What was "Grand Design" anyway?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

GPK, now dead, used to say a lot about "Grand Design" - What is it ? Can some one explain me? Just curious !

shirish · Mar 23, 2010 10:15 AM · 17,942 views

9 Replies

Looks like the knowledge of grand design died with girija

grgDai · Mar 23, 2010 10:41 AM

There was never nothing grand design. It was just another trick to dupe Nepalese by this cunning and dirty politician.

Shere · Mar 23, 2010 10:49 AM

I agree with Shere...I think there was no Grand design at all.. What kind of grand design would politicians , most of whom haven't passed SLC would make. May it's better they didn't made any grand design

truthspeaker · Mar 23, 2010 2:13 PM

Grand design was to turn Nepal into a toilet bowl on which all politicians would shit on and the people would swim helplessly. Last edited: 23-Mar-10 03:19 PM

CyLegend · Mar 23, 2010 3:19 PM

Last edited: 23-Mar-10 06:42 PM

raju161 · Mar 23, 2010 6:20 PM

I think GPK knew that King was trying to become authoritative head of state and that's what he was calling as GRAND DESIGN. Last edited: 23-Mar-10 07:40 PM

khoi_k_khoi_k · Mar 23, 2010 7:38 PM

It refers to the main culprits of infamous "royal massacre" ......... he even once warned ex-king to disclose the grand design....

Jacksparrow007 · Mar 23, 2010 11:52 PM

Girije's grand design is same as   Prachanda's   aba ko ek barsa ma  chamatkar huncha.

no_quiero · Mar 24, 2010 1:33 AM

Sirish , for you if you can read between the lines. विश्वास कहाँ दोषी हुन्छ र ? जयप्रकाश आनन्द                     काठमाडौ, चैत्र १० - गिरिजाप्रसाद कोइराला रहनुभएन । यो अब बारम्बार भनिरहनु पर्दैन । उहाँँको निधनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्न आम उपेक्षाका विपरीत लाखौंका संख्यामा जनसमुदायको सागर उर्लियो । आज देश-विदेशमा सर्वत्र यस विषयको चर्चा भइरहेको छ । उहाँप्रतिको यस लगावका कारण खोजी र विश्लेषण अब धेरै समयसम्म चलिरहनेछन् । आजसम्म आलोचनाका लागि कुनै पनि नेपालीमा भन्दा बढी शब्दहरू गिरिजाप्रसाद कोइरालाका लागि खर्च भए तापनि अन्ततः कोइराला सबै पूर्ववर्ती राजनीतिज्ञहरूको तुलनामा बढी सम्मानित देखिए- 'किन ?' मलाई एउटा पुरानो घटना-संवादको स्मरण भइरहेको छ । एकदिन आफ्ना दाजु वीपीसँगै गिरिजाबाबु बस्नुभएको थियो । मसमेत केही कार्यकर्ता सँगै थियौं । यस्तो पारिवारिक प्रकारको बसउठमा पनि वीपीसँग प्रायशः गिरिजाबाबुको कमै संवाद हुन्थ्यो । अनेकन घटनाक्रमलाई दार्शनिकताको परिधिमा तथा आफ्नै सोचको कसीमा घोटेर हेर्ने बानी भएका वीपीका सम्मुख प्रायशः संवादहीन रहनु गिरिजाबाबुका लागि सुविधाको विषय हुने गरेको हामी ठान्थ्यौं । उहाँको यस स्वभावलाई हामीमध्ये पनि दुईवटा अर्थमा हुने गरिएको थियो । धेरैले यसलाई उहाँको 'एक्सन ओरिएन्टेड' अर्थात् छलफलको भन्दा कामलाई बढी प्राथमिकता दिने शैली भन्थे । तर केहीले यसलाई हवल्दारी भनेर खिसी गर्थे । एकदमै कम छलफल गर्ने, थाहै नदिई काम गर्ने गिरिजाबाबुलाई उहाँको यही शैलीका कारणले धेरै पछिसम्म निम्नस्तरीय आलोचकहरूले हवल्दार भनिरहे । वीपीको हवल्दार । प्रवासकालमा सुवर्ण शमशेरका सानिध्यतामा कलकत्तामा बसाइँ राखेकाहरूको बढी प्रयोगमा यो शब्द रह्यो । माथि उल्लेख गरेको त्यही उपस्थितिमा अनायास वीपीले गिरिजाबाबुलाई सोध्नुभयो ः 'गिरिजा, तिम्रो सम्पर्कमा आएका मानिससँग तिम्रो सम्बन्धको सुरुवात 'शंका' वा 'विश्वास'के बाट गर्छौ ?' हठात्को तथा अप्रत्याशितजस्तो यस सवालबाट झन्डै मौन नै हुनपुगेका गिरिजाबाबुलाई मधुमुस्कानका साथ वीपीले हेरिरहनुभएको थियो । मलाई लाग्यो, पक्कै पनि गिरिजाबाबुको स्मृतिमा वीपीलाई छाडेर गएका कुनै बेला उहाँका घनिष्ट सहयोगी एवं विश्वास पात्र डा. तुलसी गिरी, विश्वबन्धु थापा, रूद्रप्रसाद गिरी, डा. नागेश्वर सिंह हँुदै बखान सिंह गुरुङसम्मको अनुभवको आधारमा यो प्रश्न आएको होला, पक्कै पनि गिरिजाबाबुले यसको निहितार्थ बुझ्नुभएकै हुनुपर्छ । तर एकैछिनमा उहाँले जवाफ दिनुभयो ः "सान्दाजु, म व्यक्तिसँग मात्र होइन, कुनै समाधानका लागि सामना गर्नुपर्ने जटिल परिस्थिति आइपर्दा पनि विश्वासको आधारमा सुरुवात गर्छु । मानिसहरूसँगको मेरो सम्बन्धको सुरुवात त झन् विश्वासबाटै गर्छु ।" अनि वीपीले थप्नुभयो- तेसो भए आजसम्म तिमीलाई छोडेर गएकाहरू नि ? गिरिजाबाबुले भन्नुभयो- 'मसँग राजनीतिक लाइनमा असहमत भएर गएकालाई केही भन्दिन, तर मलाई नियतवश धोका नै दिई जानेको सन्दर्भमा मेरो के दोष हुन्छ र ? मेरो विश्वास कहाँ दोषी हुन्छ ?' त्यसमा वीपीले केही भन्नुभएन । मलाई लाग्यो, गिरिजाबाबुले वीपीलाई चित्तबुझ्दो जवाफ दिनुभयो । यदाकदा मात्र आउने यस्तो बेला हामी बडो खुुसी हुन्थ्यौं । २०५६ को आमनिर्वाचनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुभयो । माओवादी जनयुद्ध अत्यन्तै विकराल भइसकेको थियो । यसलाई समाधान गर्न नसक्नुमा भट्टराईको ठूलै असफलताको रूपमा हेरिन थालिएको थियो । यही मुद्दामा गिरिजाबाबुले सरकारको नेतृत्व लिन चाहनुभयो । यो निर्णय सम्भवतः कोइरालाको जीवनको सर्वाधिक विवादास्पद हुने निर्णय थियो । स्वयम् कोइरालाले भावि प्रधानमन्त्रीको रूपमा भट्टराईको प्रस्तुतिसँगै कांग्रेसले बहुमत ल्याएको बेला कोइरालाको चाहना पदलिप्सा मानिनु अस्वाभाविक थिएन । शेरबहादुर देउवा खुलेरै कोइरालाको विपक्षमा उभिए । वास्तवमा कांग्रेसको विभाजनको गर्भाधान हुँदै थियो । यसको केहीपछि दुःखदायी प्रसवबाट जन्मेका कांग्रेस प्रजातान्त्रिक नामक विभाजित पार्टीको भ्रूणको निर्माण भइसकेको थियो । हामी गिरिजाबाबुसँग नजिकिएर रहेकाले पनि राजनीतिको यस विकासक्रमलाई एकदमै असहजताका साथ लिएका थियौं । चाहिरहेका थियौं- 'गिरिजाबाबुले यसो नगर्नुभए हुन्थ्यो ।' त्यसबखत मलाईसमेत गरी कोइरालाका 'चार दाढी, चार साडी'मध्ये एक दाढीवालमा कसै-कसैले लिने गरेका थिए । उहाँसँगको सम्बन्धमा मेरालागि यो एक शक्ति पनि थियो, जसले आँट दिएको हुन्थ्यो कि गिरिजाबाबुसँग जस्तो पनि कुरा गर्न सकिन्छ- 'भलै उहाँलाई मन नपरेको विषय पनि किन नहोस् ।' मैले महाराजगन्जको निवासमा गएर उहाँलाई सोधेँ- 'आखिर किन प्रधानमन्त्री हुन खोज्नुभएको हो ?' मैले बेलीविस्तारका साथ तारतम्य मिलाउँदै सोधेको थिएँ, उहाँ टीभीमा रेस्लिङ हेर्दै हुनुहुन्थ्यो । मेरो कुराप्रति अर्धध्यान दिँदै उहाँले च्यानल बदलेर कुनै पुराना हिन्दी फिल्ममा आउनुभयो र मेरो सवालमा भन्नुभयो- 'के गर्छौ ? माओवादी समस्याको समाधान गर्नुपरेन ? देशै बर्बाद हुन लाग्यो । किसुनजीले शेरबहादुरलाई जिम्मा दिनुभएछ, शेरबहादुर रिपोर्ट लेख्दैछन् । यो रिपोर्ट-सिपोर्ट लेखेर यस समस्याको समाधान हुन सक्दैन । आफंै ठाउँमा पुगेर दरो निर्णय नगरी हुन्न ।' मैले उहाँमा ठूलो आत्मविश्वास देखेँ, तर यसको आधारहरू पाइरहेको थिइन । माओवादीलाई नियन्त्रण गर्न २५/२६ हजारको संख्यामा रहेको तत्कालीन शाहीसेना ४०/५० को संख्यामा पुगेको थियो । आतंककारी नियन्त्रण कानुन बनेको थियो र सशस्त्र प्रहरीबल स्थापना गर्ने आधारहरू खडा भएको थियो । यी सब कारणले माओवादीले उहाँलाई मुख्य शत्रु घोषणा गरेका थिए । यस्तो अवस्थामा प्रधानमन्त्रीको रूपमा उहाँको पुनरागमनले समस्या समाधान गर्न सक्नेमा विश्वासका आधारहरू एकदमै कमजोर थियो । फेरि माओवादीले उठाउँदै आएका मुद्दाहरू- संविधानसभाको गठन, गणतन्त्रको स्थापना, संघीयता र भारतसँगको सम्बन्धका सवालहरूमा भने गिरिजाबाबु पट्टकै सहमत हुनुहुन्थेन । अनि समस्या समाधान गर्ने नाममा पद प्राप्तिबाहेक के अभीष्ट हुनसक्छ र ? मेरै मनले पनि उहाँको कुरा मान्न तयार थिएन । अन्ततः गिरिजाबाबुले मान्नुभएन र सरकारको नेतृत्व परिवर्तन भयो । उहाँ फेरि प्रधानमन्त्री हुनुभयो । म सांसद थिएँ । उहाँको नेतृत्वमा म पनि सूचना तथा सञ्चारमन्त्री भएँ । माओवादीलाई वार्तामा आउन उहाँले आग्रह गर्न थाल्नुभयो । तर उहाँको सार्वजनिक अडानमा माओवादीका प्रति कत्तै कुनै रियायत वा छुट दिने सोच देखिन्नथ्यो । माओवादीलाई उहाँले आतंककारी भनेर रेडकर्नर नोटिस जारी गराउनुभयो । अत्यन्त कठोर रुख अपनाउनुभयो । म सरकारको प्रवक्ता थिएँ, उहाँले मलाई माओवादीका प्रति कडा भएर आउन भन्नुभयो । यसको परिणामस्वरूप माओवादीले मलाई तह लगाउन मेरो घरमा बम विस्फोट गराए । यसैबीचमा शेरबहादुर देउवाले उहाँ संयोजक रहेको उच्चस्तरीय माओवादी समस्या समाधान समितिको सुझावसहितको प्रतिवेदन सार्वजनिक गर्नुभयो । यस प्रतिवेदनमा धेरै प्रगतिशील भनौं अझ त्यतिखेरको समयमा कांग्रेसले मान्नै नसक्ने खालका सुझाव दिनुभयो । गिरिजाबाबु यस समस्याको समाधानको दिशामा पछि पर्दै जानुभएको थियो । समाधानको पहलको दिशामा सरकारको तर्फबाट कुनै अग्रसरता भइरहेको थिएन । सरकार प्रयोजनहीन देखिइँदै गएको थियो । ठीक यही समयमा एकदिन गिरिजाबाबुले हामी केही खास सहयोगीलाई बोलाएर भन्नुभयो- 'माओवादीसँग अब मेरो कुराकानी हुनसक्छ । समस्याको समाधान पनि हुन्छ । तर यो विषय बडो समवेदनशील छ । म यसलाई लुकाएर राख्न पनि सक्तिन । तर यसका अन्तरवस्तु सार्वजनिक भएपछि आफ्नै पार्टी नेपाली कांग्रेसबाट र राजदरबारबाट समेत समस्या खडा गरिनेछ ।' के गर्ने, कसरी जाने ? मैले उहाँलाई सोधेँ- 'तपाईंको सबै कार्यहरू माओवादी विरुद्ध बढी लक्ष्यित छन् ।' उनका मुद्दाहरूमा पनि हाम्रो सकारात्मकता छैन । फेरि समस्याको समाधानका प्रति विश्व

sumedhu · Mar 24, 2010 6:43 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all