It is so sad story i came across in kantipur online... रुकुम, फाल्गुन ३ - उपचार खर्च जुटाउन नसक्दा रुकुमको एक विपन्न परिवारकी छोरी र उनका वृद्ध आमाबाबुले सामूहिक आत्महत्या गरेका छन् । भलाक्चा १ का ७० वषर्ीय दलबहादुर ओली, उनकी ६८ वषर्ीया श्रीमती कली र २७ वषर्ीया छोरी तुलसाले आइतबार बेलुका झुन्डिएर सामूहिक आत्महत्या गरेका हुन् । तुलसा लामो समयदेखि छारे रोगबाट पीडित भएको र उनको उपचारमा धेरै खर्च भएपछि ऋण तिर्न नसकेर आत्महत्या गरेको गाउँलेले बताए । आमा कली पनि पटकपटक बिरामी हुने गरेको र आर्थिक अभावकै कारण उपचार गर्न नसकिएको छोरा देविलालले बताए । 'स्थानीयस्तरमा धेरै उपचार गरियो तर सञ्चो हुन सकेन । उपचार गर्दागर्दै धेरै खर्च भएपछि जिल्लाबाहिर जान सक्ने अवस्था थिएन,' छोरा देविलाललाई उद्धृत गर्दै रुकुमका प्रहरी नायब उपरीक्षक होमजंग चौहानले भने, 'बेलाबेला यस्तो अवस्था हुनुभन्दा मर्न पाए हुन्थ्यो भन्थे । हामीहरू घरमा नभएको मौका पारी यस्तो गरेछन् ।' स्थानीय भागिमान बुढाथोकीका अनुसार छोरी तुलसाको उपचारमा यो विपन्न परिवारले एक लाख रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको थियो । तैपनि उनलाई निको नभएकामा बाबुआमा निकै पिरोलिएका थिए । उपचारका लागि धामीझाँक्रीदेखि सबैखाले उपाय गरिसक्दा पनि प्रयास व्यर्थ भएपछि ओली दम्पती विक्षिप्तजस्तै बनेको उनले बताए । 'छोरीको उपचार गर्न नसकेका कारण उनीहरू पागलजस्तै भएका थिए,' स्थानीय कली ओलीले भनिन्, 'केही गर्दा पनि निको नभएपछि आज यस्तो गरेछन् ।' कलीका अनुसार तुलसाका बाबु एक साताअघि छोरीलाई भारतको दिल्ली लैजाने तयारीमा थिए । त्यसका लागि उनी आफ्नो घरमा पैसा सापटी माग्न आएको उनले बताइन् । छारे रोगकै कारण तुलसाको बिहे हुन नसक्दा आमाबुबा निराश भएको देविलालले बताए । तीनै जनाले घरनजिकैको चिउरीको रूखमा झुन्डिएर आत्महत्या गरेका थिए । आमाछोरी नजिकैको हाागामा एउटै खाले भिमलको डोरी र बुबा अलि माथिल्लो हाागामा छुट्टै खाले डोरीमा झुन्डिएको प्रहरी नायब उपरीक्षक चौहानले बताए । 'आमाछोरीले पहिले र बाबुले पछि आत्महत्या गरेजस्तो देखिन्छ,' उनले भने, 'अन्य चोटपटकको कुनै संकेत छैन ।' पाँचजनाको यो परिवारका माहिलो छोरा आर्थिक अभावकै कारण रोजगारीका लागि भारत गएका थिए । जेठो छोरा देविलाल ससुरालीमा गएको मौका पारेर तीन जनाले आत्महत्या गरेको छिमेकीहरू बताउँछन् । उनीहरूले यसअघि पनि पटकपटक आत्महत्या प्रयास गरेको थाहा भएको छ । तीनै जनाको शव सोमबार जिल्ला अस्पताल सल्लेमा पोस्टमार्टम गरी छोरा देविलाल र छिमेकीहरूलाई बुझाइएको छ । उनीहरूले दाहसंस्कारका लागि शवहरू आफ्नै गाउँतर्फ लगेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । http://www.ekantipur.com/kanti...
ANS · Feb 16, 2010 8:34 PM · 15,532 views
Pretty sad.... so what did the Maoists do? I guess rukum is place where once Maoists rose from... What Maoists did to Rukum when they were in Power and and they were not????
Ved555 · Feb 16, 2010 9:47 PM
What have you done so far........ Can you tell????
namaskaar · Feb 16, 2010 10:11 PM
This is a really heartbreaking news. I don’t see a point of blaming on each other here. Although it will be nice, if we can reach out to people who are in desperate needs before they are forced to act upon something horrific like such.
katziman · Feb 16, 2010 10:33 PM
damn!!! man its really sad ...dont let people die like that ..its soo baaaaddddd !! May their soul rest in peace ! God Bless
gauleyketo · Feb 17, 2010 3:44 AM
Not ONLY in Nepal but it happened here in US as well.. Husband, wife found dead in Durham County home Durham, N.C. — The bodies of a Durham couple were found Monday in their Boylan Road home in Durham County, according to a search warrant. Deputies responded after a neighbor went to check on the couple and found them dead inside the home. Investigators said Anna Wright, 76, and her husband Charles Wright, 78, had been shot to death. Authorities said the Wrights both had serious medical conditions, and it appeared that Charles Wright shot his wife before killing himself.
himalaya178 · Feb 17, 2010 5:42 AM
27 years old daughter... it smells rat there....
ganapati · Feb 17, 2010 7:35 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion