Reasons for loadshedding in Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

One of the reasons why there is loadshedding in Nepal, and the example of misallocation of budget from hydropower projects ओलीको समातियो, देउवाको भाग्यो/आयोजनाका गाडी दुरुपयोग काठमाडौ, फाल्गुन ६ -  जतिखेर विद्युत् प्राधिकरणका कर्मचारीले एमाले नेता केपी ओली चढेको गाडी 'अनधिकृत' भन्दै बुधबार नियन्त्रणमा लिँदै थिए त्यतिनै खेर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाडी पनि तेल भर्न प्राधिकरण आइपुग्यो ।  मर्मत र तेल खर्चबापत तीन लाख रुपैयाँको बिल शोधभर्ना गर्न आएको ओलीको गाडीको साँचो खोसेर कर्मचारीले समातेको हल्ला हुनसाथ देउवाको गाडी 'टाप' कस्यो । आफूले चढेको गाडी समातिएपछि ओली कुर्लिएका थिए, 'पूर्व गृहमन्त्रीका हैसियतमा सरकारले उपलब्ध गराएको हो ।' तर उनले चढेको गाडी सरकारी सुविधामा उपलब्ध नभई प्राधिकरणका हाकिमहरूले रिझाउनका लागि अनधिकृत रूपमा उपलब्ध गराएका हुन् । १२ अर्ब नोक्सानी खेपेको प्राधिकरण, जसले उपभोक्तालाई दैनिक १२ घण्टा लोडसेडिङको भार बोकाएको छ, त्यसका हाकिमहरूले ३० वटा महँगा गाडीहरू अनधिकृत रूपमा विभिन्न व्यक्तिलाई दिलाएका छन् । स्रोतका अनुसार नेताहरू रिझाउन प्राधिकरणका कार्यकारी निर्देशक र उच्चतहका कर्मचारीले गाडी दिने गरेका हुन् । ओलीले चढेको गाडी नेपालकै हालसम्मको सर्वाधिक महँगो जलविद्युत् आयोजना मध्यमस्र्याङदीको हो । ओलीले संस्थानको नम्बर प्लेटलाई प्राइभेट बनाएर बा५च ४७१८ बनाएका हुन् । मर्मत र तेल खर्चबापत तीन लाख असुल्न आएको गाडीलाई नियन्त्रणमा लिएपछि ओलीले कर्मचारीलाई माओवादी भन्न समेत बाँकी राखेनन् । प्राधिकरणका चारवटा युनियनका नेताहरूले अनधिकृत रूपमा गाडी दुरुपयोग गरेपछि व्यवस्थापनलाई फर्काउन समय अवधि तोकेर अल्टिमेटम दिएको कर्मचारी कल्याण परिषदा अध्यक्ष बालकुमार श्रेष्ठले बताए । 'हामीले गाडी फिर्ता गराउन व्यवस्थापनलाई भदौसम्मको समय दिएका थियौं,' श्रेष्ठले बिहीबार कान्तिपुरसित भने, 'नत्र हामी कर्मचारीहरू जहाँ भेट्टाउँछौं त्यहीं गाडी समात्छौं भनेकै थियौं ।' परिषद् महासचिव सुरेन्द्रबहादुर पाण्डेका अनुसार तेल भर्न आएको देउवाको गाडी पनि समातिने डरले भागेको थियो । कर्मचारीले ओलीको गाडी नियन्त्रणमा लिएपछि प्राधिकरणमा प्रहरी 'माथिको आदेश' भन्दै लिन आएको थियो । प्रहरीलाई कर्मचारीका चारै युनियनले व्यवस्थापनलाई बुझाएको पत्र देखाएर फर्काएका थिए । एकछिनपछि डीएसपीको नेतृत्वमा प्रहरीको जत्थै 'हामीलाई उडाएर हुन्छ कि गुडाएर हुन्छ गाडी ल्याउन माथि -गृहमन्त्री) को आदेश छ,' भन्दै प्राधिकरण मुख्यालय प्रवेश गरेका थिए । प्रहरीको ठूलो टोली देखेपछि कर्मचारीले चक्काको हावा खुस्काइदिएका थिए । 'अब त कसरी लैजाला भन्ठानेको,' पाण्डेले भने, 'बेलुकी -बिहीबार) फेरि हावा हालेर तनक्क पारिएको रहेछ ।' बिहीबार बेलुकीसम्म ओलीको गाडी प्राधिकरण मुख्यालय परिसरमै छ । ओलीलाई गाडी दिँदा सरकारले कुनै निर्णय गरेको छैन । निर्णय गरे पनि प्राधिकरणको गाडी लैजानु गैरकानुनी हो । कर्मचारीले ओलीको गाडीको चाबी प्रशासनका उपकार्यकारी निर्देशक टीकाराम बीसीलाई बुझाएका छन् । उनीहरूले निमित्त कार्यकारी निर्देशक दीपक उपाध्यायलाई बुझाउन खोज्दा 'प्रहरीले बलजपmती गर्छ भने म केही गर्न सक्दिनँ,' भन्दै पन्छिएका थिए । कर्मचारीले प्राधिकरणको सम्पत्ति हिफाजत गर्ने जिम्मेवार अधिकारी तपाईं हो भन्दा उनले आँट गर्न नसकेको स्रोतले बतायो । ओली मात्र होइन, सत्ताधारी दल र विपक्षमा रहेका प्रभावशाली नेताहरूले बिनाहैसियत प्राधिकरणका सर्वाधिक महँगा गाडी दुरुपयोग गरेका छन् । बर्सेनि चार अर्ब रुपैयाँ नोक्सान खेपिरहेको प्राधिकरणले नेताहरूले चढेका गाडीको इन्धनमात्र होइन, मर्मत, मोबिलमा करोडौं रुपैयाँ खर्च गर्न बाध्य भएको छ । यसरी अनधिकृत रूपमा गाडीको प्रयोग पूर्वप्रधानमन्त्रीहरूदेखि माओवादी अध्यक्षसम्म, सत्तारूढ दलका प्रभावशाली नेतादेखि मन्त्रीका घरायसी हुने गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि लगेका चमेलिया जलविद्युत् आयोजनाको बा६च १०२९ नम्बरको गाडी सत्ताबाट बाहिरएको झन्डै एक वर्ष बित्न लाग्दा पनि फिर्ता गरेका छैनन् । दाहालले गाडी फिर्ता नगरेपछि प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि प्राधिकरणले चमेलियाकै गाडी दिएको छ । जो प्रधानमन्त्री भए पनि प्राधिकरणकै गाडी लिएर जाने चलन बनिसकेको छ । दाहाल र प्रधानमन्त्री नेपालमात्र होइन, सत्तारूढ कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री देउवाले पनि चमेलियाकै बा६च १०२५ को गाडी लगेका छन् । प्राधिकरणले तत्कालीन जलस्रोत मन्त्रीको निजी सचिवालय प्रयोजनका लागि भनेर चिठीसहित मन्त्रालय पठाएको थियो । देउवाले उक्त गाडी मन्त्रालयबाट जबरजस्ती लगेका हुन् । सरकारले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पनि कालीगण्डकी ए जलविद्युत् आयोजनाको लु१ञ १०७८ दिएको छ । विदेशीसँग महँगो दरमा ऋण लिएर बन्न लागेको चमेलियाकै गाडी राष्ट्रपति र उपराष्ट्रपतिले लगेका थिए । चमेलियाका आयोजना प्रमुख केशवराज भट्टले आयोजनाका लागि भन्दै डेढ करोड रुपैयाँ पर्ने छवटा प्राडोलाई ठेक्कामै पार्न लगाएका थिए । पूर्वप्रधानमन्त्री मात्र होइन, सत्ताको नेतृत्व गरेको एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले बिनाहैसियत लगेको मध्यमस्र्याङीको बा५च ४७१८ नम्बरको गाडी कर्मचारीहरूले नियन्त्रणमा लिएका छन् । दलका नेतामात्र होइन आर्थिक अनियमितता र भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्राधिकरणको बा४च २९९८ नम्बरको गाडी दुरुपयोग गरिरहेको छ । ऊर्जा मन्त्री डा. प्रकाशशरण महतले प्राधिकरणको अध्यक्षको हैसियतमा उही चमेलियाको बा६च १०२६ नम्बरको गाडी चढेका छन् । उनले मन्त्रीको हैसियतमा अर्काे छुट्टै गाडी पनि लिएका छन् । जलस्रोत सचिव शंकरप्रसाद कोइराला पनि बा६च १०३२ नम्बरको चमेलियाकै गाडी चढ्छन् । यति गरेर पनि प्राधिकरणले ऊर्जा मन्त्रालयलाई बा३च ४०५२ नम्बरको छुट्टै गाडी दिएको छ । अनधिकृत रूपमा गाडी दुरुपयोग गर्नेमा उपल्लो ओहदाका नेता तथा कर्मचारी मात्र होइन सीडीओले समेत भ्याएका छन् । कालीगण्डकी ए आयोजनाको लु१ञ १०७८ नम्बरको गाडी स्याङ्जाका सीडीओ नन्दीकेशर त्रिपाठीले कुदाएका छन् । एकातिर अनधिकृत रूपमा यसरी दुरुपयोग भइरहेका छन् भने अर्काेतिर प्राधिकरणले विभिन्न शाखाहरूमा ग्राहकको सेवाका लागि सवारीसाधन अपुग भई दैनिक एक हजार पाँच सय रुपैयाँ तिरेर भाडामा लिएको छ । यसैबीच प्राधिकरणको राष्ट्रिय कर्मचारी संगठन र कर्मचारी कल्याण परिषद्ले बिहीबारै संयुक्त विज्ञप्ति निकाली घाटामा गएको संस्थाको सम्पत्ति जोगाउन व्यवस्थापनलाई अनुरोध गर्दा पहल नगरेपछि आफूहरूले नै गाडीको चाबी लिएको जनाएका छन् । 'अनधिकृत रूपमा प्रयोगमा रहेको तथा मर्मत खर्च लिन प्राधिकरणमा आएको समय उक्त गाडी -ओलीको) चाबी लिइएको हो,' विज्ञप्तिमा छ, 'कानुनविपरीत संस्थाको गाडी निजी नम्बर प्लेट राखी व्यक्तिले प्रयोग गर्ने गरेका लगायत संस्थाबाहिर अनधिकृत रूपमा रहेका गाडीहरू पनि क्रमिक रूपमा फिर्ता गराउनेतर्फ हामी क्रियाशील छौं ।' http://www.ekantipur.com/np/ne...

arahat · Feb 19, 2010 10:53 AM · 8,607 views

7 Replies

It's just depressing to see the resources being wasted away on these thugs while the poor people suffer everyday...

newlynew · Feb 19, 2010 11:07 AM

I salute the employees of NEC for their actions. We could use more of these people to at least stop some of the misuses of national resources. I wonder what these moth---kers have to say about using government resources illegally.

नगनाउने गु · Feb 19, 2010 11:23 AM

Saaly Oli...never liked this pile of dung

Poon-Hill · Feb 19, 2010 11:36 AM

Is there a way i can ship 100 grams of my AACHI to each of these ganatantrik corrupt thugs as a surprise gift. Dont know if fedex of DHL accepts that stinking sh*t

sYaKuuRiolAKU_nchImb · Feb 19, 2010 11:49 AM

साथी हो, यो त भयो कथाको एक अङ्स मात्रै .प्रजातन्त्र प्राप्ती अगाडि पछाडि देश बनाउने लहर आएन। जती पनि सुबिधा र बिदेशी सहयोग आए तेस्को केही प्रतिसत मन्त्री लगायत दरबार र दरबारिया सम्म भाग बन्डा लगाउदथिए। दरबारको अङ्स न दिए भोली मन्त्री हुन नपाईएला भनी कौडी कौडी को हिसाब किताब दिएन्थयो.अब त सतामा पनि हुनु पर्दैन घुस खान, २-४ जना लठैत जम्मा गरेर एक फोन मारेर एती लाख दी ईनस भने राती आऊनु पर्ला भने पछी झरी हाल्यो, अन्यथा भएमा ऊस्ले पनि कोल्लेक्तिन मा अरुलाई जिम्मा दिन्छ र भाग बन्डा हुन्छ। यि भए सर्ब साधारणका कुरा .१९९० देखी अहिले सम्मा जनता र देस कंगाल बनाउन हरेक पार्टी त छाड र म छाड गर्दै छन । सरकारी र गैर सरकारी संस्थान हरु कौडिका दाममा बिक्री गरे र बाँकी को पनि तेही हुने स्थिती छ , हेटौंडा र उदयपुर सिमेन्ट कारखाना १५-२० लाख गोजिमा गयो , बन्द भयो .हेटौंडा कपडा उध्योग एक चौथाइ को मुल्यमा बेचे, बुटवल पनि तेसै गरे, हरिसिध्ही को कथा तेही हो , जन्कपुर चुरोट करखाना बन्द हुँदै छ तर मन्त्री भने करोडौ को जग्गा लाखौं मा बेच्न लागे भनी कर्मचारीले मन्त्री लाई थुने।  माओ बादी ले त झन दिन दहाडै एस्को सुरु आत गर्‍यो , यिनी हरुलाई माओबाद मात्रै भए पुग्छ , देश चाहिदैन । लिस्ट बनाउने हो भने २-४ पेज मा पनि अटाउदैन .राष्ट्रियता र देश प्रेम मनको एक ठाउमा हुनु पर्छ अनी मात्रै ....................

Syanjali · Feb 19, 2010 3:34 PM

not shit.. you need to send your semens.... some bad blood peole in Nepal are flourishing.. if you think you are better than them to improve condition in NEpal.. you better send your semen...

Ved555 · Feb 19, 2010 6:41 PM

Ved555;They will make money out of it too, selling it back to egg collectors.

syanjali · Feb 19, 2010 6:45 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all