काठमाडौं, फागुन १४ (नागरिक)- यदि आफ्नो प्रतिवद्धतामा कायम रहने हो भने आगामी वर्षभरी नेपालमा कुनै बन्द, हड्ताल र चक्काजाम हुने छैन्। दस लाख पर्यटक ल्याउने उद्देश्य लिएर घोषणा गरिएको 'नेपाल पर्यटन वर्ष २०११' सफल पार्न बिहीबारसम्ममा १६ दलले यसको लिखित प्रतिबद्धता जनाएका छन्। नेपाली काँग्रेस, एनेकपा माओवादी, नेकपा एमाले, मधेशी जनअधिकार फोरम, राष्ट्रिय जनशक्ति, नेपाल सद्भावना, तराई मधेश लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातान्त्रिक, माले, नेपा राष्ट्रिय पार्टी, चुरे भावर, सद्भावना (आनन्दीदेवी), नेपाल समाजवादी प्रजातान्त्रिक, नेकपा संयुक्त र परिवार दलले पर्यटन वर्ष अवधिभर बन्द, हडताल र चक्काजाम नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन्। प्रधानमन्त्री माधवकुमार नेपालले आज टुँडिखेलमा शान्तिदीप बालेर पर्यटन वर्ष उदघाटन गर्ने कार्यक्रम छ। दीप लुम्बिनीबाट ल्याइएको हो। टुँडिखेलको उदघाटन कार्यक्रममा जम्मा हुन सभागृहबाट राजनीतिक दल र भातृ संगठन, लैनचौरबाट पर्यटन व्यवसायी, प्रज्ञा प्रतिष्ठानबाट उद्योगी, व्यवसायी, पेसागत क्षेत्र, दशरथ रंगशालाबाट खेलाडी, सञ्चारकर्मी र वसन्तपुरबाट जातीय प्रतिनिधिलगायतले र्याली गर्दै आउनेछन्। पर्यटन वर्ष उदघाटनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यका अधिकृत प्रचण्डमान श्रेष्ठले पर्यटन वर्ष अवधिभर राजनीतिक दलहरूले बन्द, हडताल र चक्काजाम नगर्ने लिखित प्रतिबद्धता जनाउनु महत्वपूर्ण कदम भएको धारणा राखे। 'यो लिखित प्रतिबद्धता राजनीतिक दलको आर्थिक क्रान्तिप्रतिको धारणा जान्ने पक्षा हो,' उनले भने, 'उनीहरूको प्रतिबद्धताबाट हामी उत्साहित छौं।' राजस्व वृद्धि, रोजगार, व्यापार सन्तुलन, भुक्तानी सन्तुलन, प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदास्थल संरक्षणका लागि पर्यटन वर्ष घोषणा गरिएको उनले बताए। 'पर्यटन क्षेत्रलाई नेपालको आर्थिक विकास र नेपालीको सम्पन्नताको प्रमुख आधार बनाउने उद्देश्यले आयोजित नेपाल पर्यटन वर्ष २०११ अभियान सफल पार्न पर्यटक तथा पर्यटन सेवा प्रवाहमा प्रतिकूल असर पर्ने बन्द, हडताललगायतका कार्यहरू हुन नदिनेतर्फ पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौं। साथै, मुलुकको मुहार फेर्न आर्थिक क्रान्तिको यो अभियान सफल पार्न सम्पूर्ण नागरिकहरूमा हार्दिक आह्वान गर्दछौं,' प्रतिबद्धतापत्रमा लेखिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव नगेन्द्रप्रसाद घिमिरेले सन् २०११ सुरुसम्ममा नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ३२ पुग्ने जानका दिए। हाल २५ कम्पनीले उडान गरिरहेका छन्। यसैबीच पर्यटन वर्ष २०११ सफल पार्न प्रमुख राजनीतिक दलका नेताहरू नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भव्यरूपमा मनाउने प्रतिबद्धता जाहेर गरेको बुधबारको मन्त्रिपरिषद्मा जानका गराइएको छ। शुक्रबार पर्यटन वर्ष उदघाटन गर्नका लागि नेपाली सैनिक मञ्चमा भव्य कार्यक्रमको आयोजन गर्ने र त्यसमा सबै संवैधानिक निकाय र मन्त्रिपरिषदका सबै सदस्य आमन्त्रण गरिएको छ । http://www.nagariknews.com/new...
nepal_rocker · Feb 26, 2010 9:45 AM · 10,298 views
= read my lips Not trust worthy, their statement has no value and contradicts minute after minute.
Syanjali · Feb 27, 2010 11:59 AM
Yeah.. There will be no need for Nepal Bandh... but I assur you there will be bandhs.... bandhs in Indian state.... ha ha.. Nepal is Gucking India now.. can't you see??? Last edited: 28-Feb-10 10:15 AM
Ved555 · Feb 28, 2010 10:15 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion