राजधानीमा चलिरहेको विश्व क्रिकेट लिग डिभिजन ५ मा नेपाली क्रिकेट टिमले राम्रो प्रदर्शन गरिरहेका बेला राजेश हमाल, निखिल उप्रेती, अशोक शर्मा, रेखा थापा लगायत नेपाली सिनेस्टारले पनि अब क्रिकेट खेल्ने भएका छन् । फिल्मस्टार टिमको तर्फबाट खेल्न लागेका उनीहरू पदकका लागि भने प्रतिस्पर्धा गर्न लागेका होइनन् । सांगि्रला क्रिकेट एकेडेमीले कुरिनटारमा चैत १३ देखि गर्न लागेको 'बिच क्रिकेट फेस्टिभल' मा क्रिकेट र खेल पर्यटनको विकासका लागि उनीहरू खेल्न लागेका हुन् । नरम बलले बालुवामा खेलिने पाँच ओभरको उक्त खेलमा प्रत्येक टिममा पाँच खेलाडी रहने बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । बिच क्रिकेट फेस्टिभलकी सद्भावना राजदूत नम्रता श्रेष्ठ, मोडल माल्भिका सुब्बा र सभासद् गगन थापा सहयोगी रहेको क्रिकेट महोत्सवमा पर्यटन र संरक्षणको क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी संस्था सहभागी हुने बताइएको छ । महोत्सव दुई दिन एक रातको गरी तीन चरणमा चल्नेछ । क्यारेवियन पुल पार्टीसहित डिजे संगीत रहने महोत्सव वैशाख ४ मा सकिनेछ । Last edited: 26-Feb-10 11:57 PM
meroodesh · Feb 26, 2010 11:41 PM · 6,908 views
meroodesh · Feb 27, 2010 12:05 AM
Aalik purano news bhayenna ra dude?
wai_wai · Feb 27, 2010 12:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion