उदासिनताको छहारीमा सलबलाएका मनहरु बोध-हिनताको भकारीमा बरबराएका धड्कनहरु आत्म-ग्य्लनी भई बिलाएका मरुभुमिको पानी जसरी दबिएर बसेका जिझिबिषाहरु ज्वालामुखी मुख भेट्टाउन नसकी धर्ती भित्र बिलिन रंगिन सपनाहरु मेरो कोठाको भित्तामा झुन्डिएको खाली क्यानभास जसरी बिकासको मुल सुकाउने भ्रस्ट बनमारे नेताहरुलाई सरापेर रुदै बसेको छ मेरो देश नेपाल
lopchanlama · Mar 29, 2010 3:29 AM · 16,401 views
शहिदको सपना चस्स चस्स दुख्छ हर-बिहान जब अखबारहरु पल्टाउछु सगै टेबलमा बिराजमान मेरो प्रिय ल्यापटप तातो चिया अखबार पर्यायवाची शहिदको सपनाहरु बाफसगैं उडिरहेको थियो निराश भयो खिल्ली सल्काएँ एक तमाश भो नेपालको संबिधान दैवले जानुन वतासे नेताहरु सम्झे पारो चडयो लामो सर्को तानी भुईमा फाले खुट्टाले कुल्ची खिल्ली निभाएँ मन अली हलुका भयो
lopchanlama · Mar 30, 2010 5:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion