नायिका तथा मोडल नम्रता श्रेष्ठ 'गुडविल एम्बेसडर' अर्थात् सद्भावना राजदूत नियुक्त भएकी छिन्, त्यो पनि उनको पेसा विपरीत क्रिकेट खेलमा उनलाई उक्त कार्यभार सुम्पिएको हो । राजधानीमा गतसाता आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा नायिका तथा मोडल श्रेष्ठलाई सद्भावना दूत तथा पूर्व मिस नेपाल माल्भिका सुब्बा र सभासद् गगन थापालाई समर्थकका रूपमा व्याख्या गरियो । सांगि्रला क्रिकेट एकेडेमीद्वारा आगामी महिना कुरिनटारस्थित रिभरसाइड रिसोर्टमा आयोजना गर्न लागिएको 'बिच क्रिकेट फेस्टिभल'लाई नेपाल पर्यटन वर्ष २०११ को प्रचारका खातिर आयोजना गरिन लागिएको बताइयो । त्रिशूलीको किनारामा खेलिने उक्त क्रिकेट प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, व्यापारिक संस्थाहरूका अतिरिक्त अशोक शर्मा, राजेश हमाल, निखिल उप्रेती, रेखा थापा आदिका कलाकार पनि सहभागी हुने आयोजकहरूले बताएका छन् ।
neal h · Mar 6, 2010 11:48 PM · 3,109 views
राम्रै ब्यक्तिलाई राजदुत बनाइएछ। ल , भबिस्य का कर्णधार हरु ले सिक्ने भयेछन।
nepal_ko_lato · Mar 7, 2010 8:20 AM
Yo tai DJ sanga hip hop garnay keti hoina ra?
sajhafan · Mar 7, 2010 9:33 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion