कतै तपाईसँग भएको राहदानी (पासपोर्ट)को अवधि ६ महिनामात्र त छैन ख्याल गर्नुहोला । यदि तपाईको राहदानीको समय ६ महिनाको मात्र छ भने तपाईको नजिक पर्ने नेपाली दूताबासमा यही महिनाको ३१ तारिख अगाडि नै पासपोर्ट नविकरण गर्नुहोला । त्यसपछि विदेशमा रहेका कुनै पनि नेपाली दूताबासहरुले राहदानी जारी गर्ने छैनन् । अन्तराराष्ट्रिय मापदण्डअनुरुपको राहदानी आउने कुनै ठेगान नेपाल सरकारले गर्न सकेको छैन । अन्तर्राष्ट्रिय नागरिक उडडयन संगठनले आजभन्दा डेढ वर्ष अघिदेखि नै आउँदो अप्रिल १ तारिखदेखि मेसिनद्धारा विवरण पढ्न सक्ने राहदानी जारी गर्न दिएको समयमा नेपाल सरकारले त्यस्ता राहदानी बनाउन नसक्नाले विदेश यात्रामा निस्कने नेपाली यात्रुहरु तथा विदेशमा रहेका नेपालीहरुले थप पीडा भोग्नुपर्ने भएको हो । त्यसो भएपछि सर्वसाधारण नेपाली नागरिकहरुले आफ्नो देशको राहदानी बोकेर विदेश यात्रा गर्दा भोग्नुपरेको पीडा अब अप्रिल १ तारिखपछि अझ थपिने भएको छ । नेपाल सरकारले नयाँ मिसिनले पढ्न सक्ने राहदानी वितरण गर्न नसक्ने भएपछि विदेशस्थित नियोगहरुले आफ्ना विदेशमा भएका नेपाली नागरिकहरुलाई जतिसक्दो चाँडो यही मार्च ३१ अगावै आ-आफ्नो राहदानी (पासपोर्ट) लिन आग्रह गर्ने सूचना जारी गरिसकेका छन् । त्यसैगरी मार्च ३१ तारिखसम्म बनाइएका हस्त लिखित राहदानीहरु आउँदो २०१५ नोभेम्बर २४ तारिख अगाडि नै मेसिनले विवरण पढ्न सक्ने राहदानी लिइसक्नुपर्ने छ । मार्च ३१ अगाडि जारी गरिने राहदानीको शुल्क भने पाँच हजार नेपाली रुपैयाँ नै लाग्ने र त्यसको समायवधि १० वर्षकै जारी गरिने भएपनि त्यसबीचमा मेसिनले पढ्न सक्ने राहदानी (पासपोर्ट) नेपाल सरकारले ल्याएपछि आफूसँग भएका राहदानी पुनः बदल्नुपर्ने तर त्यसको शुल्क कति लाग्ने त्यो कुरा अझै थाहा नभएको वासिंङटन डीसीस्थित नेपाली दूताबासका प्रथम सचिव आनन्द प्रसाद शर्माले नेपाली पोष्टलाई बताउनुभयो ।
neal h · Mar 6, 2010 11:30 PM · 2,344 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion