~ चौतारी १८२ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी! आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 179 edition Last edited: 22-Mar-10 10:25 PM
jhilke_1 · Mar 22, 2010 10:17 PM · 233,444 views
timi_mero_sathi · Mar 28, 2010 8:22 PM
timi_mero_sathi · Mar 28, 2010 8:40 PM
perfectionist · Mar 28, 2010 9:03 PM
TMS ले स्कूल मा टिचर को जागिर पाएछ, हेड मास्टर ले क्लस्स मा गएर रामाएण पढौनु भनेछ, TMS ले मा पुरा रामाएण पढाएछ भोली पल्ट हेड मास्टर ले TMS ले पढाको बिद्यार्ती ले कती बुझेछन भनेर चेक् गर्न गएछ हेड मास्टर: रामे, ल भन शिवको धनुस् कस्ले भच्यो? रामे को सातो पुत्लो गएछ रामे: सर मैले होइन म क्लस बाट बहिर गएकै छैन हेड मास्टर: रिठे शिवको धनुस् कस्ले भाच्यो? रिठे: मैले होइन सर, मैले शिवको धनुस् छोको पनि छैन हेड मास्टर : लहरे शिवको धनुस् कस्ले भाच्यो? लहरे: मैले होइन सर, धरोधर्मा हेड मास्टर TMS तिर फर्कदै: ल भन्नुस् TMS जि शिवको धनुस् कस्ले भाच्यो? TMS: मेरो क्लस्स को त कसैले पनि भाच्या छैन सर, जाबो एउटा धनुस् मा किन कच् कच् गर्नी, बरु मेरो यो महिना को salary बाट शिव लाई नयाँ धनुस् किनेर दिये हुन्छ
timi_mero_sathi · Mar 28, 2010 9:23 PM
LOL TMS LOL...............
Harka_Bahadur · Mar 28, 2010 9:36 PM
perfectionist · Mar 28, 2010 9:44 PM
joke ma ma pani hase hai.
दौतरी · Mar 28, 2010 10:02 PM
इ बज्जेहरुले धेरै गीत राखेर हैरान पारे गान्ठे , सुन्नै नभ्याउन हुन थाली सको अचेल त।
Harka_Bahadur · Mar 28, 2010 10:04 PM
good nite!!!
perfectionist · Mar 28, 2010 10:23 PM
तारेमाम गाम्लेहरु ! सोमबारे शिवमय झरिलो जदौ । झम झम पानी पर्यो, असार को रात बारी बाट बज्न थाल्यो मकै को पात उठ जाग, आज घाम लाग्दैन । घाम छैन भन्दैमा काम छैन भन्न मिल्दैन ।
rahulvai · Mar 29, 2010 8:16 AM
ShubhaPrabhat. Everyone pick two please. What you wish you were and what you are. Intelligent and Good Looking. I am already that.
kukhura chor · Mar 29, 2010 8:40 AM
तारेमाम ठुल्दाइ .... कस्तो झरी को दिन पर्यो .... घरमै सिरक ओडेर लुटुपुटु परेर बस्न पाएपो ......
ramronepal · Mar 29, 2010 8:46 AM
तारेमाम कुखुरे, रामे । झरी र परि त नेपाल कै राम्रो है रामे ? घरि घरि रुझेका परि वरिपरि । यता त सब गाडी मा सवार । परि हुन कि शूपर्णखा चिन्नै गाह्रो । मखुला ??
rahulvai · Mar 29, 2010 9:01 AM
तारेमाम् गाम्ले हो के गोइङ ओन - ठीकठाक नो यहाँ पनि पानी नै पारीराछ भोली देखी मौसम राम्रो हुन्छ भन्ने आशा छ
serial · Mar 29, 2010 9:09 AM
एस्तो पनि दिन आयो है चौतारीको .....
ramronepal · Mar 29, 2010 12:00 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion