अभावमा खड्किएको हाम्रो सम्बन्ध

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अभावमा खड्किएको हाम्रो सम्बन्ध आर्थिक सुख छैन भौतिक सम्बन्धलाई शायद माया भनिन्न जति नै  पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न ! तिम्रो छाती पोलेको देख्छु, उकुसमुकुस सास फेर्न गाह्रो   न्यौलीको व्यथालाई संगीत भर्दा, शायद गाना गायाँ भनिन्न ! जति नै  पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न ! तिम्रो पीड़ा मेरो पीड़ा पीडैपीड़ामा बाच्न गाह्रो  सम्झौताको डोरी बाध्दा, शायद माया लायाँ भनिन्न ! जति नै  पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न ! वियोगको पागलपनमा नशा केवल साथी हुन्छ  हर भेटमा माफ़ी माग्दै, शायद कसम खायाँ भनिन्न ! जति नै  पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न ! आर्थिक सुख छैन भौतिक सम्बन्धलाई शायद माया भनिन्न जति नै  पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न !

rajankoirala · Feb 23, 2010 11:49 PM · 11,756 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all