छोराको आशमा जनसंख्यामन्त्रीका ९ सन्तान रासस काठमाडौं, फाल्गुन ५ - स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री खड्गबहादुर बस्यालले छोराको आशमा आफूले नौ सन्तान जन्माउन बाध्य भएको कुरा सार्वजनिक गरेका छन् । आधारभूत प्राकृतिक स्रोत संरक्षण तथा शान्ति समाजले बुधबार आयोजना गरेको स्वास्थ्यसम्बन्धी गोष्ठीमा उनले छोराको आशमा आठजना छोरी जन्मिएपछि अन्तिममा छोरा जन्माएको र त्यसपछि सन्त्तान जन्माउन बन्द गरेको बताए । धेरै सन्तान भएर राम्रोसँग जीवनयापन गर्नसमेत समस्या परेको तथा हाल राज्यमन्त्री भएपछि भने जीविका चलाउन सजिलो भएको अनुभव राज्यमन्त्री बस्यालले सुनाए । उनले भने,'छोरीहरूलाई दाइजो दिनु परेको भए त म जोगी हुन्थं ।' तर पनि कार्यक्रममा उनले थोरै सन्तान जन्माउन तथा दुई वर्षको अन्तरमा अर्का सन्तान जन्माउन सबैलाई आग्रह गर्दै यस्ता चेनतामूलक कार्यक्रम नेपालका दूरदराज गाउँमा पुर्याउनुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक लक्ष्मीरमण वनले दुई वर्षको जन्मान्तरमा बच्चा जन्माउने तथा २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउन नहुनेलगायतका प्रजनन स्वास्थ्यबारे ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्नुपर्ने अहिलेको आवश्यकता र चुनौती रहेको बताए । परिवार स्वास्थ्य विभागका निर्देशक डा.नरेशप्रताप केसीले उपयुक्त गर्भान्तरलाई ध्यान दिने हो भने नेपालका धेरै आमा तथा शिशुको मृत्युदरमा कम हुने विश्वास व्यक्त गरे । अमेरिकास्थित युएसआइडीका कार्यक्रम अधिकृत क्रिस्टिन स्टोल्काले नेपालका विभिन्न गाउका जनताको प्रजनन स्वास्थ्यमा सहयोग पुर्याउन युएसआइडीले विगतदेखि सहयोग पुर्याउदै आएको बताए । आयोजक संस्थाका अध्यक्ष पञ्चकुमारी मानन्धरले २० वर्षभन्दा कम उमेरमा सन्तान जन्माउन नहुने, गर्भपतन भएको छ महिनासम्म गर्भ राख्न नहुने र दुई वर्षपछि मात्रै अर्का सन्तान जन्माउने विषयमा गाउँगाउँमा चेतना जगाउन आफूहरू लागेको जानकारी गराइन् । Last edited: 17-Feb-10 12:28 PM
newlynew · Feb 17, 2010 12:15 PM · 12,211 views
jansankhya mantri? never heard of a population minister anywhere. What next? Sauchalaya mantri?
grgDai · Feb 17, 2010 12:37 PM
I hear Janasankhya mantrala is being split into: Dhaal Mantralaya Nilokan Mantralaya Kamal Chakki Mantralay etc. etc.
newlynew · Feb 17, 2010 12:45 PM
Hey Newlynew, First of all, I want to clarify that who the populatoin mininster of Nepal, I have no knowledge nor I really care about it. What is clear is - to be minister, he/she must have strong blessing of so called senior leaders of partis that could be any party such as UML, NC, Maoist or any. And we all know the true faces of these leaders. So far do you agree? So, what do you mean by 'Paakhe'? Do you still consider yourself as 'educated' probably you are in America, right? Do you know the percentage of Nepal's land mass situated in the hilly/mountain region? So, you seem the have strong pride being city dwellers. I hope you can answer the meaning of Paakhae and we will go from there to discuss more.
abodh_1 · Feb 17, 2010 1:01 PM
AbodhBro: Let's not take this literally. To me anyone who is not well informed, ignorant and owns a very narrow mind, regardless of the residential locality, would qualify to be a Pakhe. I guess what I am trying to say is someone living in NYC can easily be a pakhe while a person living in a small town like Pokhara may not be. It could well be other way round too... You know what I mean bro...
newlynew · Feb 17, 2010 2:01 PM
It is Nepal.. He never dreamed in his wildest dream of being a minister of Nepal.... that too population minister.. when he was fathering that many daughters.. :-)
ANS · Feb 17, 2010 6:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion