माओवादी लडाकुको विवरण दिन नमिल्ने राष्ट्रसंघका उपमहासचिव पास्कोको भनाइप्रति सरकारको आपत्ति, कुटनीतिक मर्यादा उल्लंघन भएको ठहर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

शिविरमा रहेका माओवादी लडाकुको विवरण उपलब्ध गराउन नमिल्ने भनी संयुक्त राष्ट्रसंघका उपमहासचिव बी लिन पास्कोले दिएको अभिव्यक्तिप्रति सरकारले आपत्ती प्रकट गरेको छ। आज बसेको मन्त्री परिषद्को बैठकले गोप्यताका कारण लडाकुको विवरण उपलब्ध गराउन नमिल्ने अनमिन र पास्कोको अभिव्यक्ति कुटनितीक सिमा र मर्यादा विपरित भएको पनि ठहर गरेको छ। सरकारले माओवादी लडाकुको उचित भरण पोषणका लागि मात्रै लडाकुको परिचय पत्र सहितको बिवरण मागेको तर, कुनै गोप्य बिवरण माग नगरिएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरेलले जानकारी दिनुभयो ।     यसैगरी आजको मन्त्रीपरिषद्को बैठकले नेपाल आयात हुने सुनको भन्सार दरमा पनि वृद्धि गरेको छ। बैठकले प्रति दशग्राम सुनको भन्सार दर एक सय तिस रुपैयाँबाट बढाएर चार सय सत्तरी रुपैया पुर्‍याएको छ। बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता पोखरेलले एकीकृत नेकपा माओवादीले सरकारका बिरुद्ध संवैधानिक प्रक्रिया अनुरुप अबिश्वास प्रस्ताव ल्याएमा त्यसको सामना गर्न सरकार तयार रहेको बताउनुभयो।     अर्थमन्त्री सुरेन्द्र पाण्डेले आजको बैठकबाट गभर्नरनको टुंगो लाग्ने दावी गर्नुभएतापनि सो विषमा छलफल नै नभएको मन्त्री पोखरेलले जानकारी दिनुभयो।

damikattu · Mar 14, 2010 4:07 PM · 2,207 views

2 Replies

नेपाली भेडाहरु लाई अल्झाएर राख्ने अर्को एउटा राम्रो कुट्नितिक प्रयास। लुट डाँका हो लुट, भेडा हरु लाई राम्रो सँग लुट। खते हरु को मन्त्री परिषद को बैठक हरे। यि तपरटुइया हरु को जामत ले कहिले सम्म जनता हरु लाई लुट्ने हुन कुन्नी।

raju161 · Mar 14, 2010 4:31 PM

geda khaa maowadi

gauleyketo · Mar 14, 2010 6:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all