chanty399 · Mar 13, 2010 5:26 PM · 7,728 views
The tears rolling down from the eyes of these Orphans will never forgive the murderers. This will repeat again & again till the armed personnel are filthy, non-judgmental & irresponsible. The culprits must be brought to the justice.
casino · Mar 13, 2010 7:33 PM
FU@ing how, posting the thread in sajha not gonna help, nepal has to change, all nepali has to open their fu@ing eyes and taking a step might help
OC101 · Mar 13, 2010 8:23 PM
कस्तो आङ् सिरिङ हुने घटना घटेछ, हरे! ति बालबालिका को फोटो हेर्नुस् त। कसरि सहे होला यति कलिलो उमेरमा त्यस्तो असहाय चोट। अति गर्नु अत्याचार नगर्नु भन्थे यहाँ त परकाष्ठा नै नाघेछन्। प्रजातन्त्र आयो, लोक्तन्त्र आयो भन्थे, खै त निर्बल्, निमुखा अनि दलित हरुले न्याय पाउने दिन त अझै आएको रहेनछ। खै कहाँ छन् मानव अधिकारवादि हरु नागरिक समाज हरु? कमसेकम पोस्ट्मार्टम को पारदर्शी ढंगले अनुसन्धान गर्न को लागि त घचघचाउनु पर्छ। पिडित परिवारमा मेरो हार्दिक समवेदना छ, समाचार मा आएको थियो कि अभिवाक को हत्या गरिदिएपछि छाक टार्ने समस्या विकराल बनेको छ भनेर। पिडित परिवारलाइ सहयोग गरेर दुख: बाँड्न पाए साँच्चै नै केहि राहत महसुस हुनेथियो। Last edited: 13-Mar-10 11:57 PM
soaltee · Mar 13, 2010 11:56 PM
सेनाको गोलीले आमा मारिएपछि बच्चाको बिचल्ली शनिवार, 13 मार्च 2010 16:30 नागरिक 1 2 3 4 5 Share this Twitter Digg Del.icio.us StumbleUpon Facebook Print E-mail आमा देवीसरा र दिदी चन्द्रकलालाई गुमाएपछि तीन नाबालक। तस्विरः कलेन्द्र कलेन्द्र सेजुवाल, फागुन २९, हरिहरपुर (सुर्खेत)- काउलो ल्याउन वन गएकी आमा देवीसरा र दिदी चन्द्रकला अब कहिल्यै फर्किदैनन् भन्ने ४ बर्षीय बालक धनबहादुर बिकलाई के थाहा? उनको अनुहारभरि दुःखका रेसा स्पष्टै देखिन्छन्। सधैँजसो छरछिमेकमा खेल्न जाने उनी आजकल आफ्नो घरमा छिमेकीको भिड र रुवावासी देखेर टोलाइरहन्छन्। शुक्रबार दिउँसो नागरिककर्मी हरिहरपुर-२, कप्सेरीस्थित उनको घरमा पुग्दा छरछिम
chanty399 · Mar 14, 2010 1:08 PM
महिला र बालिकालाई सेनाले नियन्त्रणमा लिएर हत्याः प्रतिवेदन जे पाण्डे नेपालगन्ज, चैत्र ३ - अधिकारवादीहरुले सेना र वनरक्षकले एकसाता अघि बर्दिया राष्ट्रिय निकुञ्जको वाँसपानी कालिकास्थानको जंगलमा एक बालिका र दुईजना महिलालाई नियन्त्रणका लिइ हत्या गरेको ठहर गरेका छन् । घटनाको स्थलगत अध्ययनपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यपश्चिम क्षेत्रिय कार्यालय र एड्भोकेसी फोरमले मंगलबार नेपालगन्जमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा एउटै परीवारका अमृता, देवीसरा र उनकी छोरी १२ वर्षिया चन्द्रा विकलाई नियन्त्रणमा लिई हत्या गरेको उल्लेख छ । बर्दिया राष्ट्रिय निकुन्जका चारजना वनरक्षक र ज्वाला दल गणका १७ जना सेनाको टोलीले सुत्ने तयारी गरेका वेला करिव पाँच मिटर माथि ढीकबाट राति मुढा फ्याँकेको र टर्चलाईट बालेर 'भागिस् भने मर्छस्' भन्दै हवाई फायरिङ्ग गरेको पाइयो प्रतिवेदनमा जनाइएको छ । 'चारपटक हवाई फायरिङ्ग भयो । देवीसरा, चन्द्रा र अमृता बास बसेको स्थानको ओढारको ढुङ्गामा लुके,' प्रतिवेदन सार्वजनिक गर्दै ईन्सेकका क्षेत्रिय संयोजक भोला महतले भने- 'टर्चलाईट बाल्दै उक्त टोली महिलाहरू लुकेको स्थानलाई घेराहाली नियन्त्रणमा लिएर हत्या गरेको पाइयो ।' उक्त क्रममा १२ वर्षिया चन्द्राको चित्कार सुनिनु र घटनास्थलमा मृतक बालिका र महिलाहरूको भित्री कपडाहरू छरपस्ट अवस्थामा फेला परेका छन् । एडभोकेसी फोरमका संयोजक तथा अधिबक्ता सुशिलकुमार लाखेले भने, 'घटना स्थलमा मृतकका कपडामा रगत र दिसा लागेको देखिनुले हत्या रहस्यमय भएको छ ।'
chanty399 · Mar 16, 2010 9:57 AM
Where are the so-called fighter for civil-supremacy-maoist have gone to protect these defenseless women and children? As saying by Dickhead MaKuNe government, of course, PLA cannot be integrated into these merderous and human rights violator organizatoin (Nepal Army). People themselves need to raise up against such atrocity. Actually, if this things kept happening, every member of the family in the remote Nepal shall become an army themselves. Then dickhead MaKuNe, Indian cock-sucker Sujata, KP's cock-sucker Vidya Bhandari, and pakandi Bhim Rawal will see the sea of PLA lined up to fight against them. If these things kept happening, every member of the family will be an army of self defense and they do not need to join any PLA, Maoist army, or anything else.
Khumbule · Mar 16, 2010 12:29 PM
इन्सेक सुर्खेत प्रतिनिधि दुर्गा थापा र एडभोकेसी फोरम सुर्खेतका तेजबहादुर बोहराको टोली फागुन २८ गते स्थलगत अनुगमनका लागि घटनास्थल गएको थियो। टोलीले फागुन २८ र २९ गते घटनाको स्थलगत अध्ययन गरी अनुगमन प्रतिवेदन तयार पारेको हो। • सेनाले दावी गरे जस्तो सो घटना दोहोरो फायरिङ्ग वा उनीहरू भाग्दै गर्दा नभई लुकेर बसेकाहरूलाई नियन्त्रणमालिएर हत्या गरिएको हो। • सेनाको गोलीबाट मृत्यु हुनेहरूमा सुर्खेत हरिहरपुर गाविस-२ की ३६ वर्षीया देविसरा विक, उनकी ३३ वर्षीया बहिनी अमृता विक र छोरी १३ वर्षीया चन्द्रकला विक । फागुन २६ गते राति करिब ८.३० बजे बर्दियाको ठाकुरद्वाराबाट गस्तीमा गएको ज्वालादल गणका नेपाली सेनाको टोलीले उनीहरूलाई गोली हानेको बुझिन आएको। • मृतकहरूको कपडाहरू छरपस्ट अवस्थामा फेला पर्नु, • उनीहरूको भित्री कपडा समेत घटनास्थलमा दिसा र रगत लागेको अवस्थामा पाइनु, • मृतकहरूले प्रयोग गरेका विछ्यौनाहरू जलाइएको पाइनु, • पोष्टमार्टमपूर्व तिनका आफन्तहरूलाई मृतकको लास हेर्न नदिइनु • संचारकर्मीहरूलाई तस्विर लिन बञ्चित गरिनु, • घटनाको सम्बन्धमा सेनाको फरक-फरक धारणा सार्वजनिक हुनु, • २७ गते लाश लैजाँदै गर्दा आलो रगत चुहिएको पाइनु, • घटनाबाट भागेर बचेकाहरूले मृतक बालिकाकोचित्कार सुनेको बताउनु, • घटना भएको भोलिपल्ट दिउँसो पुनः गाउँलेले सो स्थानमा फायरिङ्गको आवाज आएको बताउनु आदिले घटनालाई रहस्यमय बनाएको छ। राष्ट्रिय निकुञ्जभित्र अवैध प्रवेश गरेकाहरूलाई बलप्रयोग गर्न सक्ने सेनाको कानुनीअधिकार भएपनि नियन्त्रणमा लिन सकिने अवस्था हुँदाहुँदै सेनाले हदैसम्मको शक्तिको दुरूपयोगगरी निहत्था बालिका र महिलाहरूको हत्या गर्नु गैरन्यायिक भएको प्रतिवेदनमा जनाइएको छ। त्यस्तै प्रतिवेदनमा नेपाल सरकारले घटनाको यथार्थ तुरून्त सार्वजनिक गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराई पीडकहरूलाई कानुनी कारबाही गर्नुपर्ने, नियन्त्रणमा लिइएका तुलाबहादुरलाई तुरून्त बिना शर्त रिहा गर्नुपर्ने र राष्ट्रिय मानवअधिकार आयोगको उपस्थितिमा मृतकहरूको पुनः पोष्टमार्टम गरिनुपर्ने माग पनि गरिएको छ।
atomic · Mar 16, 2010 2:04 PM
सिकारी महिलालाई सेनाले मार्यो 18/03/2010 02:15:00खगेन्द्र पन्त Font size: रक्षामन्त्रीको क्रूर बयान काठमाडौं ठाकुरसिंह थारू, बर्दिया रक्षामन्त्री विद्यादेवी भण्डारीले बर्दिया राष्ट्रिय निकुन्जभित्र नेपाली सेनाद्वारा मारिएका तीन दलित महिला सिकारी भएको आरोप लगाएकी छिन् । कुनै आमसभामा भाषण गर्दा उत्तेजित भएर होइन, संसद्को महिला, बालबालिका र समाजकल्याण समितिले जवाफका लागि बोलाएपछि तयारीका साथ गएकी मन्त्री भण्डारीले मारिएका दलित महिलालाई सिकारी भन्दै उनीहरूमाथि सेनाले गोली चलाएको दाबी गरिन् । रक्षामन्त्री भण्डारीका अनुसार(काउलो टिप्न गएका दलित महिला) सिकारीले गोली चलाएपछि आत्मरक्षाका लागि सेनाले गोली चलाएको हो । 'आरक्षभित्र चोरी-सिकारी गरिरहेको समूहबाट पहिलो फायरिङ भएपछि सेनाको जवाफी कारबाहीमा सिकारी महिलाहरूको मृत्यु भएको हो, दुई सिकारी महिलाको तत्कालै मृत्यु भयो, एक सिकारी महिलाको उपचारका क्रममा मृत्यु भयो,' मन्त्री भण्डारीले भनिन् । घटनाको स्थलगत अध्ययन गरेका मानवअधिकारवादी संस्थाहरूले सेना र वनरक्षकले नियन्त्रणमा लिई हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको अर्को दिन रक्षामन्त्री भण्डारीले 'सिकारी महिला'को हत्या भएको दाबी गरेकी हुन् । स्थलगत अध्ययनपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यपश्चिम क्षेत्रीय कार्यालय र एड्भोकेसी फोरमले दलित महिलाई नियन्त्रणमा लिएर हत्या गरिएको प्रतिवेदन मंगलबार मात्र सार्वजनिक गरेका थिए । स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रतिवेदनमा महिलालाई नियन्त्रणमा लिएको भोलिपल्ट मात्रै हत्या भएको आशंका गरिएको छ । मन्त्री भण्डारीले भने संसदीय समितिमा घटनास्थलबाट मृतकहरूका हतियार र बन्दोबस्तीका सामान पनि बरामद भएको दाबी गरिन् । सेनाको ४ नम्बर बाहिनीले घटनाका सम्बन्धमा गरेको छानबिनमा त्यही देखिएको उनको जिकिर छ । गत २६ फागुनमा आरक्षभित्र काउलो टिप्न गएका सुर्खेत हरिहर- २ का अमृता विक, देवीसरा विक र उनकी १२ वर्षीया छोरी चन्द्रकलालाई सेनाले गोली हानी मारेको थियो । श्रीमती देवीसरा, छोरी चन्द्रकला र बुहारी अमृता गुमाएका कृष्ण अहिले पनि सेनाको हिरासतमा छन् । सेनाले नियन्त्रणमा लिएर बलात्कारपछि तीनैजना महिलाको हत्या गरेको आरोप स्थानीय बासिन्दाले लगाइरहेका छन् । रक्षामन्त्री र सेनाले दोहोरो गोली हानाहानमा महिलाको मृत्यु भएको दाबी गरे पनि घटनास्थलमा १२ वर्षीया बालिकाको पेन्टीसमेत बाहिर भेटिएको थियो । 'गोली हानाहान भएको भए घाउ पो लाग्थ्यो, भित्री वस्त्र चौरमा आयो कसरी ?' स्थानीय बासिन्दाको भनाइ छ । घटनाको ८ दिनपछि संसदीय समितिमा उपस्थित मन्त्री भण्डारीले भने मृतकहरूको बलात्कार नभएको दाबी गरिन् । 'बलात्कारपछि हत्या गरिएको भन्ने कुरा आएपछि पुनः पोस्टमार्टम गरिएको छ । तर, त्यो रिपोर्टमा पनि बलात्कार भएको देखिएको छैन,' उनले भनिन् । तर, सात दिनपछि पुनः पोस्टमार्टम हुँदा लास कुहिएर गन्हाइसकेकोले बलात्कार भए-नभएको पुष्टि हुन नसकेको जानकारी फरेन्सिक विशेषज्ञको छ । पहिलो पोस्टमार्टम भने सेनाले एक्लै गराएको थियो । तर, मन्त्री भण्डारीले भने आरक्षभित्र चोरी-सिकारी भइरहेको सूचना आएपछि गस्तीमा गएको सेना र वन सुरक्षाकर्मीको संयुक्त टोलीले सिकारी महिलाहरूलाई फेला पारेको बताइन् । 'सिकारीहरूको समूहबाटै पहिलो फायर खोलिएपछि सेनाले जवाफी फायर गरेको हो,' उनले भनिन् । सभासद्हरूले भने मन्त्री भण्डारीको भनाइप्रति असहमति जनाउँदै सरकार र सेनाको चर्को आलोचना गरे । मारिएका दलित महिला सिकारी भएको र उनीहरूबाटै पहिलो फायरिङ भएको भन्ने रक्षामन्त्रीको भनाइ तथ्यहीन भएको भन्दै समितिमै सभासद्हरूले आक्रोश व्यक्त गरे । सेनाले महिलाहरूको बलात्कारपछि हत्या गरेको सभासद्हरूको आरोप थियो । 'मृतक महिलाहरू न सिकारी हुन् न उनीहरूसित हतियार नै थियो । उनीहरूको अपराध भनेको गरिब र विपन्न हुनु मात्रै हो,' बैठकमा बोल्दै सभासद् मंगल विकले भने, 'सेनाले महिलाहरूलाई भोग गरेर हत्या गरेको हो ।' हत्या गर्ने सैनिकहरूले नै घटनाको छानबिन गर्दै छ भनेर रक्षामन्त्रीले भन्दा 'आफैं झाँक्री, आफैं बोक्सी'को उखान चरितार्थ भएको उनले बताए । सभासद् शारदा नेपालीले घटनास्थलमा मृतकहरूबाट हतियार र सुकुटी भेटियो भन्ने रक्षामन्त्री भण्डारीको भनाइ पूरै गलत भएको दाबी गरिन् । हत्या गरिसकेपछि सेनाले नै हतियार र सुकुटी मृतकहरूको छेउमा राखेको उनले बताइन् । 'सेनाले सुकुटी र भरुवा बन्दुक पनि आफैं राखेको हो, अनि हवाईफायर पनि आफैंले गरेको हो,' उनले भनिन् । सरकारले तलबभत्ता खुवाएर राखेको सेनाले सर्वसाधारणमाथि 'साँढे'को जस्तो व्यवहार गर्ने गरेको आरोप उनले लगाइन् । सभासद् विनोद पहाडीले सेनाले मानवअधिकारकर्मीहरूलाई समेत घटनास्थलमा जान नदिएर थप शंका उत्पन्न भएको बताए । 'घटनाको हप्ता दिन बित्दासमेत सरकार किन मौन बस्यो ?' उनले मन्त्री भण्डारीसित प्रश्न गरे, 'तपाईं मन्त्री मात्र होइन, एउटी महिला हो र आमा पनि हो, एउटी १२ वर्षकी बालिकाले हतियार बोकेर सिकार खेल्न गइन् भनेर तपाइं कसरी पत्याउनुहुन्छ ?' तर उनको प्रश्नको जवाफ मन्त्री भण्डारीले दिइनन् । सभासद् पुरन दयालले पुरुषलाई कब्जामा लिएर महिलालाई मात्रै गोली हान्नुले पनि घटनालाई थप रहस्यमयी बनाएको बताए । परिवारका तीनजना मारिएर विक्षिप्त भएका पीडितलाई उल्टै पक्राउ गरेर सरकारले मानवीय संवेदनासमेत नदेखाएको उनले बताए । छानबिन समिति यसैबीच सरकारले बर्दिया घटनाबारे छानबिन गर्न सहन्यायाधिवक्ता सरोज गौतमको संयोजकत्वमा तीनसदस्यीय छानबिन समिति बनाएको छ । समितिमा वन मन्त्रालयका सहसचिव र रक्षा मन्त्रालयका उपसचिव सदस्य रहेका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले छानबिन समिति गठन गरेको गृहमन्त्री भीम रावलले बताए । त्यस्तै, मृतकहरूको काजकिरिया गर्न प्रतिव्यक्ति २५ हजार रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको उनले बताए । सभासद्हरूका दस प्रश्न जसको रक्षामन्त्रीले जवाफ दिइनन् १) मन्त्रीज्यू तपाईं एउटी आमा पनि हो । भन्नोस्, कुनै १२ वर्षीया बालिका मध्यराति हतियार बोकेर जंगलमा चोरी-सिकारी गर्न जान सक्छे ? २) सरकारले तलबभत्ता खुवाएर सेनालाई 'साँढे’ बनाएर जंगलमा छाडिएको हो कि जनता र देशको सुरक्षा गर्न ? ३) मारिएका महिला भित्री वस्त्रसमेत खोलिएको अवस्थामा फेला परेका छन् । गोली हान्दा भित्री वस्त्रसमेत कसरी खुले ? कसरी जंगलमा छरपस्ट भए ? ४) आफ्नै परिवारका तीनजना मारिएका पीडितलाई पक्राउ गर्नुपर्ने हो कि मान्छे मार्नेलाई ? ५) घटनास्थलमा रहेका एकजना पुरुषलाई पक्राउ गर्नसक्ने सेनाले महिलाहरूलाई मात्रै किन गोली हानेर मार्यो ? हतियारले सुसज्जित त्यत्रो सेनाले उनीहरूलाई पनि गोली नहानेर पक्राउ गर्न सक्थ्यो नि ? ६) मन्त्रीज्यू तपाईंले भनेजस्तै मारिनेहरू चोरी-सिकारी गर्ने हुन् कि चोरी-निकासी गर्ने हुन् ? चोरी-सिकारी र चोरी-निकासीमा धेरै फरक छ ? ७) सेना र प्रहरीसित जोडिएर जे-जति घटना भएका छन्, ती सबैमा उल्टै पीडितहरू मात्रै किन थप पीडित बन्छन् ? ८) घटना भएको एक हप्तासम्म सरकार किन बोलेन ? बर्दियाको घटनाका बारेमा सरकारलाई सूचना आउन यति समय लाग्छ ? ९) मन्त्रीज्यू तपाईं मन्त्रीसँगै महिला पनि हो । महिलामाथि यत्रो दुःखद् घटना हुँदा तपाईं हप्ता दिनसम्म मौन बस्न कसरी सक्नुभयो ? १०) मारिनेहरूमा अपांग पनि छन् । अपांगहरू हतियार बोकेर चोरी-सिकारी गर्न मध्यराती जंगल जान सक्छन् ? इन्सेक र एड्भोकेसी फोरमको स्थलगत प्रतिवेदन अनुगमनबाट प्राप्त तथ्यः घटनास्थल हरिहरपुर गाविस १, २ र ३ नम्बर वडाका जनताको गौचरन, घाँसदाउरा काट्ने र जडीबुटी संकलन गर्ने क्षेत्र रहेको पाइयो । सीमारेखादेखि दक्षिणपट्टिको भाग निकुन्ज क्षेत्रमा पर्ने भए पनि उत्तरतर्फको भाग हरिहरपुरवासीको जंगल क्षेत्रमा रहेको कारण सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्न सजिलो भएको पाइयो । हरिहरपुर गाविस-२ कप्सेरीका बलदेव गिरी, उनका छोरा भक्तराज गिरी, रत्नबहादुर विक, तुलबहादुर विक ०६६ फागुन २३ गतेदेखि काउलो काट्न बाँसपानी कालिकास्थानको जंगल क्षेत्रमा बसेको पाइयो । जीवन गुजाराका लागि प्रतिकेजी रु. २३ पर्ने काउलो काट्न तथा सुकाएर ल्याउन गएका उनीहरूसँग हँसिया, बन्चरो र बसुलाबाहेकको हतियार केही नभएको पाइयो । आफ्ना पुरुष आफन्तहरूले काटेको काउलो लिन ०६६ फागुन २६ गते साँझ तुलबहादुरकी पत्नी देवीसरा, छोरी चन्द्रकला, रत्नबहादुरकी पत्नी अमृता र बलदेवको छोरी भूमिसरा साँझ ६ बजेको समयमा बाँसपानी पुगेको र सोही दिन राति करिब पौने नौ बजे सो क्षेत्रमा वनरक्षक र सेनाको टोली पुगेको पाइयो । गाउँले बसेको स्थान नजिक पुग्नासाथ सेना र वनरक्षकको टोलीले माथिबाट मुढा फ्याँकेको र टर्च बालेर हवाई फायरिङ गर्दै भागिस् भने मर्छस् भनेको पाइयो । सेनाले हवाईफायरिङ गरेपछि त्यहाँ रहेका पुरुषहरू भागेको र महिलाहरू ओडारमा लुकेको पाइयो । हवाईफायरिङबाहेक सो रात जंगलमा कुनै फायरिङ नभएको र २७ गते दिउँसो मात्र पुनः फायरिङको आवाज सुनिएको गाउँलेले बताए । ओडारमा लुकेका महिलाहरूलाई सेना र वनरक्षकहरूको टोलीले घेरा हाली नियन्त्रणमा लिई रहस्यमय हत्या गरेको पाइयो । मृतकहरूको लास ०६६ फागुन २७ गते सेनाको थप टोलीसमेत घटनास्थलमा आई उठाएर लगेको पाइयो । मृतक महिला र भागेका पुरुषहरूसँग सेनालो बताएजस्तो सिकार खेल्न प्रयोग हुने बन्दुकलगायतको हतियार नरहेको र सिकारमा प्रयोग हुने प्रकृतिका अन्य कुनै पनि साधन पनि नरहेको पाइयो । सो क्षेत्रमा यसअघि हालसम्म सेनाको गस्ती नआएको र स्थानीयवासीले सो क्षेत्र वरपर गौचरन र घाँसदाउरा काट्ने गरेको पाइयो । सेनाको अनुमतिबाटै बाँसपानीदेखि २ किलोमिटर दक्षिणमा पर्ने बसाह भन्ने स्थानबाट हरिहरपुर गाविस-२ र ३ का जनाताले खानेपानीसमेत ल्याएको पाइयो। स्थानीयवासीसँगै अनुगमन टोली घटनास्थलमा पुग्दा बाँसपानीमा हरिहरपुर-२ र ३ का जनताका गाईबाख्रा चरिरहेको पाइनुले पनि त्यस स्थानसम्म त्यहाँका जनता सहजै आउनेजाने गर्दथे भन्ने कुरा पुष्टि गरेको छ । घटनाका रहस्यहरू घटनास्थलमा छरपस्ट अवस्थामा मृतकका कपडा भेटिनु, दिसा र रगत देखिनु, उनीहरूले ओढ्न-ओछ्याउन लगेको कपडा अन्यत्रै लगेर जलाइदिएको पाइनु, घटनामा भागेर ज्यान जोगाएकाहरूले हवाईफायरिङबाहेक गोली प्रहार भएको आवाज नआएको बताउनु, तीनजनाको गोली प्रहारद्वारा हत्या हुँदा तीनवटा फरक ठाउँमा रगत हुनुपर्नेमा एक ठाउँमा थोरै मात्र रगत लागेको देखिनु, स्थानीयवासीले २७ गते दिउँसो १ बजेको समयमा गोलीको आवाज आएको बताउनु, २७ गते तेलपानीको बाटो हुँदै शव लैजाँदा आलो रगत पाइनु, घटनाबाट जोगिएर भागेकाहरूले मृतक बालिकाको चित्कार सुनेको बयान दिनु, घटनाबाट ज्यान जोगाएर भागेका रत्नबहादुर विकले घटनास्थलमा फेला परेको पेटिकोट देवीसराको, कुर्तासुरुवाल आफ्नी पत्नी अमृताको तथा पेन्टी र सल चन्द्रकलाको हो भन्ने दाबी गर्नु, पुरुषहरू भागिसकेपछि भागेकामाथि गोली प्रहार नभई लुकेर बसेकाहरूमाथि गोली प्रहार हुनु, नियन्त्रणमा लिन सकिने अवस्था हुँदाहँदै हत्या गरिनु, नियन्त्रणमा लिएका पुरुष सकुसल रहनु, सेनाले गाउँलेसँग हतियार थियो र फायरिङसमेत भएको थियो र घटनास्थलमा तीनथान भरुवा बन्दुक फेला परेको भनी झुटो दाबी गर्नु, सेनाले लास सर्वसाधारणलाई हेर्न र सञ्चारकर्मीहरूलाई तस्बिर लिनसमेत नदिनु, पोस्टमार्टम रिपोर्ट ढिला गरेर सार्वजनिक गरिनु, पोस्टमार्टमपूर्व मृतकका आफन्तहरूलाई लास हेर्नसमेत नदिइनु, मृतकहरूको शरीरको कुन भागमा कतिवटा गोली लागेको छ भन्ने सार्वजनिक नगरिनु, घटनास्थलमा फेला परेको भनिएको बन्दुक सेनाले सार्वजनिक नगर्नु, घटनाको सम्बन्धमा सेनाको फरक-फरक भनाइ आउनु आदिले घटनालाई रहस्यमय बनाएको छ । निष्कर्ष यस घटनाका सम्बन्धमा प्रकाशित सामग्रीहरूको अध्ययन, स्थलगत अनुगमनका क्रममा पाइएका तथ्यहरू, घाइते, प्रत्यक्षदर्शी, घटनाबाट ज्यान जोगाएर भागेका व्यक्तिहरू, स्थानीय नागरिक समाज, राजनीतिक दल, गाउँले, सामाजिक कार्यकर्ता, बर्दिया राष्ट्रिय निकुन्जका वार्डेन प्रमुख टीकाराम अधिकारी, गणपति प्रकाश देउजासँगको कुराकानी तथा छलफलबाट टोली घटनामा मारिएका एक बालिका र दुई महिलालाई वनरक्षक र सेनाको संयुक्त टोलीले नियन्त्रणमा लिएर रहस्यमय हत्या गरेको निष्कर्षमा पुगेको छ । नेपाल सरकारद्वारा वन्यजन्तु ऐनअनुसार संरक्षित गरिएको राष्ट्रिय निकुन्ज परिसरमा सर्वसाधारणहरू प्रवेश गरी कैयौँ दिन रात बिताउनु र जंगलबाट जडीबुटीजन्य वस्तुहरू संकलन तथा आयात-निर्यात गर्नु कानुनविपरीत भए पनि र निकुन्ज क्षेत्रको सुरक्षार्थ खटिएका वनरक्षक र नेपाली सेनालाई निकुन्ज परिसरमा अवैध प्रवेश गरेकाहरूमाथि बल प्रयोग गर्न सक्ने कानुनी अधिकार भए पनि मारिएका बालिका र महिलालाई नियन्त्रण लिई हत्या नगर्दा सुरक्षाटोलीलाई कुनै खतरा हुने र अपि्रय घटना हुन सक्ने अवस्था सो घटनास्थलको अनुगमनबाट पाइएन । त्यस्तै, सेनाले सो घटनामा गाउँलेलाई आत्मसमर्पणको प्रयास गराउने, निशस्त्र हुन आह्वान गर्ने र घाइते मात्र बनाउने किसिमको सुरक्षा-विधि नअपनाई शक्तिको दुरुपयोग गरी निहत्था महिला र बालिकालाई नियन्त्रणमा लिएर रहस्यमय हत्या गरेको देखिन्छ । तसर्थ यो घटनामा सेनाले मानवअधिकारको उल्लंघन गरेको अनुगमन टोलीको ठहर छ
chanty399 · Mar 18, 2010 1:18 AM
कानुन नभएको राज्य हो, साथीहो हाम्रो देश नेपाल | दण्डहीनता नै यहाको नियम कानुन हो | बसडाइभर ले मान्छे किचोस, पुलिस ले जनता पिटोस, आर्मी ले बलात्कार गरोस, हाकिम कर्मचारी ले घुस खाउन, संसद, नेता , मन्त्रि ले भ्रस्टाचार गरुन ,,,,कसैलाई केहि कारबाही हुदैन | खै अहिले सम्म कति मन्त्रि, प्रधानमन्त्री,हाकिम , जर्नेल, कर्नेल जस्ता गधाहरुले भ्रस्टाचार गरेको, घुस खाएको मा जेल गएका छन्, कि कसैले गरेकै छैन | तेत्रो १२ बर्से माओबादी को कथित् जनअन्दोलन अनी १९ दिन को जनअन्दोलन-२ का कुनै अपराधीहरुलाई कारबाही भो | अझ नया नेपाल को गणतान्त्रिक सरकार रे , गणतान्त्रिक सरकार my ass...................................................ति आफन्त मारिने बिचरा टुहुरा नानीहरुको आसुको श्राप लाग्छ त्यो हत्यारा नेपाली सेनाहरुलाई, साला औठाछापे , कुकुरहरुको फौज |
planB · Mar 18, 2010 9:12 AM
सेनाले झुटो बोल्योः आयोग प्रतिवेदन By Salokya, on April 1st, 2010 बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी क्षेत्रमा गएको फागुन २६ गते एक बालिका र दुई महिला सेनाको गोली लागी मरेको घटनासम्बन्धमा छानबिन गर्न गठित राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सेनाले झुटो बोलेको प्रतिवेदन दिएको छ। सेनाले शिकारीहरुले आफूमाथि गोली हानेपछि प्रतिकारस्वरुप गोली हानेको बताएको थियो। प्रतिवेदनमा लेखिएको छ- निजहरू हातहतियार सहित चोरीशिकारी कार्यमा संलग्न रहेको भन्ने कुनै आधार देखिएन। सेनाले प्रतिरक्षाका लागि गोली चलाएको भनी झुटो विवरण सार्वजनिक गरेको त्यसमा लेखिएको छ। मारिएका तीनै जनालाई पछाडिबाट गोली लागेको पनि प्रतिवेदनमा छ। प्रतिवेदनमा उनीहरुको बलात्कार भएको पुष्टि हुने कुनै प्रमाण फेला नपरे पनि गुप्ताङको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको बुझिएकोमा त्यसको प्रतिवेदन हालसम्म उपलब्ध हुन सकेको, प्रमाणहरु नष्ट पारिएको उल्लेख छ। प्रतिवेदनमा दोषीलाई नियमित अदालतमा फौजदारी मुद्दा चलाउन सिफारिस गरिएको छ। होला त यस्तो सिफारिस कार्यान्वयन? हेर्नुस् प्रतिवेदनको पूर्ण विवरण- राष्ट्रिय मानवअधिकार आयोग हरिहरभवन, ललितपुर बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी क्षेत्रमा २०६६ फागुन २६ गते एक बालिका र दुई महिलालाई नेपाली सेनाको ज्वालादल गणबाट खटिएको गस्ती टोलीद्वारा मारिएको घटनाको सङ्क्षिप्त अनुसन्धान प्रतिवेदन मिति २०६६/१२/१९ १. पृष्ठभूमि नेपाली सेनाको ज्वालादल गण ठाकुरद्वाराबाट बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिई गएको गस्ती टोलीले चलाएको गोली लागी मिति २०६६ फागुन २६ गते राती करिब ८.३० बजे सुर्खेत जिल्ला हरिहरपुर गाविस वडा नं.– २ कप्सेरा गाउँ निवासी देवीसरा विक, अमृता विक र बालिका चन्द्रकला विक समेत तीन महिलाको बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी इलाकामा मृत्यु भएकोे घटनाका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा समाचार विवरण प्रकाशित भएको थियो। सो घटनाको गम्भिरताको आधारमा आयोगको स्वविवेकमा उजुरी ग्रहण गरी आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले मिति २०६६ फागुन २८ देखि २०६६ चैत ६ गतेसम्म अनुसन्धान गरेको थियो। आयोगको टोलीले अनुसन्धानको सिलसिलामा घटनास्थलको स्थलगत अवलोकन, बर्दिया राष्टिय निकुञ्जका कर्मचारीहरू, गस्ती टोलीमा संलग्न व्यक्तिहरू, नेपाली सेना ज्वालादल गण ठाकुरद्वाराका प्रमुखलगायत गणका उच्च अधिकारीहरू, घटनाका प्रत्यक्षदर्शी एवम् मृतकहरूका आफन्तहरू, सुर्खेत जिल्लाको हरिहरपुरका स्थानियबासी, जिल्ला अस्पताल बर्दियाका चिकित्सकलगायतका व्यक्तिहरूसँग घटनाका बारेमा बुझ्ने कार्य गरेको थियो। आयोगको टोलीले घटनास्थल र लाशजाँच मुचुल्का तयार गर्ने प्रहरी कर्मचारीहरू, नागरिक समाजका प्रतिनिधिहरू, लगायत घटनासँग सरोकार राख्ने व्यक्तिहरूबाट समेत घटनाको तथ्य सङ्कलन एवम् तथ्यहरूको विश्वसनियता जाँच गर्ने कार्य गरेको छ। आयोगद्वारा काठमाडौबाट पठाइएका त्रि.वि. शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञबाट मृतकहरूको शवको थप अवलोकन तथा पोस्टमर्टम गरिएको छ। अनुसन्धानका क्रममा बर्दिया जिल्ला अस्पतालका चिकित्सकद्वारा गरिएको पोस्टमर्टम प्रतिवेदन, फरेन्सिक विशेषज्ञद्वारा गरिएको थप पोस्टमर्टमको प्रतिवेदन एवम् प्रहरीद्वारा गरिएको घटनास्थल एवम् लाश जाँच मुचुल्का समेतको अध्ययन गरिएको छ। यसक्रममा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय बर्दिया, जिल्ला प्रहरी कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज समेतमा पत्राचार गरी घटनाका सम्बन्धमा जानकारी माग गरिएको थियो। २. घटनास्थलको विवरण पूर्वपश्चिम महेन्द्र राजमार्गको आम्वासा अम्रेनीदेखि झन्डै ३०–३५ किलोमिटर उत्तरपूर्व सुर्खेत जिल्लाको हरिहरपुर गाविसकोे सिमानामा रहेको बर्दिया जिल्लाको नेउलापुर गाविस अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको बाँसपानी भन्ने स्थानमा घटना भएको पाइयो। घटनास्थलमा एउटा टहरा, सो टहराभित्र एउटा चुल्हो, टहरा माथि अमृसोका कुच्चाहरू, नाङला बनाउने काममा आउने बाँसको चोयाका ५ वटा मुठ्ठाहरू, प्लास्टिकका ७ वटा बोरीहरू, प्लाष्टिकका चप्पलहरू ३ वटा, कलेजी रङको सल १ वटा, गुलावी रङका सुरुवाल–१, सुरुवालमा दिसा रहेको, निलो पटुका–१, पटुकामा रगत लागेको, पटुकामा बाँधिएको थैलीमा रु ५ को नोट, तामाको पैसा, टाँक, धागो, जडीबुटी, राना प्याथोलोजी सुर्खेतमा देवीसरा बिकको स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन, घटनास्थलको दक्षिण पश्चिममा अर्को चुल्हो, पुरानो छिर्विरे रङको कम्बल, बोक्रा झिकेका रुखका हाँगाहरू, घटनास्थलको पश्चिमतर्फ माथिल्लो भागमा पानी खाने प्लास्टिकको बोतलमा आधा पानी रहेको, गुलावी रङको सल थान १, गोल्डेन सुर्तिको खाली पाकेट, पूर्व दक्षिणतर्फ करिब १५/२० मिटर तल कालो रङको कुकुर गोली लागी मृत अवस्थामा रहेको थियो। त्यसको नजिक खानेपानीको मूल रहेको, घटनास्थल पश्चिम, उत्तर र दक्षिणतर्फ डाँडा तथा ठूला ढुङ्गाले घेरेको ओडारजस्तो भएको, पूर्वतर्फ खुला रहेको अवस्थामा रहेको। घटनास्थलको वरिपरि करिब १०० मिटरको दूरीभित्र गाइगोरुहरू चरीरहेका र सो स्थानबाट झण्डै आधा घण्टाको दूरीमा गाउँ रहेको हुँदा उक्त क्षेत्र निकुञ्ज संरक्षित क्षेत्र हो वा मध्यवर्ति क्षेत्र वा पूर्णरूपमा निषेधित क्षेत्र भन्ने यकिन गर्न नसकिने अवस्था रहेको। ३. अनुसन्धानबाट प्राप्त तथ्यहरू सुर्खेत जिल्ला हरिहरपुर गाविस वडा नं.२, कप्सेरा निवासी कृष्णबहादुर बिक, दुर्गाबहादुर बिक, बलदेव गिरी र भूपराज गिरीसमेत ४ जना पुरुषहरू काउलोको रुखको बोक्रा काट्न भनी घटना हुनुभन्दा ४ दिन अगाडि (२०६६/११/२२ गते) बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बाँसपानी इलाकामा गएको र यस क्रममा निजहरूले उक्त स्थानमा पानीको मूल नजिक पर्ने स्थान छानेर अस्थायी टहरामा बसेको बुझियो। निजहरूमध्ये कृष्णबहादुर विककी श्रीमती देवीसरा बिक र छोरी चन्द्रकला बिक तथा भाइबुहारी अमृता बिक, भूमिसरा गिरीसमेत ४ जना पहिले आएका व्यक्तिहरूले काटेर राखेको काउलोको रुखको बोक्रा लिनका लागि भनी मिति २०६६/११/२६ गते घटना हुनुभन्दा २–३ घण्टाअघि मात्र घटनास्थलमा पुगेको बुझियो। मिति २०६६/११/२६ गते राती ८.०० बजे घटनास्थलको पश्चिम दक्षिणतर्फबाट नेपाली सेनाको ज्वाला दल गण ठाकुरद्वाराबाट खटिएको उपसेनानी सुवोध कुवँरको नेतृत्वमा १५ जनाको सङ्ख्यामा रहेका नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जका ४ जना गरी जम्मा १९ जनाको टोली घटनास्थलमा पुगेको बुझियो। सुरक्षाकर्मीहरूले टहरोमा रहेका मानिसहरूलाई ‘भागिस् भने मर्लास्’ भनेको तर त्यसको लगतै एक्कासी गोली चलाएको बुझियो। त्यसबाट देवीसरा बिक, अमृता बिक र चन्द्रकला बिकलाई पछाडिबाट गोली लागेको, देवीसरा बिक र चन्द्रकला बिकको गोली लाग्नसाथ तत्काल मृत्यु भएको र अमृता बिकको गोली लागेको केही समयपछि मृत्यु भएको बुझियो। दुर्गाबहादुर बिक, बलदेव गिरी, भूमिसरा गिरी र भूपराज गिरी गोली चल्नासाथ घटनास्थलबाट भाग्न सफल भएको र मृतक देवीसरा बिकका श्रीमान् तथा चन्द्रकला बिकका बाबु कृष्णबहादुर बिक घटनास्थलमा नै पक्राउ परी निकुञ्जको हिरासतमा राखिएकोमा मिति २०६६/१२/४ मा निजलाई रिहा गरिएको पाइयो। घटनामा नेपाली सेनाको तर्फबाट १३ राउन्ड गोली चलाइएको भन्ने नेपाली सेना ज्वालादल गणको भनाई रहेको पाइयो। मृतकहरूको लाशको प्रकृति हेर्दा मृतक देवीसरा बिकलाई पछाडिबाट एक गोली लागेको अत्यधिक रक्तश्रावको कारण मृत्यु हुन गएको, मृतक अमृता बिकलाई पछाडि ढाडबाट मुटुमा एक गोली लागी अत्याधिक रक्तश्रावका कारण मृत्यु हुन गएको र मृतक चन्द्रकला बिकको टाउकोको पछाडि भागमा गोली लागी दाहिने आँखाबाट निस्केको र बाँया हातको कुहिनोको जोर्नीमा गोली लागेकोमा अत्याधिक रक्तश्रावका कारण मृत्यु हुन गएको भन्ने पोस्टमर्टम रिर्पोट समेतको अध्ययनबाट स्पष्ट हुन आएको छ। सो घटनाका बारेमा बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयबाट मिति २०६६/११/२८ गते जारी प्रेस विज्ञप्तिमा बाँसपानी ईलाकामा मिति २०६६/११/२६ गते ठाकुरद्वाराबाट खटिई गएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ ज्वालादल गण ठाकुरद्वारा ब्यारेकको संयुक्त टोलीले गस्ती गर्दै जाँदा अपरान्ह करिब ५ बजेको समयमा पुरनपुर खोलामा बन्दुक फायर भएको र साँझ करिब ६ः३० बजेको समयमा बसाहा क्षेत्रमा फायर भएकोले निकुञ्ज भित्र बन्यजन्तुको चोरी शिकारी नियन्त्रणको लागी चोरीशिकारीको खोजतलास र निगरानी गर्दै जाँदा साँझ करिब ८.०० बजेको समयमा बाँसपानी क्षेत्रमा ५/६ जना हतियारसहित देखापरेकाले निजहरूलाई हतियार फाल्ने चेतावनी दिँदा उल्टै गस्ती टोलीले आत्मरक्षाको लागि बाध्य भई गोली चलाउँदा केही मानिसहरू रोईकराई गरेको र केही मानिस भागेकोले तत्काल फायर स्थगित गरी घटनास्थल जाने क्रममा शिकारीहरूले ल्याएको शिकारी कुकुरले गस्ती टोलीलाई आक्रमण गर्न आएकाले सो कुकुर समेत मारी घटनास्थल गई हेर्दा दुई महिलाको दुःखद मृत्यु भएको एक महिला घाइते अवस्थामा फेला पारेकाले तत्काल प्राथमिक उपचार गर्ने क्रममा निजको पनि मृत्यु भएको साथै सोही स्थानमा एकजना पुरुष फेला पारी नियन्त्रणमा लिएको, सो स्थानमा तीन थान भरुवा बन्दूक, केही गोली, बारुद लगायतका बन्दोबस्ती सामान फेला परेको भन्ने समेत व्यहोरा उल्लेख भएकोमा कुनै सबुत प्रमाणबाट पुष्टी हुन सकेन। हालसम्मको अध्ययनबाट उक्त घटनामा परेका महिलाहरूमाथि बलात्कार भएको भन्ने सम्बन्धमा विश्वासनीय प्रमाण फेला नपरेको र भेजाइनल स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको बुझिएकोमा त्यसको प्रतिवेदन हालसम्म उपलब्ध हुन सकेको छैन। आयोगको अनुसन्धान टोलीले घटनास्थलको अवलोकन गर्दा घटनास्थलमा केही काउलोका बोक्राहरू सङ्कलन गरेको पाइयो। बर्दिया राष्ट्रिय निकुञ्जबाट घटनास्थलको स्थितिबारे सङ्कलन गरी आयोगलाई प्राप्त भएका तस्बिरहरूमा ३ वटा बन्दुकहरू यत्रतत्र फरक फरक स्थानमा फरक फरक अवस्थामा छरिएर रहेको अवस्थामा रहेको, खुकुरी समेत रहेको, लाशहरू घटनास्थलमा अस्वाभाविक रुपमा मिलाएर राखिएको देखिनु र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्राप्त बरामदी भएका भनिएका सामाग्रीहरू आयोगलाई देखाउँदा खुकुरी नपाइएको, प्रहरीले खिचिएको फोटोमा बन्दुकहरू एकै स्थानमा अस्वभाविक रुपमा राखिएको अवस्थामा रहेको पाइयो। अम्रेनीदेखि बाँसपानीसम्म झण्डै ७ घण्टाको पैदल अनुगमनको क्रममा चोरीशिकारीहरू बस्ने टहरा खाना पकाउने चुल्हा तथा मासु सुकाउने भाँटाको टँाडहरू ४/५ स्थानमा रहेको तथ्यहरू पाइयो। पक्राउ परेका कृष्णबहादुर बिक चोरीशिकारी र हातहतियारसम्बन्धी मुद्दामा संलग्न नरहेको सर्वसाधारण व्यक्ति रहेको भनी जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख, राष्ट्रिय दलित आयोगका सदस्य तथा विभिन्न राजनीतिक दल र नागरिक समाजका प्रतिनीधिहरू समेतको उपस्थितिमा मिति २०६६/१२/४ मा भएको सहमतिको कागजमा उल्लेख भएको पाइयो। अनुसन्धानको क्रममा तत्काल घटनास्थलमा पुग्ने प्रत्यक्षदर्शीबाट समेत घटनस्थलमा बन्दुक नदेखेको भन्ने भनाई रहेको पाइयो। मृतकहरूमध्ये देवीसरा बिक कृष्णबहादुर बिककी श्रीमती र चन्द्रकला बिक कृष्णबहादुर बिककी छोरी तथा देवीसरा बिक कृष्णबहादुर बिककी भाइबुहारी नाता पर्ने व्यक्तिहरू रहेको पाइयो। मृतकहरू दलित समुदायका व्यक्तिहरू रहेका आर्थिक अवस्था निकै कमजोर रहेको, न्युन आयस्रोत भएको, जग्गा जमिन ५ कठ्ठा जति रहेको, उब्जनीबाट बर्षभरि खान नपुग्ने, कृष्णबहादुर बिकले फलामका आँसी कोदाला बनाउने काम गर्दै आएका, जीविकोपार्जनका लागि प्रायजसो सो क्षेत्रमा गई काउलोको रुखको बोक्राहरू काट्दै सो बिक्री गरी त्यसबाट आएको रकमले खर्च चलाउँदै आएको बुझियो। प्रहरीले घटनास्थलमा गई अनुसन्धान गर्नुपूर्व नै मृतक व्यक्तिहरूको शव मिलाएर राख्ने, प्रमाणहरू हेरफेर गर्ने लगायतका कार्यहरू गस्तिटोलीद्वारा गरिएको बुझियो। ४. विश्लेषण तथा निष्कर्ष अनुसन्धानको क्रममा बुझिएका प्रत्यक्षदर्शीहरूको भनाई, मृतकका गाउँका बासिन्दाहरूको भनाई एवम् जिल्ला प्रशासन कार्यालय बर्दियामा मिति २०६६/१२/४ मा भएको सहमतिको कागजसमेत प्राप्त तथ्य प्रमाणहरूको अध्ययनबाट घटनामा मारिएका देवीसरा बिक, अमृता बिक र चन्द्रकला बिकसमेतका व्यक्तिहरू काउलोको बोक्रा सङ्कलन गर्ने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी क्षेत्रमा गएको देखिन्छ। निजहरू हातहतियार सहित चोरीशिकारी कार्यमा संलग्न रहेको भन्ने कुनै आधार देखिएन। सोही दिन नेपाली सेनाको ज्वालादल गण ठाकुरद्वाराबाट उपसेनानी सुबोध कुवँरको नेेतृत्वमा १५ जनाको सङ्ख्यामा रहेका सुक्षाकर्मीहरू र बर्दिया राष्ट्रिय निकुञ्जका ४ जना गरी जम्मा १९ जनाको टोली राती करीब ८ बजेको समयमा पश्चिम दक्षिणतर्फबाट घटनास्थलमा पुगेको देखिन्छ। बर्दिया राष्टिय निकुञ्जका कर्मचारीहरू माथितिरको पहाडतर्फ गएका र नेपाली सेनाको टोलीबाट गोली चलाउँदा एक बालिका र दुई महिलाको मृत्यु हुन गएको देखिन्छ। घटनास्थलको अवलोकन, घटनाका प्रत्यक्षदर्शी एवम् पीडितहरूको अवस्था, एटप्सी रिर्पोट र मृतकहरूको शवको अवलोकन गर्दा घटनामा मारिएका, पक्राउ परेका तथा भाग्न सफल भएका व्यक्तिहरूबाट गोली चलाइएको भन्ने तथ्यको पुष्टि हुन सकेन। पोष्टमर्टम प्रतिवेदन, घटनासँग सम्बन्धित फोटोहरू एवम् मृतकहरूको शवको अवलोकन गर्दा सबै मृतकहरूलाई पछाडिबाट गोली लागेको देखिन्छ। उपरोक्त तथ्य प्रमाणहरूको अध्ययन तथा घटनास्थल तीन दिशातर्फबाट पहाडले घेरिएको अवस्थामा रहेको पाईएकाले नेपाली सेनाको गस्ती टोलीले घटनामा निज मृतकहरूलाई नियन्त्रणमा लिन सकिने पर्याप्त अवस्था रहँदारहँदै त्यसतर्फ कुनै प्रयास नगरी, गोली चलाउनुभन्दा पहिले अवलम्बन गरिनुपर्ने प्रकृयाको पालनासमेत नगरेको देखिन्छ। आयोगको अनुसन्धानमा अत्यधिक बल प्रयोग गरी बालिकासहित तीनजनालाई मारेको देखिन्छ। प्रत्यक्षदर्शी तथा बुझिएका प्रमाणहरूको आधारमा घटनाभन्दा पहिले सुरक्षाकर्मीहरूले मृतकहरूलाई नियन्त्रणमा लिएको पाइएन। एटप्सी रिपोर्ट समेतको अध्ययनबाट मृतकहरूलाई केही दूरी टाढाबाट गोली लागेको देखिन्छ। घटनापछि घटनास्थललाई दुरुस्त राखी प्रहरीद्वारा मुचुल्कासमेत गरी प्रमाण सङ्कलन गर्नु पर्नेमा प्रहरीले सो कार्य गर्नुभन्दा पहिले नै सेनाले शवहरूलाई मिलाउने लगायतका काम गरेको पाइएकाले घटनासम्बन्धी प्रमाणहरू नष्ट गरी घटनालाई प्रतिरक्षाका लागि गोली चलाएको भन्ने झूट्ठा विवरण सार्जजनिक गरेको देखिन्छ। घटनामा महिलाहरूलाई बलत्कार भएको भन्ने सम्बन्धमा यस तथ्यलाई पुष्टि गर्ने प्रमाण पाइएको छैन। घटनामा सुरक्षाकर्मीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरक्षण ऐन, २०२९ को दफा २३ र २४ मा भएको कानुनी प्रावधानअनुरूप तोकिएबमोजिमको प्रक्रिया अवलम्बन नगरिएको र अत्यधिक बल प्रयोग गरेको देखिन आएको छ। यस घटनामा एक बालिका समेत तीनजना महिलालाई सुृरक्षाकर्मीले चलाएको गोली लागि मृत्यु भएको देखिन आएकोले नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ रहेको बाँच्न पाउने हक, नागरिक अधिकार ऐन २०१२ को दफा १२ मा उल्लेखित व्यक्तिको ज्यान वा वैयक्तिक स्वतन्त्रतासम्बन्धी हक समेतको हनन् भएको देखिन्छ। यसबाट मानवअधिकारसम्बन्धी बिश्वव्यापी घोषणापत्र १९४८ को धारा ३ तथा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ को धारा ६ मा उल्लेखित जीवनको अधिकार, त्यसैगरी, बालअधिकारसम्बन्धी महासन्धि १९८९ को धारा ३७ मा भएको व्यवस्था समेतको हनन् भएको देखिन्छ। ५. सिफारिस प्राप्त तथ्यहरूको विश्लेषणको आधारमा नेपाल सरकारलाई निम्न सिफारिस गरिएको छ : घटनामा एकजना बालिका र दुईजना महिलाहरू मारिएका र निजहरूलाई नियन्त्रणमा लिन सकिने पर्याप्त सम्भावना रहँदारहँदै अत्यधिक बल प्रयोग गरी गोली चलाउन आदेश दिने नेपाली सेना ज्वालादल गण, ठाकुरद्वारा बर्दियाबाट खटिइगएका उपसेनानी सुबोध कुवँरलगायत अन्य संलग्न व्यक्तिहरूको पहिचान गरी नियमित अदालतमा फौजदारी मुद्दा चलाउन, साथै घटनासँग सम्बन्धित सबुत प्रमाणहरू हेरफेर गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न। मृतकहरूका कानुनबमोजिमका हकवालाहरूलाई क्षतिपूर्ति स्वरूप राष्ट्रिय मानवअधिकार आयोग उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण नियमावली, २०५७ बमोजिम जनही रु. तीन लाख उपलब्ध गराउन। मृतकका बालबालिकाहरूलाई राज्यको तर्फबाट निःशुल्क शिक्षाको व्यवस्था गर्न। मृतकहरूका परिवारको आर्थिक अवस्था कमजोर भएका कारण दैनिक जीविकोपार्जनका लागि काउलोको रुखको बोक्रा काट्न गएको अवस्थामा मृत्यु भएको देखिँदा त्यस क्षेत्रका स्थानीयवासीहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन नेपाल सरकारबाट सरोकारवाला निकायहरूसँग समन्वय गरी उपयुक्त कार्यक्रमहरू सञ्चालन गर्र्न। राष्ट्रिय निकुञ्जको क्षेत्रमा यस प्रकारका घटनाहरू दोहोरिन नदिन सम्पूर्ण राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित जनशक्तिलाई आवश्यक तालिमको व्यवस्था गर्न। समाप्त
chanty399 · Apr 1, 2010 10:44 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion