मलाई त माओवादी भन्दा पहिले कुनै बादिले यस्तो कार्यको सुरुवात गरे जस्तो लाग्दैन। चोर, डाँका लाग्ने, राती डाँका आएर घरमुलीको हत्या गर्ने जस्तो कुराहरुचै थिए फ्याट्ट फुट्ट पहिले पनि। जाठो माओवादीहरु भनेको त एउटा सस्थागत चोरी डकैती लुटौती पुटौती गर्ने मान्छेहरुको जमात न हो। यो कुरामा तिमी गुलेहरुको कत्तिको समर्थन छ ह?
Rodiohead · Mar 2, 2010 3:19 PM · 19,507 views
exactly.................................
pramod2 · Mar 2, 2010 3:29 PM
sahi ho....
ktg · Mar 2, 2010 3:30 PM
tauke gule ma chai gule hoina hai feri
ktg · Mar 2, 2010 3:31 PM
हे हे हे के, टि, जि, लाई क्या पिर परेछ गुले भन्देको भएर, यार पिर नगर के त्यो तिमीलाई भनेको हैन नि होउ। जठो तिमी पनि क्या सेन्सेटिव के मान्छे त। हेहेहे
Rodiohead · Mar 2, 2010 5:42 PM
Prachanda, everyone knows him. What he started and where is he? Why we are here, the present Nepal, Prachanda is responsible. Good or bad , you find out. BTW I like this letter to Prachanda. Source:www.dautari.org पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पत्र ( Share [Disallowed String for - ] type=text/javascript src="http://static.ak.fbcdn.net/con..."> आदरणिय पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यु, मलाई थाहा छ तपाईंका दिनहरु बढो व्यस्ततामा बितिरहेका छन्। कहिले पार्टीको आन्तरिक प्रशिक्षण, कहिले पत्रकार सम्मेलन, स्पस्टिकरण, कहिले विदेश बस्ने कार्यकर्ताहरुको प्रशिक्षण,कहिले यता कहिले उता अनगिन्ति कार्यक्रमहरु, देश दौडाहा सायद स्वअध्ययनको लागि त समय सुन्य नै होला। यहाँलाई यो पत्र प्रत्यक्ष पढ्ने समय होला भनेर त मैले सोचेकै छैन तर पनि शुभेच्क्षुक तथा सल्लाहकार मार्फत यहाँ सम्म पुगेपनि मेरो वर्तमान इच्छा पुरा हुने थियो। लेख्न त मलाई ठेली नै लेखेर दिने इच्छा छ तर समयलाई बिचार गरेर केहि खास कुरामात्रै लेख्दै छु। केहि तालिमको कारणले छिमेकी मुलुक भारतमा जाने काम परेकोले यहाँको पार्टीले आयोजना गरेको पौष ५, ६ र ७ को बन्दको प्रत्यक्ष अनुभव त हुन पाएन तर पौष ७ मा बानेश्वरमा दिनु भएको भाषण चाँही तात्तातै सुन्न पाएँ। तँपाईंको भाषण सुन्न म प्राय अफिसमा व्यस्त हुँदापनि समय निकाल्ने गर्छु। भारतमा हुँदा पनि त्यस्तै गरें। सुन्दै गएँ रमाईलो लाग्दै गयो, दर्शकदिर्धाबाट पनि वा वा र स्याबासी त वर्षीरहेकै थियो। बोल्दै जाने क्रममा खुले आम तपाईंले हेर्दा सुन्दा भारत विरोधी जस्तो तर प्रत्यक्ष रुपमा भारतले नेपाल प्रति झन ठाडो हस्तक्षेप गर्न सक्ने वातावरण बनाईदिनु भएको छ। तपाईंले हाम्रो मालिक दिल्ली हो भन्दा, अब हाम्रो प्रत्यक्ष वार्ता भारतसँग हुन्छ भन्दा पहिलो पटक नेपाली हुनुको गर्व हराए जस्तो लाग्यो। सायद मलाई जस्तै धेरै देशभक्त नेपालीहरुलाई पनि लाग्यो होला। हुन त तपाईंले भनेको कुरामा सत्यता छ तर एउटा जिम्मेवार नेताले त्यसरी सार्वजनिक रुपमा बोल्दा दीर्धकालिन हिसाबमा भारतले अब हस्तक्षेप गर्न कुनै भित्री मार्ग अपनाउनु पर्ने छैन। अत्यन्तै निजी कुरामा ऊ अब ठाडै हस्तक्षेप गर्न सफल हुने छ। ऊ अब आफुलाई स्पष्ट बैधानिक मालिक ठान्ने छ। सायद दिल्ली कुनै जिम्मवार नेपाली राष्टिय नेताले खुलारुपमा यो अभिव्यक्ति बोलेको सुन्ने दिन पर्खिरहेको थियो जुन तपाईंले पुरा गरिदिनुभएको छ। तपाईंले सोच्नुभएको होला जापान विरुद्धको लडाईंमा खास राष्ट्रवादी आफुभएको प्रमाणित गरि माओले आफ्नो शक्ति व्यापक विस्तार गर्न सफल भए जस्तै आफुपनि विदेशीहरुको दोहोलो काडेर नेपाली जनताको व्यापक समर्थन बटुल्छु भनेर तर परिस्थिती फरक छ। हो, माओवादी पार्टी हाल नेपालको सबैभन्दा ठुलो पार्टी हो तर तपाईंको पार्टीलाई ठुलो जनताले त्यसै बनाएका होईनन्। कांग्रेस, एमाले तथा अन्य पार्टीहरुमा व्याप्त विकृती सर्वहाराको निम्ति आन्दोलन गर्ने तपाईंको पार्टीमा नहोला तथा तपाईंहरुलाई मुलधारको राजनितिमा समेट्न पाए दिर्धकालिन शान्तिको सुरुवात होला भनेर नेपाली जनता लागेका हुन्। तपाईंहरुको राजनितिक दर्शन राम्रो नराम्रो भनेर विश्लेषण गर्नसक्ने नेपाली जनता अल्पसंख्यक नै छन् त्यसैले तपाईंको पार्टी राम्रो र गौरवशाली भन्दापनि अरुमा छाएको विकृतीको फाइदा तपाईंहरुलाई भएको हो। अझैंपनि तपाईंको कार्यकर्ताहरुको रटान र जडसुत्रवादीताले गर्दा फरक र विश्लेषणात्मक बिचार राख्नेको टाउको फोडिने अवस्था छ। राजनितिक फाइदाको लागी तपाईंहरुको सस्तो र उत्तेजनात्मक अभिव्यक्तिले अनेक जातजातीहरु बिचको सदभावलाई झन वैमनस्यतामा परिणत गर्दैछ। स्वाधिन देश भित्र पराधिनता महसुस गर्ने समुह तपाईंहरुकै कारणले बढदैछ। हुन त तपाईंहरु आफुलाई सबभन्दा राष्ट्रवादी भन्नुहुन्छ तर तपाईं तथा तपाईंको कार्यकर्ताहरुको सार्वजनिक अभिव्यक्ति सुन्दा सुरुवात ‘हाम्रो गौरवशाली पार्टी’ भन्नेबाट सुरु हुन्छ। प्रसङ्ग अलि तपाईंमा नै केन्द्रित गरौं। पहिलो पल्ट वालुवाटारमा सार्वजनिक हुँदा तपाईंलाई हेर्न सारा नेपाली जनता लालायित थिए। यत्रो जनयुद्धलाई नेतृत्व दिने व्यक्ति अब सार्वजनिक जीवनमा आएपछि देशमा कायापलट हुन्छ भन्ने आशा सबैमा थियो। पुरै वेईमानीले ढाकेको राजनितिक वृत्तमा तपाईं जस्तो योद्धा आएपछि एउटा राजनितिक संस्कार संस्थागत होला भन्ने ठुलो अभिलाशा थियो । यस्तै आशामा नेपाली जनताले तपाईंको नेतृत्वलाई विश्वाश गरि माओवादी पार्टीलाई सबभन्दा ठुलो बनाए, तपाईं प्रधानमन्त्री हुनुभयो लगभग नौ महिना सरकार चलाउनु भयो तर ढाकछोप जसरी भएपनि तपाईंको सरकारको आधारभुत संस्कारमा परिवर्तन भएन। सरकारमा रहुन्जेल तपाईंभन्दा पनि बरु बाबुराम जी बढि चर्चामा रहनुभयो, अर्थमन्त्रीको राम्रो भुमिका निभाउनु भयो। आफ्नै सरकारको एउटा सेनापति त्यो पनि डेड दुई महिनामा स्वत समयावधि सकिनेवालालाई व्यबस्थापन गर्न नसक्नु तपाईंको कमजोरी नै हो । रङ् फेरिईरहने तपाईंका अभिव्यक्तिहरु हाल आएर तपाईं प्रतिको विश्वाशमा तगारो बन्न थालेका छन्। तपाईं कहिले गान्धी बन्छु भन्नुहुन्छ, कहिले त्यसैलाई बेवास्ता गर्दै पार्टी र सरकारमा आफ्नै नेतृत्वको विकल्प देख्न चाहनुहुन्न। हुँदा हुँदा आफ्नै समकक्षीलाई स्वकल्पित आरोप लगाई चरित्र हत्या गर्न पछि पर्नु हुन्न। आफूलाई निर्विकल्प नेतृत्वको ठाँउमा राख्न तपाईं सफल त हुनुभएकै हो, यसमा तपाईंको व्यक्तिगत खुबीको खुलेरै प्रसंशा गर्नुपर्छ। भर्खरै पनि सरकारको नेतृत्व आफैंले गर्ने कुरा पार्टीबाट पास गराईसक्नु भएको छ। तपाईंले बोलेको र बोलीलाई नाधेको त मैले बिसौं पटक अनुभव गरिसकें। माओवादी पार्टी तपाईंको व्यक्तिगत हो भने त मैले भन्नु केहि छैन नत्र आफ्नो समकक्षीको नेतृत्वमा विश्वाश गर्न नसक्नु तपाईंको ठुलो कमजोरी हो । के कहिल्यै तपाईंले आफुलाई पार्टीमा नेतृत्वविहिन या भनौं अध्यक्ष विहिन भुमिकामा हेर्ने आँट गर्नुभएको छ ? के कहिल्यै तपाईं आँफु पार्टीको केबल सल्लाहकारमा बसि अरु समकक्षीहरु नेतृत्वमा रहेको देख्ने आँट गर्नु भएको छ? आजै देखी तपाईं हरेक ठाऊँमा आफ्नो निर्विकल्प भुमिका खोज्नुहुन्छ भने तपाईंको पार्टी काँचको टुक्रा रहेछ भन्ने बुझ्नुपर्छ जुन तपाईंले नेतृत्व गर्न नसक्दा सयौं टुक्रा हुनेछ। एउटा स्वतन्त्र धरातलमा उभिएर तपाईंको पार्टीले अंगालेको बाटोमा समाहित हुने या नहुने भनि बिचार गर्दा तपाईंको ‘कन्फ्युज्ड पर्सनालिटी’ ले जहिले पनि दोधारमा पार्छ। तपाईं आफुलाई यथार्थ लोकतन्त्रवादी भन्नुहुन्छ आफ्नै फोटो पार्टीको केन्द्रिय देखि हरेक कार्यालयमा झुन्याउनु हुन्छ, अब त हुँदा हुँदा पत्रकार सम्मेलनमा बस्तापनि पछाडी आफ्नै फोटो फ्रेममा सजाउन थाल्नु भयो। मैले बुझेअनुसार त मान्छे मरे पछी उसको योगदानको उच्च कदर गर्दै त्यसो गर्नु पर्ने हो। विदेशतिर पनि युग परिवर्तन गर्ने धेरै नेताहरु देखियो, पढियो तर यस्तो बिचित्र त कतै थाहा पाइएन। यसको मतलब तपाईंमा आन्तरिक रुपले व्यक्तिवादिताको प्रबलता छ भन्ने स्पष्ट हुन्छ। हुन त यो ठुलो कुरा नहोला तर नेतृत्वको हरेक शैली जनताले नियालीरहेका हुन्छन् विचार गर्नुहोला। परिस्थति अनुसार मान्छेहरुको दिमाग भुट्न त तपाईं अत्यन्त चतुर मान्छे। केहि दिन अगाडी खन्ना गार्मेन्टमा समकक्षीलाई आरोप लगाउँदा बदनाम हुने डरले त्यो बाट बच्न भर्खरै तपाईंकै भातृसंगठन नेवा राज्य समितिले आयोजना गरेको कार्यक्रममा आफुमाथीको सुरक्षाको खतराको सवाल उठाउनु भयो। सुरक्षाको खतरा त तपाईंलाई मात्रै होइन संसारभरि नै नेतृत्वमा बस्ने सबैलाई हुन्छ तर तपाईंले कसरी प्रसंग बदल्न खोज्दै हुनुहुन्छ त्यो रोमान्चकारी छ । तपाईंको अभिव्यक्ति अनुसार पनि त राजा पृथ्वीनारायण शाह, राजा विरेन्द्र नेपालीहरुले मन मष्तिष्कमा सजाउनुपर्ने व्यक्तित्व रहेछन् नि तर तपाईंका कार्यकर्ताहरुले सिंहदरवार अगाडी पृथ्वी शालिकको हात भाँच्दा तपाईं कहाँ निदाउनु भएको थियो? त्यसैगरि तपाईंकै कार्यकर्ताहरुले पोखरामा पृथ्वी तथा विरेन्द्र शालिक भत्काउँदा कुन गुप्तवासमा तपाईं बस्नु भएको थियो? किन सार्वजनिक अपिल निकाल्न सक्नुभएन ? तपाईंले राष्ट्रिय सभागृहमा देशभक्त भनेका कुन व्यक्तित्वलाई तपाईंका कार्यकर्ताहरुले सार्वजनिक सम्मान गरेका छन्? प्रचण्ड जी, सास रहुन्जेल आस पलाउँछ भनेजस्तै फेरिपनि तपाईंप्रति केहि न केहि आस त सबैको छ। राष्ट्रिय राजनितिमा अलि चल्दापुर्जा त तपाईं नै हुनुहुन्छ, आफ्नो पार्टीको त तपाईं निर्विकल्प नेता तपाईंको बोली व्यबहार केहि न केहि ‘मेसेज’ दिने पक्कै हुनुपर्छ। पार्टीको तल्लो निकाय देखि फेरि एकपल्ट तपाईंले फरक विचारलाई सम्मान गर्न ‘स्कुलिङ’ गर्नुपर्ने आवश्यकता छ। कार्यकर्तालाई सिकाउनु होला कि माओवादी नामले मात्र सच्चा कम्युनिष्ट भईदैन अन्य पार्टीमा लागेका मान्छेहरु व्यक्त नगरेपनि व्यवहारत सच्चा कम्युनिष्ट हुनसक्छन् सम्मान गर्नुपर्छ। भन्नुहोला कि कार्ल माक्सले कम्युनिज्ममा पुग्ने प्रमुख बाटो वर्ग संगर्षलाई भन्नुभएको थियो तर अहिलेको विज्ञान तथा सुचना प्रविधीको व्यापक विस्तारले अँझै छिटो सम्भवत वर्ग संगर्ष बिना नै कम्युनिज्ममा पुग्ने वातावरण सिर्जना हुँदैछ। अँझै थप्नुहोला कि अब वर्गविहिन तर विविधतामा आधारित समाज एकदलिय सर्वहारावर्गको अधिनायकत्वबाट भन्दा बहुदलिय लोकतान्त्रिक व्यवस्थाबाट छिटो हुने छ। लेख्दा लेख्दै लामो हुन थाल्यो, दिमागमा अनगिन्ति कुराहरु खेलिरहेका छन्, पत्रिकाले छाप्ने नछाप्ने पनि पक्का छैन । पत्रमा जति गाली गरेजस्तो लागेपनि तपाईंको एउटा शुभेच्छुकले लेखेको सम्झनु होला। हामीलाई हाम्रो नेता भनेर गर्व गर्न मिल्ने व्यक्ति चाहिएको छ। समय मिलेमा र केहि त लेख्नै पर्ने लागेमा फेरि लेख्ने वाचा गर्दै विदा हुन्छु। धन्यवाद।
sanas · Mar 2, 2010 7:19 PM
100% right article.
stopthewar · Mar 2, 2010 7:56 PM
He is basically A*shole...
Ved555 · Mar 2, 2010 10:07 PM
A$$hole with a capital A......................prachanda
sYaKuuRiolAKU_nchImb · Mar 2, 2010 10:34 PM
I liked it..........I aggreed with Sanas. Well done. Sagun
Sagun · Mar 2, 2010 11:36 PM
This is what I am talking about! अहिलेको हिंशा माओवादी युद्धको प्रतिविम्ब माओवादीले संवैधानिक बाटो हुँदाहुँदै पनि हतियार उठाएको कारण अहिले थुप्रै समूहले हतियार चलाइरहेको विनोदबाबु रिजाल चितवन, १९ फागुन एमाले नेता केपी शर्मा ओलीले मुलुकमा अहिले बढिरहेको हत्या हिंसाको श्रृंखला माओवादी युद्धको प्रतिबिम्ब भएको बताएका छन् । चितवनको भरतपुरमा प्रेस चौतारी चितवनले गरेको पत्रकार सम्मेलनमा उनले माओवादीले संवैधानिक बाटो हुँदाहुँदै पनि हतियार उठाएको कारण अहिले थुप्रै समूहले हतियार चलाइरहेको बताए । "माओवादीले संवैधानिक बाटो छोडेर २०५२ सालमा हतियार उठायो त्यसबाट नै हिंशा फैलिएको हो", उनले भने-"जुन अहिले नियन्त्रण बाहिर गएको छ ।" तर, सरकार शान्ति सुरक्षाको मामलामा गम्भीर रहेको उनको दावी छ । विस्तारै शान्ति सुरक्षा सुध्रिदै गएको उनले बताए । अर्को प्रसंगमा उनले माओवादी लडाकुहरुको समायोजन संविधान निर्माण अघि नै टुंग्याइनुपर्ने बताए । "लडाकु र हतियार सहित संविधान बन्न सक्दैन, त्यसैले यसको ठेगान लगाएपछि मात्र नयाँ संविधान बन्ने हो", उनले भने । माओवादीले एकातर्फजनयुद्ध र अर्कातर्फशान्ति प्रक्रियाको कुरा गरिरहेको भन्दै उनले पार्टी स्पष्ट लाइन के हो सो स्पष्ट पार्न अनुरोध गरे । उनले शान्ति र जनयुद्ध एकैपटक जान नसक्ने भन्दै दुइवटा कुरो नगर्नं माओवादीलाई चेतावनी पनि दिए । माओवादीले सरकारको नेतृत्वको कुरा गरिरहेको छ नि भन्ने जिज्ञाशामा उनले भने-"बहुमत पुर्याए विना र्सत दिन्छौं ।" तर, त्यसका लागि माओवादीको नीति, दृष्टिकोण र व्यवहार मुख्य आधार हुने उनले बताए । माओवादीसँग सहकार्य गर्नका लागि ओलीले तीनवटा सर्त अघि सारेका छन् । माओवादीले सरकारको नेतृत्व गर्नका लागि हिंशाको राजनीति त्यागेर शान्तिपुर्ण नीति लिनुपर्ने, व्रिरोध र बलजफ्ती गरेर सरकार आफै्लाई चाहिन्छ भन्ने अडान छाड्नुपर्ने र सशस्त्र व्यक्तिहरुको झुण्ड नभई निशस्त्र नागरिकको पार्टी बन्नुपर्ने तीन र्सत उनले सो क्रममा र्सार्वजनिक गरे । उनले माओवादी यही सरकारमा आउन चाहे हरदम स्वागत गर्न आफूहरु तयार रहेको बताए ।
Rodiohead · Mar 3, 2010 9:40 AM
Yo kura sorai aana thik ho. Prachanda, baburam and Maobadi are one big a** hole
Shere · Mar 3, 2010 11:24 AM
why don't somebody shoot prachanda...yeti dherai manche haru mare rayako cha nepal ma....prachanda lai kina kosai le marchynna...that piece of a shit!
wai_wai · Mar 3, 2010 1:09 PM
खै वाइ वाइ अब तिमीलेनै केही गर्छौ कि त जाठो। अफुले त जिन्दगीमा एउटो भङेरो मारेको छैन के मान्छे मार्ने कुरो गर्नु र गुलो जस्तो। सानैमा बरु एउटा बादीको लडाकु तिर लागेको भये त आहिले सम्मा खुलेआम मान्छेलाई पिटिक पिटिक पर्दै बटार्ने मौका पाइन्थ्यो होल के रे। लौ न वाइ वाइ भाई तिमीले चै केही गर्लाउ जस्तो छ है जाठो जे सुकै भये पनि।
Rodiohead · Mar 4, 2010 3:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion