मनको शान्ती

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाहिर सब सेताम्मै छन् अनि सब शान्त छन् पहाड, घर र बाटोहरु, न कतै मानिसहरुको भीड न त गाडीहरुको टाइय्यँ टुय्यँ नै, देखिन्छ त केवल आकाशबाट बुरुरु झरिरहेका हिउँका दानाहरु। भित्र मेरो मनमा किन हो किन उकुसमुकुस बढिरहेछ, लाग्छ मनभित्र भित्रै जम्मा भइरहेका छन् कैयौं अतृप्त प्यासहरु।। मलाई घरभित्रको यो परिधीबाट फुत्त बाहिर निस्केर यो हिउँको बस्तीमा गुईँ गुईँ हिडुँ जस्तो लाग्छ। तर सोच्छु कहाँ जाउँ? कसको ढोका ढक्ढकाउन जाउँ? अनि जबर्जस्ती रोक्छु मेरा पाइलाहरु। म मन नलागी नलागी फेरी पनि त्यै कम्प्युटर आफ्नो काखमा राख्छु, अनि टट्टाएका आफ्ना आँखाहरुलाई एकचोटी फेरी कम्प्युटरको पर्दामा टसाउँदै कम्प्युटरको किबोर्डमा यन्त्रवत चलाऊँछु आफ्नो औलाहरु।। तोकिएका समयसीमाहरुवीच टाँगिएको यो दैनिकीबाट भागेर म खुला आकाशमुनि जिउन चाहन्छु, जहाँ लागू होस् केवल प्रकृति अनि मात्र प्रकृतिको नियमहरु। यो अत्यन्त चिसो एकान्तको शान्तीवाट पर भागेर म पाउन चाहन्छु आफन्तहरुको धेरै धेरै न्यानो मायाहरु।। तर बिडम्बना! मैले रोजेको खुला आकाश र मैले चाहेको न्यानो भूमि पनि आज आतंकित भएको छ, लागू भएको छ त्यहाँ जंगलका कानूनहरु। अन्धकार, अशान्ती,र बेरोजगारीको मारबाट बच्न आज आँफै भागिरहेका छन् मलाई माया दिने ती मेरा प्यारा आफन्तहरु।।

Geology Tiger · Feb 27, 2010 10:01 AM · 7,485 views

1 Reply

दामी धेरै राम्रो छ |

gairamailo · Feb 27, 2010 10:09 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all