~ चौतारी १८० ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी! आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 180 edition
serial · Mar 8, 2010 1:02 PM · 197,812 views
timi_mero_sathi · Mar 13, 2010 10:37 AM
TMS ta ajhai geet sundai rachha , khai ta aru weekend gang haru..
Harka_Bahadur · Mar 13, 2010 10:53 AM
हे हे, पुरे र रामे आउन पर्ने हो? किन आएनन, म त वीकेन्द, पानी पारी र छ, गीत सुनी बस्दै, अरु सब काम चोर् हरु चै weekdays भरी चौतारी मा आउँदा थाक्या होलान, बेड रेस्ट गरिरा होलान् wekend मा, लौ वीकेन्द को नमस्कार
timi_mero_sathi · Mar 13, 2010 11:12 AM
मेरो पनि नमस्कार छ है , टि एम एस लाई , म माछा किनेर लेर आउछु है अनी तारेर झोल हालेर खानु पर्छ भात सँग ।
Harka_Bahadur · Mar 13, 2010 11:20 AM
हत्तेरिका त्यस्तो कुरा पनि यहाँ भन्नु हुन्थ्यो, अब सबै औतारी हरु माछा खान पाईन्छ, त्यो पनि सित्तै मा भनेपछी आँखा मिच्दै आउछन अब एक्छिन मा
timi_mero_sathi · Mar 13, 2010 11:23 AM
तेहित है भन्न नहुने , अब लहरे आउछ म त ड्र्य मीट , लखमरी र पुस्टकरि खाँदै छु भन्छ , एक दुइटा नेपालमा खीचेको फोटो पनि टास्छ हेरौ है त । त्यो रिठ्ठे त झन खाने कुराको त कुरै गर्नु हुन्न बज्जे तीन हात माथि उफ्रिदै अै पुग्छ बज्जे । अनी माछाको कुरो गरेसी त पुरेनी आउनु पर्ने हो जस्तो लाग्छ हेरौ।
Harka_Bahadur · Mar 13, 2010 11:30 AM
न मच्चिने पिङ को सय झटका माछा किन्न मलेखु नै पुग्नु पर्ने हर्क हन्तकाली लाई? हामी ह्याइ बसी बसी मलेखु को माछा गुन्द्रुक को सादेको अचार भोजपुर को पियोर घिउ सँग खान्छम भात ! ए बरै
ritthe · Mar 13, 2010 11:53 AM
त्यो लहरे पनि गफ दिन मा एक नम्बरी छ, जम्मा एक प्यकेत dry meat लेराएर तीन हप्ता सम्म पनि dry meat खाँदै छु भन्छ भन्या, dry meat त एक हप्ता मै सकियो होला, अहिलेय् त त्यो dry meat को खाली झोला सुङेर बसी रा होला
timi_mero_sathi · Mar 13, 2010 11:55 AM
उ म भन्दै थिए अाइ पुग्छ रिठ्ठे भनेर न भन्दै आएछ बज्जे, खाको खाकै भो मलेखुको माछा अनी पुयोर घिउ , आलु खार पेडाको धाक भनेको एही हो , त्यो सालमोन्ड माछा खार रहुको धाक , बटर खार पुयोर घिउको धाक बज्जे रिठ्ठे । अब फेरी ली हेर भनेर गूगल फोटो टाश्ने होलानी फेरी।
Harka_Bahadur · Mar 13, 2010 11:58 AM
तेही भन्या त्यो तितो सत्य मा राजारामले भनेको जस्तै "त्यो त मैले सोचेकै थिन त भन्ला लहरेले" लोल टि एम एस ।
Harka_Bahadur · Mar 13, 2010 12:01 PM
ल माछा र भात् टन्न खाइयो अब एक्छिन एक्सर्साइज गर्न जानु पर्यो, weight बड्ला भन्ने पीर नत्र
timi_mero_sathi · Mar 13, 2010 12:34 PM
तारेमाम गाम्लेहरु । हुरी बतासले जनजीवन ठप्प छ ।
rahulvai · Mar 13, 2010 12:39 PM
हुरी बतासनै आयो र? लौ जा। अब कस्तो जाबो हुरी आएको जिबन पनि उढान नसक्ने? थप्पै पार्देछ,हुरी होइन होला त्यो त हावा होला है ;)
दौतरी · Mar 13, 2010 12:51 PM
जिम जाने भनेर गफ दि हाल्यो टि एम एस ले पनि, साचिकै माछानै खाको होर भनेको ? त्यता हुरी बतास रछ यता पारीलो घाम लागे पनि जाडो नै छ । तारेमाम है ठुल्दाइ , ठुल्दाइले आज काम चोरेको होर भनेको ?
Harka_Bahadur · Mar 13, 2010 12:54 PM
तारेमाम हर्के, नेम । हावा नै होला, घर अगाडि बडेमान को रुख ढले, ढन्न आफु घर मा थिएं र बचियो । काम चोर्या भन्न लाई काम नि हुनु पर्यो नि । मखुला ??
rahulvai · Mar 13, 2010 1:05 PM
तारेमाम नमे । ठुल्दाइ आज शनिबार पनि कसरी चौतारी तिर हो , नेपाल गएसी चलाऊन पाइन्न भनेर, अहिले देखी तेती बेलाको कोटा पुराउन लागेकोकी कसो? खै त हाम्रा वीकएन्ड हस्ती पुरे र रामे , टुके त जिम हिंडे क्यारे, म पनि जाने हो आज कुद्न , जे होला होला ।
Harka_Bahadur · Mar 13, 2010 1:17 PM
चौतारीका सबका सब औतारिहरु गीत गाउँदा गाउँ घाँटी सुकेर प्याक प्याक भएर बसेका जस्ता छन्, एक क्षण सबलाई आराम दिनु पर्यो, ल गाउँले हो यो चाँही मेरो तर्फबाट, भन्छन् नि अल टाईम फेवरेट!
Geology Tiger · Mar 13, 2010 2:33 PM
लाउ थकियो बेस्करी लौ दौतरी पनि का को माछा खानु, भन्द्या पो, मलाई त्यो समुद्र को माछा मन पर्दैन,सान्सार भरी को pollution तेही जम्मा हुन्छ के खानु समुद्र को माछा, खोला को माछा पाये पो खानु , आज बेलुका एउटा साथी ले तातो पानी खान बोला छ ( यो चाँही सछिकै नि) तेतै तिर लागिन्छ होला ) ल एउटा गीत
timi_mero_sathi · Mar 13, 2010 4:06 PM
ल सबै घुरी घुरी सुतिरहेका औतारिहरुलाई मेरो मध्य रात्रीकालिन प्रणाम । ए बिहान पो हुन लागिसकेछ त .... ए पुरे कती घुरेको ........
ramronepal · Mar 14, 2010 1:16 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion