मोटर गुड्यो सोलुमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सोलुखुम्बु, फाल्गुन २१ - सरर्र मोटरमा हुइँकिने रहर कसलाई हुँदैन ? वर्षौंदेखि सोलुवासीले साँचेको सपना बल्ल साकार भएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक बिहीबार मोटर आइपुगेको छ । स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले सल्लेरी-ओखलढुंगा सडकको उद्घाटन गरे । मन्त्री ओखलढुंगा सदरमुकामबाट सल्लेरीसम्म गाडी चढेर आएका थिए । उनलाई लिन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललगायत कार्यालय प्रमुखहरूको टोली बुधबारै ओखलढुंगाको रमाइलो डाँडा पुगेको थियो । ओखलढुंगा हुँदै पहिलो पटक दुईवटा मिनीबस र दस जिप मन्त्रीसँगै सल्लेरी भित्रिएका हुन् । जिल्लावासीले मन्त्री मात्रै होइन, गाडीलाई समेत अबिर र खादा लगाएर भव्य स्वागत गरे । '०६७/६८ मै कालोपत्रसमेत गर्ने र शाखा सडक विस्तारका लागि पहल गरिने आश्वासन पनि मन्त्रीले दिए । मोटर आएकाले स्थानीयवासी हषिर्त छन् । 'अब ४५ सय रुपैयाँ खर्चेर महँगो जहाजमा उड्नुपर्ने  छैन', यातायात सञ्चालक समिति सोलुखुम्बुका सदस्य नारायण खडकाले भने, 'खाद्यान्न ढुवानी गर्न र बिरामीलाई अस्पताल लैजान पनि सजिलो हुनेछ ।' सोलु- ओखलढुंगा सडक ३७ किलोमिटर छ ।

Neal H · Mar 4, 2010 11:07 PM · 3,427 views

1 Reply

कहाँ गुडेन मोटर त्यो सोध्नु पर्ने भएको छ ? तर गूड्ने मोटर् कस्ता छन ?तुमिङ्टार बाट अक्करको बाटो हेर्दै जानु पर्‍यो भनी जिप मा चढियो, छोटो अनी Adventure सम्झी चढियो । १ माईल गुडेको थिएन , फ्यान बेल्ट टुट्यो , फेर्न त फेर्यो तर धेरै कसेकोले अलिकती अगाडि जाना साथ तुत्यो , आर्को चोटि पनि तेही गर्‍यो, जेन तेन् गरी केही माईल गुडेको थियो , कथा तेही दोहोरियो। 'अबत बेल्ट पनि नभए पछी डोरिले कस्न थाल्यो , starter काम नगर्ने भएकोले जती पल्ट बिग्रियो तेतिनै पल्ट धकेल्ने मा पारीयो । आर्कोले बेल्ट दियो अनी ग्रीज पनि हालिदिए पछी गाडी राम्रै सँग गूड्यो । हिले चड्ने उकालोमा ११ बर्से खलासी लाई पानी थप्न लागायो। बिचरा ड्राइभर हुने भविस्यको कल्पना गरी खलासी हुन आएको तेस्लाई के थाहा कती कसेर बिर्को बन्द गर्नु पर्छ भनी। पानी भरेर १०० -२०० फिट पुग्न नपाउदै ड्यङ्-दुङ्को आवाज आयो , मोटर रोकी हेर्दा त Radiator  फ्यान पनि चैट अनी Radiator पनि व्हाको- फ्याङ भएछ । ४ घण्टा पर्खाइ पछी रातिको नौ बजे हिले पुगियो, रहल पहल भात र ठुस ठुस्ती गन्हाउने ओछ्यानमा सुतियो। अर्को गाडी को पनि तेही हाल थियो , flat tire, tire भने पुरै चिन्डे  (Bald) थियो , तर पनि गुडाउदै थिए । खुशी एही कुरामा छ , भित्तामा लिप्सेर हिंडेको अक्करको बाटो मा मोटर चढि हिडन पाउनु। त्यो फन फन्ति घुम्ने पानीको ठाउमा माटोले पुरिएछ। अब सोध्नु पर्ने कुरा चाँही कहाँ पुगेन मोटर ?

syanjali · Mar 9, 2010 8:30 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all