तिम्रो तस्बिर तिम्रो तस्बिर तिम्रो तस्बिर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मस्किएर पहराबाट झरेको सुन्दर झरना जस्तो लजाएर बादलबाट चिहाएको चन्चल जुन जस्तो मुस्कुराउदै क्षितिजबाट झुल्किएको मिर्मिरे सुर्योदय जस्तो तिम्रो तस्बिर हिमालको शिरमा फुलेको कोमल लालिगुराँस जस्तो मक्किएर धमिराले खाई खोक्रो भएको मेरा अक्षरहरु मस्तिस्क गरा-गरामा शब्द बिउहरु रोपेर बसन्तको आगमनलाई पर्खि बसेको छ

lopchanlama · Mar 27, 2010 10:28 AM · 18,957 views

9 Replies

मन्द  मुस्कान म्रिगयणी नयन बादलको आचलले छोपेको चन्द्रमुखी मुहार बसन्तको पहिलो पालुवाबाट झरेको  सितको थोपाहरु  अनी  गुराँसले सजिएको  हिमाल जस्तो लाग्छ तिम्रो तस्बिर भावनाको तरङंगमा बहकिएको मेरो मन दिन भरिको थकान  र  निद्राले  लोलाएका मेरा आँखा रातको दोस्रो प्रहारमा निदाउन  पूर्णबिराम लगाउन खोज्दै छ स्वप्न बहनमा सवार मेरो मन

lopchanlama · Mar 28, 2010 2:14 AM

रातको तेस्रो प्रहार टह-टह जुन मुस्कुराई रहेको थियो मैले नजर झुकाएँ तिम्रो तस्बिर मुस्कुराई रहेको थियो

lopchanlama · Mar 29, 2010 3:09 AM

सरल अनी नम्र छोटो थियो जवाफ जब फ्यक्के प्रश्न तिर पल भरको वार्तालाप एक जुनि  चङ्गा सरि उड्यो निल गगन चुम्दै  समय चक्र  झुक्दै  गोदुलिको स्वागत  पाइलाहरु डोर्‍यायो  गन्तब्य कर्मभुमि अन्त्य मिठो  वार्तालाप   बाचा एउटा रचनाको पेकिगंबाट पाइला सार्दा सुरज पश्चिममा  लुक्दै थियो तिम्रो तस्बिर  क्यानभासमा मुस्कुराई रहेकी थीई

lopchanlama · Mar 30, 2010 3:51 AM

पूर्ण आत्मबिश्वास अनी संकल्प साथ तेजस्वी घोडामा कर्मठ उद्यष्यले सफलताको शिखर लम्किरहदाँ थाकेको शरीर सन्जिवनी बुटी बनी मुस्कुराई रहेको तिम्रो तस्विर बिक्ष्रम गर्ने छहारी बनेको छ

lopchanlama · Apr 1, 2010 2:15 AM

पूर्ण  आत्मबिश्वास  अनी संकल्प साथ कर्मठ उद्यष्यले तेजस्वी घोडामा सफलताको शिखर लम्किरहदाँ थाकेको शरीर  सन्जिवनी बुटी बनी मुस्कुराई रहेको तिम्रो तस्विर बिक्ष्राम गर्ने छहारी बनेको छ

lopchanlama · Apr 1, 2010 2:25 AM

Gajab chha .... gajab chha ra gajab chha Keep writing :-)    

pashupatidev · Apr 5, 2010 8:01 PM

हर हप्ता तिम्रो तस्बिर बदलीरहन्छ पछ्याईरहन्छु पल-पल मुस्कुराई रहेको तिम्रो तस्बिर दिन-रात एकाग्रा मनलाई अनिबिज्ञ लक्ष्य बिना शब्द झटारो बर्सिरहन्छ सपनीमा भेट्न नआउनु मिठो निद्रा अनी बिक्ष्रम जरुरी छ तिम्रो तस्बिर निस्छन्द मुस्कुराईरहेकी थीई

lopchanlama · Apr 22, 2010 9:56 PM

उत्सर्ग- जिझिबिषा किनार लगाएँ मन्द-मन्द मुस्कुराएको तिम्रो तस्विर क्यानबासबाट हटाएँ धुजाँ-धुजाँ बनाएँ कापेन यी हातहरु रोएन मेरो रातहरु किनकी खाली क्यानबासमा ल्याप्चे  लगाई मेरी उनिलाई सजाएँ   टकिला -भोड्का सटमा झुम्ने भईछौं दुई बित्त टालो  शरीरमा बिरिएर कोरोना-हेइनेकिन चुम्ने भईछौं अहँ उजागरित भएन बाँस्ना मोहित भएन आँखा बस एक घुट्को आत्मग्ल्यनी

lopchanlama · Apr 24, 2011 8:47 PM

Well written!!

Grenade · Apr 25, 2011 12:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all