सभासद्हरूका दस प्रश्न जसको रक्षामन्त्रीले जवाफ दिइनन्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सभासद्हरूका दस प्रश्न जसको रक्षामन्त्रीले जवाफ दिइनन् १) मन्त्रीज्यू तपाईं एउटी आमा पनि हो । भन्नोस्, कुनै १२ वर्षीया बालिका मध्यराति हतियार बोकेर जंगलमा चोरी-सिकारी गर्न जान सक्छे ? २) सरकारले तलबभत्ता खुवाएर सेनालाई 'साँढे’ बनाएर जंगलमा छाडिएको हो कि जनता र देशको सुरक्षा गर्न ? ३) मारिएका महिला भित्री वस्त्रसमेत खोलिएको अवस्थामा फेला परेका छन् । गोली हान्दा भित्री वस्त्रसमेत कसरी खुले ? कसरी जंगलमा छरपस्ट भए ? ४) आफ्नै परिवारका तीनजना मारिएका पीडितलाई पक्राउ गर्नुपर्ने हो कि मान्छे मार्नेलाई ? ५) घटनास्थलमा रहेका एकजना पुरुषलाई पक्राउ गर्नसक्ने सेनाले महिलाहरूलाई मात्रै किन गोली हानेर मार्‍यो ? हतियारले सुसज्जित त्यत्रो सेनाले उनीहरूलाई पनि गोली नहानेर पक्राउ गर्न सक्थ्यो नि ? ६) मन्त्रीज्यू तपाईंले भनेजस्तै मारिनेहरू चोरी-सिकारी गर्ने हुन् कि चोरी-निकासी गर्ने हुन् ? चोरी-सिकारी र चोरी-निकासीमा धेरै फरक छ ? ७) सेना र प्रहरीसित जोडिएर जे-जति घटना भएका छन्, ती सबैमा उल्टै पीडितहरू मात्रै किन थप पीडित बन्छन् ? ८) घटना भएको एक हप्तासम्म सरकार किन बोलेन ? बर्दियाको घटनाका बारेमा सरकारलाई सूचना आउन यति समय लाग्छ ? ९) मन्त्रीज्यू तपाईं मन्त्रीसँगै महिला पनि हो । महिलामाथि यत्रो दुःखद् घटना हुँदा तपाईं हप्ता दिनसम्म मौन बस्न कसरी सक्नुभयो ? १०) मारिनेहरूमा अपांग पनि छन् । अपांगहरू हतियार बोकेर चोरी-सिकारी गर्न मध्यराती जंगल जान सक्छन् ?

chanty399 · Mar 18, 2010 1:41 AM · 4,748 views

2 Replies

Not a single quality possessed to be a Defense Minister, taking advantage of her husband's death, and one of those New Delhi's pimp.

Poon-Hill · Mar 18, 2010 8:57 AM

कानुन नभएको राज्य हो, साथीहो हाम्रो देश नेपाल |  दण्डहीनता नै यहाको नियम कानुन हो | बसडाइभर ले मान्छे किचोस, पुलिस ले जनता पिटोस, आर्मी ले बलात्कार गरोस, हाकिम कर्मचारी ले घुस खाउन, संसद, नेता , मन्त्रि ले भ्रस्टाचार गरुन ,,,,कसैलाई केहि कारबाही हुदैन | खै अहिले सम्म कति मन्त्रि, प्रधानमन्त्री,हाकिम , जर्नेल, कर्नेल जस्ता गधाहरुले भ्रस्टाचार गरेको, घुस खाएको मा जेल गएका छन्, कि कसैले गरेकै  छैन  | तेत्रो १२ बर्से माओबादी को कथित् जनअन्दोलन अनी १९ दिन को  जनअन्दोलन-२  का कुनै अपराधीहरुलाई कारबाही भो | अझ नया नेपाल को गणतान्त्रिक सरकार रे , गणतान्त्रिक सरकार  my ass...................................................ति आफन्त मारिने बिचरा टुहुरा नानीहरुको आसुको श्राप लाग्छ त्यो हत्यारा नेपाली सेनाहरुलाई, साला औठाछापे , कुकुरहरुको फौज |

planB · Mar 18, 2010 9:09 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all