लोभी कुकुरको मुखमा परेको मासुको चोक्टो माग्न तिमीलाई लाज लाग्दैन ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ए माधव ! यता सुन प्रचण्ड फेरि आए भने भन्देऊ माधव— लुब्ध श्वानका मुखमा परेको मासुको चोक्टो माग्न तिमीलाई लाज लाग्दैन ? http://www.nayapatrika.com/new... _____________________________________________________ माधवकुमार नेपाल, सरकारमा तिम्रो चरित्र र चर्तिकला हेर्दा तिमी सम्माननीय, माननीय, श्रीमान्, हजुर र तपाईं भनिनलायक रहेनौ । 'थाहा' अभियन्ता रूपचन्द्र विष्ट बाँचिरहेका भए तिनले तिमीलाई 'तँ भाते' भन्थे । तर, त्यत्रो नैतिक शक्ति, साहस र शौर्य मसँग छैन । त्यसैले, तिमीलाई तिम्रो वास्तविक हैसियतभन्दा एक तह माथि राखेर 'तिमी' को भाकामा म तिमीलाई सम्बोधन गर्दै छु । माधव, तिमी प्रधानमन्त्रीको कुर्सीमा किर्नोभै टाँस्सिरहेकै छौ । तिम्रो नेतृत्वको मन्त्रिपरिषद् जुवाको खाल, भङ्ज्याहाको झुन्ड वा डकैतीको हिसाब नमिलेका डाँकाहरूको बगालतुल्य भएको छ । बैठकमा तिम्रा मन्त्रीहरू तिम्रै साक्षी-रोहबरमा हात हालाहाल गर्न तम्सिन्छन्, अशिष्ट वचनको वर्षा गर्छन् । तिमी मृतवत् मुद्रामा सुन्छौ र ट्वाँ परेर हेर्छौ । तिम्रो कुनै मन्त्री सिडिओलाई कुट्छ, कुनै मन्त्री कर्मचारीको भान्सेलाई लछार्छ, कुनै मन्त्री अनमिनलाई तथानाम भन्छ, कुनै मन्त्री तिम्रो आज्ञालाई लोप्पा ख्वाउँछ । यथार्थमा कुनै पनि मन्त्री तिमीलाई माखोबराबर गन्दैन । तर, तिमी लाचार छौ, आपना मन्त्रीलाई अदपकाइदामा राख्न सक्दैनौ । निकुञ्जमा लोक्ता बटुल्न गएका दलित नारीहरू सैनिक जवानका हातबाट पक्राउ पर्छन्, बलात्कृत हुन्छन् र गोली ठोकिन्छन् । तिम्रो पार्टीकी खुस्केट महिलामन्त्री गोली चलाउँदै आइलाग्ने महिला सिकारीलाई जवानले जवाफी गोली हान्यो भनी सरासर झुठ बोल्छिन् । तिमी सुन्छौ र चुपचाप बस्छौ । तिम्रै पाटीका अर्का झल्ला मन्त्री भारत-पाक द्वन्द्वका कारण जमिम साह मारिए भनी अनर्गल बकबक गर्छन् । तिमी सुन्छौ र निहुरमुन्टी 'न' हुन्छौ । छाडा मन्त्रीलाई छिसिक्क छोए तिमीलाई आप\mनो कुर्सी हल्लिने डर छ । त्यसैले माधव, कुर्सी जोगाउन प्रत्येक मन्त्रीलाई पञ्चखत माफी दिन तिमी अभिशप्त छौ । गए बरु सृष्टिमा पैरो जाओस् तर कुर्सी नजाओस् । तिम्रो अटल, अथक र अविराम चाहना यही छ । त्यसैले त तिमी माकुने हौ । माधव, कठोर तथ्य जे हो, हो त्यो त भनिनै पर्छ । व्यवहार र आचरणको ऐनामा हेर्दा तिम्रो मन्त्रिपरिषद् सत्तालिप्त सन्काहा, गुन्डा, लफंगा र दिमाग खुस्केकाहरूको जम्बोरी हो । र, हो यो उच्छृङ्खलता र अराजकता, लुट र दुराचारको प्रतीक पनि । तिम्रो बेलगाम मन्त्रिपरिषद्को सिको गर्दै चालकहरू सडकहीन सडकमा वाहन गुडाउन थालेका छन्, विद्यार्थीहरू एकाबिहानै डिस्को धाउन थालेका छन्, चिकित्सकहरू आपत्कालीन सेवासमेत बन्द गर्दै छन्, फौजी छाउनीमा जवान मारिँदा छन्, प्रहरी अधिकारीहरू अपराधमा मुछिँदा छन्, को, कुनवेला, कहाँ मारिने हो, केही ठेगान छैन । त्यसैले, आम जनमानसमा तनाब र भय व्याप्त छ । तर माधव, तिमी निश्चिन्त छौ, तिमी मग्नमस्त छौ । मानौँ कुर्सीको नशाले तिमी लठ्ठ छौ, तिमी इन्तु न चिन्तु छौ । सके तिम्रो कुर्सीप्रेमी परिभाषामा यो सार्वत्रिक अराजकता नै लोकतन्त्र, मर्यादा र सुरक्षाको द्योतक हो । माधव, सगरमाथाको फेदीबाट पाइला-पाइला गरी प्रकृतिका भयावह शक्तिहरूसित जुध्दै जो चुचुरोमा पुग्छ, उसलाई आरोहणको तीव्र पीडा र असीम आनन्द थाहा हुन्छ । कठोर यत्नबाट प्राप्त गरेको सगरमाथा विजयबाट ऊ मात्तिँदैन, पात्तिँदैन र उसले धरती छाड्दैन । तर, जो बोकिएर चुलीमा पुग्छ, ऊ मात्तिन्छ, पात्तिन्छ र उसले धरती छाड्छ । माधव, तिमी पछिल्लो काँटमा पर्छौ । मदन भण्डारी जीवित छउन्जेल तिमी उनका छायातुल्य कार्यकर्ता मानिन्थ्यौ । राजनीतिक सुझबुझ, कार्यनीतिक कौशल, बौद्धिक सामथ्र्य र वाक्पटुतामा तिम्रो गन्ती कतै थिएन । तिमी पेट्टी टेक्नोक्रयाट टाइपका व्यवस्थापक हौ भनी टाढाबाट मैले सुनेको थिएँ । मदन मारिए र एमालेको महासचिव पद अपुतालीमा तिमीलाई प्राप्त भयो । त्यही पदको भर्‍याङ चढेर तिमी नौमहिने शासनको उपप्रधानमन्त्री बन्यौ । र, तिमीलाई भ्रम भयो— म जे भएँ, आपनै बर्कत-बुताले भएँ । तिमीलाई म सगरमाथाको अन्तिम शिविरमा पुगेँ भन्ने लाग्यो, र तिमीमा सगरमाथाको चुचुरो टेक्दा प्रधानमन्त्री भइन्छ भन्ने उखर्माउलो लालसा जाग्यो । माधव, जस-जसले तिमीलाई प्रधानमन्त्री बनाए, तिनले मूल्यप्रणालीको उल्टो कोणबाट तिम्रो योग्यता, क्षमता र कौशलको मूल्यांकन गरी उल्टै प्रयोजनका लागि बनाएका हुनुपर्छ । यो उल्टो कोणबाट तिम्रो पौरखको नापजोख गर्दा भावावेगमा बगेर दिवंगत गिरिजाबाबुका नाउँमा अर्पण गरिएका महामानव, महानायक, शिखरपुरुष, इतिहासपुरुष आदि सबै अलंककार तिम्रो नाउँमा अर्पण गरिदिए हुन्छ । माधव, तिम्रो पौरखको कथा सुन । सजावटी प्रधानमन्त्री मनमोहनमुनि तिम्रो नेतृत्वको नौमहिने शासनमा एमालेलाई सत्ताको स्वाद गज्जपले थाहा भयो । र, नशाले लठि्ठएको एमाले सिद्धान्त र आदर्शलाई पूरापूर तिलाञ्जलि दिएर लम्पट एनजिओ क्लबमा फेरियो । अनि जुनसुकै मूल्यमा पनि सत्तामा जानु र सत्तास्वाद भोग गर्नु यसको अभीष्ट बन्यो । माधव, तिम्रो अगुवाइमा कांग्रेसलाई उछिनेर चन्द बाबुसाहेबको छत्रछायामा चमाले सरकार बन्यो । त्यसपछि त माधव, खान्कीपथमा हदै लचिलो भएको एमालेले तिम्रो कमान्डमा गिरिजाबाबु, सूबथाबाबु, देउवाबाबु सबैका सरकारमा जागिर खायो । आखिरमा खान्कीपथको तुफानी यात्रामा एमालेले तानाशाह ज्ञानेन्द्रको बाँकी आधा त्रुटि सच्याइदिने पुनीत कर्ममा लागिपरेर शाही तबेलामा दाना खायो । स्मरण रहोस् माधव, यो सब पौरख तिम्रै अनुपम कमान्डमा भएको थियो । एमालेलाई तिम्रो यो सारा पौरखको फल चुनावमा उल्टो कोणबाट प्राप्त भयो । माधव, चुनावमा राजा ज्ञानेन्द्रका पाउमा तिमीले दाम राखेको तस्बिर कसैले छ्याप्छ्याप्ती बाँड्यो । र, एमालेलाई उल्टो कोणबाट लटालट लाभ भयो । यो लाभ नेतागणको पराजय र पार्टीको संकुचनमा अभिव्यक्त भयो । माधव, तिमी थियौ र न तिम्रो पार्टीलाई यो लाभ हुन गयो ! अर्को चुनावमा माधव, राज्यकोषमा लामाहात गरेर तिमीले अहिले काखीमुनि बोकेको नोटको भारीको तस्बिर बाँडिएला र तिम्रो पार्टीलाई उल्टो कोणबाट झनै भयंकर लाभ प्राप्त होला । भन्दै थिएँ माधव, उल्टो फल प्राप्तिमा तिम्रो योगदानको महागाथा पढेर शान्तिलाई बिथोल्न र संविधान नलेख्न तिमीलाई प्रधानमन्त्री बनाइएकोमा कुनै शंका छैन । प्रधानमन्त्रीको गद्दीमा विराजमान भई दस महिनायता यो दिशामा तिमीले गर्दै आएको योगदानको बयान गर्न सहश्र जिब्रा भएको शेषनागले पनि के सक्दो हो र, माधव ? सिके लाल भन्छन्— माधवलाई प्रधानमन्त्री बनाउनु गिरिजाबाबुबाट हुनगएको जण्ड त्रुटि हो । आपनो त्रुटि महसुस गरेरै होला, गिरिजाबाबु उच्चस्तरीय संयन्त्रबाट त्रुटि सच्याउने यत्न गर्दै थिए । तर, काम फत्ते गर्न नपाई उनी बितिहाले । माधव, ज्ञानेन्द्रको छत्रछायामा त्रुटि सच्याउने शास्त्रमा तिमीले विषारद् प्राप्त गरेका छौ । लौ न, गिरिजाबाबुको यो त्रुटि सच्याइदेऊ । धत्, यहाँनेर मेरो चिन्तनमा विचलन हुन गएछ । माफ गर माधव, म तिमीलाई मूल्यप्रणालीको सकारात्मक कोणबाट हेर्न पुगेँछु । कृतघ्नता तिम्रो मूल्यप्रणालीको पि्रय आदर्श हो । समन्वयकारी कलामा तिमी निपुण छौ भन्ने भ्रममा परी प्रचण्डले तिमीलाई क्रेनले उचालेर संविधानसभामा भित्र्याएथे । प्रचण्डका निधारमा लात्तले हानेर तिमीले गुनको पैँचो तिर्‍यौ । मूल्यप्रणालीको उल्टो कोणबाट हेर्दा आखिर कुरा ठीकै त हो । त्यही भ्रममा परेर होला, गिरिजाबाबुले तिमीलाई उचालेर प्रधानमन्त्रीको आसनमा राखिदिए । अब आप\mनै तरिकाले गुनको पैँचो तिर्न तिमीले दिवंगत गिरिजाबाबुको छविमा कलंकको अजंगको दाग लगाउने त हौला । जसले, जे जानेको छ र जसलाई, जे मन पर्छ, उसले गर्ने त्यही त हो । कोसिस गर, माधव ! माधव, तिमीले वरण गरेको उल्टो मूल्यप्रणालीको गहन अर्थ नबुझी प्रधानमन्त्री पद माग्न कमरेड प्रचण्ड तिमीकहाँ आएछन् । त्यो सुन्दा म कानसम्म मुख च्यातेर हाँसेँ । ती फेरि आए भने भन्देऊ माधव— लुब्ध श्वानका मुखमा परेको मासुको चोक्टो माग्न तिमीलाई लाज लाग्दैन ? यति भन्दा पनि धाउन छाडेनन् भने माधव, तिनलाई चड्कनचिउरा चखाएर पठाइदेऊ । लुब्ध श्वान भनेको लुब्ध श्वानै हो । बरु ज्यान ज्याला, मुखमा परेको मासुको चोक्टो त्यसले अरूलाई दिँदैन । कि कसो माधव ? माधव, जुन अनिष्ट प्रयोजनका लागि तिमी प्रधानमन्त्री बनाइएका हौ, त्यसमा तिमी औधी सफल छौ । यसैगरी सफलताका सिँढी चढ्दै जाऊ । गद्दी टिकाउन तिमीलाई बोक्ने घटकहरूलाई राज्यकोषको पैसा बाँड । मन्त्रीहरूलाई घुस ख्वाऊ । आसेपासेलाई भोज प्रदान गर । सडकजाम गर्दै शिलान्यास, उद्घाटन, विमोचन, अभिनन्दन, देवदर्शन र राजशीभोजतर्फ लागिराख । हेलिकप्टरमा सयर गर । र, शान्ति र संविधानको व्यर्थको चाहनामाथि तुषारापात गर्दै जाऊ । माधव, आकाश खसोस्, धर्ती फाटोस्, जगत् कोलाहलमा डुबोस्, जेठ १४ सम्म तिमी गद्दी नछाड । उस्तै परे बरु गद्दीमै प्राणत्याग गर । जेठ १४ पछि माधव, तिम्रो मन्त्रिपरिषद्ले थुपारेको आर्थिक भ्रष्टाचार, नैतिक दुराचार, अव्यवस्था, असुरक्षा, अराजकता, भाउवृद्धि र सन्त्रासको फोहोर तिमीलाई बोक्नेहरूले आ-आप\mनो हैसियत र योगदानअनुसार बाँडेर लिनेछन् । खुसीको कुरो माधव, मूल्यप्रणालीको उल्टो कोणबाट मूल्यांकन गरी तिम्रो नाम विश्वकीर्तिमान अंकित हुने गिनिज बुकमा सुवर्ण अक्षरले लेखिनेछ । यो पुनीत कर्ममा हाल गद्दीमा तिमीलाई टिकाएर सत्ताभोग गर्न अखण्ड योगदान गरिरहेका तिम्रा विद्वान् सञ्चारमन्त्रीले पहल गर्नेछन् । तिनको पहललाई म ज्यान दिएर पछ्याउनेछु । र माधव, गिनिजबुक उल्टोबाट पढ्दा विश्वका आजसम्मका प्रधानमन्त्रीमध्ये तिम्रो नाउँ नम्बर एकमा हुनेछ । र, तिम्रो अपूर्व पौरखको कारण नेपालको नामले पनि सोही हैसियत प्राप्त गर्नेछ । माधव, यो कीर्तिमानको गौरव प्राप्त गर्न शान्तिलाई थप धक्का देऊ, संविधान लेखनलाई कुल्च । मूल्यप्रणालीको उल्टो कोणमा तिम्रो नाम सदा अजर-अमर रहनेछ । बल गर, माधव ! Last edited: 24-Mar-10 01:04 PM

tapariwan · Mar 24, 2010 1:02 PM · 5,010 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all