प्योर नेपाली प्योर नेपालीको खेती निकै घटी सकेको थियो। भन्नाले, प्योर नेपालीहरू जन्माउने भनेको निम्न वर्ग र निम्न मध्यम वर्ग मात्रै बांकी थिए। उपल्लो अर्थात एलिट वर्गमा नेपाली र विदेशीको क्रस भएर जन्मिएकाहरुको हालीमुहाली थियो। आफ्ना सन्ततिहरुको भविष्य सुरक्षित गर्ने दुइटा मात्रै उपायहरू थियो। कि त विदेशी सित बिहेगर्ने नभए परिवार सहित विदेश गएर बस्ने अनि समय समयमा नेपाल घुम्न आउने। विदेशमा बसेर नेपालमा आइराख्नेहरु पनि निकै सम्मानका पात्र हुन्थे। एक प्रकारले भन्ने हो भने उनिहरुकै पैसाले देश चलिरहेको थियो। म पनि यसो शहरको सेन्टर तिरै बरालिँदै थिएँ। हेर्दा हेर्दै आफु त एउटा कफि-कम-ब्रेकफास्टको सुविधा भएको अत्याधुनिक क्याफेमा आइपुगिएछ। भित्र पसें। काउन्टरमा दुइ जना काम गर्नेहरु मेरै बारेमा कुरा गरे जस्तो लाग्यो। सायद मेरो भेषभुसाले म प्योर नेपाली भएको चाल पाइसकेका थिए। म पनि लाज नमानि सरासर काउन्टरमै पुगें। एउटाले मलाई तल देखि माथी नियाल्दै, सम्बोधनको लागि शब्दहरुखोज्दै अन्त्यमा सोध्यो, "के हो बाजे? काम खोज्दै हिंडेको कि कसो?" मलाई अचम्म लाग्यो। कसरी थाहा पाएछन् मान्छे हेर्ना साथ। "अँ, यसो वेटर, स्वेटर को काम पाइँदैन?" म बुढोलाइ के काम देलान र भनेर सोच्दै थिएँ। "काम त छ बाजे। यसो मेनेजरलाइ गएर भेट्नुस न। उताको कोठामा हुनुहुन्छ।" मैले मेनेजरको कोठा अगाडिको कलबेल बजाएँ। मेनेजरको कोठा भित्र पुग्नलाई बाहिर बसेकी सेक्रेटरीको अनुमति चाहिंदो रहेछ। सेक्रटरीको प्रश्नको जवाफमा मैले काम खोज्नलाइ आएको भनेर भनें। एकछिन सेक्रटरीले फोनमा कुरा गरी अनि मलाई भित्र जाने अनुमति दिई। मेनेजर सूटमा सजिएर टेबुलमाथि कागजातहरु फिंजाएर बसीराखेको थियो। फोनमा व्यस्त भएकोले मलाई ईशाराले अगाडी बस्न भन्यो। तर मलाई आफ्नो हैसियत थाहा थियो। म उभि नै राखें। "सरी बाजे, मैले तपाईंलाई निकै कुराएँ। काम खोज्दै आउनु भएको होइन?" मेनेजर मलाई चाहिने भन्दा बढि नै सम्मान दिइरहेको थियो। मैले टाउको हल्लाएँ। मेनेजरले एकजनालाई बोलाएर मलाई कामको र तलबको बारेमा सबै बताइदिन भनेर हामीलाई कोठाबाट बिदा गर्यो। यतिका महत्त्वपूर्ण कुराहरु यति छिटै सकिएला भन्ने कसैले अनुमान गर्न सक्दैनथ्यो।मैले वेटरकै काम पाएको थिएँ। तर काम गर्ने तरिका पहिला पहिला भन्दा निक्कै फरक भइसकेको थियो। एउटा एलेक्ट्रोनिक प्याड सबै वेटरहरुको हाथमा थियो। हाम्रो काम भनेको ग्राहकलाई के चाहिन्छ भनेर सोध्ने अनि सम्बन्धित अंक प्याडमा थिच्ने अनि खाने पिउने कुरा तयार भइसकेपछि ल्याइदिनु थियो। खान-पिन तयार पार्ने सित त्यो प्याडलेनै कुरा गर्दथ्यो। बुढो उमेरमा पनि म जवानीको जोशमा काम गरिरहेको थिएँ। मेनेजर र अरु माथिका कर्मचारीहरु पनि बिचबिचमा ओहोरदोहोर गर्दै ग्राहकहरुलाई केही गार्हो सार्हो नपरोस भनेर बिचार पुर्याइरहेका थिए, वार्तालाप गरिरहेका थिए। मैले कामगरेको दुई घंटा जति भइसकेको थियो। "बाजे यसो २-२ घंटामा केहिबेर आराम गर्नु पर्छ। नत्र थाकिन्छ।" "हजुर!" मैले भनें। मैले कामगर्ने प्रति मान्छे जस्तो व्यवहार गर्ने व्यक्ति कमै भेटेको थिएँ। "बाजे, एक छिन यता बसेर कुरा गरौं अनि फेरि काम थाल्नु होला। वेटरहरु अरु पनि छन् अनि अहिले त्यति भिड पनि छैन।" मसित शायद कुरा गर्न चाहिरहेको थियो। शायद मेरो भुतकालको बारेमा। रेस्टुरेन्टको हलमै कुर्सीमा बसेर मलाई पनि अगाडिको कुर्सीमा बस्न आग्रह गर्यो। अलिकति अप्ठयारो मान्दै म बसें। "अप्ठ्यारो नमानि सजीलो गरी बस्नुस् न बाजे। यो क्याफे भनेको सबैको हो। यहाँ कोही मालिक र नोकर भन्ने छैन।" "अनि तपाईं यसभन्दा अगाडि के गर्नु हुन्थ्यो?" मेनेजरले प्रश्न गर्यो। मैले सोच्दै याद गर्ने कोशिश गर्दै थिएँ। मैले प्रश्नको जवाफ दिनु भन्दा अगाडिनै मेनेजरको मोबाइलको घंटि बज्यो। मेनेजर मोबाइल अन गर्दै जुरुक्क उठ्यो। एकदमै इमरजेन्सी कल थियो जस्तो लाग्यो। "यस म्याम, यस हि इज हियर, आइ'म भेरि सरि" कुरा गर्दै मेनेजर म बाट टाढिंदै थियो। एक छिन पछि वेटरहरुको बीच गाईंगुईँ चल्न थाल्यो। के भयो भनेर मैले बुझ्न सकिन। "आज कामगर्न आएको बाजे प्योर नेपाली होइन नि" एउटाले भन्दै थियो। "हेर्दा त संका गर्नै नसकिने। परिवार को कसैको फोन आ'को थियो रे।" "कसरी थाहा पाएछन् यहाँ छन् भनेर?" "आजको जमाना पनि यस्तो प्रश्न गर्ने हो!" मैले फेरि पनि कुरा बुझ्न सकिन र आफ्नो काम शुरु गर्नु पर्यो भनेर कुर्सी बाट उठें। मेनेजर एकै छिन पछि फेरी आइपुग्यो। "आइ'म सरी फर माइ बिहेवियर लास्ट टाइम। वुड यु प्लीज बी सिटेड" मेरो टाउको घुम्दै थियो। "यू अन्डरसट्यान्ड मी, मिस्टर अकवि, डन्ट यू?" म थचक्क कुर्सी मा बसें। एकैछिनमा बाहिर एउटा गाडि आइपुग्यो। "बा!!हाउ क्यान यु डु दिस टु अस। कम से कम हाम्रो स्टयाटस को त बिचार गर्नु पर्छ। लेट अस गो ब्याक।"मेरो अगाडी मेरी छोरी उभिराखेकी थिइ। मेरो टाउको अझै पनि फनफनि घुमिराखेको थियो। मेनेजर दसौं पटक सरी भन्दै टाउको झुकाउँदै माफि मागिरहेको थियो। **समाप्त** Last edited: 18-Mar-10 03:03 AM Last edited: 18-Mar-10 03:05 AM Last edited: 18-Mar-10 08:17 PM Last edited: 18-Mar-10 08:18 PM
akawi · Mar 18, 2010 2:34 AM · 19,648 views
Wow. This is good.
meera · Mar 18, 2010 9:29 AM
केही बुझेता मरी जाम| लौन के भन्न खोज्या हो तेस्तो? मैले ता पटक्कै बुझिन बा|
Jhapali_Thito · Mar 18, 2010 4:58 PM
I like it too, thanks for posting
timi_mero_sathi · Mar 18, 2010 5:15 PM
मीरा जि,तिमि मेरो साथी जि मन पराइदिनुभएकोमा धन्यवाद ! झापाली ठिटो जि , मैले अझै मिहिनेत गर्न बाँकी छ जस्तो लाग्यो Thanks all for reading.
akawi · Mar 19, 2010 1:29 AM
bhawisya ko kura jasto cha.... ahile ta ba aama lai palna garho manne, kaam garna jhijaune haru pachi garchan, pachi ta k yesto garthe... tara yesto bhayi diye kati ramro hunthyo bhanna khojya ho?? baa chain kaam khojdai, dhani chori chain bau ko her dekh gardai, aaha.. kati ramailo. maile dherai socheko ki bhanna yahi khojeko ho?
1987AD · Mar 19, 2010 3:22 AM
कस्तो मज्जा को कथा साझाको गर्भ मा ....काम गरेर पसिनाको दाम कमाको हेर्नु भन्दा बुढा बाउ घर मा थन्किएको हेर्न चाहने सन्ततिको देखौते इज्जत बचाव को चित्रण राम्रो लग्यो ..... - थाने
ThahaChaena · Jun 25, 2013 1:16 PM
धन्यवाद !
akawi · Jun 30, 2013 5:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion