साच्चै नेपाल अब ढुंगेयुगतिर जाला जस्तो छ(ढुंगिय लोकतान्त्रकीक नेपाल-परिचर्चा) ब्लगर दिलीप आचार्य आजकाल नेपालमा हुनुहुन्छ। नेपाल बाहिर हुंदा प्राय वांहासंग सधै भेट भइराख्थ्यो। तर नेपाल गए पछि समय नमिलेको हो कि वांहालाइ इन्टरनेटको जालो सम्म आउन मुश्किल परेको हो, त्यती भेट हुंदैन। आज यसो राती फेसबुकमा सयर गर्दा दिलीप जीसंग जम्का भेट भयो। सन्चो बिसन्चो पछि यसो दौंतरी र नेपाली ब्लगबारे कुरा गर्दै थियौं,लाइन जाने बेला भो अब निस्कन्छु भन्नुभयो। मेरो मुखबाट फ्याट्ट आयो, साच्चै नेपाल अब ढुंगेयुगतिर जाला जस्तो छ। हुन पनि हो। जलस्रोतमा संसारकै एउटा धनी मुलुक नेपाल भनेर कहिलिन्छ। अहिले दिनको ११ घन्टा लोडसेडिगं रहेछ। पोहोर सालकै तुलना गर्ने हो भने केही समय पछी दिनमा १९-२० घन्टा लोडसेडिगं हुने पक्का छ। जनसंख्या,कल-कारखाना,उपकरण आदीको तुलना गर्ने हो भने नेपालको बिजुली खपत संसारको कुनै ठुलो सहर जत्तीको पनि छैन। त्यही पनि दुइ-तिहाइ समय बिजुली आउदैन। नेपालको बिध्धुतको इतिहांस एक शताब्दि(फर्पिगं - सन १९११) लामो भइसकेको छ। तर बिजुलीको ब्यबस्था भने दिन प्रती दिन खस्कदो मात्र हैन दुरअबस्था नै छ। अब करिब करिब बिजुली पूरै आउट हुने स्थिती छ। पेट्रोल,चिनी आदीको हांहाकार बेला बेलामा भइराख्छ। पेट्रोलै भए पनि रात दिनको नेपाल बन्दले गाडी चल्ने स्थिती सुन्य जस्तै छ। अब जात-जात अनुसार बाइसे,चौबिसे राज्य हुने पक्का भयो। यही राज्य गणराज्य बनाउने बाहानमा २-४ वटा पुल भत्काए त पाटनबाट काठमान्डु जान पौडिनु पर्ने स्थिती आउंछ। यस्तै त थियो होला नेपाल ढुंगेयुगमा? किरांत,मल्ल,सुर्यबंश राज्य आदी भनेर पढिन्थ्यो इतिहांसमा, त्यही सुनौलो ईतिहास साकार पार्न गुरुगंबंश,नेवारबंश,लिम्बुबंश आदी तयार गर्न संसद कस्सिएको छ। संबिधान चुनाबताका एक युगमा एकदिन एक पटक आउंछ भनेर निकै प्रचार प्रसार गरिएको थियो। साच्चै पो रहेछ, अहिलेको बिध्धुतिय जमानामा यस्ता बंशिय राज्य संसारमा अन्त कांहा देख्न पाउनु? आदिम मानवका ढुंगे हतियारमा त हामी पोख्त नै छौं। एक युगमा एक दिन जन्माउन तयार पारिएको संसदले ढुंगिय लोकतान्त्रकीक नेपाल घोषणा गरे यो संबिधान बनाउने चटारो नै खत्तम हुने थियो। ढुंगिय लोकतान्त्रकीक नेपाल-जिन्दाबाद! (source:www.dautari.org)
nepalean · Feb 16, 2010 7:44 AM · 13,163 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion