सुखको किरण छिर्दछ मनको दैलो खोलि लुक्न जान्छन दुखको बादल उदासीनता पनि आखा छोपी शुन्यता रहन्न अब न त हुन्छ मन आक्रान्त जब लालिमा चढ़छ क्षितिजमा जीवन बन्दछ शान्त आखा अगाडि लक्ष साधिन्छ पाइला सर्छ नव दिशा तर्फ " अब होश गरेस, नहटनु है " मनको आवेश र उल्लाहस कह्न्छ न अनायास नै बाटो बिराउनु न त पथभ्रमित हुनु न आखामा अज्ञानको पट्टि बाँधनु न अरुलाई लडाउनु, न आफु डगमगाउनु लक्ष : हर दिन नया आयाम रचेर बाँच्नुको सार पहिल्याउनु अन्तिम स्वास लिदा, बितेका दिन सम्झी चरम आनन्दमा लोलुप्त हुनु please check out www.charikochiribiri.blogspot.com for other poems/songs and please do comment. Thank you.
snoopy · Mar 12, 2010 5:20 AM · 10,973 views
मलाई तेती मन छुने लागेन साथी । शायद गायक ले गाये पछि राम्रो लाग्ला । दु:ख नमान्नु होला । सत्य कुरा तितो हुन्छ भन्छन ।
PeaceSoul · Mar 12, 2010 6:12 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion