Mankato Level Examination -beautiful pic

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I dont know what is this about but the pic. is cool. Who made this? Nice piece of art. source:www.dautari.org   Mankato Level Examination Share3 [Disallowed String for - ] type=text/javascript src="http://static.ak.fbcdn.net/con..."> केही समय पहिले अमेरिकाको म्यान्केटो स्थित Minnesota State University, Mankato मा नेपाली प्रोग्राम हेर्न जाने मौका मिलेको थियो। प्राय नेपाली प्रोग्राममा जांदा कुनै रमाइलो कुरा भिडियोमा कैद गरेर पाठक समक्ष बाढ्ने प्रयास गर्दछु। कार्यक्रम तालीकामा दोहोरी गित पनि थियो। यही रमाइलो प्रस्तुतीलाइ कैद गर्न समय कुरेर बसें। दोहोरी गित कैद त गरें तर दोहोरी गितको प्रस्तुती सार्है कमसल भएकोले तपाइको समय बर्बाद गर्न उचित ठानिन। दोहोरीमा महिला समुहले भने पुरुषहरुको तुलनामा राम्रो नै गरेका थिए है। हुन त उक्त कार्यक्रममा अन्य राम्रा प्रस्तुती नभएका भने होइनन। उदाहरणको रुपमा यांहा प्रस्तुत मण्डलालाई नै हरौं। तर त्रुटीपूर्ण र फितलो प्रस्तुतीले सबै रमाइला कुरा खल्लो बनाइदियो। यसो र उसो भनेर MSUका बिध्धार्थीको मनोबल गिराउन भने मेरो उदेष्य होइन,अर्को साल राम्रो प्रस्तुती गर्नुहोला,तपाईहरुको बखान गरेर पक्कै दौंतरीमा केही कोर्ने छु। अहिलेलाइ भने उक्त प्रोग्रममा सोधिएका प्रश्न र कार्यक्रम तालिकामा लेखिएका सामाग्री तपाइहरु समक्ष राख्दैछु। तपाइले उक्त कार्यक्रममा भनिएका उत्तरसंग उत्तर मिलाए तपाइ पनि Minnesota State University, Mankatoबाट दिक्षान्त हुनुहुनेछ। नेपाललाइ कुन कुन देशका सिमानाले छोएका छन? नेपालको राष्ट्रिय रंग के हो? नेपाली राष्ट्रिय झण्डामा कतिबटा त्रिभुज छन? काठमाण्डौ हिउं पर्ने स्थान हो कि होइन?

sanas · Mar 12, 2010 7:34 PM · 11,344 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all