गिरिजा लाई कसैले राम्रो कसैले नराम्रो भने। लौ लिस्त बनाउ न त गिरिजा को राम्रो र नराम्रो काम को

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गिरिजा लाई कसैले राम्रो कसैले नराम्रो भने। लौ लिस्त बनाउ न त गिरिजा को राम्रो र नराम्रो काम को पहिले म बातै सुरु गरौ। १. गिरिजा ले माओवादी लाई जन्माये हुर्काये र पालन् पोशन पनि गरे। गिरिजा ले माओवादी लाई शान्ति बार्ता मा ल्याये चाँही नभनौ किनकी त्यो मुर्खता हुनेछ। माओवादी समय र परिस्थिती को मौका छोपेर अब आर्मी सँग लदेर सत्ता कब्जा गर्न सकिन्न भनेर आँफै आएका हुन्। प्रचन्ड को भिडियो बाट पनि यो कुरा प्रस्त हुन्छ।

Shere · Mar 24, 2010 1:52 PM · 17,922 views

9 Replies

उनले ७ बर्ष जेलमा बिताए, हामी नेपालीहरुको लागि भनेर.

dexter · Mar 24, 2010 5:36 PM

  The person is already gone. He is dead. It's all politics.....u know. He did what he could do and enjoyed the part of himself. Now there are the rest still alive and if you think that sitting here and making a list is gonna help all of the nepalese ppl then go ahead. Do it might bring some change?

armanicode · Mar 24, 2010 5:57 PM

Girija is history, Dont try to live with history, look forward and move forward.don't waste your present by talking about history unless you are a student of the history.

timi_mero_sathi · Mar 24, 2010 6:06 PM

Girija's 86 years of life almost seems as long as history but his death, this week, falls under "current affairs" category. Since it is a recent occurrence, people who knew him will naturally reflect upon his deeds/misdeeds/memories unless in this day and age of live TV or live streaming, events of last day or last week get instantly far-flung into the annals of history .Please let the thread die a normal death at least, that is, let it get buried under the other threads once people have lost interest and won't add any more comment on a given thread. Thank you.

mR. hydE · Mar 24, 2010 6:41 PM

Good 1.He was not communist and he did not know about any political philosophy. So, he was called Democratic leader? 2. He was very clever political palyer/gambler . He threw Ganeshman and Kisunji from party easily. 3.He was best father. He loved his daughter more than himself and nation. 4. He created best environment for corruption. Hundreds of people like khume, govinde, chiranjibi, gachhedar, ramchandre, Rambaran,.... were able to change their life drastically. He was best for his follower"RAITI" other then enemy of KUJATA. 5. He created oppertunities to become PM of Nepal during short period.  Otherwise how is it possible to Surya bahadur, Lokendra Ba., MaKuNe become PM of Democratic Nepal. 6. At last but not least, he saved nepal identy as poor country, people of poor country by making unstable in nation ? Is not GIRIJA Great Person? Can u forget easily? Do u want fulfill his dreams ?

badure · Mar 24, 2010 8:16 PM

गिरिजाबाबुबाट के सिक्ने? http://nagariknews.com/opinion... आदीत्य मान श्रेष्ठ नेताहरूको मूल्यांकन दुई प्रकारले गर्न सकिन्छ। आफूले के पाए र जनतालाई के दिए? सारांशमा गिरिजाप्रसाद कोइरालाले व्यक्तिगतरूपमा धेरै दुःख पाएपछि सुख पाएका थिए। जनताले देखिने गरी दुःख पाए तर सुख पाउन सकेनन्। गिरिजाप्रसाद कोइरालाले ६०-६२ वर्षको राजनीतिमा धेरै वर्ष जेल बसे, निर्वासित जीवन बिताए र व्यक्तिगत कष्ट भोगे। यस अवधिमा उनले एकजना राजनीतिक कार्यकर्ताले भाहना गर्ने सबै उपलब्धि सत्ता, मान, सम्मान प्राप्त गरे। उनले पाँच पटक प्रधानमन्त्री भएर राज्यसत्ताको उपभोग गरे। नेपाल सरकारले नोबेल शान्ति पुरस्कारको लागि प्रस्ताव गरेर उनलाई सर्वोच्च अन्तर्राष्ट्रिय सम्मान योग्य ठहर्‍यायो। उनको शवयात्रामा असंख्य जनता सहभागी भएर श्रद्धाञ्जली अर्पण गरे। देशविदेशका नेताले उनको नेतृत्वको प्रशंसा गरे। उनलाइ दक्षिण एसियाका नेता पनि भनियो। दोस्रो जनआन्दोलनले उनलाई नेपाली राजनीतिको शिखरमा पुर्‍याएको हो। त्यसै उचाइबाट उनी बिदा भए। उनले राष्ट्रप्रमुखको भूमिका पनि पूरा गरेका थिए। उनको अन्त्येष्टि त्यसै प्रकारको भयो।  उनी प्रजातन्त्रको योद्धा थिए। यसैका लागि उनले लामो संघर्ष गरे र लक्ष्य हासिल पनि गरे। तर उनले यसलाइ साध्यका रूपमा लिए तर यो त साधनमात्र हो। जनताको सुख शान्तिको उत्तम बाटोमात्र हो। प्रजातन्त्रको सही उपयोग नहु"दा जनताले दुःख पाउने रहेछन्। उनले यसलाई नै फल माने तर यो प्रक्रिया मात्र हो। सम्भवतः यही कारणले प्रजातन्त्र प्राप्त गर्ने आन्दोलनहरूमा उनको भूमिका सराहनीय रह्यो। पहिलो र दोस्रो जनआन्दोलन अर्थात् २०४६ र २०६३ पछि उनको भूमिका निर्णायक पनि भयोे। तर, गिरिजाप्रसाद कोइरालाले मौकाको सदुपयोग गर्न सकेनन्। उनको पहिलो शासनकालदेखि राजनीतिक अस्थिरता सुरु भयो। उनले आफ्नो पार्टीको बहुमत हु"दाहु"दै संसद भंग गरे। प्रधानमन्त्रीले आफ्नो सजिलोका लागि संसद् भंग गर्ने परंपरा उनले बसालेका हुन्। यही क्रममा दुईवटा संसद्को अल्पावधिमै भंग गरियो। प्रतिनिधिसभाले कुनै पनि कार्यकालमा राम्ररी काम गर्न सकेन। यसै क्रममा संसदीय प्रणालीप्रति वितृष्णा बढेको मौका पारेर तत्कालीन राजा ज्ञानेन्द्रले यसलाई समाप्तै पारिदिए। दोस्रो जनआन्दोलनको सफलतापछि लोकतन्त्रको उदय भयो। यसको पनि नेतृत्व कोइरालाकै हातमा आयो। निर्वाचित प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने उनको एक सूत्रीय माग थियो र आन्दोलनपछि त्यो पूरा पनि भयो। यसै क्रममा उनी राजनीतिक केन्द्र विन्दु बने। तर यो भूमिका भने पूरा गर्न सफल भएनन्। गणतन्त्र उनैको स्वीकृतिबाट आएको हो तर उनले यसलाई आत्मसात गर्न धेरै समय लगाए। फलस्वरूप उनैको दलले संविधानसभाको निर्वाचनमा ठूलो क्षति बेहोर्नु पर्‍यो। त्यसपछिका राजनीतिक घटनामा उनको प्रभाव घट्दै गयो। उनले सबै नेताबाट आदर पाए पनि सहयोग पाउन सकेनन्। फलस्वरूप, नया" संविधान बनाउने र शान्ति प्रक्रिया टंुगोमा पुर्‍याउने काम अधुरै रह्यो। यस बेला उनको अभाव खट्केको सबैले स्वीकार गरेका छन् तर त्यो प्रभावकारीभन्दा भावनात्मक देखिएको छ। गिरिजाबाबु राजनीतिक योद्धाका रूपमा सफल तर व्यवस्थापकका हैसियतमा असफल व्यक्ति देखिएका छन्। नेपाली राजनीतिमा सत्ताको खेलमा गिरिजाबाबु बेजोड निस्के। त्यसैको प्रतिफलस्वरूप ५ पटक प्रधानमन्त्री भए। त्यो उनको व्यक्तिगत कौशल हो। तर सत्तामा पुगेपछि के गर्ने भन्ने अवधारणा र मार्ग चित्र प्रष्ट नहुनु उनको कमजोरी देखियो। उनले कुनै सामाजिक, आर्थिक अथवा सांस्कृतिक सुधारमा रुचि लिएको देखिएन। उनको कार्यकालमा कुनै सुधारको विशेष आन्दोलन पनि चलाइएको पाइएन। आफ्नो पहिलो कार्यकालमा प्रशासनलाई तहसनहस पारे। भ्रष्टाचार व्यापकरूपमा फैलियो। उनी आफैँले सम्पत्ति कमाएको देखिएन तर कमाउनेहरूलाई रोक्न सकेनन्। त्यसबापत उनले बदनामी बेहोर्नु पर्‍यो। तर, त्यस बदनामीले उनको सत्ता र दल माथिको पकडमा कमजोर भने भएन। यस अर्थमा कोइराला २० वर्षसम्म निर्विकल्प प्रमुख राष्ट्रिय नेता भइरहे। 'जनयुद्ध' गरिरहेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याएको श्रेय गिरिजाबाबुलाई दिइने गरिन्छ। तर माओवादीको उत्पति र उत्थान पनि उनी स्वयं र उनैको दल सत्तामा हु"दा भएको तथ्य बिर्सन सकिँदैन। माओवादीको मुहान राजदरबारमा छ र यो समस्या शान्ति सुरक्षाको हो राजनीतिक होइन भनेर उनी भन्ने गर्थे। त्यसैअनुसार सुरक्षा बलद्वारा दबाउन खोजेका पनि हुन्। यसबीच ज्ञानेन्द्रको राजनीतिमा पदार्पण नभएको भए सम्भवतः दुई पक्ष लडी रहन्थे। नया" राजाको आकांक्षाले गर्दा माओवादी र अरूदल मिलेका हुन्। इतिहासले गिरिजाबाबुलाई माओवादीसित लड्ने, मिल्ने र उनका लडाकुको व्यवस्थागर्ने जिम्मेवारी सुम्पेको थियो। तर उनले लड्ने र मिल्ने काम सम्पन्न गरे तर लडाकुको व्यवस्था मिलाउने कार्य पूरा हुन सकेन। फलस्वरूप राजनीतिक अस्थिरता र शान्तिप्रतिको खतरा कायमै छ। यसको लागि पनि गिरिजाबाबु नै जिम्मेवार हुन्। प्रजातन्त्र र लोकतन्त्रमा नेताले सत्ता पाए, भत्ता पाए, सम्पति पाए, सम्मान पाए, सुखसुविधा पाए। तर तेसको तुलनामा जनताले ठोस उपलब्धि पाउन सकेनन्। नेता र राजनीतिक कार्यकर्ताले घर, गाडी, शिक्षा, स्वास्थ्यको सुविधाको उपभोग गर्न पाएका छन्। आफ्ना सन्तानको राम्रो भविष्यको व्यवस्था मिलाएका छन्। बिरामी हु"दा भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर आदि देशमा राज्यको ढुकुटी खर्चेर औषधोपचार गर्न पाए। नेपाली जनताले शुद्ध पानीसम्म खान पाएका छैनन्। जनता त जीवनजल पनि नपाएर झाडाबान्ताबाट समेत मर्दारहेछन्। यसमा गिरिजाबाबु एक्लै जिम्मेवार हैनन् तर उनी उम्कन पनि सक्तैनन्। आफ्नो जीवनकालपछि जनताले आफूलाई सम्झुन् भन्ने इच्छा सबै नेतामा अवश्यै हुन्छ। तर कसरी सम्झने हो भन्ने आफ्नै कर्ममा भरपर्छ। गिरिजाबाबुले मलाई इतिहासले के भन्ला भन्ने डर छैन भन्ने गर्थे। त्यसैले होला भविष्यले सम्झने काम उनीबाट भएको देखिँंदैन। सत्ताको खेलमा लाग्ने व्यक्तिहरूले बेलामौकामा मलाई भविष्यमा मानिसहरूले कसरी सम्झेलान् भनेर आफैँसित सोध्नुपर्ने हो। यसतो चेतना आध्यात्मिक प्रेरणाबाट मात्र आउ"छ। सत्ता र सम्पतिको लोभ र लालचमा डुबेकाहरूमा यो आउ"दैन। तेसैले अमेरिकी राष्ट्रपति ओबामालाई त्यहाँका पत्रकारले दिनहुँ केही बेर एक्लै बसेर आत्मचिन्तन गर्न सल्लाह दिएका थिए। जति ठूलो नेता भयो, जति धेरै शक्तिशाली भयो, आत्मचिन्तनको आवश्यकता उतिनै बढी हुछ। गिरिजाबाबुले यसमा कहिल्यै ध्यान दिएको महसुस भएन। त्यसैले उहा"को प्रशंसाभन्दा आलोचना बढी भएको हुनसक्छ। हाम्रा नेताहरूले कोइरालाको व्यक्तित्वबाट सिक्नुपर्ने पाठ हो यो। अर्को सिक्नुपर्ने पाठ हो राजनीतिक प्रभाव सत्ता र सरकारमा बसेरमात्र पर्ने होयन। सत्ता र सरकारबाट बाहिर बस्दा पनि गिरिजाबाबुको प्रभाव कम भएन। अन्तिम कालतिर उनी 'गणतान्त्रिक राजा'जस्ता भएका थिए। प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू र अन्य संवैधानिक अंगका पदाधिकारीको चयन उनीबाटै हुन्थ्यो। राजनीतिमा त्याग नै शक्तिको स्रोत हो। साधुहुन राजनीति गरेको होइन भन्नेहरूले राजनीतिलाई धमिल्याएका छन्। साधु नभए पनि त्याग गर्न सकिने विषयसमाजमा प्रशस्त छन्। यस्तै सन्तानलाई माया गर्नु मानवीय गुण हो तर पुत्र वा पुत्री मोहमा बग्नु राजनेतालाई सुहाउने आचारण होइन। यो पनि गिरिजाबाबुलाई हेरेर सिक्नुपर्ने महत्वपूर्ण पाठ हो।? adityaman@hotmail.com

shirish · Mar 27, 2010 10:56 PM

Good one badure. You are 100% right...he has done so much for many people though not for nation.

lovenepalalways · Mar 28, 2010 4:19 AM

Rhetoric analysis... good one Shirish ji.

o@$!$.... · Mar 28, 2010 6:27 AM

LAAUDA

furke · Mar 28, 2010 8:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all