हन हो मेरा प्यारा छोर्छोरी जस्ता नानी हो । अब समस्से पर्दा ओर्दा यसो समस्से को चैने जो समाधान खोज्न यही आउने हो । तिमेर्कै कन्नो कन्यौनी हो । अब समस्से भन्ने कुरो पनि आइरन्छ। आउनु त थियो आइगो फेरी आर्को । फेरी आफुलाई मुख्य कुरो गर्न छाडेर फाल्तु कुरो कन्थो गरेर समये फाल्नु चै मन पर्दैन के । त्यही भएर म सिधै समस्से मा जान्छु है त । कुरो चै के पर्यो भने भक्ते भान्दाइ ले त्यो के जाती गिरिन काड को हरियो अम्रिकाने घाडो भर्खरै भिरेछन । अब उता गाम मा सब्बै काम लठिपद्र छ रे। मकै का घोगा भाँच्न पर्ने । सुठो सुकौन नपाएर बिग्रेला भन्ने आर्को पिर । बले दमै को अम्रिका आउँदा सिलाको अस्टकोट को पोइसो पनि द्या छैन । मोरो ले कत्ती सराप्दै होला । उनिलाई नदेखेर गाई बाख्रा कती कराये होलन ? बिचरा निमुखा हरु कत्ती डुक्रिदा हुन । गा बि स को लन्ठो पनि निखन्न पएकै थिएन । सप्पै भगवान भरोसे मै छ । घर त नगै भाछैन रे ।घर जाउ ओबामा को हरियो घाडो घाटिमा छ। अब प्रश्न भनेको के भन्दाखेरी त्यो घाडो भएको मान्छे पैलो पल्ट नेपाल गये पछी कत्ती समए पछी फिर्नु पर्ला ? छ मैना ? एक बर्ख ? अब जाउ न त हो बुडा USCIS को वेब साईटा भनेर प्याच्च चै कसैले नभन है । त्यती को जान्ने गाई खाने भाषा निखन्न सक्ने भये यहाँ आएर हार गुहार चै गरिन्न थियो के । आफ्नै गाम का मान्छे हुन एस्सो मिलाएर सल्लो देउन है । भक्ते को असिस लाग्छ बै ।
budobaaje · Mar 28, 2010 1:56 PM · 11,888 views
अम्रिका जाने त्यो पनि हरियो पत्ता लिएर जाने भए पछी काम लठिभद्र छ भन्न पाईयो र के यो ससुराली गए जस्तो हो र काम धाम मिलएर जानु पर्छनी। माने क्यारे बसाइनै सारीसके पछी , चाइने क्यारे त्यो माली गाई ब्यायो कि ब्याएन , मकै घोगा कत्रा लागे , कतिमुरी फल्ने होला भनेर बस्ने हो कि हरिया नोठ ख्यान्ख्यान्ती गर्नेर बस्न्या हुन । बुढो बाज्या तिम्रा मतिमा पनि कुकुरले तुर्क्यायो जस्तो छनी। जानै पर्ने हो भने , जानु अघी त्यो अम्रिकाने को आवत जावत गर्न पाउने इजाजत पत्र लिनालाई फेरी पन्जा छाप लगाउनु पर्छ त्यो आए पछी मात्रै बले दमै को दर्शन गर्न जानु अनी ठ्याङै २ बर्ष भित्र आउन पाउने कगजात दिन्छ,हरिया नोत टिप्न छोदेर किन नेपाल बसाइ हो ? बुढो बाजे ले तरुनी खोज्दै थिए है न र , कि तेल फेर्न जान लाग्या हो , बिहे को रहर मात्रै भयो यहाँ, उता भने केराको झ्याङ्मा स्वहाँ हो कि क्याहो ? जानुस् बज्या जानुस् , पन्जा छाप आए पछी ढुक्कै ७२८ दिन्को बसाइ गरे हुन्छ।
syanjali · Mar 28, 2010 2:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion