो क्या हो। कुरो गर्न नजानेर छोड्नी भा भे त मैले उुइले छोडि सक्या हुन्थेन नि हैन त, म त अझै छु केरे। अनी दाई आज अरु काम छ भन्दै हुनुहुन्थ्यो, के के काम हो कुन्नी?? नेपाल प्रस्थानको लागि शपिङ त सक्या छैन होला केरे। अनी घराँ भाउजुलाई आरामै? सोध्या छ भन्दिनु है
perfectionist · Apr 5, 2010 10:11 AM
तारेमाम ठुल्दाइ अनी पुरे म पनि हाजिर भए है
serial · Apr 5, 2010 10:14 AM
brandy · Apr 5, 2010 10:27 AM
टाउको मात्र झुन्ड्याएर के गर्न लाग्या हो बाइ के हो के हो
serial · Apr 5, 2010 10:36 AM
तारेमाम लहरे एन्ड ब्राड्णी । आज त सल्लाह गरेरै हल्ला गर्न आएको जस्तो छ, ब्रान्डी र लहरे, ख: ला ?? शपिङ सकियो पुरे, २३ केजी जोखी जोखी किनियो प्रत्यक सुट केशको लागि । अध्यारो देशमा उज्यालो बनाउने सरसामन ले ब्याग भरियो ।
rahulvai · Apr 5, 2010 10:37 AM
brandy · Apr 5, 2010 10:38 AM
सकियो प्याकिङ ठुल्दाइ - अनी मैनबत्ती र सलाई लि किन्या हो त सल्लाह नगरि आको म त ठुल्दाइ - टाइमिङ मिल्दो रैछ के गर्ने अनी फेरी चस्मा लार किन नि फेरी - कुरा बुझी नसक्नु छ
serial · Apr 5, 2010 10:41 AM
brandy · Apr 5, 2010 11:00 AM
सबै लाई प्रणाम है । Hi Brandu । आउन त ब्यानै आएको हो नि काम मा .... फुर्सद एक्छिन भएन के गर्नु ...... पुरेको जस्तो दिनभरी थुतुनो किताब चलाएर काम चोर्न सकिएन के गर्नु ...... ठुल्दाइ ........ नेपाल जानु भन्दा पहिले नै स्वास्थ्य राम्रो होश .... लहरे ले लेराइदेको सुर्यले त्येस्तो गरेको भन्ने हल्ला छ क्यारे ....... त्यो हो कि हैन अली प्रस्ट पारीदिनु पर्यो ठुल्दाइ .. हुन त हिजो फुन मा एकैछिन एस्को बारेमा कुरा भएको थियो क्यारे ...... ल भोग लाग्यो ....... म त खान थाले .....
ramronepal · Apr 5, 2010 11:17 AM
फेरी ठुल्दाइ ले के हल्ला फैलाएछ भन्या त्यो अरु केही भा होइन रामे - ठुल्दाइ जवान भाको - दिनप्रती दिन ठुल्दाइ जवान हुँदै छ अनी त्यसैको लक्षण हो ल आज यो ब्रान्डी ले धेरै टाउको झुन्ड्याइरा छ किन होला कुन्नी
serial · Apr 5, 2010 11:24 AM
brandy · Apr 5, 2010 11:25 AM
चोट के हो ब्यथा के हो म जस्तो घाइतेलाई सोध मिलन के हो खुशी के हो मसँग कहिले सोध्दै नसोध सोमबारे जदौ उपस्थित भएका र हुनै लागेका औतारीहरुलाई। रामे, भोक केले मेटाइयो त? बाउचाले पठाएको सूर्य त सँधै भाईरस लागेको हुन्छ। अघिल्लो चोटि (२००८) मा पनि सबैलाई संक्रमण भएको थियो। ब्रान्डीको चाँही कती थरी अनुहार हो। ठुल्दाइ, कस्तो सामानले भर्नु भएको हो? बत्तिको चिम लगेर त काम छैन, बिजुली आउने होइन। लालटिन र मैनबत्ती पनि नेपालमै सस्तो हुनु पर्ने हो। टुकी र दियालो त यहाँ पाइन्न होला। पूरे, सप्ताहन्तमा सुन्तलीसँग रमाइलो गरी समय बिताइयो? बैशाख त लाग्न लाग्यो, साइत जुराइयो कि जुराइएन त?
chipledhunga · Apr 5, 2010 11:58 AM
चिप्ले सर प्रणाम, भोग त भोजन ले मेटाइयोनी ... कस्तो भोजन भनेर सोधेको भये ....... सच्चा सकाहारी खाइयो आज ... आलु-साग मा अली अली लेदो लेदो जस्तो बनाएर लेराएको थिए ... भात र त्यो खाएको गज्जब मिठो भयो आज ल ... अब एक हप्ता यो रामे को भान्छा म त्यही मात्रा पाक्ला जस्तो छ .... ठुल्दाइ ले टुकी र दियो किनेको भन्ने हल्ला छ क्यारे .... मखुला ठुल्दाइ ?
ramronepal · Apr 5, 2010 12:24 PM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम चिप्ले, रामे टुकी नै किनियो भन्नु पर्यो, तेल पनि हाल्नु नपर्ने । अनी सौर्य शक्तिबाट बल्ने बत्ती पनि किनियो । घामको शेडिङ छैन भन्ने सुनेको छु ।
rahulvai · Apr 5, 2010 1:14 PM
ठुल्दाइ, टुकीलाई तेल नचाहिए पनि मट्टितेल त चाहिएला नि। कहिले आयल निगमले दूष्ट राष्ट्रको आयल निगमलाई पैसा तिर्न नसकेर, कहिले राजमार्ग बन्द भएर, कहिले ट्यान्कर ब्यवसायीको हड्ताल आदिले मट्टितेल पाउन गार्हो छ भन्छन्। पाए पनि रक्सौल नाका देखि साहूजिको ड्रमसम्म कती ठाउँमा कती थरी मिसावट हुँदो हो। सोलारको कुरा गर्नु हुन्छ भने देखि अहिले काठमाडौंको आकाशमा घामै देखिन्न रे धूलो र धूँवाले छेकेर। बरु pollution power ले चल्ने केही पाए लान उचित हुन्थ्यो जस्तो लाग्छ है मलाई त। रामे, हेटौंडातिर त्यस्तै आलु साग र भात खान्छन् हो? अरु कता लागे आज? हिंजो इस्टर हो कि वेष्टअर भन्ने पर्व थ्यो के रे, बगैंचामा अन्डा खोज्ने। धेरै अन्डा खाएर सबै बिरामी परे कि के हो?
chipledhunga · Apr 5, 2010 1:52 PM
खोइ चिप्ले सर .... हामी जाँदा त माछा भात बजाइन्थ्यो ....... ठुल्दाइ जाने कुरा ले नै दिक्क लागि सक्यो ..... चौतारी सुक्ने भयो जस्तो छ .... लहरे चिच्यौने बाकसमै ब्येस्त छ .... पुरे थुतुनो किताबमै होला क्यारे ..... ( होइन भन्यो भने प्रमाण बच्चाएर राखेको छु है ...... ) अरु औतारिहरुको के कुर गराइ भो र .........
ramronepal · Apr 5, 2010 2:14 PM
तेल मट्टीतेल बिनाको टुकी किनियो चिप्ले। ब्याटरी स्याटरी नि न चाहिने, चार्ज रि-चार्ज नि गर्नु नपर्ने आनन्द को टुकी किनियो। अम्रिकाबाट के ल्याइदिए छ भनी सोध्छन सबै साथीभाइ। सबैलाई एक एक गोटा टुकी दिने बिचारले बक्सा नै किनियो । आर्थिक ब्यय भार नि कम पर्ने, सबैलाई काम लाग्ने, देश र भेष सुहाउदो । त्यो तेल बेच्ने घायल निगमको बर्णन र शेष नागले पनि गर्न सक्दैन। कर्मचारीलाई महिना को १६५ देखी ३६५ लिटर मट्टीतेल इन्धन भात्ता रे । चुहावट कम गरेको बोनस् तलबको ६०% रे । आयल निगम घायल निगम बन्ने नै भए नि , मखुला ?? तर अब केही सुध्रिन्छ कि , इलाहाबादी जिएम भा छ ।
rahulvai · Apr 5, 2010 2:35 PM
timi_mero_sathi · Apr 5, 2010 7:24 PM
timi_mero_sathi · Apr 5, 2010 7:38 PM
timi_mero_sathi · Apr 5, 2010 7:51 PM
timi_mero_sathi · Apr 5, 2010 7:58 PM
timi_mero_sathi · Apr 5, 2010 8:07 PM
timi_mero_sathi · Apr 5, 2010 8:24 PM
timi_mero_sathi · Apr 5, 2010 8:33 PM
timi_mero_sathi · Apr 5, 2010 8:51 PM
Geet mitho chha , ma sundai chhu hai...
Harka_Bahadur · Apr 5, 2010 8:53 PM
life is good
timi_mero_sathi · Apr 5, 2010 9:09 PM
sunum sunum harka bahadur ji, geet bhane kai sunna ko lagi
timi_mero_sathi · Apr 5, 2010 9:25 PM
तारेमाम गाम्लेहरु ! मंगलबारे गन्नुमय जदौ । चौतारीमा आउने न आउने सबै औतारिको मंगल होस् ।
rahulvai · Apr 6, 2010 8:12 AM
तारेमाम ठुल्दाइ । चाँडै आउनु भएछ त ....... नेपाल जाने जोश मा निन्द्रा लाग्न छोड्यो कि क्या हो ? आज मंगलवार पनि परेछ .... भुँडे गणेश को सम्झना आयो .......... नेपाल गएको बेला मा मेरो नाम मा भुँडे गणेश लाई $१० चडाइदिनुहोला .... त्यो भन्दा बडी दियो भने त भुँडे गणेश पनि मातिएलान ....... मुसा चड्न छोडेर बाघ चडेर हिडलान फेरी ...... Last edited: 06-Apr-10 08:41 AM
ramronepal · Apr 6, 2010 8:40 AM
मेरे खयाल से... शिक्षक (सार्थक से) : तुम्हारा जन्म कहां हुआ था...? सार्थक : तिरुअनंतपुरम में... शिक्षक : अब तिरुअनंतपुरम के स्पेलिन्ग बताओ... सार्थक : सर, मेरे खयाल से मेरा जन्म गोवा में हुआ था..
rahulvai · Apr 6, 2010 8:52 AM
तारेमाम रामे , गणेश नि थरिथरीका । भुँडे गणेश, भिसा गणेश, सोह्र हाते गणेश, दुध पिउने गणेश, दुध न पिउने गणेश, छाते गणेश, घाटे गणेश । भुँडे गणेश लाई चाँही डाइबेटिज टाइप १ भाको ले अचेल लड्डु चढाउन वर्जित छ रे । पठाउने भए $ १० पठाइ दिनु, चिनी न भाको लड्डु पाए चढाइ देउला, न पाए गणेश को नाम मा आँफै खाइ दिम्ला, मखुला ??
rahulvai · Apr 6, 2010 8:57 AM
तारेमाम ठुल्दाइ रामे मौसम एकदम च्वाँक छ, ठुल्दाइ नेपाल जाने टाईम नि आयो है - आज त सकिहाल्यो भनेपनी भयो - भोली एक दिन त छ - पर्सी त भोली जाने भनेर मख्ख पर्दै बित्छ, नि पर्सी त जाने टाईम ।।। ल ठुल्दाइ मोज गर्नु भोज गर्नु रोज गर्नु , जे जे मन लाग्छ त्यही त्यही गर्नु रिट्ठे जस्तै बिलिन चाँही नहुनु, चौतारी कहिले काही चिह्याउनु
serial · Apr 6, 2010 9:22 AM
brandy · Apr 6, 2010 9:52 AM
तारेमाम लहरे । मौसम च्वांक भएर पनि बुढी भाईसकी । ८५ रे । च्वाँक त ७०-७५ हुँदा सम्मन मात्र हो । नेपाल जाने दिन त आयो । तर खासै एक्स्साइटमन्ट छैन। लहरेको पो मिशन थियो, हाम्रो छैन। बत्ती न भाको देश दर्शन गर्न जान लागेको , भोज पनि हुँदैन, मोज पनि हुँदैन ।
rahulvai · Apr 6, 2010 9:58 AM
नमस्ते है जम्मै गाम्लेहरुलाई , ठुल्दाइ हिंड्ने बेला हुन लाग्यो हैन त ?
Harka_Bahadur · Apr 6, 2010 10:03 AM
कसै कसैले हिजो देखी टाउको मात्र राखेर हैरान गरिराछ - किन होला कुन्नी ठुल्दाइ सँग भा मौसम बुढी होला, एसो म्याचिङ् नि हुनु पर्यो नि - फेरी च्वाँक भाको भे ठुल्दाइ बुढा देखिन्छ के अहिले चाँही जोडी मिलेको छ है ठुल्दाइ
serial · Apr 6, 2010 10:05 AM
लेख्दा लेख्दै हर्के दाई नि आइपुगेछ के छ हौ हर्के दाई लोङ टाईम सिक्स प्याक बन्यो कि त्यही जेरो प्याक मै हो अचेल नी
serial · Apr 6, 2010 10:07 AM
के छ लहरे भाई , आरामै छौ , तेहित लङ टाईम नि सी भोनी है , छैन उही पहिलेको जस्तै हो फोर प्याक्मै constant छ ।
Harka_Bahadur · Apr 6, 2010 10:19 AM
मुटु भरि जलेको आगो सरि छ बाँकी तिम्रो याद सहनु म कसो गरी भट् भटी पोल्छ यो छाती बेसरी सकिन सहन, याद आउछ तिम्रो हर घडी नयन भरि तिम्रो आक्रिती छायी दिन्छ वरि-परि....... प्रणाम!!! सब बुढाहरु जम्मा भै सकेर हल्ला खल्ला मचाइ सकेछन। अरे! ब्रान्डी नि याइँ?? आज बाटो बिराएर आ हो? हैन खुशीचा काँ गै? क्रेजी पर्मात्माले मायाइ मारी? हुँदा हुँदा त्यो बैरे नि गायप भो बै। तेस्का तालुमा लौरोले थोक्न पर्नी! काँ मुन्टी रा होला अनी पछी आ'र बिजी थेँ भन्दो हो। नौटन्की बज्ये!!!! लु हैन चिया कसैले नि नल्याउने भा हो अचेल? यो रामेचाले कैले चिया ल्याको छैन, ओ रामेचा, लु चिया खाम त तिम्रो हातको आज। हर्के दाई, ठुल्दाइ, लहरे, रामेचा, ब्रान्डी अनी नदेखिया सप्पै अवतारिलाई यो पर्फेक्सनिस्ट (a.k.a पुरे) को प्रणाम
perfectionist · Apr 6, 2010 10:23 AM
ह्या हर्के दाई फाइभ प्याक होला दिन दिनै सिक्स प्याक खाएर एक्स्त्रा बियर बेल्ली काउन्त गरेको खोइ त - पुरे नि आएछ ल - ल ल पुरे आज तिम्ले नै चिया ल्याउ
serial · Apr 6, 2010 10:34 AM
पुरे नि आएछ ल - ल ल पुरे आज तिम्ले नै चिया ल्याउ
brandy · Apr 6, 2010 10:55 AM
darshan! sabailai. Manisha Koirala to marry Samrat Dahal re http://timesofindia.indiatimes...
kHusHii · Apr 6, 2010 10:58 AM
लु ब्रान्डीले भनेछी के नाइ नुइ गर्नु र, लु चिया, त्यो लहरेले भनेर ल्या चाइँ नथान्नु नि। ठुल्दाइको लागि स-पेसल कालो चिया।
perfectionist · Apr 6, 2010 11:02 AM
Thank you very much Purecha!! dil khuss bhayo mero!!!
brandy · Apr 6, 2010 11:04 AM
brandy · Apr 6, 2010 11:36 AM
टाउको झुन्ड्याएको देखेर भागे कि क्या हो सबै कोही नी छैन त क्या डरलाग्दो टाउको रैछ
serial · Apr 6, 2010 12:45 PM
Khushi Hi Hi Brandu ब्रान्डु को मुहार को भाका बुझ्न गाह्रो पर्यो है मलाई त ... के छ हो लहरे, हर्के, पुरे? हैन खानि बेला दिन दिनै त्येत्रो चिया खाएर मर्यो अहिले कहिले खुवाएको छैन भन्छ ए यो पुरे त ........ कुनै बेला ब्यान ब्यानै आउन भ्याइन्थ्यो ..... त्येतिबेला धेरै जसो चिया खुवाएकै थिए त, नपत्याये पुरानो चौतारी खनेर हेरे हुन्छ ......... कस्तो गुण नदेख्ने पुरे रहेछ ? ........ मखुला लहरे ?
ramronepal · Apr 6, 2010 12:45 PM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम पुरे, हर्के, ब्राण्डी, खुशी । ब्राण्डी ले टाउको झुन्ड्याकोले डराएर कोइ नि आएन चौतारीमा जस्तो छ।
rahulvai · Apr 6, 2010 12:46 PM
हो हो रामे को कुरा पन्ध्र आना सही हो ब्रान्डु को मुहार को भाका तिमीले नबुझेर के भो र चाहिने मान्छे मैले बुझिहाले के रे
serial · Apr 6, 2010 1:16 PM
सान दाई को साझा र हाम्रो चौतारी उस्तै उस्तै भा छ । साझा बिग्रिएर्को बिग्रेइ छ, लहरे, पुरे, वैरे , रामे जस्तै ।
rahulvai · Apr 6, 2010 1:31 PM
करेक्सन: सान दाई को साझा र हाम्रो चौतारी उस्तै उस्तै भा छ । साझा बिग्रिएर्को बिग्रेइ छ, लहरे, वैरे , रामे जस्तै।
perfectionist · Apr 6, 2010 1:39 PM
ठुल्दाइ पनि जहिले नि एउटै कुरा गरिरा हुन्छ बिग्रियो भन्या कस्तो हो ल प्रस्ट पर्नु पर्यो
serial · Apr 6, 2010 1:47 PM
हैन जहिले नि पुरे बिग्रियो भन्दा पुरे लाई किन करेक्सन गर्नु पर्ने होला पुरे बिग्रेको छैन भनेर जहिले नी आएर पुरे सोझो हो भन्दा गाउले हरुले किन नपत्याएको होला रिसोच गर्न योग्य बिषय हो है यो चाँही काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्ने कुरा पुरे मा लागु हुँदैन काग करायो भने पुरेलाई आफ्नो कान छामी हाल्नु पर्छ - के था हैन गायब नै भो कि को सोझो को बिग्रियो भनेर अरुले भन्ने कुरा होइन र - कसैले म बिग्रिएको भन्छ - चोर ले म चोर भन्छ, चोर को खुट्टा कात भन्दा खुट्टा खुम्च्याउने बानी नराम्रो के पुरे को अरु त के भनाइ भो र Last edited: 06-Apr-10 01:56 PM
serial · Apr 6, 2010 1:54 PM
Thuldaai football link chha? chha bhane paauna.
harka_Bahadur · Apr 6, 2010 2:54 PM
फूटबल ? मैले त बिर्सेंको । एक मिलेट है ।
rahulvai · Apr 6, 2010 2:59 PM
la hunchha ma kurchhu , aaja jhakaash match chhani ta dai, lu hernu parne bho jasari bhaeni..
harka_Bahadur · Apr 6, 2010 3:00 PM
http://www.tsportv.info/ http://www.vipfoot.net/ch1.htm... http://livestream10.blogspot.c...
rahulvai · Apr 6, 2010 3:07 PM
Barcelona 3-1 Arsenal (agg 5-3)
serial · Apr 6, 2010 3:07 PM
Messi hatrik -----------------
serial · Apr 6, 2010 3:09 PM
rahulvai · Apr 6, 2010 3:16 PM
Barcelona 4 - 1 Arsenal La sakyo HIP HIP HURRAY
serial · Apr 6, 2010 3:38 PM
Messi le sappai goal haanyo, la badhai chha hai laharelaai. Thank you thuldaai...
Harka_Bahadur · Apr 6, 2010 3:40 PM
timi_mero_sathi · Apr 6, 2010 6:28 PM
timi_mero_sathi · Apr 6, 2010 6:45 PM
timi_mero_sathi · Apr 6, 2010 7:02 PM
timi_mero_sathi · Apr 6, 2010 7:38 PM
timi_mero_sathi · Apr 6, 2010 8:10 PM
timi_mero_sathi · Apr 6, 2010 8:42 PM
timi_mero_sathi · Apr 6, 2010 8:58 PM
timi_mero_sathi · Apr 6, 2010 9:36 PM
brandy · Apr 6, 2010 9:50 PM
brandy · Apr 6, 2010 9:52 PM
शुभप्रभात ।
ramronepal · Apr 7, 2010 6:14 AM
तारेमाम गाम्लेहरु ! बुधबारे बाफिलो जदौ । तारेमाम रामे, शुभ प्रभात भन्दै शुभलाई भेट्न टाप ??
rahulvai · Apr 7, 2010 8:29 AM
प्रणाम........................... लु नेपालले जितेछ क्यारे, अब अफ्गानीहरु सँग रेछ शुक्रबार, त्यो नि जिताउन पर्छ। बबाल टाइट गेम भा रेछ आज त। हाउँरो नेपाल खेल्या हाइलाइट कैले हेर्न पाउनी होला है। अनी ठुल्दाइ सब पोको पार्न सकियो त? म नि अट्छ, सुट्केसाँ?? कस्तो जान मन भो भन्देखुन्
perfectionist · Apr 7, 2010 8:49 AM
तारेमाम पुरे, नेपाल ले जित्यो , नेपाल ले हार्यो ( माधव नेपाल नि फेरी) । पुरे अट्न त मज्जाले अट्ने अझै ठाम छ । जाने भए जाम । एउटा समस्या छ, पर ब्याग २३ केजी मात्र भन्छ, २३ केजी भन्दा बढी नै होला भन्ने मानेको छु । काटकुट गर्ने मिलेन ,क्या फसाद ।
rahulvai · Apr 7, 2010 9:01 AM
तारेमाम रामे ठुल्दाइ पुरे हेर्दा हेर्दै ठुल्दाइ पनि नेपाल जाने भएछ, खपराँ त लेखेर नै आरैछ ल ठुल्दाइ धेरै मोज गर्नु - चर्को स्वर मा भाषन गर्नु - दुई चार ढुङ्गा हिर्काउनु - म: म: खानु , हाकु छोएला खानु, वो खानु, बारा खानु, कचिला खानु, सुकुला खानु, पौक्वाँ छोक्वाँ लैक्वाँ जे जे छ सबै खानु
serial · Apr 7, 2010 9:05 AM
काटकुट गर्न मिल्छ किन नमिल्नु - पुरे लाई काटकुट गर्न त म तयार छु हात दुइटा को २३ किलो खुट्टा एउटा को २३ किलो को हिसाब ले ४६ किलो अब जिउ को ४० किलो जती होला भन्ने मानेकोछु अब बाँकी रह्यो टाउको - अब त्यो जहिले नि किच्किच गर्ने मुख भा, भ्रस्त दिमाग भा, नचाहिने कुरा देख्ने आँखा भा नचाहिने कुरा सुन्ने कान भा टाउको के काम - तैपनी लाने नै हो भने ६ किलो ल भनेपछी जिउ र टाउको गरेर ४६ किलो जम्मा गर्दा ११५ किलो हुने रैछ, ५ वटा सुइट्केस मा त ठ्याक्कै जान्छ ल - के छ बिचार लग्ने हो कि Last edited: 07-Apr-10 09:11 AM
serial · Apr 7, 2010 9:11 AM
यहाँ पीर बिसाउनै गार्हो छ तर म यस्तै पीरहरुमा रमाउने मान्छे मलाई रुखो शाहआनुभूती नै प्यारो छ बुधवारे जदौ सबै गाम्लेहरुलाई। ठुल्दाइ, राम्या ताल त्यस्तै हो। बिहान उषा, दिउँसो दिवा अनि साँझमा सन्ध्यालाई भेट्दैमा फुर्सद हुन्न। पूरे पनि अब एकैछिनमा थुतुने किताबमा होला नभए देखी खेलकुद साइटहरुमा त पक्कै। पूरेले अफ्गानी र फूटबलको कुरा निकाल्दा तालिबानकालीन एउटा समाचारअको सम्झना आयो। अफ्गानिस्तानमा तालिबानले फूटबल खेल्न दिनु नै आश्चर्यको कुरा थियो तर त्यो भन्दा आश्चर्य लाग्दो कुरा भने नियमहरु। जर्सी र कट्टु लगाएर खेल्न नपाईने, सलवार कमीज लगाउनु पर्ने। दर्शकहरुले ताली बजाउन, गोल भनेर कराउन, उफ्रिन आदी केही गर्न नपाउने र त्यसको सट्टा "अल्लाह ऊ अकबर" मात्रै भन्न पाउने। एक पटक पाकिस्तानसँग मैत्री खेल भएछ अफ्गानिस्तानमा, त्यो पनि तालीबानको गढ कान्धारमा। पाकिस्तानी खेलाडीहरु त जर्सी र कट्टुमै मैदानमा उत्रिए। खेल रद्द भयो र सजाय स्वरुप सबै पाकिस्तानी खेलाडीहरुको कपाल खौरिने कार्य सम्पन्न भयो।
chipledhunga · Apr 7, 2010 9:12 AM
<<<एक पटक पाकिस्तानसँग मैत्री खेल भएछ अफ्गानिस्तानमा, त्यो पनि तालीबानको गढ कान्धारमा। पाकिस्तानी खेलाडीहरु त जर्सी र कट्टुमै मैदानमा उत्रिए। खेल रद्द भयो र सजाय स्वरुप सबै पाकिस्तानी खेलाडीहरुको कपाल खौरिने कार्य सम्पन्न भयो।>>> साची हो र? धुत्। यिनीहरुका त के भन्नु र। तर चिप्ले दाई मैले क्रिकेटको कुरो गर्या। ACC Trophy Elite 2010, तेस्मा अब आउनी शुक्रबार अफ्गानी टोली सँग भिड्दै छ नेपाल। त्यो लहरेको कुरो त के सुनाइ भो त, काम साम छैन, बकम्फुसे कुरो गरेर बस्न बाहेक के नै गर्छ र, तेइ भेर मैले त हेर्दा नि हेरिन, लु जास त।
perfectionist · Apr 7, 2010 9:30 AM
ल बाउचा पनि आएछ। पूरेको तौल कसरी अनुमान लगाउन सकेको हो? ठुल्दाइ, सूर्य तान्नुहोस्। मम, छोएला, कचिला, वो, चतामरी, लाखामरी टन्न खानुहोस्। मुख छोपेर हिंड्नुहोस् नत्र फर्किंदा एअरपोर्टमा रोक्ला पासपोर्टमा एक थरी फोटो तर काठमाडौंको प्रदूषणले अनुहार अर्को देखिएर। टेम्पो चढ्नुहोस्, माईक्रोबस चढ्नुहोस्, ट्याक्सी चढे मिटरमा कसरी पैसा चढ्छ एक नाशले टोलाई हेर्नुहोस्। क्यामरा नछुटाइ हिंड्नुहोस् अनि ब्याट्री टन्न बोक्नुहोस्। रिचार्जेबलको काम छैन, टुकीले चार्ज गर्न भएन। फोटोकै कुरा गर्दा ठुल्दाइको एउटा राख्दिम् न।
chipledhunga · Apr 7, 2010 9:31 AM
अनि यी औतारीहरुलाई पनि चीनम् है त।
chipledhunga · Apr 7, 2010 9:34 AM
नेपाली टिम पनि चोकर नै त हो , दिक्क लाग्ने गरी - जहिले नि लास्टाँ गएर हार्ने - फाइनल सँग एलर्जी छ कि के हो नेपाल लाई साउथ अफ्रिका जस्तो, के हो के हो लेख्नु लेखी हाले, पढोस् नपढोस् बालै भएन नि कि कसो
serial · Apr 7, 2010 9:35 AM
तारेमाम लहरे , चिप्ले । नेपालाँ गए सि पहिलो दिनको पहिलो कार्य महेन्द्र बौचा को पसलमा म: म: खानु बाहेक अरु कुनै निश्चित छैन । बातावरण हेरी समय अनुसार कदम चाल्ने हो। नेपालको भबिष्य जस्तै आफ्नो पनि अनिश्चित भबिष्य छ । क्रिकेट टिमले जस्तै फाइनल हार्न बेर छैन ।
rahulvai · Apr 7, 2010 10:02 AM
पुरे किन कराइरहेको ........... थुतुनो किताबमा नगएर ..... ए ठुल्दाइ ....... अाइसकेछ त है नेपाल जाने दिन नि ...... ल राम्ररी जानुस् क्यारे .... रिठ्ठे ले जस्तो माया नमार्नुस् .... चिप्ले ले जस्तै राम्रो राम्रो अझ राम्रो फोटो हरु खिचेर लेराउनुस् ...... रेचार्जेबल भन्दा टुकी वाला क्यामरा ठीक होला जस्तो छ . त्यही बोकेर जानुहोस् ...... ठुल्दाइ, थाहा छ नि तपाईंलाई ..... सुरु भयो .... बिहान उठ्ना साथ दौडिन पर्यो नि ...... जिउ तन्दरुस्त त राखनै पर्यो नि .. मखुला ठुल्दाइ ? लहरे ले गरेको भाग बन्डा मा त्यो काम नलाग्ने टाउको चाँही नलगे हुन्छ है ठुल्दाइ, नत्र नेपाल मा पनि किच किच गरेर हैरान गर्छ त्यो टूक्रा टुक्री ले ..... चिप्ले लाई कस्ले रुखो सहानुभुति दियो? चिप्ले ले भनेको जस्तै बिहान उषा, दिउँसो दिवा अनि साँझमा सन्ध्यालाई भेट्न पाये त यो चौतारी बहिस्कार गरिदिन्थे ......... अनी ठुल्दाइ, ट्याक्सी, मिटरवाला ट्येम्पो चडदा त्यो मिटर नहेर्नु है ....... नत्र रिंगटा लागेर वाक वाक लाग्छ ..... चिप्ले ले राखेको फोटोमा त बुढा बुढा मात्र रहेछन ....... बिर्खे, बिस्टे, पुन्टे, ठुल्दाइ, र चिप्ले लाई त चिने ....... अर्को भक्ते, नमे र टुसे हो कि क्या हो ? चिन्नै गाह्रो भयो मलाई त ..... Last edited: 07-Apr-10 10:30 AM
ramronepal · Apr 7, 2010 10:27 AM
चिप्ले ले राखेको फोटोमा त बुढा बुढा मात्र रहेछन ....... बिर्खे, बिस्टे, पुन्टे, ठुल्दाइ, र चिप्ले लाई त चिने के भन्छ रामे? फोटो खिचेको मैले, म कसरी हुनु त्यहाँ। अनि अर्को कुरा कती चोटि सम्झाउनु पर्ने, चौतारीको सबैभन्दा जवान औतारी २२ बर्षे चिप्ले हो भनेर?
chipledhunga · Apr 7, 2010 10:42 AM
२ घण्टा त भएछ नि कोइ पनि नआएको ..... ठुल्दाइ नि कहाँ लागेको हो कुन्नी ....... चिप्ले सर, २ बर्ष अगाडि म नेपाल गएको थिए ....... म पनि भएको फोटो राखौ ? आफ्नो क्यामरा मा त आफ्नो फोटो नै हुँदैन जस्तो .....
ramronepal · Apr 7, 2010 12:45 PM
तारेमाम दोस्रो राउण्डको। चिप्ले सरको स्पष्टिकरणको २ घण्टा पछी पनि कोइ औतारी न चियाउनु को रहस्य के हो ?? युबा जमात लरकी छैन भनेर फरकी न आउने , बुढाबर्ग आफु बुढा हैन भनेर घुरकी र मुरकी देखाउने ।
rahulvai · Apr 7, 2010 12:47 PM
ठुल्दाइले आफु भन्दा २ मिनट अगाडि आएको तन्नेरिलाई देख्नु भएन छ .........
ramronepal · Apr 7, 2010 1:05 PM
रामे, हेरम् न त फोटो। मेरो हकमा भने प्राय: एक्लै डुलेको तथा अरुलाई फोटो खिच्न खासै अनुरोध पनि नगरेको प्रष्ट पार्दछु। त्यसको अर्थ यो पनि हो कि त्यो बुढो तस्याहा खालमा जवान चिप्ले सहभागी थिएन। यसो हेरेर फोटो खिचेर आफ्नो बाटो लागेको कुरा सबैलाई चेतना भया। खोइ ठुल्दाइ, अहिले यस्तो छ पर्सी देखि झन् के हुने हो। रिट्ठे फर्केछि यसो मुख देखाउला कि।
chipledhunga · Apr 7, 2010 1:06 PM
मिटिङ थियो, सिटिङ गरेर आइयो। बज्या प्रोगेसर गोरुले जान अघी पनि मिटिङ बोलाउन छोडेन । बुढा जमात मा ठुल्दाइ कहाँ बाट आयो चिप्ले ?? ठुलोकाका, ठुलोबुवा, ठुलोहजुरबा भे पो अर्को कुरा । मखुला ??
rahulvai · Apr 7, 2010 2:02 PM
ख ख ठुल्दाइ। फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार। मखुला?
chipledhunga · Apr 7, 2010 2:13 PM
watch this funny song 2536452
timi_mero_sathi · Apr 7, 2010 6:39 PM
timi_mero_sathi · Apr 7, 2010 6:52 PM
timi_mero_sathi · Apr 7, 2010 7:01 PM
sorry I forgot to attach the funny song please watch this time
timi_mero_sathi · Apr 7, 2010 7:03 PM
timi_mero_sathi · Apr 7, 2010 7:36 PM
timi_mero_sathi · Apr 7, 2010 8:07 PM
timi_mero_sathi · Apr 7, 2010 8:21 PM
timi_mero_sathi · Apr 7, 2010 8:41 PM
timi_mero_sathi · Apr 7, 2010 8:55 PM
timi_mero_sathi · Apr 7, 2010 9:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion