feri arko lai mardechan......siddhine bhaye sabai

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  अर्का सञ्चार उद्यमी तथा व्यवसायीको हत्या/राज्य दोषी: महासंघ श्यामसुन्दर शशी   [Disallowed String for - ] type=text/javascript> [Disallowed String for - ] type=text/javascript src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ] src="http://googleads.g.doubleclick..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); जनकपुर, फाल्गुन १७ - सञ्चार उद्यमी तथा व्यवसायी अरुण सिंहानियाको जनकपुरमा सोमबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको छ । सञ्चार उद्यमी जमिम शाहको हत्याको महिना नबित्दै प्रतिष्ठित स्थानीय प्रकाशन समूहका अध्यक्षको हत्याले जनकपुर स्तब्ध बनेको छ । होलीको उल्लासमा रमेका बेला साढे छ बजे जनकपुर टुडे प्रकाशन समूहका अध्यक्ष ५० वषर्ीय सिंहानियालाई गोली हानिएको थियो । होली शुभकामना आदानप्रदानपछि पेठियागाछीस्थित घर र्फकंदै गरेका बेला अज्ञात समूहले भानुचोक र शिवचोकबीचमा रहेको ह्याप्पी होमनजिक नजिकैबाट गोली प्रहार भएको थियो । निधारमा गोली लागेका उनको तत्कालै मृत्यु भएको थियो । मारवाडी सेवा समिति जनकपुरका अध्यक्षसमेत रहेका सिंहानिया जनकपुरबाट प्रकाशित हुने 'क' वर्गको दैनिक 'जनकपुर टुडे' का प्रकाशक तथा रेडियो टुडे ९१ मेगाहर्जका अध्यक्ष थिए । उनी एक महिना धार्मिक भ्रमणपछि आइतबार मात्र फर्केका थिए । एक वर्षअघि रेडियो टुडेमै कार्यरत पत्रकार उमा सिंहको हत्या गरिएको थियो । धार्मिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय रहने सिंहानियाको हत्यापछि नगरक्षेत्र शोकमग्न र स्तब्ध छ । घटनालगत्तै उनलाई केयर नर्सिङ मेडिकलमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनी केयर नर्सिङ होमका पनि प्रबन्ध निर्देशक थिए । हत्याको जिम्मेवारी रातिसम्म कसैले लिएको छैन । जनकपुरको प्रतिष्ठित व्यावसायिक घरानाका सिंहानियालाई कुनै किसिमको धम्की आएको जानकारी परिवारजनलाई छैन । छोराको मृत्युपछि विक्षिप्त उनका पिता बद्रीप्रसादले भने, 'अब कसको सहारामा बाँच्ने ?' हत्या गरिएका सिंहानियाका एक छोरा र एक छोरी छन् । छोरी मेडिकलको पढाइपछि जनकपुरमै छिन् भने छोरा राहुल दिल्लीको एक कलेजमा व्यवस्थापन पढदै छन् । प्रत्यक्षदर्शीका अनुसार घटनाको धेरै बेरपछि मात्र प्रहरी आइपुगेका थिए । एसएसपी श्याम खड्काले अपराधीको खोजतलास जारी रहेको बताए । हत्याको विभिन्न क्षेत्र तथा नागरिक समाजबाट निन्दा गरिएको छ । जनकपुर टुडेका सम्पादक बृजकुमार यादवले सिंहानियाको हत्यालाई सञ्चार क्षेत्रमाथिको आक्रमण भन्दै प्रहरी प्रशासनले सञ्चारकर्मी तथा सञ्चार क्षेत्रमाथि सुरक्षा दिन नसकेकामा आक्रोश व्यक्त गरे । घटनाको जनकपुर उद्योग वाणिज्य संघले पनि निन्दा गरेको छ । संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीले छानबिन गरी संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । राज्य दोषीः महासंघ नेपाल पत्रकार महासंघले सिंहानियाको हत्यामा राज्यपक्ष दोषी भएको जनाएको छ । सुरक्षामा लापरबाही र दण्डहीनताकै कारण एकपछि अर्को सञ्चारकर्मीको हत्या हँुदा पनि अपराधी पत्ता नलगाउनु सरकारको लाचारी भएको टिप्पणी महासचिव पोषण केसीले गरे । 'सरकार लाचार छ, कमजोर सुरक्षाका कारण सञ्चार क्षेत्रमा आक्रमण बढेको छ,' उनले कान्तिपुरसँग भने, 'यसको घोर विरोध गर्छाैं ।' उनले सिंहानिया हत्याका दोषी तत्काल पत्ता लगाई कारबाही गर्नसमेत माग गरे ।   

ktg · Mar 1, 2010 6:25 PM · 41 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion