साँझ सुबाश र सपनाहरु " तुम इतन जो मुस्कुरा रहे हो..... क्या गम है जिस्को छुपा रहे हो...." मीराले म तिर हेर्दै मुस्कुराउदै बेसुरे गीत गाइ। "तँलाई म गमको भाँडो जस्तो लाग्छ कि के हो हँ?" मैले उसैलाई सोधें। "हो गमको भाँडो नै जस्तो लाग्छ, भित्र के छ भनेर हेर्न खोल्नै गार्हो, ट्याप्प बिर्को लागेको। " उस्ले अहिले नहाँसी मेरा आँखामा हेर्दै भनी। मलाई उस्को त्यो हेराइ देखी डर लाग्छ। मेरा आँखाबाट उ सिधै मेरो मनमा चियाउन सक्छे। "भेरी फन्नी, बरु हामी होस्टलमा गाउथ्यौ नि बत्ती गको बेला ठुल्ठुलो स्वरमा "परेलीमा लुकाइ राख न भन्दै ......" मैले कुरा बटार्न खोजें। "केही फन्नी छैन । तँ किन हिजोमा बाच्छेस हँ? हे भगवान! यो केटीलाई अलिकती बुद्धी देउ न प्लिज " उ दिक्क हुन्छे। " शुक्रबार भगवानलाई पनि रिल्याक्स गर्न दे न, जे जे भन्नु छ बिज्नेस आवर्समा भन्ने " मलाई उस्लाई दिक्क पार्न रमाइलो लाग्छ। "तेरो बुढा त काँ गयो यार? धेरै बेर भयो त। कान्छीको तिर लाग्यो कि के हो?" मैले उस्लाई फेरी चिढाएँ। "हो भन्या, कती बेर हो?" उ फोन तिर लागि। उस्ले फोनमा कुरा गरुन्जेल " तँ किन हिजोमा बाच्छेस हँ.....? " मेरो कानमा गुन्जिरह्यो। " आइ पुग्न लाग्यो रे... को साथीलाई पनि लिएर आउन लाग्या रे अनी..." सुनाइ। "लौन कान्छीलाई घरै लिएर आउन लागेछ? तेरा क्या होगा रे मीरा?" मैले फेरी जिस्काएँ। "तेरा क्या होगा हैन, उन दोनोंका क्या होगा चैं भन न बरु" उस्ले सच्याइ, हामी दुबैजना हास्यौं। एकै छिनमा ढोकाको घन्टी बज्यो। मीराले ढोका खोली, एक परीचित र एक अपरिचित आक्रितीहरु भित्र आए। "सरी है डार्लिङ अली ढिलो भयो" प्रबेशले हाँस्दै मतिर हेर्दै भन्यो। "केही छैन स्वीटहार्ट एकछिन के? म तिम्रो लागि जन्म जन्म पर्खिन सक्छु नि" मैले पनि हाँसेर भन्दें। "सुरु भयो यिनिहरुको अब..." मीराले थपी। मैले प्रबेशलाई पहिलेदेखी चिनेको हैन, मीराले नै चिनाकी हो । तर चिनेको दिनदेखी नै हामी औपचारिक रहेनौं । औपचारिकता मलाई गर्हौ लाग्छ। "ए यो मेरो साथी सुबाश, आइ एस्सीसँगै पढ्थ्यौ ..." प्रबेशले अपरिचितको परिचय गरायो। "यिनी मेरी प्राणप्यारी धर्मपत्नी" मीरातिर देखाउँदै भन्यो। उस्ले मीरालाई नमस्कार गर्यो। " उ चैं मेरी धर्मपत्नीकी प्राणप्यारी साथी " प्रबेशले अहिले मतिर देखायो । मैले आफ्नो परिचय दिँदै नमस्ते गरें, उस्ले फर्कायो । हामी सबै जना बसेर गफगाफ गर्न थाल्यौ। सुबाश हेर्दा सामान्य थियो, हामीहरु जस्तै। उ केही दिनका लागि हाम्रो शहर आएको रहेछ। उ बोल्दा आफ्ना कुराहरु बिस्तारै तर स्पष्ट राख्थ्यो । अहिले बिषय राजनीति तिर पुगेको थियो । प्रबेश र सुबाश पालै पालो बोल्दै थिए, म सुन्दै थिएँ । मीराले राजनीतिक कुरा गर्न नपाउने व्हिप जारी गरी, प्रसँग बदलियो। अब हामी गीत गाउने भयौं। सुरु प्रबेशले गर्यो " लोलाएका ति ठुला तिम्रा दुई नजरले हेरिदिए मलाई चाहिन्न अर्को केही ....." उ मीरालाई हेरेर गाउदै थियो, मीरा मुसुमुसु हाँस्दै थि। उनीहरुको त्यो पल मलाई एकदम राम्रो लाग्यो, केही बेर रोकिए पनि हुने जस्तो तर समय न हो आफ्नै गतिमा बगिदियो। सुबाशको पालो आयो । उस्ले " सम्हालिन्छ कहिले मन कहिले त्यसै अतालिदिन्छ...." गायो। उस्को स्वरमा पनि राम्रो थियो तर उदास । उदासीमा पनि त सुन्दरता हुन्छ नि, गहिरीएको सुन्दरता, जुन हाँसो सँगै बिलाएर जाँदैन । त्यो गीत गाउँदा मैले केही क्षणको लागि उस्का आँखा चियाएँ, ति आँखाहरु गम्भिर थिए, शायद कसैलाई खोज्दै थिए। हरेक जोडी आँखासँग आफ्नै कथा हुन्छन। उस्का आँखामा भएको कथा मैले सरर पढें। मेरो पालो आइ सकेछ। "भात खाने हैन? एक्कासी कस्तो भोक लागेर आयो " भनेको मात्र के थिए, " धेरै नाटक नदेखा त, खुरुक्क गीत गा" भनेर थर्काइ। मलाई मीराको गाली मिठो लाग्छ । उ नै त छे एउटी म माथि अधिकार जमाएर गाली गर्न सक्ने। त्यही मिठास खोजेको थिए, पाएँ, अनी खुरुखुरु गीत पनि गाएँ " हर रात मेरा निंदहरु ....." "ओहो कस्ले उडाउने हो निंदहरु?" प्रबेशले मलाई जिस्कायो। " छन नि उडाउनेहरु " मैले पनि हाँसेर भनें। "भए त आनन्द हुन्थ्यो नि" मीराले पीर पोखी। " तँलाई मेरो स्वतन्त्रतामा किन जलन छ हँ? बिहे गरेर कती टेन्सन हुन्छ भनेर प्रबेशलाई सोध न " मैले प्रबेशतिर देखाउँदै भनें। "ल मलाई किन फसाको यार... भात पनि खाको छैन....यती राती... मेरो बिजोक हुन्छ त..." प्रबेश आफ्नो बचावमा लाग्यो। "टेन्सन भए होस् । ल ल मेरो पालो अब " भन्दै मीरा गाउन थाली " जाइए आप कहाँ जाएँगे ए नजर लौटके फिर आएगी ...." गीतान्जली कार्यक्रम केही बेर चल्यो अनी त्यस पछी खाना खायौं। प्राय शुक्रबार म मीराको मै बस्छु । मसँग घर छ तर घर जानु पर्ने अनिबार्यता छैन। आफ्नो अनुकुलता अनुसार मेरो यो अवस्थालाई कैले स्वतन्त्रता त कहिले बाध्यता भनेर परीभाषित गर्छु। आत्मियताको अभावले कठाङ्रीएको मन सेक्न नपाउँदा मलाई यो बाध्यता जस्तो लाग्छ, आफ्नो समय आँफैले मनलागी भजाउन पाउँदा मलाई यो स्वतन्त्रता जस्तो लाग्छ । हरेक मान्छे हिपोक्रीट हुन्छ, म पनि त्यस्तै छु । प्रबेश र मीराको भोली फुर्सद छैन अरे। मेरो फुर्सद छ, सुबाशको केही काम छैन । उस्लाई भोली मैले घुमाउनु पर्ने भयो । कोही केटा मान्छेसँग एक्लै घुम्न जाने कुराले लाग्ने काउकुती ममा ओइलाई सकेको छ । उमेरको त्यो खण्ड मैले धेरै अगाडि पार गरीसकें । तर कहाँ घुमाउने? यत्तिका बर्षसम्म यो शहरमा आँफैले भेटेको छैन घुम्ने ठाउँ। तर पनि उनिहरुले गरेको त्यती सानो आग्रहलाई मैले नकार्ने कुरा आउँदैन। हामी भोली दिउँसो भेटेर घुम्ने भयौं। ........... Last edited: 03-Mar-10 02:59 PM
nakkali keti · Mar 3, 2010 2:53 PM · 17,820 views
can't wait for another part. nakkali keti chado hai?
khushii · Mar 3, 2010 3:21 PM
aanch, nakkali aaicha ni ta ho. daami jaancha jasto cha ni ho. ma ta yo geet gungunaaundai chu ni ho "nakkali lai bhagai lagyo jhilke le" daami gayiraheko cha hai nakkali. chitto arko bhag leraau hai nakkali.
jhilke_1 · Mar 3, 2010 3:37 PM
लभ पर्ला जस्तो छ है गाण्ठे !!!
newlynew · Mar 3, 2010 3:39 PM
ल यो चाइँ अली हल्का रमाइलो खाले कथा आयो जस्तो छ, टाउको रिङ्गाउने कथा पढेर हैरन भैसक्या थेँ, लु म नि सुन्दै छु, छिटो अर्को पस्किम है
perfectionist · Mar 3, 2010 3:54 PM
***उदासीमा पनि त सुन्दरता हुन्छ नि, गहिरीएको सुन्दरता, जुन हाँसो सँगै बिलाएर जाँदैन ।*** Agreed (thumbs up) Flawless as usual. Waiting for next parts !
ritthe · Mar 3, 2010 4:29 PM
" शुक्रबार भगवानलाई पनि रिल्याक्स गर्न दे न, जे जे भन्नु छ बिज्नेस आवर्समा भन्ने " goot goot :-)
jira · Mar 3, 2010 8:24 PM
Khushii सरी है खुशी, सुबाशसँग घुम्न जान नपाएर झन ढिलो भयो । jhilke_1 झिल्केले गीत चै गजबकै भेटेको हो ल! तर अब " सफल तिम्रो त्यो जिन्दगीलाई यो दुखीको बधाई छ ......." गाउँदा हुन्छ। newlynew कस्तो थाहा पाको गाँठे! यो गाँण्ठे भन्या चै को नि ? perfectionist ती कथाहरु त म पनि फलो गर्दै थिएँ कि तर पछी ती कथाहरुले मलाई नै फलो गर्न थाले। होस् है ! भनेर छोड्दें अनी..... आँफुसँग थोरै भाको कुरा त धेरै खर्च गर्नु भएन नि। ritthe थम्प्स अपको लागि धन्यबाद! अर्को भाग आइपुग्नै लाग्यो रे अब। jira dai अचेल त धेरै थरीका गुट छन नि दाई, कुन चैं गुटको कुरा गर्नु भा? :) मेरो कल्पनाको बगैंचालाई बिचरण गर्न योग्य ठानीदिनु हुने सबै जना प्रती धेरै आभारी छु।
nakkali keti · Mar 8, 2010 11:24 AM
घुम्न त मलाइ नि जान मन लाग्याथ्यो, तर हलुवामा बालुवा हुने होला, भैगो म चाहि तपाइहरु घुमेको कथा पर्खेर बस्छु।
crazy_love · Mar 8, 2010 11:30 AM
हामी भोली दिउँसो भेटेर घुम्ने भयौं...... ......बिउँझेर यसो घडी हेरेको १०:४० भै सकेछ। उठ्न मन थिएन, नउठी पनि नहुने। कस्तो प्यास लागेछ, हिजोको वाइनको असर। मन नलागी नलागी भन्सा सम्म गएँ। मीरा र प्रबेशको चालचोल थिएन। शायद गै सके होलान। चिया बसालेर एक गिलास चिसो पानी पिएँ। अलिक ताजा महसुस भयो। चिया बोकेर फेरी कोठा तिर लागें। ओछ्यान मिलाउँदै थिएँ, सिरानी मुनी एउटा टुक्रो कागज फेला पारें। "ह्ययाब फन" लेखेर तर हाँसेको चित्र बनाएको थियो। मीराको काम.... त्यस्को त्यो कुटिल मुस्कानको अर्थ म सजिलै बुझ्न सक्थें। "पागल!" त्यस्को ताल देखेर मेरो मनले अनायासै भन्यो फेरी उस्को चन्चलता देखेर हाँस पनि उठ्यो। मीरा मलाई नदी जस्ती लाग्छ.... चन्चल, तेज, स्वच्छ। त्यस्को नाम बरु सरीता हुनु पर्ने। यस्तै यस्तै के के सोच्दै थिएँ म फोनको घन्टी बझ्यो। "गूड् मर्निङ....आउने बेला भएन? म त तयार भै सकें " सुबाशले गरेको रैछ। "लौ हो र? म त भर्खर उठेको..." आफुँ ढिलो भकोमा मलाई कस्तो कस्तो लाग्यो। " मैले उठाइ दिएँ कि के हो? हुन त म पनि भर्खर भर्खर नै उठेको हो?" उस्को अलिकती हाँसो मिसिएको स्वर आयो। "तिमीले उठाइ देको त हैन, म चिया खाँदै छु। म अब फ्रेश भएर निस्किन्छु। त्यहाँ आइ पुग्ने बेलामा तिमीलाई फोन गर्छु, तिमी बाहिर निस्की राख है। १ घण्टा जती लाग्छ होला" मैले सबै कुरा एकै सासमा भनें। " हुन्छ हुन्छ, सी यू" भन्दै उस्ले फोन रख्यो। म १२:३० तीर सुबाश बसेको होटेल पुगें। उ बाटोमा निस्की राखेको थियो। "कहाँ जाँदै छौं त आज हामी?" सिट बेल्ट लगाउँदै उस्ले स्वाभाबिक प्रश्न गर्यो । "तिमिलाई कस्तो ठाउँ जान मन छ?" मैले उसैलाई सोधें। "जहाँ तिमीलाई मन पर्छ" उसँग भएका उत्तर मध्ये सबै भन्दा सजिलो चैं हुनु पर्छ यो। "मलाई मन पर्ने ठाउँ यहाँ छैन, जहाँ छ त्यहाँ हामी छैनौं" मैले अप्ठ्यारो कुरा गरें। उ केही बेर चुप लाग्यो । मलाई असहज भयो। "म यो शहर पहिले पनि आइ सकेको छु । यहाँ भएका ठाउँहरु घुमी पनि सकेको छु। आज तिम्रो पनि फुर्सद रैछ, मेरो पनि केही काम छैन.....त्यतिकै एक्लै बस्नु भन्दा आजको दिन तिमी सँग बिताउन खोजेको मात्र हो" उस्ले बल्ल वास्तविक कुरा गर्यो । म हाँसे । "किन हाँसेको?" उ अल्मलियो । "खुशीले हाँसेको नि तिमीलाई घुमाउनु परेन भनेर" मैले सजिलै भन्दें। उस्को इमान्दारीताले मसँग अली अली भएका बोझका बादलहरु सबै फाटेर गए। "तिमिलाई त्यस्तो मन छैन भने केही छैन.... आइ क्यान रिटर्न ब्याक " उ गम्भिर भयो। "तिमीलाई सधैं त कस्ले राख्छु भनेको छ र? पहिले चैं लन्च खान जाउँ अनी त्यस पछी म तिमीलाई मिठो चिया बनाएर खुवाउँछु हुन्छ ?" मैले प्रस्ताब राखें। "किन नहुनु? चियाको लागि त म जहाँ पनि जान सक्छु" उस्ले हाँस्दै सहमती जनायो। लन्च खाउन्जेल र बाटोमा सामान्य कुराहरु भए। मेरो कुरा सुनेर उ बेला बेलामा मुस्कुराउथ्यो खै किन हो? शायद मेरा कुराहरु काँचा लाग्दा हुन वा उस्लाई घत् पर्दो हो। मैले सोधिन किन मुस्कुराको भनेर। मलाई त्यो उदास मुस्कान राम्रो लागिरह्यो । घर पुगेर मैले उस्लाई बस्ने आग्रह गर्दै चिया बनाउन लागेँ। चिया बसाल्दै गर्दा मैले उस्लाई हेरें, उ भित्तामा झुण्ड्याका तस्बिरहरु नियाल्दै थियो। "तिमी त सानोमा राम्री रहेछौ" एउटा तस्बिर हेर्दै भन्यो उस्ले। "अहिले चै राम्री छैनौ भन्न खोजेको ?" मैले चियामा चिनी हाल्दै उस्लाई जिस्काएँ। "हैन अहिले झन राम्री भैछौ भन्न खोजेको" उ पनि के कम थियो र? सोफामा बस्दै उस्ले भन्यो। म हाँसे। म चिया बोकेर आउँदा उ एउटा कागजको पाना पढ्दै थियो। "......आइ वान्ट टू वोएक अप, गूड् बाइ ड्रीम्स...." तिमीले लेखेको हो यो? उस्ले मेरा आँखामा हेर्दै सोध्यो। अस्ती राती के के त्यस्तै लेखेको थिएँ त्यतिकै फालेर हिंडेंछु। भावनाहरुलाई शब्दको आक्रिती बनाएर कागजमा टाँसीरहने बानी छ मेरो। ति अक्रितीहरु कुनै मुर्त हुन्छन कुनै अमुर्त, कुनै आफ्नै हुन्छन कुनै अर्काका । तिनिहरुलाई हेरेर मान्छेहरुले के के अर्थ लगाउँदा हुन । मलाई त्यसमा बिस्लेशण चाँइदैन । ति मेरा हुन, नितान्त मेरा । किन ठेगानमा राखिनछु भनेर पछुतो मान्दै " हैन, ईन्टरनेटबाट सारेको..... " भन्दें। उस्ले पत्याएन। "मान्छेले आँफुलाई किन लुकाउन खोज्छ?" उस्ले चियाको चुस्की लिंदै गम्भिर भएर सोध्यो। उस्को प्रश्नले मलाई केहीबेर मौन बनायो तर म रित्तो थिँइन। "डरको कारणले...... कसैलाई अरुले चिन्ने हुन कि भन्ने डर हुन्छ कसैलाई नचिन्ने हुन कि भन्ने...." "तिमिलाई कुन चैं डर छ?" उ अझै गम्भिर थियो। "अरुले नचिन्ने हुन कि भन्ने......तर लुकाउनु र नदेखाउनु एउटै कुरा हैन नि, हो र? " म पनि गम्भिर भएँ। " हैन पक्कै पनि हैन..... तर गूड् बाइ भन्दैमा सबै सपनाहरु बाटो लाग्छन त?" "लाग्दैनन, बिउँझिनु पनि पर्छ" "बिउँझेको मान्छेले सपना देख्दैन?" "आँखा खुल्लै हुनु मात्र बिउँझिनु हैन। आँखाले भौतिक कुराहरु मात्र देख्न सक्छ त्यो पनि उज्यालोको साहारामा..... झन सपना देख्न सक्ने सामर्थ्य आँखामा कहाँबाट हुनु? त्यो त मनले देख्ने हो .... त्यसैले मनलाई बिउँझाउन सक्नु पर्छ " "सपना बिनाको जीवन त निरस हुन्छ नि हैन?" "मन खुशी नभएको अवस्था हो निरसता भनेको....सपना मनको उपज हो, मन सपनाको हैन .....जीवनलाई पनि मनले पारीभाषित गर्छ, सपनाले गर्दैन ......सपना देख्दैमा मन खुशी हुन्छ भन्ने छैन.....बरु पुरा नभएका सपनाहरुले मनलाई घोच्ने गर्छन्..." "मलाई हिजो भेटेको तिमी भन्दा आजको तिमी फरक लाग्यो..." " हो र? तिमीलाई दिक्क लाग्यो जस्तो छ मेरो कुराले..." "दिक्क लागेको हैन मलाई त रमाइलो लागि राखेको छ... बरु तिमी आफ्नो गहिराइ लुकाउन खोज्दो रहेछौ...." "लुकाउँदिन...... तिमीले देखेको गहिराइलाई अरु कसैले अँध्यारो मात्र देखेको पनि हुन सक्छ। जस्ले गहिराइ देख्छ उसँग आफ्नै उज्यालो हुन्छ...." उ अलिकती मुस्कुरायो मलाई उ फेरी राम्रो लाग्यो। "तिम्रो हाँसोमा उदासीपन छ नि, किन?" अब सोध्ने पालो मेरो थियो। मेरो प्रश्न सुनेर उ झन उदास हाँसो हास्यो। "हो र? अरुले त मेरो हाँसो कस्तो राम्रो छ भन्छन त?" उ लुक्न खोज्यो। "मैले कहाँ नराम्रो छ भनेको छु त? उदासी पनि राम्रो हुन्छ तर हेर्नेको लागि, देखाउनेको लागि हैन...." "तिमिलाई किन जस्तो लाग्छ?" उस्ले झन मलाई नै पो सोध्यो। "तिम्रो मन दुखेको छ र त्यो पिडा तिम्रो हाँसोमा उदासी बनेर प्रतिबिम्बित हुन्छ....हो? " "मैले केही गुमाएको छु, गुमाउनु कारण अझै खोज्दै छु...." "कारणहरु तरल हुन्छन, समयको रापले इभ्यापोरेट पनि हुँदै जान्छन । तिमी जती ढिलो गर्छौ कारणहरु झन बिलाउँदै जान्छन....यदी तिमीले कारण पत्तै लगायौ भने पनि गुमाएको कुरा पाउँछौ त? " "पाउँदिन तर आत्मसन्तुस्टी त हुन्छ नि...." "आत्मसन्तुस्टीको ठाउँमा पस्चाताप भयो भने? जे भयो राम्रो भएन तर जे हुनेछ त्यो पनि नराम्रै हुनेछ भन्ने त छैन नि...." "तिमिले कसैलाई प्रेम गरेको छौ?" उस्ले गम्भिर भएर सोध्यो। म हाँसे, उस्ले उत्तर पाएको हुनु पर्छ। "घुम्न जाने?" मैले उस्लाई अप्रत्यासित प्रश्न सोधें। "तिमिलाई त मलाई घुमाउन मन थिएन नि हैन?" मेरो शब्दहरु मलाई पनि फर्कायो उस्ले। "अहिले लाग्यो नि त, जाउँ हिंड" म तयार भएँ । उ पनि उ पनि छक्क पर्दै उठ्यो । मैले उस्लाई ठुलो तालको किनार पुर्याएँ। दिन रातमा समर्पित हुन खोज्दै गरेको साँझको यो चन्चल पलमा सुर्यले आकाशलाई गुलाबी रङले रङगाइदेको छ । म कहिले काँही यहाँ बरालिएर गर्छु । उ आफ्ना दुबै हात खल्तीमा घुसारेर डुब्दै गरेको घाम हेर्न लाग्यो । म उस्को नजिकै बसें । म बसे पछी उ पनि बस्यो। "कस्तो लाग्यो त?" मैले त्यो गुलाबी रङ पानीमा प्रतिम्बित भएको हेर्दै उस्लाई सोधें। "ब्युटिफुल....." उ पनि त्यही प्रतिबिम्ब नियाल्दै थियो । "सुबाश, अब केही बेरमा अँध्यारो हुन्छ, केही देखिंदैन तर भोली बिहान फेरी रात दिनमा समर्पित हुने बेलामा अर्को यस्तै ब्युटिफुल पल आउँछ र यस्ता पलहरुको आउने क्रम अनन्त सम्म चली रहन्छ र यि पलहरु सपना हैनन वास्तविकता हुन ...." म उ तिर फर्किएँ। उस्ले पनि मतिर हेर्यो अनी फेरी मुस्कुरायो। हामीले त्यो घामलाई पानी मुन्तिर नपुगुन्जेलसम्म हेरीरह्यौ । फर्किदा मैले उस्लाई होटेलमा छोडिदिएँ। "मिठो चिया खान मन लाग्यो भने फेरी आउन सक्छु?" उस्ले मोटरबाट ओर्लिनु अगाडि सोध्यो। "किन नसक्नु तर फोन गरेर आउ है? चिया पत्ती सक्किएको बेला पर्यो भने तिमीले नै लिएर आउनु पर्छ ...." मैले हाँसेर भनें। "गूड् नाइट....." उ पनि हाँस्दै भित्र लाग्यो । घर पुगेर मैले मेरा अधुरा लाइनहरु पुरा गरें । i want to wake up, good bye dreams wonderful morning is tickling my feet.... अस्तु
nakkali keti · Mar 8, 2010 11:34 AM
अस्तु? भन्या मतलब सक्क्यो भन्न खोज्या? सक्किन को लागि सुरु हुनु परेन र भन्या? यहाँ त सुरु नै भको थिएन नि ! किन हो त्यस्तो अन्याय हामी माथि? त्यो 'wonderful morning' भोली पल्ट पनि त आयो होला नि ! नसुनाउने हो त तेसो भए?
ritthe · Mar 8, 2010 2:34 PM
aanch last touch dyo ni ho nakkali le. "i want to wake up, good bye dreams wonderful morning is tickling my feet...." subash bro ta jhilke bhanda ni fast niskyo ni ho. nabolikanai diyo ni, nakkaliko man ta puraa khaltimaa pattyayera haalyoni ho sutukka. abo to gaaunai paryo ni ho " " सफल तिम्रो त्यो जिन्दगीलाई यो दुखीको बधाई छ ......." "
jhilke_1 · Mar 9, 2010 11:53 AM
"दिन रातमा समर्पित हुन खोज्दै गरेको साँझको यो चन्चल पलमा सुर्यले आकाशलाई गुलाबी रङले रङगाइदेको छ ।" wah wah! I agree with Ritthe. This is just the starting, Nakkali_keti next part aaunu parchha hai, yo ta jhelli bhayo.
kHusHii · Mar 9, 2010 1:32 PM
"साँझ सुबाश र सपनाहरु" रे छ शिषर्क तर मलाई त कता कता "साथ उच्छवास र रहरहरु" जस्तो पो लाग्यो। कुनै कुनै फिलिम हेर्दा लास्टाँ "शुभारम्भ" लेख्या हुन्थ्यो --त्यस्तै लाग्यो गाँठे!
Deep · Mar 9, 2010 3:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion