During my last meeting with my friend Scott he asked me a question. Are you guys waiting for some help from other nations to build your city? I had no answer for him, because once i told him that young guys are leaving country because of the problems. May be all of us are aware of this. I found an article and want to share with you guys. Source: PeopleBoat.com Author: Mr. Ram Hari अलकापुरी कान्तिपुरी नगरी थियो हिजो तर आज फोरकापुरी क्रान्तिपुरी सहरी भन्न्ो भएको छ अचेल काठमाण्डौँलाई । यो सहरमा सभ्य मानिसका असभ्य सोच र व्यवहारले चार भाजाङ्गभित्र नै फोहरको डुङ्गुर सानो पहाडझैँ बन्न थालेको छ । चारैतिर दुर्गन्ध फैलिएको छ । सरुवा रोगहरुले डेरा जमाउँदै छन् । सुन्दर नगरीय स्वरुप कुरुपतामा बदलिन थालेको छ । यसबाट सबैलाई अनिष्ट प्रभाव पर्दै गएको छ तर पनि काठमाण्डौँ विनदास तवरले आर्थिक सामाजिक राजनीतिक र भौतिक रमझममा डुबेको छ । विभिन्न संघ संस्था दल सरकार आदिका आ-आफ्नै कुटिल दाउपेच चलेजस्तै दुर्गन्धित फोहरको रहस्यमय राजनीति साप्ताहिक पाक्षिक मासिक परिधि बनेर समस्याको क्रीडास्थल बनिरहन्छ । देशको एक मात्र महानगरपालिकाको त यो गति छ भने अरु त झन् उपनगरपालिका र नगरपालिकाको के गति होला तथापि पजेरोमा हुँइकिनेदेखि ठेलागाडा कुदाउनेसम्म अरबौँका व्यापारीदेखि नाङ्लो पसलेसम्म टाईबुट कस्नेदेखि नाम्लोडोरी बोक्नेसम्म्ालाई काठमाण्डौँ सहर नै चाहिएको छ त्यसैले पनि काठमाण्डौँ विनदास भई बसिरहेको छ । एकातिर यस सहरका पाँचतारे होटेलभित्र फजुल खर्च गरी मस्ती लुट्नेहरुदेखि अर्कोतिर दूधको पलास्टिकभित्र ड्रेनड्राइटको लेदो घोलेर क्षणिक स्वर्गीय आनन्दमा रमाउँदै सडकका पेटीहरुमा लमतन्न सुत्ने अनाथहरु प्नि यही सहरलाई केन्द्रबिन्दु बनाएर बसेका छन् । ईष्र्या लोभ र अनावश्यक चिन्ताको तापले पिल्सनेहरुलाई बाक्ला डनलप तथा म्याटि्रसमा चैनको निद नआएर डाक्टरको परामर्श लिनेदेखि चप्पल नाम्लो र ढुङ्गोलाई सिरान बनाएर आरामको निद सुत्ने भरिया पनि यही छन् । त्यसैले काठमाण्डौँ बिनदास बनी यिनै अद्भूत तिलस्मी विषय नियाली रहेको छ । यही सहरका हजारौँ भिडमा थरीथरीका विद्यालयले ज्ञानको चौतारीमा विभिन्न विषयका विविधता बाँडिरहेका छन् भने अनेकौँ नामका बैँक फाइनान्स सहकारीहरुले नौलौ आश्वासन वितरण गरी दाम कुम्ल्याइरहने पनि कति छन् छन् । सहरका गल्लीपिच्छे वैदेसिक रोजगारीका सपना बेच्ने कम्पनिदेखि नवीन जोस र जाँगर भएका विद्यार्थीलाई कन्सलटेन्सीका रौनकले प्रतिभा पलायन गराउने भूमिका निर्वाह गरी यही फोरकापुरीमा नाक खुम्च्याई खुम्च्याई बसिरहेका छन् । त्यसैले पनि काठमाण्डौँ विनदास पाराले आफ्नो सान र सौकतका साथ हेरिरहन्छ । यसर्थ यहाँ फोहरै फोहरको डुङ्गुर बढे पनि हत्या लुटपाट र कोलाहल मच्चे पनि यसलाई कुनै प्रभाव पर्दैन । ऊ अझै आफ्नो सान र मानमा रौसिएकै देखिन्छ । कुनै पनि समस्यामा टायर बालेर त्यसको धुवाँको बादल निर्माण गर्न सक्षम भएका नेपाली दलका कार्यकर्ताहरु नयाँ विज्ञानलाई चुनौति दिन पनि यहीँ त_िम्सएकै छन् । यस सहरमा यस्ता दल संघ संस्था परिषद आदि जो जति छन् जसले आफ्ना स्वार्थका लागि बन्द हड्ताल गरी विभिन्न माग प्रस्तुत गरेर दैनिन्दिनी कार्यलाई अबरोध पुर् याउँछन् तैपनि विनदास भएर यस्तै प्रहसन हेरी बसिरहन्छ काठमाण्डौँ । Source: PeopleBoat.com Author: Ram Hari Last edited: 28-Feb-10 07:05 PM
Soil · Feb 28, 2010 6:29 PM · 17,458 views
my loved and dear ones are all in KTM but I want the so called earthquake to happen on the worst way possible. I'm all fked' up. I don't think that earthquake can make any more damage. From mental to physical all shit are so much fked' up that nothing can harm anymore anyway. If you can make changes then don't f'king just comment. show what u have done. I'v got maha-kabya of changes that I can do now. Last edited: 28-Feb-10 11:19 PM
mpahilo · Feb 28, 2010 11:19 PM
Mpahilo...you are sick!
Aug25,1997 · Feb 28, 2010 11:29 PM
You know I am. Was going to write that one but already did it on other posts so. Last edited: 01-Mar-10 12:02 AM
mpahilo · Mar 1, 2010 12:01 AM
अब नेपालको राजधानी सारने बेला भयो !!! काठमांडू को सम्पदा बचाई राख्ने हो भने नया नेपालको केंद्रीय राजधानी सबै ठाऊं बाट पायेक पर्ने र खेर गहि रहेको ठाउमा सारदा राम्रो होला |
sachetnep · Mar 1, 2010 9:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion