~ चौतारी १७८ ~ होली २०६६ बिशेषांक हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी! आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 178 edition सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्। Last edited: 25-Feb-10 03:46 PM
perfectionist · Feb 24, 2010 11:03 PM · 283,015 views
T M S le lagaako geet ta hari om hari bhanne geet jastai raichhani hai..
Harka_Bahadur · Mar 2, 2010 11:45 PM
शुभप्रभात भन्दै आज बिजी भएको घोषणा यहि पोस्ट बाट गर्दै छु ।
ramronepal · Mar 3, 2010 6:02 AM
तारेमाम गाम्लेहरु ! बुधवारए जदौ । तारेमाम रामे, बिजी भन्दै भागी गो । झरी परिरह्यो मनमा थामिदैन आँशु, किन भन्छे निर्मोहिले मन मनै मेरी मायालु ।
rahulvai · Mar 3, 2010 8:07 AM
सच्ची प्रार्थना टीचर : बच्चों, अगर सच्चे दिल से भगवान से प्रार्थना की जाए, तो वह जरूर पूरी होती है। राजू : रहने दीजिए सर, अगर ऐसा होता तो आप अभी तक जिंदा नहीं होते।
rahulvai · Mar 3, 2010 8:39 AM
हैन यो जोक्स हरुमा टिचर सँग जैले "राजु" नै किन हुन्छ? किन मोहन, श्याम, हरी, राम हुँदैन? हेल्लो ! गूड् मर्निङ ! जदौ ! तारेमाम ! सत्स्रिअकाल ! सलाम वालेकुम ! निहाउ ! बोयनस दियस ! बोन्जोर ! ठुल्दाइ ले त्यो जोक्स कुन साइट बाट पढ्नु हुन्छ? रामे आज ब्यस्त? अचम्मै भो नि त !
ritthe · Mar 3, 2010 8:49 AM
Sapai sathiharuliai darsan dina ma thulnani aaipuge taaaaaaaaaaaaaaaaaaaaaaaaa
uptowngal · Mar 3, 2010 8:50 AM
ल- बेहोसी र सेउसीलाई पनि अनि तोर्पे र बोक्रेलाई पनि स्वस्ती छ है मेरो हित र आतलाई पनि ------ हित: हिंजोका तरुनीहरु आत: आजका तरुनीहरु
Deep · Mar 3, 2010 8:51 AM
ओहो ठुल्नानी धेरै पछी आएउ नि ! अनी के छ त हालखबर? सबै सञ्चै? धेरै धेरै माया ! आउँदै गर है !
ritthe · Mar 3, 2010 8:52 AM
ओहो! ठुलीको दर्शन पाईयो गाँठे! कस्तो दिनाँ चौतारी आईएछ। बल्ल बल्ल भक्तपुर पुग्या त्यो पनि बिस्केट जात्राको दिन जस्तो भयो -- ठुलीले मेरो मुयाँ मारेकै हो त? कि सन्जीबनी लिन गाको हनुमान बेईमान भाको हो?
Deep · Mar 3, 2010 8:53 AM
Ritthe कामबाट फुर्सद पाउनइ गाह्रो छ। एसो फुर्सद पाउनसाथ चौतारी मा साथीहरुलाई भेट्न आएको। मेरो सपै ठीक छ। हजुरलाई आरामै? Deep jyu hajurlai birseko hoina.ani hajurlai sanchai.? khai ta baangeko katha? Last edited: 03-Mar-10 08:58 AM
uptowngal · Mar 3, 2010 8:55 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion