कोइरालाको संक्षिप्त जीवनी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कोइरालाको संक्षिप्त जीवनी नाम : गिरिजाप्रसाद कोइरालाजन्म मिति : १९८१ साल असार जन्मस्थान : बिहार, सहरसा, टेडी, भारत पिता : कृष्णप्रसाद कोइराला माता : दिव्या कोइराला शिक्षा : आइ ए राणा प्रधानमन्त्री चन्द्रशम्शेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्घा लगाइ सर्वस्वहरण सहित देश निकाला गरेपछि ४५ जनाको परिवार सहित भारतको वनारस निर्वासनमा पुगेको कोइराला परिवार बिक्रम सम्बत् १९७५ मा भारत बिहार राज्यको सहर्षा जिल्लाको टेडीमा पुग्यो । त्यही जन्मभयो, गिरिजाप्रसाद कोइरालाको । उहाँं गर्भमा रहेका बेला मातापिता गिरिजादेबिको मन्दिरमा जाने गर्नुहुन्थ्यो र उहाहरुको सन्तान जे जन्मे पनि गिरिजाप्रसाद या गिरिजा देवि राख्ने सल्लाह अनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको बताइन्छ । कोइराला परिवारको आय स्रोत खेतिपाती थियो । चन्द्र शम्शेरको मृत्यु पछि पिता कृष्णप्रसाद कोइराला बिक्रम सम्बत १९८६ मा विराटनगर फर्कनुभयो । त्यतीबेला गिरिजाप्रसाद कोइराला ५ वर्षको मात्र हुनुहुन्थ्यो । पछि बि सं १९०३ साल असोज २ मा पिताजी कृष्णप्रसाद कोइरालाले राणाशासन बिरुद्घ बिराटनगरबाट जनताका थोत्रा कपडा हुलाक मार्फत पठाएपछि राजद्रोहको मुद्दा लगाइ सर्वस्वहरण सहित पुन देश निकाला गरेको थियो । पीताकै प्रेरणाबाट राणाशासन विरोधी भावना जन्मिएको थियो, गिरिजाप्रसाद कोइरालामा । त्यसैले उहा २३ वर्षको उमेरेदेखि नै आन्दोलनको नेतृत्व गर्ने तहमा पुग्नुभयो । उहाले २३ वर्षको उमेरमा नै बिराटनगर जुटमिलमा चर्किएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सन् १९४८ मा त उहा नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष नै बन्नुभयो । सन् १९५२ देखि १९६० सम्म कांग्रेसको मोरङ जिल्ला सभापति बन्नुभएका कोइरालालाई सन् १९६० मा पक्राउ गरी सात वर्षसम्म जेल हालियो । उहाले त्यतिबेला जेलमा नै २१ दिने भोकहडताल समेत गर्नुभयो । जेलबाट छुटेपछि भारत पुग्नुभएका कोइराला ११ वर्षपछि बीपीसंगै मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो । सन् १९७५देखि ९१ सम्म पार्टीका महामन्त्री बन्नुभएको थियो, गिरिजाप्रसाद कोइराला । २०३९ साल साउन ६ गते बीपी कोइरालाको निधन पछि पार्टी गिरिजाप्रसाद कोइरालासहित गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सामुहिक नेतृत्वबाट अगाडि बढेको थियो । २०४८ सालको चुनावपछि जेठ १६ गते बनेको सरकारमा तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुनुभयो । त्यसपछि २०५३ साल बैसाख २९ गते काठमाडौंमा सम्पन्न कांग्रेसको नवौं महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभयो । २०५७ साल माघ ९ गते कांग्रेसको दशौं महाधिवेशन कास्कीको पोखरामा सम्पन्न भयो । यो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पुन पार्टी सभापतिमा निर्वाचित हुनुभयो । २०६२ साल भदौ १४ गतेदेखि १७ गतेसम्म ललितपूरमा सम्पन्न एघारौं अधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा पुन निर्वाचित हुनुभयो । जनआन्दोलन सफल भएपछि पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो भने उहा १३ वर्षदेखि नै कांग्रेसको सभापतिमा हुनुहुन्छ । दिल्लीमा भएको १२ बुदे समझदारीदेखि शान्ति सम्झौताहुदै नेपालको शान्ति प्रकृयामा महत्वपूर्ण भूमिका रहेको छ, ८७ बर्षीय कोइरालाको । नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रज तथा पहिलो बिराटनगर मजदुर आन्दोलनका नेता कोइरालाले निरंकुश राणा शासनबिरुद्ध जनक्रान्ति, पञ्चायती व्यवस्थाबिरुद्धको संयुक्त आन्दोलन र २०६२÷ ६३ को लोकतान्त्रीक आन्दोलनमा अग्रणी भूमिका पूरा गर्नुभयो, कोइरालाले । लोकतन्त्र प्राप्तिपछि भारतिय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० बर्ष लामो युद्ध गरेको माओबादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो । संसारमै साम्यवादी आन्दोलन संकटमा रहेको चर्चाका बीच पनि कोइरालाले शशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन सफल हुनुभएकाले पनि उहाको नाम विश्वमा चर्चित छ । ०४६ को जन आन्दोलनपछि नेपालका कम्युनिष्ट प्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवी कम्युनिष्ट विरोधीका रुपमा समेत चर्चामा थियो । २०४६ सालको जनआन्दोलनपछिको दशकमा उहाको नाम कम्युनिष्ट विरोधीकै पर्यायकै रुपमा आउने गरेको थियो । माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहा त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चित्रण हुनुभयो । तर २०६२ सालमा भने उहा युद्ध लडिरहेको कम्युनिष्ट पार्टीसंग समेत हातेमालो गर्न पुग्नुभयो । युद्धकालमै माओवादीसंग राजतन्त्रबिरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो । तर कोइरालाको ब्यक्तित्वका अगाडी त्यो बिरोध गौण बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढसय वर्ष पूरानो राजतन्त्रका बिरुद्ध आन्दोलनको अगुवाइ गर्नुभएको थियो । राजतन्त्रको पतनपछि लोकतन्त्र स्थापना भैसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रभागमा नै रहदै आउनु भयो । ८६ बर्षिया कोइराला बिगत लामो समय देखि अस्वस्थ्य हुनुभएपनि नेपालको राजनीतिमा उहाको भूमिकालाई अहिलेसम्म पनि निर्णायक रुपमा हेर्ने गरिन्थ्यो । Source:www.dautari.org  

sanas · Mar 20, 2010 6:35 AM · 15,663 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all