दरबार हत्याकाण्ड अलग दृष्टिकोण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दरबार हत्याकाण्ड अलग दृष्टिकोण नेपालको घटनाक्रममा चासो राख्ने विश्वका धेरै संचारमाध्यमहरुले प्रयोग गर्ने गरेको मसालेदार शिर्ष हो 'नेपालमा राजतन्त्र समाप्त भयो" । नेपालको दुरावस्थाको प्रमुख भागिदार र निर्देशक नेपालको नजिकको छिमेकी भारत देखिन्छ । यसको केहि ऐतिहासिक र समसामायिक पृष्टभूमि केलाउन उपयुक्त हुन्छ । यो विश्लेषणको अभावले नेपालमा भएको आतंकवाद भारत प्रायोजित भएको कुरामा विश्व अनभिज्ञ छ । यो अशान्तिमय विश्वमा नेपाल एक अत्यन्त शान्त अघिराज्य भएको थाहा थियो । जो संभवत भारतलाई मन परेको थिएन । विसौ शताब्दिको मध्यतिर नेपालमा यस्तो कहालीलाग्दो दर्रि्रता थिएन भन्ने सत्यबाट धेरैले आंखा चिम्लने प्रयत्न गर्न सक्दछन । प्रधानमन्त्री जंगबहादुर राणाले बृटिर्सर् इन्डीयालाई सिपाही ब्रि्रोह दवाउन मद्धत गर्नु नै नेपाल र भारतका अहिले शासन गर्नेहरुकोे बीचको वैमनश्यताको शुरुवात मान्न सकिन्छ । नेपालका राणा प्रधानमन्त्रीहरुले बृटिस इन्डीयालाई सहयोग नगरेको भए संभवत १८५७ मै भारत जन्मिने थिया । अझ गोरखा फौजको तागत भरतीय स्वतन्त्रता आन्दोलनको निमित्त अगम्य बाधा सरह थियो । भारतको स्वतन्त्रता लगत्तै १९५०मा नेपालमा राणा शासनको पनि पतन भयो । तत्कालिन प्रधानमन्त्री मोहन शमसेर राणा सत्ताच्यूत भएपछि स्वनिर्वासनमा भारत नै गए । नेपालको हालीमुहाली १९५० सम्म राजतन्त्रलाई थपना राखेर राणाहरुले नै चलाए । अहिले नेपालका महत्वपर्ूण्ा व्यक्ति मानिएका कोईरालाहरु भारतीयहरुसंगै का इतिहासकारहरुको भनाई अनुसार कोईरालाहरुले राणा शासन फाल्नमा भारतले मद्धत गरेमा नेपाल भारतमा मिलाउने वाचा गरेका थिए । भारत कोईरालहरुको केटाकेटीपनको त्यो भाकलमा मख्ख पर्‍यो । बच्चा पनि आङ्खनो फाईदा देखेमा कसैलाई मद्धत गर्छ । अन्ततः १९५० मा राजा त्रिभुवन राणाहरुब्ााट बच्न भारत उडे । तीन बर्षा तत्कालिन राजकुमार ज्ञानेन्द्र भने एक्लै नेपालमा छुटेका थिए । चतुर राणाहरु भ्ाारतको यो खेलबाट अनभिज्ञ थिएनन् । १९५० मै राजतन्त्रको अन्त्य गर्ने भारतको यो सुनियोजित योजना तीन बर्षो ज्ञानेन्द्रलाई राजमुकुट पहिर्‍याएर राणाहरुले तुहाई दिए । राजतन्त्र फालेर नेपाललाई कमजोर बनाउने अनि हडप्ने भारतीय योजनाको र्सर्ुइको राणाहरुले पाएका थिए । त्यसैले राणाहरुले नेपाल बचाउन यो बुद्धिमत्तापर्ूण्ा कदम चाले । यस दृष्टिमा राणाहरु सच्चा राष्ट्रवादी थिए । तिनको पतनले नेपाललाई भारतमा गाभ्ने कुचेष्टा गर्न भारतलाई हौस्यायो । हिन्दूहरुले राजालाई भगवानको अवतार मान्ने हुनाले राजतन्त्र रहुन्जेल नेपाल भारतमा गाभ्न सकिंदैन थियो । तै पनि भारत चुपलागेर बसेन, नेपाल र सिक्किमलाई भारतमा विलयको प्रस्ताव राख्यो , तत्कालिन राजा महेन्द्र यो प्रस्तवबाट रिसाए, तर कोईरालाको प्रतिरुप सिक्किमको प्रधानमन्त्रीले भने यो कुरा स्वीकार गरेर सिक्किम भारतको हातमा सुम्पिए । तीनै जना कोईराला भाइहरु भ्ाारतको सुझाव र दवावमा एक एक गरेर नेपालको प्रधानमन्त्री भए । सबैले आआङ्खनो शासनकालमा भारतको हितमा सम्झौता गरेका छन, यसले नेपालको परिस्थितिमा भारतलाई नजिकबाट अध्ययन र हस्तक्षेप गर्ने सजिलो गरायो । नेपालको राजतन्त्र भारतको यो चालसंग अनभिज्ञ थिएन । नब्बेको दशकमा राजा वीरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोपणा गरे, जसलाई भारत वाहेक विश्वका एकसय दश मुलुकहरुले वैधानिकता दिए । साउथ ब्लकबाट आईरहेको यो षड्यन्त्रको दुगन्ध बुद्धिजीविहरुले महशुस गरेका थिए । राजा वीरेन्द्रको लोकप्रियता भारतको निमित्त प्रतिकुल थियो । भावी राजा दीपेन्द्रको लोकप्रियताले त झन परिस्थिति निकट भविष्यमा भारतको अनुकुल हुने सम्भावना टरेर गएको थियो । भारतका प्रधानमन्त्री राजीव गान्धीले श्रीलंकामा एलटिटिइ पैदा गरेको कुरामा विश्लेषकहरु विश्वास गर्दछन, त्यसै गरेर उनीहरुले नेपालको मनोवल तोडन माओवादी ब्रि्रोहको विजारोपण गरे । नेपालमा माओवादीहरुलाई राज्यको विरुद्धमा लडन भारतले आर्थिक मद्धत गरेको कुरा १९९६ देखी नै धेरै लेखहरुले तथा नेपालका विपक्षीदलका नेताहरुले उठाउदै आएका हुन । अनि, माओवादीहरुको प्रमुख माग राजतन्त्रको समाप्ति थियो । माओवादीका नेताहरुको पृष्ठपोषण भारत सरकारबाट नेपालका दलहरुको माओवादीहरुसंग छलफलमा भारतीयहरुको उपस्थितिले उनीहरु बिचको गहन अन्तरसम्वन्ध देखाउछ । ध्यान दिन योग्य कुरा यो पनि छ कि माओवादी तत्कालिन सरकारको प्रहरी महानिरिक्षकको हत्या सजिलै गर्न सक्छन, तर कुनै नेताको हत्या प्रयास असफल हुन्छन । माओवादीहरु र नेताहरु वीचमा एक अर्कालाई नमार्ने संझौता थियो भन्नु संभवत गलत हु दरवार हत्याकाण्ड पछि नाना थरिका अफवाहहरु फैलाईयो । घटनाको लगत्तै पछि भारतीय लगानीका संचारमाध्यमहरु सिंहासनको उत्तराधिकारीका विरुद्ध प्रचारवाजीमा लागे । नेपालमा राजतन्त्र बारेमा अनास्था फैलाउनु कोइराला, माओवादी र भारतको संयुक्त रणनीति थियो । राजा वीरेन्द्रको लोकप्रियताले यो हत्याकाण्डको दोष सिंहासनको उत्तराधिकारी माथि थुपार्न सकिएमा राजतन्त्र उखेल्न सजिलो हुनेछ भन्ने कुरा उनीको बिश्लेषण थियो, यहि भयो । राजपरिवारमा गद्धी थाम्ने कोहि सदस्य नरहने गरेर सबैलाई मार्ने योजना आंशिक सफल भयो । हत्याकाण्डको वेला ज्ञानेन्द्र शहर बाहिर थिए, रात्री भोजमा सरिक हुन दरवार जादै थिए, जो त्यसबेलासम्म हत्याकाण्ड भै सकेको थियो । नेपालीहरु राजालाई बाबु सरह माया तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाव गराउन, भन्ने राजाको चाहाना दुइ चोटी चुनावको मिति सार्दा पनि पुरा भएन । संभवत चुनाव सार्दै हमेशा पदमै बसिरहने यो प्रधानमन्त्रीको राजनीतिक चाल थियो । राष्ट्रप्रमुखलेे मुलुक अनिर्ण्र्ााो बन्दि भैरहेको हेरेर बस्न ह अब राजतन्त्र विदा भएको छ, र्सवसाधारण नेपालीहरु ज्ाो राजाका कट्टर प्रशंसक थिए उनीहरु आङ्खनो भगवान खोजी रहेका छन । यद्यापी हिन्दूत्व र बुद्धत्वले हिंसा सिकाउदैन तथापी र्सवसाधारण नेपालीहरु किन सडकमा निक्लेका छैनन् यो प्रश्न अनुत्तरित छ । के यो हिन्दूत्वको धर्मको परिक्षा हो - के गोर्खालीको रगतको परीक्षा हो - के नेपालीहरुको परीक्षा हो - नेपालले अहिलेसम्म माओवादीको भिड देखेको छ, नेपालीको हैन । एकदिन आउनेछ जव गोर्खालीहरु अमरसिंह थापा, वीर वलभद्र कुंवर, भिमसेन थापा वा अर्को जंगबहादुरको बहादुरी देखाउन सडकमा आउने छन् । .......के थाहा टुट्दै गरेको नेपाल एकतावद्ध गर्न पृथ्वी नारायण शाह नै पो अवतरित हुन्छन की - पढ्नुस् कमेन्ट गर्नुस् सभार : NepalHorizons

Question · Mar 26, 2010 8:52 AM · 16,220 views

3 Replies

kasko lekh ho yo dherai  kura satya cha yes ma raja nai sabai kura ko dose ho bhanna pane ta sakedaina ni nepal ma raja harko itehas lamo cha sabai lai heru ta yek patak hola khe sudhar jarure cha tara mero b4 ma neta lai thik thaun ma rakhera des chalauna rajako khacho cha des ma malai kahai katai yesto pane lage rahe ko cha ki kahi hame le bhai marera bhatuwalai posna khojera ka ta chainu

thakur upreti · Mar 26, 2010 9:17 AM

भाई मारेर बटुवालाई पोस्न खोज्ने....Good one..

Question · Mar 26, 2010 12:41 PM

I didn't mean to give this post a thumbs up. While I agree with it in some parts, I find this analysis a bit speculative and a little too far fetched beyond reality.

Pret Aatma · Mar 31, 2010 4:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all