http://www.mysansar.com/archiv... If it is one or two incidents, I wouldn't have blame to whole Nepalese army but we are hearing dozens of cases of Nepalese army raping child and woman specially in rural areas. so Isn't it a time to declare Nepalese army as a "RAPIST GANG"
mampakha · Mar 11, 2010 12:55 PM · 45,250 views
There is no question on that the Nepalese army is a gang of rapist.
Srijana 12 · Mar 14, 2010 8:56 AM
सेनाको गोलीले आमा मारिएपछि बच्चाको बिचल्ली शनिवार, 13 मार्च 2010 16:30 नागरिक 1 2 3 4 5 Share this Twitter Digg Del.icio.us StumbleUpon Facebook Print E-mail आमा देवीसरा र दिदी चन्द्रकलालाई गुमाएपछि तीन नाबालक। तस्विरः कलेन्द्र कलेन्द्र सेजुवाल, फागुन २९, हरिहरपुर (सुर्खेत)- काउलो ल्याउन वन गएकी आमा देवीसरा र दिदी चन्द्रकला अब कहिल्यै फर्किदैनन् भन्ने ४ बर्षीय बालक धनबहादुर बिकलाई के थाहा? उनको अनुहारभरि दुःखका रेसा स्पष्टै देखिन्छन्। सधैँजसो छरछिमेकमा खेल्न जाने उनी आजकल आफ्नो घरमा छिमेकीको भिड र रुवावासी देखेर टोलाइरहन्छन्। शुक्रबार दिउँसो नागरिककर्मी हरिहरपुर-२, कप्सेरीस्थित उनको घरमा पुग्दा छरछिम
chanty399 · Mar 14, 2010 1:12 PM
Several years ago, couple of soldiers raped a young woman who was collecting fire wood near a army barrack located by the Koshi river in Saptari district. I think she was a madhesi girl. Media did not report this incident as the location of this place was in the middle of no where. But what happened after this incident made big headlines. A few days after the rape, two soldiers were found dead due to stab wounds in their necks. Obviously, few young men from the village took the matter in their own hands and decided to carry out the verdict! No idea which two soldiers were involved in the rape, but two soldiers from the barrack lost their lives!
b.shrestha · Mar 14, 2010 4:33 PM
महिला र बालिकालाई सेनाले नियन्त्रणमा लिएर हत्याः प्रतिवेदन जे पाण्डे नेपालगन्ज, चैत्र ३ - अधिकारवादीहरुले सेना र वनरक्षकले एकसाता अघि बर्दिया राष्ट्रिय निकुञ्जको वाँसपानी कालिकास्थानको जंगलमा एक बालिका र दुईजना महिलालाई नियन्त्रणका लिइ हत्या गरेको ठहर गरेका छन् । घटनाको स्थलगत अध्ययनपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यपश्चिम क्षेत्रिय कार्यालय र एड्भोकेसी फोरमले मंगलबार नेपालगन्जमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा एउटै परीवारका अमृता, देवीसरा र उनकी छोरी १२ वर्षिया चन्द्रा विकलाई नियन्त्रणमा लिई हत्या गरेको उल्लेख छ । बर्दिया राष्ट्रिय निकुन्जका चारजना वनरक्षक र ज्वाला दल गणका १७ जना सेनाको टोलीले सुत्ने तयारी गरेका वेला करिव पाँच मिटर माथि ढीकबाट राति मुढा फ्याँकेको र टर्चलाईट बालेर 'भागिस् भने मर्छस्' भन्दै हवाई फायरिङ्ग गरेको पाइयो प्रतिवेदनमा जनाइएको छ । 'चारपटक हवाई फायरिङ्ग भयो । देवीसरा, चन्द्रा र अमृता बास बसेको स्थानको ओढारको ढुङ्गामा लुके,' प्रतिवेदन सार्वजनिक गर्दै ईन्सेकका क्षेत्रिय संयोजक भोला महतले भने- 'टर्चलाईट बाल्दै उक्त टोली महिलाहरू लुकेको स्थानलाई घेराहाली नियन्त्रणमा लिएर हत्या गरेको पाइयो ।' उक्त क्रममा १२ वर्षिया चन्द्राको चित्कार सुनिनु र घटनास्थलमा मृतक बालिका र महिलाहरूको भित्री कपडाहरू छरपस्ट अवस्थामा फेला परेका छन् । एडभोकेसी फोरमका संयोजक तथा अधिबक्ता सुशिलकुमार लाखेले भने, 'घटना स्थलमा मृतकका कपडामा रगत र दिसा लागेको देखिनुले हत्या रहस्यमय भएको छ ।'
chanty399 · Mar 16, 2010 9:55 AM
नियन्त्रणमा लिएर हत्या: स्थलगत प्रतिवेदन By Salokya, on March 16th, 2010 सुर्खेत र बर्दियाको सिमानामा पर्ने बर्दियाको बाँसपानीमा बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएका नेपाली सेनाले चलाएको गोलीबाट गत फागुन २६ गते राति एकै परिवारका तीन जनाको मृत्यु भएको घटनाको स्थलगत अनुगमन प्रतिवेदन आज सार्वजनिक गरिएको छ। सेनाले आफ्नो आधिकारिक विज्ञप्तिमा शिकारीहरुको समूहले चेतावनी दिँदादिँदै पनि गोली चलाएकोले आत्मरक्षाका लागि गोली चलाउँदा तीन शिकारीको मृत्यु भएको बताएको थियो। तर स्थगलत प्रतिवेदनले भने सेना र वनरक्षकको टोलीले नियन्त्रणमा लिएर रहस्यमय तरिकाले हत्या गरिएको बताएको छ। इन्सेक सुर्खेत प्रतिनिधि दुर्गा थापा र एडभोकेसी फोरम सुर्खेतका तेजबहादुर बोहराको टोली फागुन २८ गते स्थलगत अनुगमनका लागि घटनास्थल गएको थियो। टोलीले फागुन २८ र २९ गते घटनाको स्थलगत अध्ययन गरी अनुगमन प्रतिवेदन तयार पारेको हो। के के छ प्रतिवेदनमा ? • सेनाले दावी गरे जस्तो सो घटना दोहोरो फायरिङ्ग वा उनीहरू भाग्दै गर्दा नभई लुकेर बसेकाहरूलाई नियन्त्रणमालिएर हत्या गरिएको हो। • सेनाको गोलीबाट मृत्यु हुनेहरूमा सुर्खेत हरिहरपुर गाविस-२ की ३६ वर्षीया देविसरा विक, उनकी ३३ वर्षीया बहिनी अमृता विक र छोरी १३ वर्षीया चन्द्रकला विक । फागुन २६ गते राति करिब ८.३० बजे बर्दियाको ठाकुरद्वाराबाट गस्तीमा गएको ज्वालादल गणका नेपाली सेनाको टोलीले उनीहरूलाई गोली हानेको बुझिन आएको। • मृतकहरूको कपडाहरू छरपस्ट अवस्थामा फेला पर्नु, • उनीहरूको भित्री कपडा समेत घटनास्थलमा दिसा र रगत लागेको अवस्थामा पाइनु, • मृतकहरूले प्रयोग गरेका विछ्यौनाहरू जलाइएको पाइनु, • पोष्टमार्टमपूर्व तिनका आफन्तहरूलाई मृतकको लास हेर्न नदिइनु • संचारकर्मीहरूलाई तस्विर लिन बञ्चित गरिनु, • घटनाको सम्बन्धमा सेनाको फरक-फरक धारणा सार्वजनिक हुनु, • २७ गते लाश लैजाँदै गर्दा आलो रगत चुहिएको पाइनु, • घटनाबाट भागेर बचेकाहरूले मृतक बालिकाकोचित्कार सुनेको बताउनु, • घटना भएको भोलिपल्ट दिउँसो पुनः गाउँलेले सो स्थानमा फायरिङ्गको आवाज आएको बताउनु आदिले घटनालाई रहस्यमय बनाएको छ। राष्ट्रिय निकुञ्जभित्र अवैध प्रवेश गरेकाहरूलाई बलप्रयोग गर्न सक्ने सेनाको कानुनीअधिकार भएपनि नियन्त्रणमा लिन सकिने अवस्था हुँदाहुँदै सेनाले हदैसम्मको शक्तिको दुरूपयोगगरी निहत्था बालिका र महिलाहरूको हत्या गर्नु गैरन्यायिक भएको प्रतिवेदनमा जनाइएको छ। त्यस्तै प्रतिवेदनमा नेपाल सरकारले घटनाको यथार्थ तुरून्त सार्वजनिक गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराई पीडकहरूलाई कानुनी कारबाही गर्नुपर्ने, नियन्त्रणमा लिइएका तुलाबहादुरलाई तुरून्त बिना शर्त रिहा गर्नुपर्ने र राष्ट्रिय मानवअधिकार आयोगको उपस्थितिमा मृतकहरूको पुनः पोष्टमार्टम गरिनुपर्ने माग पनि गरिएको छ।
chanty399 · Mar 16, 2010 8:25 PM
सिकारी महिलालाई सेनाले मार्यो 18/03/2010 02:15:00खगेन्द्र पन्त Font size: रक्षामन्त्रीको क्रूर बयान काठमाडौं ठाकुरसिंह थारू, बर्दिया रक्षामन्त्री विद्यादेवी भण्डारीले बर्दिया राष्ट्रिय निकुन्जभित्र नेपाली सेनाद्वारा मारिएका तीन दलित महिला सिकारी भएको आरोप लगाएकी छिन् । कुनै आमसभामा भाषण गर्दा उत्तेजित भएर होइन, संसद्को महिला, बालबालिका र समाजकल्याण समितिले जवाफका लागि बोलाएपछि तयारीका साथ गएकी मन्त्री भण्डारीले मारिएका दलित महिलालाई सिकारी भन्दै उनीहरूमाथि सेनाले गोली चलाएको दाबी गरिन् । रक्षामन्त्री भण्डारीका अनुसार(काउलो टिप्न गएका दलित महिला) सिकारीले गोली चलाएपछि आत्मरक्षाका लागि सेनाले गोली चलाएको हो । 'आरक्षभित्र चोरी-सिकारी गरिरहेको समूहबाट पहिलो फायरिङ भएपछि सेनाको जवाफी कारबाहीमा सिकारी महिलाहरूको मृत्यु भएको हो, दुई सिकारी महिलाको तत्कालै मृत्यु भयो, एक सिकारी महिलाको उपचारका क्रममा मृत्यु भयो,' मन्त्री भण्डारीले भनिन् । घटनाको स्थलगत अध्ययन गरेका मानवअधिकारवादी संस्थाहरूले सेना र वनरक्षकले नियन्त्रणमा लिई हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको अर्को दिन रक्षामन्त्री भण्डारीले 'सिकारी महिला'को हत्या भएको दाबी गरेकी हुन् । स्थलगत अध्ययनपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यपश्चिम क्षेत्रीय कार्यालय र एड्भोकेसी फोरमले दलित महिलाई नियन्त्रणमा लिएर हत्या गरिएको प्रतिवेदन मंगलबार मात्र सार्वजनिक गरेका थिए । स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रतिवेदनमा महिलालाई नियन्त्रणमा लिएको भोलिपल्ट मात्रै हत्या भएको आशंका गरिएको छ । मन्त्री भण्डारीले भने संसदीय समितिमा घटनास्थलबाट मृतकहरूका हतियार र बन्दोबस्तीका सामान पनि बरामद भएको दाबी गरिन् । सेनाको ४ नम्बर बाहिनीले घटनाका सम्बन्धमा गरेको छानबिनमा त्यही देखिएको उनको जिकिर छ । गत २६ फागुनमा आरक्षभित्र काउलो टिप्न गएका सुर्खेत हरिहर- २ का अमृता विक, देवीसरा विक र उनकी १२ वर्षीया छोरी चन्द्रकलालाई सेनाले गोली हानी मारेको थियो । श्रीमती देवीसरा, छोरी चन्द्रकला र बुहारी अमृता गुमाएका कृष्ण अहिले पनि सेनाको हिरासतमा छन् । सेनाले नियन्त्रणमा लिएर बलात्कारपछि तीनैजना महिलाको हत्या गरेको आरोप स्थानीय बासिन्दाले लगाइरहेका छन् । रक्षामन्त्री र सेनाले दोहोरो गोली हानाहानमा महिलाको मृत्यु भएको दाबी गरे पनि घटनास्थलमा १२ वर्षीया बालिकाको पेन्टीसमेत बाहिर भेटिएको थियो । 'गोली हानाहान भएको भए घाउ पो लाग्थ्यो, भित्री वस्त्र चौरमा आयो कसरी ?' स्थानीय बासिन्दाको भनाइ छ । घटनाको ८ दिनपछि संसदीय समितिमा उपस्थित मन्त्री भण्डारीले भने मृतकहरूको बलात्कार नभएको दाबी गरिन् । 'बलात्कारपछि हत्या गरिएको भन्ने कुरा आएपछि पुनः पोस्टमार्टम गरिएको छ । तर, त्यो रिपोर्टमा पनि बलात्कार भएको देखिएको छैन,' उनले भनिन् । तर, सात दिनपछि पुनः पोस्टमार्टम हुँदा लास कुहिएर गन्हाइसकेकोले बलात्कार भए-नभएको पुष्टि हुन नसकेको जानकारी फरेन्सिक विशेषज्ञको छ । पहिलो पोस्टमार्टम भने सेनाले एक्लै गराएको थियो । तर, मन्त्री भण्डारीले भने आरक्षभित्र चोरी-सिकारी भइरहेको सूचना आएपछि गस्तीमा गएको सेना र वन सुरक्षाकर्मीको संयुक्त टोलीले सिकारी महिलाहरूलाई फेला पारेको बताइन् । 'सिकारीहरूको समूहबाटै पहिलो फायर खोलिएपछि सेनाले जवाफी फायर गरेको हो,' उनले भनिन् । सभासद्हरूले भने मन्त्री भण्डारीको भनाइप्रति असहमति जनाउँदै सरकार र सेनाको चर्को आलोचना गरे । मारिएका दलित महिला सिकारी भएको र उनीहरूबाटै पहिलो फायरिङ भएको भन्ने रक्षामन्त्रीको भनाइ तथ्यहीन भएको भन्दै समितिमै सभासद्हरूले आक्रोश व्यक्त गरे । सेनाले महिलाहरूको बलात्कारपछि हत्या गरेको सभासद्हरूको आरोप थियो । 'मृतक महिलाहरू न सिकारी हुन् न उनीहरूसित हतियार नै थियो । उनीहरूको अपराध भनेको गरिब र विपन्न हुनु मात्रै हो,' बैठकमा बोल्दै सभासद् मंगल विकले भने, 'सेनाले महिलाहरूलाई भोग गरेर हत्या गरेको हो ।' हत्या गर्ने सैनिकहरूले नै घटनाको छानबिन गर्दै छ भनेर रक्षामन्त्रीले भन्दा 'आफैं झाँक्री, आफैं बोक्सी'को उखान चरितार्थ भएको उनले बताए । सभासद् शारदा नेपालीले घटनास्थलमा मृतकहरूबाट हतियार र सुकुटी भेटियो भन्ने रक्षामन्त्री भण्डारीको भनाइ पूरै गलत भएको दाबी गरिन् । हत्या गरिसकेपछि सेनाले नै हतियार र सुकुटी मृतकहरूको छेउमा राखेको उनले बताइन् । 'सेनाले सुकुटी र भरुवा बन्दुक पनि आफैं राखेको हो, अनि हवाईफायर पनि आफैंले गरेको हो,' उनले भनिन् । सरकारले तलबभत्ता खुवाएर राखेको सेनाले सर्वसाधारणमाथि 'साँढे'को जस्तो व्यवहार गर्ने गरेको आरोप उनले लगाइन् । सभासद् विनोद पहाडीले सेनाले मानवअधिकारकर्मीहरूलाई समेत घटनास्थलमा जान नदिएर थप शंका उत्पन्न भएको बताए । 'घटनाको हप्ता दिन बित्दासमेत सरकार किन मौन बस्यो ?' उनले मन्त्री भण्डारीसित प्रश्न गरे, 'तपाईं मन्त्री मात्र होइन, एउटी महिला हो र आमा पनि हो, एउटी १२ वर्षकी बालिकाले हतियार बोकेर सिकार खेल्न गइन् भनेर तपाइं कसरी पत्याउनुहुन्छ ?' तर उनको प्रश्नको जवाफ मन्त्री भण्डारीले दिइनन् । सभासद् पुरन दयालले पुरुषलाई कब्जामा लिएर महिलालाई मात्रै गोली हान्नुले पनि घटनालाई थप रहस्यमयी बनाएको बताए । परिवारका तीनजना मारिएर विक्षिप्त भएका पीडितलाई उल्टै पक्राउ गरेर सरकारले मानवीय संवेदनासमेत नदेखाएको उनले बताए । छानबिन समिति यसैबीच सरकारले बर्दिया घटनाबारे छानबिन गर्न सहन्यायाधिवक्ता सरोज गौतमको संयोजकत्वमा तीनसदस्यीय छानबिन समिति बनाएको छ । समितिमा वन मन्त्रालयका सहसचिव र रक्षा मन्त्रालयका उपसचिव सदस्य रहेका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले छानबिन समिति गठन गरेको गृहमन्त्री भीम रावलले बताए । त्यस्तै, मृतकहरूको काजकिरिया गर्न प्रतिव्यक्ति २५ हजार रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको उनले बताए । सभासद्हरूका दस प्रश्न जसको रक्षामन्त्रीले जवाफ दिइनन् १) मन्त्रीज्यू तपाईं एउटी आमा पनि हो । भन्नोस्, कुनै १२ वर्षीया बालिका मध्यराति हतियार बोकेर जंगलमा चोरी-सिकारी गर्न जान सक्छे ? २) सरकारले तलबभत्ता खुवाएर सेनालाई 'साँढे’ बनाएर जंगलमा छाडिएको हो कि जनता र देशको सुरक्षा गर्न ? ३) मारिएका महिला भित्री वस्त्रसमेत खोलिएको अवस्थामा फेला परेका छन् । गोली हान्दा भित्री वस्त्रसमेत कसरी खुले ? कसरी जंगलमा छरपस्ट भए ? ४) आफ्नै परिवारका तीनजना मारिएका पीडितलाई पक्राउ गर्नुपर्ने हो कि मान्छे मार्नेलाई ? ५) घटनास्थलमा रहेका एकजना पुरुषलाई पक्राउ गर्नसक्ने सेनाले महिलाहरूलाई मात्रै किन गोली हानेर मार्यो ? हतियारले सुसज्जित त्यत्रो सेनाले उनीहरूलाई पनि गोली नहानेर पक्राउ गर्न सक्थ्यो नि ? ६) मन्त्रीज्यू तपाईंले भनेजस्तै मारिनेहरू चोरी-सिकारी गर्ने हुन् कि चोरी-निकासी गर्ने हुन् ? चोरी-सिकारी र चोरी-निकासीमा धेरै फरक छ ? ७) सेना र प्रहरीसित जोडिएर जे-जति घटना भएका छन्, ती सबैमा उल्टै पीडितहरू मात्रै किन थप पीडित बन्छन् ? ८) घटना भएको एक हप्तासम्म सरकार किन बोलेन ? बर्दियाको घटनाका बारेमा सरकारलाई सूचना आउन यति समय लाग्छ ? ९) मन्त्रीज्यू तपाईं मन्त्रीसँगै महिला पनि हो । महिलामाथि यत्रो दुःखद् घटना हुँदा तपाईं हप्ता दिनसम्म मौन बस्न कसरी सक्नुभयो ? १०) मारिनेहरूमा अपांग पनि छन् । अपांगहरू हतियार बोकेर चोरी-सिकारी गर्न मध्यराती जंगल जान सक्छन् ? इन्सेक र एड्भोकेसी फोरमको स्थलगत प्रतिवेदन अनुगमनबाट प्राप्त तथ्यः घटनास्थल हरिहरपुर गाविस १, २ र ३ नम्बर वडाका जनताको गौचरन, घाँसदाउरा काट्ने र जडीबुटी संकलन गर्ने क्षेत्र रहेको पाइयो । सीमारेखादेखि दक्षिणपट्टिको भाग निकुन्ज क्षेत्रमा पर्ने भए पनि उत्तरतर्फको भाग हरिहरपुरवासीको जंगल क्षेत्रमा रहेको कारण सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्न सजिलो भएको पाइयो । हरिहरपुर गाविस-२ कप्सेरीका बलदेव गिरी, उनका छोरा भक्तराज गिरी, रत्नबहादुर विक, तुलबहादुर विक ०६६ फागुन २३ गतेदेखि काउलो काट्न बाँसपानी कालिकास्थानको जंगल क्षेत्रमा बसेको पाइयो । जीवन गुजाराका लागि प्रतिकेजी रु. २३ पर्ने काउलो काट्न तथा सुकाएर ल्याउन गएका उनीहरूसँग हँसिया, बन्चरो र बसुलाबाहेकको हतियार केही नभएको पाइयो । आफ्ना पुरुष आफन्तहरूले काटेको काउलो लिन ०६६ फागुन २६ गते साँझ तुलबहादुरकी पत्नी देवीसरा, छोरी चन्द्रकला, रत्नबहादुरकी पत्नी अमृता र बलदेवको छोरी भूमिसरा साँझ ६ बजेको समयमा बाँसपानी पुगेको र सोही दिन राति करिब पौने नौ बजे सो क्षेत्रमा वनरक्षक र सेनाको टोली पुगेको पाइयो । गाउँले बसेको स्थान नजिक पुग्नासाथ सेना र वनरक्षकको टोलीले माथिबाट मुढा फ्याँकेको र टर्च बालेर हवाई फायरिङ गर्दै भागिस् भने मर्छस् भनेको पाइयो । सेनाले हवाईफायरिङ गरेपछि त्यहाँ रहेका पुरुषहरू भागेको र महिलाहरू ओडारमा लुकेको पाइयो । हवाईफायरिङबाहेक सो रात जंगलमा कुनै फायरिङ नभएको र २७ गते दिउँसो मात्र पुनः फायरिङको आवाज सुनिएको गाउँलेले बताए । ओडारमा लुकेका महिलाहरूलाई सेना र वनरक्षकहरूको टोलीले घेरा हाली नियन्त्रणमा लिई रहस्यमय हत्या गरेको पाइयो । मृतकहरूको लास ०६६ फागुन २७ गते सेनाको थप टोलीसमेत घटनास्थलमा आई उठाएर लगेको पाइयो । मृतक महिला र भागेका पुरुषहरूसँग सेनालो बताएजस्तो सिकार खेल्न प्रयोग हुने बन्दुकलगायतको हतियार नरहेको र सिकारमा प्रयोग हुने प्रकृतिका अन्य कुनै पनि साधन पनि नरहेको पाइयो । सो क्षेत्रमा यसअघि हालसम्म सेनाको गस्ती नआएको र स्थानीयवासीले सो क्षेत्र वरपर गौचरन र घाँसदाउरा काट्ने गरेको पाइयो । सेनाको अनुमतिबाटै बाँसपानीदेखि २ किलोमिटर दक्षिणमा पर्ने बसाह भन्ने स्थानबाट हरिहरपुर गाविस-२ र ३ का जनाताले खानेपानीसमेत ल्याएको पाइयो। स्थानीयवासीसँगै अनुगमन टोली घटनास्थलमा पुग्दा बाँसपानीमा हरिहरपुर-२ र ३ का जनताका गाईबाख्रा चरिरहेको पाइनुले पनि त्यस स्थानसम्म त्यहाँका जनता सहजै आउनेजाने गर्दथे भन्ने कुरा पुष्टि गरेको छ । घटनाका रहस्यहरू घटनास्थलमा छरपस्ट अवस्थामा मृतकका कपडा भेटिनु, दिसा र रगत देखिनु, उनीहरूले ओढ्न-ओछ्याउन लगेको कपडा अन्यत्रै लगेर जलाइदिएको पाइनु, घटनामा भागेर ज्यान जोगाएकाहरूले हवाईफायरिङबाहेक गोली प्रहार भएको आवाज नआएको बताउनु, तीनजनाको गोली प्रहारद्वारा हत्या हुँदा तीनवटा फरक ठाउँमा रगत हुनुपर्नेमा एक ठाउँमा थोरै मात्र रगत लागेको देखिनु, स्थानीयवासीले २७ गते दिउँसो १ बजेको समयमा गोलीको आवाज आएको बताउनु, २७ गते तेलपानीको बाटो हुँदै शव लैजाँदा आलो रगत पाइनु, घटनाबाट जोगिएर भागेकाहरूले मृतक बालिकाको चित्कार सुनेको बयान दिनु, घटनाबाट ज्यान जोगाएर भागेका रत्नबहादुर विकले घटनास्थलमा फेला परेको पेटिकोट देवीसराको, कुर्तासुरुवाल आफ्नी पत्नी अमृताको तथा पेन्टी र सल चन्द्रकलाको हो भन्ने दाबी गर्नु, पुरुषहरू भागिसकेपछि भागेकामाथि गोली प्रहार नभई लुकेर बसेकाहरूमाथि गोली प्रहार हुनु, नियन्त्रणमा लिन सकिने अवस्था हुँदाहँदै हत्या गरिनु, नियन्त्रणमा लिएका पुरुष सकुसल रहनु, सेनाले गाउँलेसँग हतियार थियो र फायरिङसमेत भएको थियो र घटनास्थलमा तीनथान भरुवा बन्दुक फेला परेको भनी झुटो दाबी गर्नु, सेनाले लास सर्वसाधारणलाई हेर्न र सञ्चारकर्मीहरूलाई तस्बिर लिनसमेत नदिनु, पोस्टमार्टम रिपोर्ट ढिला गरेर सार्वजनिक गरिनु, पोस्टमार्टमपूर्व मृतकका आफन्तहरूलाई लास हेर्नसमेत नदिइनु, मृतकहरूको शरीरको कुन भागमा कतिवटा गोली लागेको छ भन्ने सार्वजनिक नगरिनु, घटनास्थलमा फेला परेको भनिएको बन्दुक सेनाले सार्वजनिक नगर्नु, घटनाको सम्बन्धमा सेनाको फरक-फरक भनाइ आउनु आदिले घटनालाई रहस्यमय बनाएको छ । निष्कर्ष यस घटनाका सम्बन्धमा प्रकाशित सामग्रीहरूको अध्ययन, स्थलगत अनुगमनका क्रममा पाइएका तथ्यहरू, घाइते, प्रत्यक्षदर्शी, घटनाबाट ज्यान जोगाएर भागेका व्यक्तिहरू, स्थानीय नागरिक समाज, राजनीतिक दल, गाउँले, सामाजिक कार्यकर्ता, बर्दिया राष्ट्रिय निकुन्जका वार्डेन प्रमुख टीकाराम अधिकारी, गणपति प्रकाश देउजासँगको कुराकानी तथा छलफलबाट टोली घटनामा मारिएका एक बालिका र दुई महिलालाई वनरक्षक र सेनाको संयुक्त टोलीले नियन्त्रणमा लिएर रहस्यमय हत्या गरेको निष्कर्षमा पुगेको छ । नेपाल सरकारद्वारा वन्यजन्तु ऐनअनुसार संरक्षित गरिएको राष्ट्रिय निकुन्ज परिसरमा सर्वसाधारणहरू प्रवेश गरी कैयौँ दिन रात बिताउनु र जंगलबाट जडीबुटीजन्य वस्तुहरू संकलन तथा आयात-निर्यात गर्नु कानुनविपरीत भए पनि र निकुन्ज क्षेत्रको सुरक्षार्थ खटिएका वनरक्षक र नेपाली सेनालाई निकुन्ज परिसरमा अवैध प्रवेश गरेकाहरूमाथि बल प्रयोग गर्न सक्ने कानुनी अधिकार भए पनि मारिएका बालिका र महिलालाई नियन्त्रण लिई हत्या नगर्दा सुरक्षाटोलीलाई कुनै खतरा हुने र अपि्रय घटना हुन सक्ने अवस्था सो घटनास्थलको अनुगमनबाट पाइएन । त्यस्तै, सेनाले सो घटनामा गाउँलेलाई आत्मसमर्पणको प्रयास गराउने, निशस्त्र हुन आह्वान गर्ने र घाइते मात्र बनाउने किसिमको सुरक्षा-विधि नअपनाई शक्तिको दुरुपयोग गरी निहत्था महिला र बालिकालाई नियन्त्रणमा लिएर रहस्यमय हत्या गरेको देखिन्छ । तसर्थ यो घटनामा सेनाले मानवअधिकारको उल्लंघन गरेको अनुगमन टोलीको ठहर छ
chanty399 · Mar 18, 2010 1:35 AM
Thanks chanty399 for the updates on this incident. Shame on Bidhya Bhandari who is still trying to defend those rapists and murderers. This unfeeling woman has no love even for her own mother, how can we expect compassion from her to somebody else? In spite of the abounding proofs, she is not interested at all to probe the lie fabricated by NA. Such injustices and negligence are actually responsible for increasing number of rebellions and terrorists in our country. What goes around comes around, those perpetrators better know this.
soaltee · Mar 18, 2010 9:23 AM
आखिर नेपाली सेनाको धोती खुस्कीछाड्यो, त्यस्तो वर्वर्तापुर्ण घटनाको ढाकछोप गर्न खोज्ने नेपाली सेनाले केहि पाठ सिक्छ कि त अब। सबैभन्दा खुशिको कुरा, पिडितको परिवारले न्याय पाउने आशा पलाएको छ। आशा गरौं कि vaginal test को लागि धेरै ढिलो भैसकेको छैन र प्रमाण पुर्ण रुपमा नष्ट भएको छैन। House panel finds NA responsible for Bardiya killingWednesday, 07 April 2010 04:15Share this Twitter Myspace Digg Del.icio.us Slashdot Furl Yahoo Googlize this Blinklist Facebook Wikio Export PDF Print E-mail <i
hari_bahadur · Apr 7, 2010 5:24 AM
'हत्याको प्रमाण नस्ट गर्न सेना सक्रिय' (फोटोफिचर सहित) बुधवार, 07 अप्रेल 2010 10:07 नागरिक 1 2 3 4 5 Share this Twitter Digg Del.icio.us StumbleUpon Facebook Print E-mail मारिहाल्नुपर्ने स्थिति थिएन'- भोजराज भाट, काठमाडौँ, चैत २५- व्यवस्थापिका संसदको महिला तथा बालबालिका समितिले वर्दियाको बाँसपानीमा एक बालिकासहित तीन महिला मारिएको घटना रहस्यमय भएको भन्दै सेनाले प्रमाण नष्ट गर्न भूमिका खेलेको ठहर गरेको छ। डा. हरिहर वस्तीसहितको टोलीले गरेको स्थलगत अध्ययनपछि जारी प्रारम्भिक प्रतिवेदनमा घटनालाई रहस्यमय' भनिएको छ। घटनास्थलमा घटना भए लगत्तै प्रहरीलाई आफ्नो हिसाबले तयार पारेको मुचुल्कामा सेनाले हस्ताक्षर गर्न लगाएको प्रतिवेदनमा उल्लेख छ। घटनास्थल, जहाँ निहत्था मारिए। सेनाले शिकारीहरुले गोली हानेपछि प्रतिकारस्वरुप फायरिङ गर्दा उनीहरुको मृत्यु भएको आधिकारिक धारणा सार्वजनिक गर्दै आएको छ। घटनास्थल समितिको प्रारम्भिक प्रतिवेदनमा ती महिला र बालिकामाथि बलात्कारसमेत भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि यसमा बलात्कारको पुष्टी भएको ठोस विवरण भने छैन। पीडितका सन्तानहरु यसअघि राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा पनि बलात्कार भएको पुष्टी हुने कुनै आधार फेला नपरेको उल्लेख छ। तर, मानवअधिकारवादी संस्था इन्सेकले जारी गरेको प्रतिवेदनमा भने बलात्कार भएको उल्लेख छ। Last edited: 07-Apr-10 08:48 AM
chanty399 · Apr 7, 2010 8:46 AM
contd.समितिको प्रतिवेदनमा घटनाको प्रकृति हेर्दा मारिएकाहरु वनमा काउलो टिप्न गएको देखिएको र घटनास्थल निकुञ्ज हो कि राष्ट्रिय वन हो भन्ने अन्यौल रहेको र उनीहरुलाई मारिहाल्नुपर्ने स्थिति नभएको उल्लेख छ। मारिनुको कारण बन्यो काउलो राष्ट्रिय मानवअधिकार आयोगले यसअघि जारी गरेको प्रतिवेदनमा नियन्त्रणमा लिन सकिने पर्याप्त सम्भावना रहँदारहँदै अत्यधिक बल प्रयोग गरी गोली चलाउन आदेश दिने नेपाली सेना ज्वालादल गण, ठाकुरद्वारा बर्दियाबाट खटिइगएका उपसेनानी सुबोध कुवँरलगायत अन्य संलग्न व्यक्तिहरूको पहिचान गरी नियमित अदालतमा फौजदारी मुद्दा चलाउन, साथै घटनासँग सम्बन्धित सबुत प्रमाणहरू हेरफेर गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिश गरेको थियो।
chanty399 · Apr 7, 2010 8:49 AM
Bidya bhandary is a joke. Why would she make conclusions before any sort of independent investigations?
newlynew · Apr 7, 2010 10:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion